अर्घाखाँची ।
अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका-५ बाँगी भण्डारका बुढा पाका र युवा पुस्ता कुँवर कुल संरक्षणमा जुटेका छन् ।
कुल परम्परा, सांस्कृतिक सम्पदा र पहिचान जोगाउन बुढा पाका र युवा पुस्ता संयुक्त रुपमा जुटेका हुन् । बाँगीका कुँवर थरका समुदायले आफ्नो पूजापाठ , परम्परागत रीतिथिति र कुल देवी–देवताका मन्दिरको संरक्षण गर्न श्रमदान गरेका हुन्।
बृद्ध पुस्ताले अनुभव साटासाट , परम्परा र संस्कारको सन्देश दिइरहेका छन् भने युवा पुस्ताले श्रमदान ,डिजिटल माध्यम र सामाजिक सञ्जालमार्फत यसको प्रचारप्रसारमा जुटेका छन्।
सामूहिक पूजामा ११० भन्दा बढी परिवारको उपस्थिति रहने गर्छ । सोही अवसरमा कुल देवता थानको सरसफाइ, वरिपरिको संरचना मर्मतमा मंसिर महिनामा हुने पुजाको लागि युवा पुस्ता जुटेका हुन् ।
८२ वर्षीय कुल ज्येष्ठ सदस्य दल बहादुर कुँवरले भने, “ हामीले हाम्रो परिचय भुल्नु हुँदैन , नयाँ पुस्ताले यसको महत्व बुझ्न थालेको देख्दा गर्व लाग्छ। बाटो बिराएकाले पनि यसको महत्त्व बुझ्दै जानेछन् । ”

