Author: नेपाल राज्य

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वर्षा लागिसकेकाले अब ठूलो आन्दोलन नहुने भएकाले उपयुक्त समयमा पार्टीले आन्दोलन गर्ने बताएका छन् । झापाको हल्दीबारीमा शनिवार सञ्चारकर्मीसँग कुरा गर्दै उनले पार्टीले गरिरहेको आन्दोलन राजसंस्था र हिन्दू राष्ट्रका लागि मात्रै नभएको भन्दै उपयुक्त समयमा राप्रपाले ठूलो आन्दोलन गर्ने बताए। अध्यक्ष लिङ्देनले राप्रपाले गरिरहेको आन्दोलन राजसंस्था पुनःस्थापना, हिन्दू राज्यसँगै देशमा सुशासन र विकासका लागि पनि भएको बताए । जुनसुकै व्यवस्था आए पनि तीन दशकदेखि सीमित नेताले देशमा नेतृत्व गरिरहेकाले नेतृत्व परिवर्तनको आवश्यकता रहेको उनको भनाइ थियो । अध्यक्ष लिङ्देनले संविधानमा रहेका कतिपय कुरामा पार्टीको फरक मत रहे पनि कतिपय राम्रा रहेको उल्लेख…

Read More

अर्घाखाँची । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका-५ बाँगी भण्डारका बुढा पाका र युवा पुस्ता कुँवर कुल संरक्षणमा जुटेका छन् । कुल परम्परा, सांस्कृतिक सम्पदा र पहिचान जोगाउन बुढा पाका र युवा पुस्ता संयुक्त रुपमा जुटेका हुन् । बाँगीका कुँवर थरका समुदायले आफ्नो पूजापाठ , परम्परागत रीतिथिति र कुल देवी–देवताका मन्दिरको संरक्षण गर्न श्रमदान गरेका हुन्। बृद्ध पुस्ताले अनुभव साटासाट , परम्परा र संस्कारको सन्देश दिइरहेका छन् भने युवा पुस्ताले श्रमदान ,डिजिटल माध्यम र सामाजिक सञ्जालमार्फत यसको प्रचारप्रसारमा जुटेका छन्। सामूहिक पूजामा ११० भन्दा बढी परिवारको उपस्थिति रहने गर्छ । सोही अवसरमा कुल देवता थानको सरसफाइ, वरिपरिको संरचना मर्मतमा मंसिर महिनामा हुने…

Read More

काठमाडौं । शिक्षामन्त्री रघुजी पन्तले शिक्षकहरूसँगको सहमतिअनुसार आगामी असार १५ गतेसम्ममा शिक्षा विधेयक पारित हुने दाबी गरेका छन् । काठमाडौंमा प्रारम्भिक बाल विकाससम्बन्धी परामर्श कार्यक्रममा बोल्दै विधेयक पारित गर्न तीव्रताका साथ काम भइरहेको बताए । उनले भने, ‘शिक्षा विधेयकमा सबैका जायज माग सम्बोधन हुन्छन्, सोहीअनुसार काम भइरहेको छ । आगामी असार १५ गतेसम्म प्रतिनिधिसभाबाट विधेयक पारित हुन्छ । विधेयकमा शिक्षकका माग सम्बोधन गर्न दरबन्दी मिलान र विद्यालय गाभ्ने विषयमा मन्त्रालयले काम गरिरहेको छ ।’ उनले सरकार र शिक्षकबीचमा विगतमा भएका सहमतिलाई पनि सम्भव भएसम्म विधेयकमा समावेश गर्ने प्रतिबद्धता जनाए । शिक्षामन्त्री पन्तले थपे, ‘समय सापेक्ष कानून संशोधन गर्दै जाने हो,…

Read More

अर्घाखाँची । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को भोलि काठमाडौं हुने २४ औं महाधिवेशनमा सहभागी हुन् अर्घाखाँची देखी जाँदै छन् । अर्घाखाँची जिल्लामा रहेका विभिन्न क्याम्पसहरुका क्यामपस कमिटीले छनोट गरी पठाएका विद्यार्थी प्रतिनिधीहरु लाई नेकपा एमाले अर्घाखाँचीका अध्यक्ष पिताम्बर भुसालले टीका लगाएर काठमाडौं बिदा गरेका हुन् । काठमाडौं जाने अनेरास्ववियुका जिल्ला अध्यक्ष विराज मुखिया,सन्तोष भट्टराइ,झरना के.सी, क्यालिष्टा भट्टराई ,निर्मल खनाल,बिक्रम नेपाली,कृष्ण खत्ताल , सुदन नेपाली,प्रशान्त खनाल,अनिता क्षेत्री, मुना खनाल, विपिन पन्थी,खिम बहादुर वि.सी. ,अनिल भुसाल र अभय रायमाझी रहेका छन् । अनेरास्ववियुका जिल्ला उपाध्यक्ष बिक्रम नेपालीका अनुसार, “यो महाधिवेशनले संगठनलाई नयाँ ऊर्जा दिनेछ…

Read More

बाजुरा । बाम्का बजारमा शुक्रबार दिउँसो भएको आगलागी पीडिलाई तत्काल राहत उपलब्ध गराउन सरकारसँग माग गरिएको छ । खाना पकाउने ग्यासको सिलिण्डरबाट भएको आगलागीको क्षतिको विवरण संकलन गरी प्रदेश र संघीय सरकारसँग राहत माग गर्ने निर्णय गरिएको छ । बुढीगङ्गा नगरपालिका–६ बाम्का बजारको नवदुर्गा होटलमा खाना पकाउने ग्यास पड्किएर आगलागी भएको थियो । सो आगलागीबाट ३० पसल जलेर नष्ट भएका प्रहरी नायव उपरीक्षक इकवाल हवारीले जानकारी दिए। ग्यास पड्किएर खुद्रा तथा कपडा व्यापार गर्दै आएका स्थानीयको टिनले छाएका पसल जलेर नष्ट भएका थिए। जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्यासहितको टोलीले घटनास्थलको अनुगमन गरी तत्काल सरकारसँग…

Read More

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विविधतामा एकता नेपाली समाजको मौलिक विशेषता भएको जनाएका छन् । इस्लाम धर्मावलम्बीहरूको महान् पर्व ईद–उल–अज्हा (बकर ईद)–२०८२ को अवसरमा शुभकामना दिँदै उनले यस्तो बताएका हुन् । मुख्यमन्त्री आचार्यले संविधानले गणतन्त्र, संघीयता, समानता, समावेशिता, धर्मनिरपेक्षता र कानुनी राज्यलाई संस्थागत गरेको उल्लेख गर्दै विविधताभित्र एकताको भावना प्रवद्र्धन गरिरहेको बताए । उनले विविधतामा एकता नेपाली समाजको मौलिक विशेषता भएको उल्लेख गरेका हुन् । मुस्लिम समुदायको दोस्रो ठूलो पर्व ईद–उल–अज्हा इब्राहिम अलैहिस्सलामले अल्लाहको आदेशमा आफ्ना छोरा इस्माइललाई बलिदान गर्न तयार भएको सम्झनामा मनाइन्छ । यस दिन मुस्लिम धर्मावलम्बीहरू मस्जिदमा नमाज पढेपछि शुभकामना आदान–प्रदान गर्ने परम्परा रहेको बताइएको…

Read More

बुटवल । बुटवलमा दर्ता विना सञ्चालनमा रहेका ६ वटा मेडिकल क्लिनिकहरु बन्द भएका छन् । जिल्ला प्रशासन कार्यालय रुपन्देहीको अनुगमन टोलीले बुटवलका विभिन्न ११ वटा मेडिकल तथा क्लिनिकहरुमा अनुगमन गर्दा ६ वटा क्लिनिकहरु दर्ता विना नै सञ्चालन गरेको भेटिएपछि बन्द गराएको हो । रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले स्वास्थ्यसँग खेलबाड गर्ने जनताको गुनासो आएपछि क्लिनिकहरु अनुगमन गरिएको दर्ता विनाका ६ वटा क्लिनिक लाई बन्द गराइएको बताएका हुन । शिला मेडिकल हल, वरदान क्लिनिक, पुनम मेडिकल हल, मङ्गलमय स्वास्थ्य क्लिनिक,चन्दन फार्मेसीले सञ्चालन गरेको ल्याब, र रुचिका हेल्थ क्लिनिकलाई बन्द गरिदिएको हो। विशेषज्ञहरू भन्छन्, “स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा दर्ता विना सेवा…

Read More

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मनसुनजन्य विपद्बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि स्थानीय तह र समुदायबीच सहकार्य जरुरी रहेको बताएका छन् । आज लमही नगरपालिका–६ मध्यनगरमा आयोजित ‘हातेमालो–७’ एकीकृत अभ्यास कार्यक्रममा उनले मनसुन भित्रिएसँगै आउनसक्ने विपद्को पूर्वतयारीमा जुट्न सरोकार भएका सबैलाई आग्रह गरे । विपद् व्यवस्थापनमा स्थानीय तह, समुदाय तथा सरोकार भएका निकायबीच सहकार्य र समन्वय आवश्यक पर्ने बताउँदै मुख्यमन्त्री आचार्यले समुदायसँग प्रत्यक्ष जोडिएको स्थानीय सरकार सक्रिय र सर्तन रहनुपर्नेमा जोड दिए । कुनै पनि विपद् पूर्व जानकारी दिएर नआउने हुँदा तयारी अवस्थामा रहन उपस्थित सबैलाई उनले अनुरोध गरे । उनले भने “मनसुनजन्य विपद्बाट हुनसक्ने सम्भावित क्षति न्यूनीकरण गर्न…

Read More

काठमाडौँ । तीन दिनदेखि भैरहवा भन्सारको सर्भर डाउन भएको छ । भन्सारको सर्भरमा समस्या हुँदा भारतबाट नेपाल प्रवेश गर्ने भारतीय मालवाहक सवारी पास हुन सकेका छैनन् । भैरहवा भन्सार कार्यालयमा सूचना अधिकारी नरेन्द्रप्रसाद चौधरीले पछिल्लो तीन दिनदेखि सर्भरमा समस्या रहेको बताए । उनका अनुसार भन्सारले प्रयोग गर्ने आसिकुडा वर्ल्ड सफ्टवेयर समय–समयमा डाउन हुने गरेकाले माल वस्तु जाँच पासमा व्यवधान भएको छ । उनले भने, ‘सर्भर डाउन भएर काम नै नभएको भन्ने होइन । सर्भर डाउन हुँदै खुल्दै गरेकाले चाँडो काम हुन सकेको छैन । सर्भरले सबै सिस्टमलाई धान्न नसक्दा सर्भरमा समस्या आएकाले केही सवारी साधनहरूमा आएको मालवस्तु भन्सार पास हुन…

Read More

काठमाडौं । वरिष्ठ अधिवक्ता शम्भु थापाले पत्रकारमाथि दुव्र्यवहार गरेको घटनाप्रति अनलाइन टिभी पत्रकार संघले आपत्ती जनाएको छ । बिहिबार प्रेस वक्तव्य जारी गर्दै संघले प्रेस स्वतन्त्रता र सञ्चारकर्मीहरूको सुरक्षामाथि गम्भीर प्रश्न उठाएको भन्दै तत्काल क्षमा याचना गर्न माग गरेको हो । ‘प्रेस स्वतन्त्रता र पत्रकारको भूमिकाका बारेमा पर्याप्त जानकार व्यक्तिबाटै भएको यस प्रकारको व्यवहारले प्रेस स्वतन्त्रता र सञ्चारकर्मीहरूको सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ । त्यसैले सञ्चारकर्मीमाथी आक्रमण गर्नु भएका बरिष्ठ अधिवक्ता थापालाई तत्काल क्षमा याचना गर्न हामी माग गर्दछौं,’ प्रेस वक्तव्यमा लेखिएको छ । बिहिबार नेकपा एकीकृत समाजवादी पार्टी केन्द्रीय कार्यालयमा रिपोर्टिङका लागि गएका नेपाल प्रेसका फोटो पत्रकार उमेश कार्कीको…

Read More