Author: नेपाल राज्य
वन डढेलो नियन्त्रण जीउधन एवं पर्यावरण संरक्षण सम्बन्धी जनस्तरमा सचेतना अभिवृद्धि गरिदिने सम्बन्धी सूचना उपरोक्त विषयमा अर्घाखाँची जिल्लामा वन डढेलो प्रत्येक वर्ष प्रकोपको रुपमा देखा परिरहेको र यसबाट धनजनको क्षति हुनुका साथै हजारौं हेक्टर वन क्षेत्र नष्ट भई वातावरणीय सन्तुलन एवं पर्यावरणमा गम्भीर असर परेको अवस्था छ । जिल्लामा करिब सबै वन डढेलोका घटना मानवीय कारण लाग्ने गरेको तथ्य समेत जानकारी गराउन चाहन्छौं । यस जिल्लामा विभिन्न बाहना (जस्तै वन्यजन्तु धपाउन, राम्रो घाँस तथा वन पैदावर संकलन आदी) ले वनक्षेत्रमा डढेलोजन्य कार्यमा स्थानीयहरु नै संलग्न रहेको देखिएको छ । यस सन्दर्भमा, सबै राजनीतिक दल, सरोकारवाला सबैले डढेलो लगाउने कार्य गम्भीर…
ओली र लेखक पक्राउप्रति एमाले अर्घाखाँचीको कडा आपत्ति, ‘देशलाई द्वन्द्वतर्फ धकेल्ने प्रयास’
अर्घाखाँची । नेकपा (एमाले) अर्घाखाँचीका अध्यक्ष पीताम्बर भुसालले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै नवगठित सरकारको कदमप्रति कडा आपत्ति जनाएका छन्। विज्ञप्तिमा केपी शर्मा ओली र रमेश लेखकलाई कथित कार्की आयोगको प्रतिवेदन कार्यान्वयनको नाममा पक्राउ गरिएको घटनालाई प्रतिशोधपूर्ण र राजनीतिक पूर्वाग्रहबाट प्रेरित कार्यको रूपमा व्याख्या गरिएको छ। एमाले अर्घाखाँचीले यस्तो कदमले मुलुकलाई द्वन्द्व र मुठभेडतर्फ धकेल्ने खतरा रहेको जनाएको हो। भदौ २३ गते भएको प्रदर्शनका क्रममा भएको जनधनको क्षतिबारे निष्पक्ष छानबिन हुनुपर्नेमा आफूहरू सधैं स्पष्ट रहेको जनाउँदै, उक्त घटनालाई विध्वंसात्मक बनाउने घुसपैठ, लुटपाट र आगजनीका घटनाको वास्तविकता बाहिर ल्याउनुपर्नेमा जोड दिइएको छ। तर, नागरिक जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा बनेको…
काठमाडौँ । विशेष राजनीतिक अवस्थाका कारण यस वर्ष देशले तीन जना प्रधानमन्त्री पाएको छ। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा सबैभन्दा ठूलो दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) आजदेखि प्रधानमन्त्री बनेका छन्। निर्वाचन सम्पन्न गराउने जिम्मेवारीसहित प्रधानमन्त्री बनेकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्की भने आजबाट पदमुक्त भएकी छन्। भ्रष्टाचार अन्त्य, सुशासन स्थापना र सामाजिक सञ्जालको नियमित सञ्चालनको मागसहित भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए। त्यसपछि भदौ २७ गते प्रधानमन्त्री नियुक्त भएकी कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गरी निर्वाचन मिति घोषणा गरेका थिए। निर्वाचनमा रास्वपाले…
बुटवल । चर्चित गायिका तथा पूर्वसांसद कोमल वलीका पिता ८५ वर्षीय ललितबहादुर वलीको शुक्रबार दाङको तुलसीपुरस्थित निवासमा छतबाट खसेर निधन भएको छ। वलीले सामाजिक सञ्जालमार्फत बुवाको निधनभएको जानकारी दिएकी हुन्। पार्थिव शरीर तुलसीपुरस्थित दिपा–ललित निवासमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको छ। ललितबहादुर वली दाङका सक्रिय साहित्यकार तथा समाजसेवी थिए। उनका ‘दर्पण’ र ‘मातृभूमि’ कृतिसहित सात गीत रेडियो नेपालमा रेकर्ड भएका छन्।
काठमाडौं । रास्वपाका सांसद सुधन गुरुङलाई गृहमन्त्री बनाउने सम्भावना बढ्दै गएको छ। जेनजी आन्दोलनबाट उदाएका गुरुङलाई गृहमन्त्री बनाउने विषयमा रास्वपा सभापति रवि लामिछाने र बालेन शाहबीच सहमति नजिक पुगेको निकट स्रोतको दाबी छ। यसअघि पार्टीका उपसभापति डीपी अर्याल गृहमन्त्रीको चर्चामा थिए। तर जेनजी आन्दोलनमा गुरुङको सक्रिय भूमिका र रवि–बालेनबीचको एकताको सूत्रधारका रूपमा उनलाई अघि सार्ने विषयमा दुवै नेता सकारात्मक देखिएको स्रोतले जनाएको छ।
काठमाडौँ । मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्रीको शपथ गराउने कार्यक्रम तय गरिएको छ । त्यसअघि नेता शाहलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको जानकारी गराइनेछ । नेपालको संविधानको धारा ७६ को उपधारा १ अनुसार एकल सरकार गठन हुन लागेको हो । राष्ट्रपति कार्यालयका अनुसार अपराह्न प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहणको कार्यक्रम तय गरिएको बताइएको छ । शपथ ग्रहण समारोहमा सहभागी हुन विभिन्न राजनीतिक दल, यहाँस्थित कूटनीतिक नियोगका प्रतिनिधि, नागरिक समाज, उच्च सरकारी अधिकारीलाई आमन्त्रण गरिसकिएको छ । प्रधानमन्त्रीको शपथसँगै मन्त्रीहरूको पनि शपथ…
काठमाडौं । गौरीबहादुर कार्की नेतृत्वको भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन बाहिरिएको छ। प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक, आईजीपी चन्द्रकुवेर खापुङलाई फौजदारी कसुरमा अनुसन्धान अघि बढाउन सिफारिस गरेको छ । प्रतिवेदनले नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका अधिकारीलाई विभागीय कारबाही गर्न सिफारिस गरेको छ। प्रतिवेदनमा चार सैनिक अधिकारीलाई पनि कारबाही गर्नुपर्ने उल्लेख छ। राजनीतिक र उच्च नेतृत्वलाई फौजदारी कसुरमा कारबाही गर्न सिफारिस गरेको गरिएको छ। आयोगले नेपाल प्रहरी एआईजी सिद्धिविक्रम शाह, डीआईजी ओमबहादुर राना, काठमाडौंका तत्कालीन प्रहरी प्रमुख विश्व अधिकारी (हाल डीआईजी), उपत्यका प्रहरीका तत्कालीन एसएसपी दिपशमशेर जबरा र प्रहरी…
आयोग प्रतिवेदन : सेनाले राष्ट्रपतिलाई सुरक्षित स्थानमा सारे पछि मात्रै शीतलनिवास जलेको
सेनाले राष्ट्रपतिलाई सुरक्षित स्थानमा सारे पछि मात्रै शीतलनिवास जलेको काठमाडौं । जेन–जी आन्दोलनका क्रममा गत २४ भदौमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा स्वीकृत गरेपछि राष्ट्रपति रामचन्द्र पौडेललाई नेपाली सेनाले शीतलनिवास बाहिर पुराएको खुलासा भएको छ । जेन–जी आन्दोलन सम्बन्धी जाँचबुझ आयोगको बयानमा राष्ट्रपति पौडेलको तर्फबाट कार्यालयका ततकालीन सचिव डा. दीपक कार्कीले यस्तो बयान दिएका हुन् । उनका अनुसार २ बजेर ५० मिनेटमा केपी ओलीको राजीनामा स्वीकृत गरिएको थियो । ३ बजे नेपाली सेनाले राष्ट्रपतिलाई सुरक्षित स्थानमा सारेको थियो । त्यसपछि मात्रै शीतलनिवास जलेको कार्कीको बयानमा उल्लेख छ । ‘तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको राजीनामा स्वीकृतिका लागि दिउँसो करिब…
काठमाडौँ । जेनजी आन्दोलनको क्रममा गत भदौ २४ गते जेलबाट भगाइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसँग सम्बन्धित घटनाको छानबिनका क्रममा नख्खु कारागारका जेलर सत्यराम जोशी र रविका प्रमुख स्वकीय सचिव (पिए) अविनाश आचार्यबीच अघिल्लै दिनदेखि फोन सम्पर्क भएको फेला परेको छ । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले गरेको अध्ययन अनुसार, भदौ २३ र २४ गते दुई पटक जोशी र आचार्यले आपसमा फोन सम्पर्क गरेका थिए । त्यसैगरी आयोगको प्रतिवेदनमा उल्लेख छ कि जेलर जोशीले गृह मन्त्रालयका सहसचिव आनन्द काफ्लेलाई भदौ २४ गते ६ पटक फोन गरेका थिए भने ललितपुरका प्रमुख जिल्ला अधिकारीले जोशीलाई भदौ २३ गते एक पटक…
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले चैत १३ गते नयाँ प्रधानमन्त्रीको शपथ लिनेछन् । शपथ ग्रहण शुक्रबार मध्याह्न १२:३४ बजेका लागि तय भएको बताइएको छ । उक्त शपथ ग्रहण समारोहमा ७ वटा शंखबाट शखनाथ हुने, १०८ जना बटुकबाट स्वस्ती शान्ति वाचन गर्ने, १६ जना बौद्ध भिक्षुबाट अष्ठमंगल पाठ गरिने तालिका रहेको छ । त्यस्तै बालेनले दिउँसो सवा २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पद बाहली गर्नेछन् ।
