Author: नेपाल राज्य

काठमाडौं  । अर्घाखाँची जिल्लास्थित प्रसिद्ध धार्मिक स्थल सुपा देउराली मन्दिरको महिमा समेटिएको भजन “जय जय भगवती सुपा देउरालीकी माई” को म्युजिक भिडियो सार्वजनिक भएको छ। भजनमा लोकसंगीत क्षेत्रमा लामो समयदेखि सक्रिय बहुप्रतिभाशाली कलाकार मोतिराज खनालको नेतृत्व, स्वर, संगीत र अभिनयमा तयार पारिएको हो । सुपादेउराली मन्दिर नेपालको एक प्रसिद्ध धार्मिक स्थल हो। देवीको रूपमा यहाँ सुपादेउराली भगवतीको पूजा गरिन्छ। यस मन्दिरलाई विशेष गरी “इच्छा पूरा हुने मन्दिर” को रूपमा विश्वास गरिन्छ। लाउरे टासेको आफ्नै छुट्टै कथा छ ।  श्रद्धालुहरू आफ्नो मनोकामना लिएर यहाँ आउँछन्, र इच्छाहरू पूरा भएपछि पुनः धन्यवाद दिन पनि फर्कन्छन् । पूजा गर्दा चाँडै फल प्राप्त हुने…

Read More

नवलपुर। पौडी खेल्ने क्रममा डुबेर दुई जना किशोरको मृत्यु भएको छ । गैंडाकोट नगरपालिका-३ मा रहेको जुक्तिखोलामा पौडी खेल्ने क्रममा डुबेर दुई जना किशोरको मृत्यु भएको हो । मृत्यु हुनेमा चितवनको भरतपुर महानगरपालिका-८ का १६ वर्षीय प्रमिशन पाठक र सोही महानगरपालिका-४ का १६ वर्षीय शिशिर पन्त रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रवक्ता मधु नेपालले जानकारी दिए ।

Read More

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशन सम्पन्न भएको छ। काठमाडौँको हायात होटेलमा आइतबार सम्पन्न महाधिवेशनले महेशकुमार श्रेष्ठको नेतृत्वमा सर्वसम्मतरूपमा कार्यसमिति चयन गर्दै अधिवेशन सम्पन्न गरेको हो। एनआरएनए उच्चस्तरीय समितिद्वारा आयोजित एकता महाधिवेशनमा अध्यक्षसहित सबै पदमा सर्वसम्मत कार्यसमिति चयन गरिएको प्रमुख निर्वाचन आयुक्त वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले जानकारी दिए। उनले निर्वाचनमा सघाउने सबैलाई धन्यवाद समेत दिए। नवनिर्वाचित कार्यसमितिको नामावली यस प्रकार छ : अध्यक्ष : महेशकुमार श्रेष्ठ उपाध्यक्ष (६ जना) : सुनिल कुमार साह बुद्धिसागर सुवेदी खगेन्द्र न्यौपाने लोकप्रसाद दाहाल मनोज कुमार श्रेष्ठ (गोर्खाली) विश्वास दीप लिम्बु (तिगेला) उपाध्यक्ष (महिला) : जुनु गुरुङ महासचिव : बाबुराम (बीआर) लामा…

Read More

रुद्रमणि भुसाल, अर्घाखाँची । अर्घाखाँचीमा भएको पालिकास्तरीय प्रथम स्वागीय प्रकाश स्मृतिकप भलिबल प्रतियोगिताको उपाधि सितगंगा नगरपालिकाले जितेको छ । सनिवार सन्धिखर्कमा सम्पन्न भएको फाइनल खेलमा पाणिनी गाउँपालिकालाई हराउँदै सितगंगा नगरपालिकाले उपाधि जितेको हो । पाणिनी गाउँपालिका उपबिजेता बनेको छ । आज नै सन्धिखर्क नगरपालिका र छत्रदेब गाउँपालिाबिच भएको खेलमा सन्धिखर्कलाइ हराउदै छत्रदेब गाउँपालिका तेस्रो बनेको छ । प्रतियोगिताको विजेतालाई एककार्यक्रकाबिच नेकपा एमालेका जिल्ला अध्यक्ष पिताम्बर भुसालले नगद ५० हजार उपविजेतालाई ३० हजार, तेस्रो स्थानप्राप्त गरेको टिमलाई २० हजारसहित सिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको हो । भलिबल प्रतियोगिता बैशाख १८ गतेदेखि सुरुभएको थियो । प्रतियोगितामा जिल्लाका ६ ओटै स्थानियतहको सहभागिता…

Read More

­अर्घाखाँची । मे १ अर्थात् आज अन्तर्राष्ट्रिय श्रमिक दिवस । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला शाखा अर्घाखाँचीले रेडियोमा काम गर्ने प्राविधिकहरुलाई सम्मान गरेको छ । १३६ औं श्रमिक दिवसको अवसरमा रेडियोको प्राविधिक कक्षमा बसेर एउटा कोठाको आवाजलाई आम नागरिक सम्म पुर्‍याउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने प्राविधिकहरुलाई सम्मान गरिएको प्रेस चौतारी अर्घाखाँचीका अध्यक्ष नविन केसीले जानकारी दिए । सामुदायिक रेडियो देउरालीका प्राविधिक प्रविण भट्टराई, रेडियो पाणिनीका प्राविधिक लक्ष्मी पोख्रेल, रेडियो अर्घाखाँचीका प्राविधिक सपना खनाल भट्टराई, शालिक बाबु पोख्रेललाई सम्मान गरिएको हो । प्रेस चौतारी नेपाल अर्घाखाँचीले एक कार्यक्रमको आयोजना गरि उक्त सम्मान गरेको हो । सम्मान कार्यक्रममा बोल्दै…

Read More

काठमाडौं । बुद्धि रायमाझी स्मृति प्रतिष्ठानले पाँचौं स्मृति दिवसको अवसर पारेर काठमाडौंमा वक्तृत्वकला प्रतियोगिता आयोजना हुने भएको छ । अर्घाखाँची जिल्लामा कम्युनिस्ट आन्दोलनका नेता तथा पुर्व शिक्षक स्व. बुद्धि बहादुर रायमाझीको स्मृतिमा बैशाख २० गते नेपाल मेगा कलेज बरमहल,काठमाण्डौमा कक्षा ८ देखि १२ कक्षासम्म विद्यार्थी बीच “नयाँ पुस्तामा अभिभावकको लागानी र प्रेरणा युग सुहाउँदो शिक्षा र वातावरण हाम्रो चाहना” भन्ने विषयक वक्तृत्वकला प्रतियोगिता आयोजना हुने भएको हो । बैशाख १९ गते ५ बजेसम्म सहभागी छात्र छात्रा,सरकारी ,निजी जुनसुकै वा खुला पनि भाग लिन पाउने नाम अनलाइन टीपाउन मिल्ने आयोजकले जनाएको छ । कम्युनिस्ट आन्दोलनका नेता तथा पुर्व शिक्षक स्व. बुद्धि…

Read More

काठमाडौं । नेकपा एमालेकी सांसद बिजुला रायमाझीले शिक्षक आन्दोलनलाई खुलेआम भड्काउने र उकास्ने काम भैरहेको बताएकी छन् । शिक्षक आन्दोलनलाई खुलेआम भड्काउने र उकास्ने प्रवृत्ति गलत भएको बताएकी हुन् । सामाजिक सञ्जाल, भाषण तथा विभिन्न संचारमाध्यममार्फत यस्तो किसिमको उत्तेजनात्मक अभिव्यक्तिले आन्दोलनको मूल उद्देश्यलाई कमजोर पार्नुका साथै शिक्षण पेशाको गरिमामा आँच पुर्‍याउने खतरा रहन्छ। जब आन्दोलन शान्तिपूर्ण मागहरूबाट परे उग्र रूप लिन्छ, तब यसले बालबालिका, अभिभावक, समग्र शिक्षा प्रणाली र समाजमा नकारात्मक असर पार्न सक्ने सांसद् बिजुला रायमाझीको दाबी छ। यस्ता क्रियाकलाप तत्काल बन्द गर्न आग्रह गरिन । संविधान सम्मत र राज्यको स्रोतले भ्याउनेसम्म सरकार र आन्दोलनरत शिक्षकहरु अधिकतम लचिलो बनेर…

Read More

गुल्मी । गुल्मीमा जीप दुर्घटनाहुँदा तीन जना घाईते भएका छन । गुल्मी जिल्लाको सत्यवती गाउँपालिकाबाट कालीगण्डकी गाउँपालिकाको पुर्तीघाटतर्फ जाँदै गरेको लु ३ च ६४५६ नम्बरको जीप गएराती कालीगण्डकी –४ सैरेनी स्थित भित्री सडक खण्डमा दुर्घटना भएको हो । दुर्घटनामा कालीगण्डकी गाउँपालिका –५ फोक्सिङ्का ४१ वर्षीय क्षेत्र बहादुर थापा, १६ वर्षीय दिपेन्द्र राना र २२ वर्षीय कृष्ण राना घाईते भएकोे जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । जीप अचानक ब्रेक फेलभई भित्तामा ठोक्किदा जीप चालक सहित पाँच जना मध्य तीन जना घाईते भएकाको प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले बताएका छन् ।

Read More

पर्सा । हुनमान जन्मोत्सवका अवसरमा शनिबार दुई समुदायबीच झडप हुँदा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रहरी घाइते भएका छन् । दुवै समूहबीच ढुङ्गा हानाहान हुँदा पर्साका प्रहरी प्रमुख गौतम मिश्रसहित १७ जना घाइते भएका हुन्। त्यस्तै सशस्त्र प्रहरी बल नेपाल पर्साका प्रहरी नायब उपरीक्षक देवेन्द्रबहादुर सिंहसहित आठ जना सशस्त्र प्रहरी घाइते भएका छन् । पर्साका प्रहरी प्रमुख गौतमले आफूसहित १७ जना नेपाल प्रहरी घाइते भएको जानकारी दिए । ‘मेरो त दाहिने हातमा चोट लागेको छ’, उनले भने, ‘मेरो त त्यति धेरै ठूलो चोटपटक भएको छैन । अन्य प्रहरी कर्मचारीको भने धेरै चोट देखिएको छ ।’ वडा प्रहरी कार्यालय बिर्ताका…

Read More

काठमाडौं । सांसद दीपक बोहराको निधन भएको छ। राप्रपाका वरिष्ठ नेता तथा सांसद एवं पूर्वमन्त्री बोहराको उपचारको क्रममा काठमाडौँको ओम अस्पतालमा ७३ वर्षको उमेरमा बोहराको निधन भएको उनका स्वकीय सचिव तारामणि चन्दले जानकारीका छन्।

Read More