वन डढेलो नियन्त्रण जीउधन एवं पर्यावरण संरक्षण सम्बन्धी जनस्तरमा सचेतना अभिवृद्धि गरिदिने सम्बन्धी सूचना
उपरोक्त विषयमा अर्घाखाँची जिल्लामा वन डढेलो प्रत्येक वर्ष प्रकोपको रुपमा देखा परिरहेको र यसबाट धनजनको क्षति हुनुका साथै हजारौं हेक्टर वन क्षेत्र नष्ट भई वातावरणीय सन्तुलन एवं पर्यावरणमा गम्भीर असर परेको अवस्था छ । जिल्लामा करिब सबै वन डढेलोका घटना मानवीय कारण लाग्ने गरेको तथ्य समेत जानकारी गराउन चाहन्छौं । यस जिल्लामा विभिन्न बाहना (जस्तै वन्यजन्तु धपाउन, राम्रो घाँस तथा वन पैदावर संकलन आदी) ले वनक्षेत्रमा डढेलोजन्य कार्यमा स्थानीयहरु नै संलग्न रहेको देखिएको छ । यस सन्दर्भमा, सबै राजनीतिक दल, सरोकारवाला सबैले डढेलो लगाउने कार्य गम्भीर अपराध हो भन्ने सन्देश सर्वसाधारणमा प्रवाह गरी, यस्ता गतिविधिमा संलग्न नहुन स्थानीय जनतालाई सचेत गराउँदै पर्यावरण संरक्षणमा सहयोग पु¥याई सर्वसाधारणको जीउधन रक्षा गर्ने कार्यमा सहयोग गरिदिनुहुन अनुरोध गर्दछौं ।
वन संरक्षण तथा वातावरणीय सन्तुलन र नागरिकको जीउधनको सुरक्षामा सबैको जिम्मेवारीको अपेक्षा राख्दै सकारात्मक योगदान रहने विश्वास लिएका छौं ।
अनुरोधक
डिभिजन वन कार्यालय, अर्घाखाँची
