नेपाल राज्य संवाददाता-अर्घाखाँची ।
पाणिनी गाउँपालिकाको पणेनामा लघु उद्यमशिल तालिमको सुरुवात भएको छ ।
शिप विकास गरेर स्वरोजगार बनाउने उद्देश्यसहित तालिम आयोजना गरिएको हो ।
पुष २४ गतेसम्म चल्ने कार्यक्रम पालिकाको उद्योग विकास शाखाको आयोजनामा स्थानीय कच्चापदार्थको प्रयोगलाई प्राथमिकता दिएर विभिन्न किसिमका वस्तु उत्पादनमा तालिम केन्द्रीत बनाइएकाे पालिकाले जनाएको छ ।
सीप सिकाएर स्वरोजगार बनाउने र आय आर्जन हुने किसिमले काममा लगाउने तालिमको मुख्य उदेश्य रहेको छ ।
गाउँपालिका अध्यक्ष टेकराज न्यौपानेले कार्यक्रमको उद्घाटन गर्दै उत्पादन प्रमुख प्राथमिकता भएको भन्दै यो कार्यक्रमले बेरोजगार युवायुवती सबैले फाइदा लिने बताएका छन् ।