Author: नेपाल राज्य

अर्घाखाँची । नेकपा एमाले अर्घाखाँचीका अध्यक्ष पिताम्बर भुसालले सन्धिखर्क साना शहरी खानेपानी उपभोक्ता मूल संस्थाको हालै सम्पन्न निर्वाचनबारे आफ्नो धारणा सार्वजनिक गरेका छन्। सामाजिक संजालमार्फत प्रतिक्रिया दिँदै उनले विभिन्न अनपेक्षित परिणामका कारणहरू सूक्ष्म रूपमा गठबन्धन भित्रकै कमजोरी र एमाले अन्तर्विरोधबाट आएको दाबी गरेका हुन। उनका अनुसार एमाले र कांग्रेस दुवै दलभित्रको आन्तरिक संघर्ष खुलेर चुनावमा देखियो, जसलाई उनले “अत्यन्त घातक” प्रवृत्ति भने। कांग्रेसभित्र करीब ८५ प्रतिशत नेता तथा मतदाता गठबन्धनविरुद्ध खुला रूपमा उभिएको आरोप समेत लगाए। एमालेभित्र पनि असन्तुष्ट समूहले योजना असफल पार्ने उद्देश्यसहित भित्री रूपमा सक्रिय रहेको अध्यक्ष भुसालको दाबी थियो । सन्धिखर्कका घटनाहरू र चुनावी वातावरणलाई उनले अस्थिर…

Read More

वीरेन्द्र केसी, अर्घाखाँची । सन्धिखर्क साना सहरी खानेपानी तथा सरसफाइ नगर आयोजनाको उपभोक्ता मूल संस्थाको चुनावमा चार दलीय गठबन्धनलाई पराजित गर्दै स्वतन्त्र उम्मेदवार बाबुराम भुसाल विजयी भएका छन्। भुसालले कांग्रेस, एमाले, नेकपा र जनमोर्चाका साझा उम्मेदवार युवराज खत्रीलाई १२० मतले हराएका हुन्। स्थानीय उपभोक्ताले दलहरूको सिन्डिकेट तोड्दै स्वतन्त्र उम्मेदवारलाई जिताएपछि खानेपानी समस्याको समाधानमा उपभोक्ताको भावना अनुसार काम गर्ने भुसालले बताएका छन। अर्घाखाँची —सन्धिखर्क साना सहरी खानेपानी तथा सरसफाइ नगर आयोजना उपभोक्ता मूल संस्थाको छैटौं अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको चुनावमा चार दलीय गठबन्धनका साझा उम्मेदवारलाई पराजित गर्दै स्वतन्त्र विजयी भएका छन् । स्वतन्त्र नागिरक समाजका नाममा बाबुराम भुसालले कांग्रेस,…

Read More

काठमाडौं । नेकपा एमालेका नेता तथा पोलिटब्युरो सदस्य सूर्य थापाले सामाजिक संजालमार्फत सिमरा घटनाबारे गम्भीर टिप्पणी गर्दै गृहमन्त्रीको राजीनामा माग गरेका छन् । उनले बताएका छन् कि जेन्जी आन्दोलनको नाममा सामाजिक फासिवादको अभ्यास भएको छ, जसले समाजमा असमानता र विभाजनको अवस्था सिर्जना गरेको छ। थापाले घटनामा संलग्न गृहमन्त्रीको नेतृत्वप्रति आपत्ति जनाउँदै, तत्काल प्रभावकारी कदम नचालिए सरकारको विश्वसनीयता संकटमा पर्ने चेतावनी दिएका छन्। उनले “नालायक गृहमन्त्री”ले तुरुन्त राजीनामा दिनुपर्ने जोडदार माग गर्दै, यस्तो अवस्था दोहोरिन नदिन सरकारलाई जिम्मेवार बनाउने कुरा पनि बताएका छन्। उनका अनुसार समाजमा न्याय र समानताको रक्षा गर्न यस प्रकारका घटनामा कडा कारबाही अपरिहार्य रहेको टिप्पणी रहेको छ…

Read More

अर्घाखाँची — सन्धिखर्क साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता मूल संस्थाको निर्वाचनमा दिउँसो २:३० बजेसम्म ६०० मत खसेका छन्। संस्थामा कुल मतदाता १७३३ जना रहेका छन्। समयमै मतदान सुरु भएयता मतदाता ढिलो–ढिलो भए पनि निरन्तर रूपमा मतदान केन्द्रमा पुगिरहेका छन्। ८ सय देखी १ हजार मत खस्ने अनुमान गरिएको छ । मतदान शान्त र व्यवस्थित रूपमा भइरहेको निर्वाचन समितिले जनाएको छ।

Read More

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सिमरा विमानस्थलमा जेनजी समूहले देखाएको व्यवहारलाई जेनजी भावनाको सही अभिव्यक्ति नभई त्यसको दुरुपयोग भएको टिप्पणी गरेका छन्। एमाले नेताहरू शंकर पोखरेल र महेश बस्नेत प्रदेशस्तरीय कार्यक्रममा सहभागी हुन सिमरा झर्दै छन् भन्ने जानकारी पाएपछि जेनजी समूहले विमान अवतरण गर्न नदिने भन्दै आन्दोलन गरे। स्थिति तनावपूर्ण भएपछि जिल्ला प्रशासनले राति ८ बजेसम्म कर्फ्यु लगायो। घटनापछि शर्माले सामाजिक सञ्जालमा जेनजीको स्वतन्त्र अभिव्यक्तिलाई समर्थन गर्नेहरू, कसैको आवागमन रोक्ने कदममा उभिन नसक्ने बताए। उनका अनुसार भ्रमण र आवागमन संविधानले दिएको हक हो र त्यसलाई कुण्ठित गर्नु गलत अभ्यास हो। शर्माले निषेध र आवेगले राजनीति चल्दैन भन्दै संयम…

Read More

काठमाडौं । नेकपा एमालेले मंसिर ५ मा ‘नेसनल भोलेन्टियर फोर्स’ नामक युवा फोर्स सार्वजनिक गर्ने तयारी गरेको छ। घोषणा माइतीघरको कार्की बैंक्वेटमा हुने छ जहाँ नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली उपस्थित रहनेछन्। युवा संघका प्रवक्ता निरोज पौडेलका अनुसार यो फोर्सको नेतृत्व पूर्व उपाध्यक्ष पुष्पराज श्रेष्ठले सम्हाल्नेछन्। श्रेष्ठ एमाले बागमती प्रदेश कमिटीका सदस्य हुन् र नेता महेश बस्नेतसँग नजिका मानिन्छन्। यो संरचना बनाउन एमालेको जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकालले केही समयअघि गुण्डुमा बैठक बोलाएर कार्यदल गठन गरेका थिए। बस्नेतको संयोजकत्वमा बनेको नौ सदस्यीय समूहले विधान, लोगो, झन्डा र कार्ययोजना तयार पारेपछि फोर्स गठनको प्रक्रिया अघि बढाइएको हो। नयाँ फोर्स…

Read More

अर्घाखाँची – सन्धिखर्क साना शहरी खानेपानी तथा सरसफाई नगर आयोजना उपभोक्ता मूल संस्थाको भोलि हुने निर्वाचनलाई लक्षित गर्दै वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार बाबुराम भुसालले अर्घाखाँचीबासी मतदातालाई आफ्नो अमूल्य मत दिन आग्रह गरेका छन्। भुसाललाई कांग्रेस, एमाले सहित अन्य राजनीतिक दलहरूको समेत समर्थन रहेको छ। विभिन्न दलहरूको साथ र उपभोक्ताको विश्वासका आधारमा आफूलाई भारी मतले विजयी बनाउन आग्रह गर्दै भुसालले संस्थाको सुधार, सेवा विस्तार र व्यवस्थापन सुदृढीकरण आफ्ना प्राथमिकता हुने बताएका छन्। सामाजिक संजालमा सक्रिय रहँदै उनले समुदायका विभिन्न सेवा तथा समाजसेवी गतिविधिहरूमा पनि निरन्तर सहभागिता जनाउँदै आएका छन्। भोलि हुने मतदानमा जिम्मेवार नेतृत्व छान्न सबै मतदातामा सहभागी हुन उनले अपिल…

Read More

अर्घाखाँची – नेपाली कांग्रेस अर्घाखाँचीले सन्धिखर्क नगर कार्य समितिका तत्कालीन नगर सभापति बाबुराम भुसाललाई पार्टी अनुशासन उल्लंघन गरेको आरोपमा साधारण सदस्यता समेत नरहने गरी कारबाही गरेको जनाएको छ। कांग्रेस अर्घाखाँचीले २०८२ भदौ २९ मा भुसालमाथि कारबाही लागू भएको स्पष्ट गरेको हो। सन्धिखर्क साना शहरी खानेपानी तथा सरसफाइ नगर आयोजना उपभोक्ता मूल संस्थाको अधिवेशन हुन लागेकाले यस चुनावलाई लक्षित गर्दै कांग्रेसले औपचारिक प्रेस विज्ञप्ति जारी गरेको छ। विज्ञप्तिमा उपभोक्ताले नै अघि सारेका साझा उम्मेदवार युवराज खत्री (प्रेम) लाई नेपाली कांग्रेससहित अन्य राजनीतिक दलले पनि समर्थन रहने उल्लेख छ। बुधबार बिहान १० देखि साँझ ५ बजेसम्म हुने मतदानको लागी कांग्रेस अर्घाखाँचीले मतदातालाई…

Read More

अर्घाखाँची । नेकपा एमाले नेतृ रामकुमारी झाँक्रीले युवालाई अग्रपंक्तिमा ल्याएर देशलाई नयाँ दिशामा अघि बढाउनु एमालेको जिम्मेवारी भएको बताएकी छन् । मंगलबार सन्धिखर्कमा प्रेस चौतारी नेपाल अर्घाखाँचीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले विश्व डिजिटल युगमा ढल्किएको अहिलेको अवस्थामा युवा पुस्ताको नेतृत्व अनिवार्य भएको बताइन् । जेनजी हाम्रै छोराछोरी र भाइबहिनी हुन्।युवा पुस्ता लाई भड्काउने खेलमा लाग्नेहरूलाई इतिहासले क्षमा नदिने टिप्पणी गर्दै उनले भनिन्, “हामीले नुन बोकेर खाने समय बित्यौं, अहिलेको पुस्तालाई अवसर दिनैपर्छ। जेन-जीलाई पार्टीको अग्रपंक्तिमा ल्याउनु जरुरी छ।” एमाले नेतृ झाँक्रीले एमाले चुनावका लागि तयार रहेको तर निर्वाचनमा जाने माहोल सरकारले बनाउने जिम्मेवारी पूरा नगरेको आरोपसमेत लगाइन्। “हामी…

Read More

अर्घाखाँची — नेपाल कम्युनिस्ट पार्टी (एमाले) छत्रदेव गाउँ कमिटीले सोमबार आयोजना गरेको मोटरसाइकल र्‍याली र बल्कोटमा भएको कोणसभामा एमाले अर्घाखाँचीका सचिव तोज बहादुर रायमाझी “विधान” ले अहिलेको अवस्थाले चुनाव असम्भव देखिएको बताएका छन्। उनले जेन–जी आन्दोलनको नाममा देशलाई अराजक बनाउन गरिएको प्रयास, प्रहरीको हतियार लुटिने जस्ता घटनाले जनताभित्र डर फैलिएको बताए। यस्तो माहोलमा चुनाव गराउने वातावरण नबनेको उनको भनाइ छ। यससँगै उनले जेन–जीका जायज मागहरू एमाले सरकारले संविधान संशोधनमार्फत भए पनि पूरा गर्ने स्पष्ट सन्देश दिएका हुन् । सचीव रायमाझीले देसी–विदेशी शक्तिहरूले नेपालको संविधान कमजोर पार्न खोजेको आरोप लगाउँदै देशलाई अस्थिरतामा धकेल्ने योजना सशक्त रूपमा रोक्नुपर्ने धारणा राखे। उनका अनुसार…

Read More