Author: नेपाल राज्य
हरि भुसाल , अर्घाखाँची । प्रथम स्थापना दिवसको अवसरमा लायन्स क्लव अफ अर्घाखाँचीले सन्धिखर्क नगरपालिका वडा नं २ मा बृक्षारोपण गरेको छ । सन्धिखर्क नगरपालिका वडा नं. २ बेलवाटिकामा सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठ, वडाध्यक्षहरु मोतिजंग रायमाझी, हुमप्रसाद भुसाल, लायन्स क्लव अफ अर्घाखाँचीका संस्थापक अध्यक्ष हरिप्रसाद भुुसाल लगायतको उपस्थितीमा वृक्षारोपण गरिएको हो । लायन्स मिनि पार्क बनाउने अभियानका साथ शुभदिनमा वृक्षारोपण गरिएको क्लवका अध्यक्ष कृष्ण प्रसाद भुसालले जानकारी दिनुभयो । वृक्षारोपण कार्यक्रममा लायन्सका पदाधिकारी तथा सदस्यहरुको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रममा सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठले लायन्सको सकारात्मक कामबाट आफु प्रभावित भएको बताउदै आगामी दिनमा…
बुटवल । लुम्बिनी प्रदेशका आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्री तिलकराम शर्माले संघीय सरकारकै कारण संघीयता कार्यान्वयनमा आउन नसकेको बताएका छन् । उनले संघीय सरकारका लागि प्रदेशबाट निरन्तर दबाब सृजना गरिएको बताए । संघीय सरकारका प्रधानमन्त्रीसहित विभिन्न दलतका नेताहरुलाई यही साउन ३ गते भेटघाट गरी प्रहरी विद्येयक जारी गर्न, कर्मचारी समायोजन गर्न र संघ र प्रदेश बीचमा भएको साझा अधिकार सूचीबाट प्राप्त हुने राजश्वको बांडफांड समानुपातिकरुपमा वितरणका लागि माग गरिएको उनले जानकारी गराए । …
रुपन्देही । लुम्बिनी प्रदेश सरकारको मुख्य साझेदार दल नेपाली कांग्रेस र माओवादी केन्द्रले आफ्ना सांसदहरुलाई भाग पुराउन ५ महिने मन्त्री बनाउने तयारी गरेका छन् । गत साउन २६ गते १६ महिना सरकार चलाउन गठबन्धनको नेतृत्व गरेका मुख्य साझेदार दलहरु माओवादी संसदीय दलका नेता कुलप्रसाद केसी तथा नेपाली कांग्रेसका संसदीय दलका नेता बीरेन्द्र कनौडियाले आधा आधा सरकारको नेतृत्व गर्ने सम्झौता गरेका थिए । यो सहमतिअनुसार फागुनमै माओवादीबाट सरकारको नेतृत्व गरेका मुख्यमन्त्री कुलप्रसाद केसीले कनौडियालाई हस्तान्तरण गर्नुपर्ने थियो तर माओवादीले पूर्वसहमति पालना गर्न चाहेन । उल्टै कांग्रेसभित्रको विवादमा खेलेर समय लम्बाएको थियो । लगत्तै स्थानीय तहको निर्वाचन, त्यसपछि नीति तथा कार्यक्रम र…
हरि कुँवर , अर्घाखाँची । प्रेस चौतारी अर्घाखाँची द्वारा आयोजित तीनदिने आधारभूत पत्रकारिता तालिम सन्धिखर्कमा सुरु भएको छ । बिहिवार आयोजित पत्रकारिता तालिमको नेकपा एमाले केन्द्रिय सचीव तथा तत्कालीन मन्त्री टोपबहादुर रायमाझीले पानसमा बत्तिबालेर शुभारम्भ गरेका हुन् । सो तालिममा युवाहरुको बढी सहभागिता रहेको छ । तालिमको उद्घाटनमा बोल्दै नेता टोपबहादुर रायमाझीले सहभागीलाई आफूले सिकेको कुरा सही रुपमा कार्यान्वयन गर्न सुझाव दिए । मुलुकमा विभिन्न समयमा भएका परिवर्तनको आन्दोलनमा सञ्चार क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताएका छ्न । अबको पत्रकारिता सत्यतथ्य खोज अनुसन्धानका लागि हुनुपर्ने बताए । नेता रायमाझीले जिल्लाको विकासका बारे समेत प्रकाश पारेका हुन । प्रेस चौतारी…
हरि कुँवर , अर्घाखाँची । पूर्वउपप्रधानमन्त्री तथा नेकपा (एमाले) का केन्द्रीय सचिव टोपबहादुर रायमाझीले जिल्लामा भित्र ६ अर्ब भन्दा बढी विकास बजेट भित्र्याएको दावी गरे । पटक पटक मन्त्री भएका रायमाझीले सड्क, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य खानेपानी, विद्युत सहित आर्थिक समृद्धि लगायतका समग्र योजनामा बजेट भित्राएर काम भैरहेको बताएका छन । एकै दिन हिमाल, पहाड र तराई घुम्न सकिने सालझण्डी, सन्धिखर्क ढोरपाटन सकड् द्रुत गतिमा निर्माणको काम भैरहेको छ । यो सडक निर्माण सम्पन्न भएर सुचारु भएपछि नेपालको एकमात्र शिकार आरक्षण ढोरपाटनमा सिकार खेल्न विदेशी पर्यटक यही बाटो भएर आउजाउ गर्दा जिल्लामा चहलपहल हुने आशा गरिएको छ । बारम्बर विद्युत…
अर्घाखाँची । नर्वेको ओस्लोमा जारी अन्तर्राष्ट्रिय गणित ओलम्पियाड २०२२ मा नेपालको राम्राे प्रस्तुति, स्वीकृति आचार्यले बनाइन् नेपालको नयाँ रेकर्ड बनाइकी छ्न । अर्घाखाची मालारानी गाउँपालिका वडानं.३ खनदह साबडॅाडा घर भई हाल काठमाडौ निवासी स्याम आचार्यकी १६ बर्षिय सुपुत्री स्वीकृती आचार्यले नेपालको नयॅा रेकर्ड बनाएकी छन् ।ऊनले नर्वेको ओस्लोमा अन्तर्राष्ट्रिय गणित ओलम्पियाड २॰२२,मा १॰४देश हरूका बिद्यार्थीहरू सहभागि भएको प्रतिष्प्रधामा नेपाल गणित संघको आयोजनामा देश भरका ५००० बिद्यार्थी हरूको सहभागि बाट छनोट भएका ६ जना मध्ये स्वीकृती आचार्यले सर्बोत्कृष्ट अंक प्राप्त गरी नेपालको नयॅा रेकर्ड बनाएकी छन् ।
केशवप्रसाद पाण्डे गठबन्धनका शीर्ष नेताहरूले प्रदेश र संघको निर्वाचनमा सिट बाँडफाँडबारे फरक–फरक प्रस्ताव अघि सारेका छन् । अनौपचारिक छलफलमा कांग्रेस र गठबन्धनका अन्य शीर्ष नेताका भिन्दाभिन्दै प्रस्ताव आएका हुन् । कांग्रेसले आफ्नो पक्षमा बहुमत आउने गरी सिट बाँडफाँड प्रस्ताव गरेको छ । एक सय ६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये आफूले ९५ सिट राखेर बाँकी ७० सिट गठबन्धनका अन्य दललाई दिने उसको प्रस्ताव छ । एक पदाधिकारीका अनुसार सभापति शेरबहादुर देउवाले गठबन्धन दलका शीर्ष नेतासँग सिट बाँडफाँडबारे आफ्नो प्रस्ताव राखेका छन् । तर, माओवादी अध्यक्ष प्रचण्डले कांग्रेसबाहेकका चार दलले ८५ सिट पाउनुपर्ने अडान राखेका छन् । संघको टुंगिए त्यही अनुपातमा प्रदेशको सिट पनि बाँड्न सकिने नेताहरूको बुझाइ…
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०७८/७९ मा १३१ वटा भ्रष्टाचार सम्बन्धी मुद्दा विशेष अदालत काठमाडौंमा दायर गरेको छ । अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीका अनुसार दायर गरिएका मुद्दामा घुस (रिसवत) सम्बन्धी ३२, नक्कली शैक्षिक प्रमाण–पत्र सम्बन्धी ६, सार्वजनिक सम्पत्तिको हानि नोक्सानी सम्बन्धी ३५, गैरकानूनी लाभहानी सम्बन्धी ३४, राजस्व हिनामिना सम्बन्धी ५, गैरकानूनी सम्पत्ति आर्जन सम्बन्धी ७ र अन्य विषयसँग सम्बन्धीत १२ वटा रहेका छन् । ‘आर्थिक वर्ष २०७८/७९ मा दायर भएका १३१ वटा मुद्दामा प्रतिवादीको संख्या ६३९ रहेको छ, जसमध्ये विशिष्ट श्रेणीका राष्ट्रसेवक कर्मचारी तीन जना, अन्य राष्ट्रसेवक कर्मचारी ३०८ जना, बिचौलिया÷मतियार लगायत अन्य १७२ जना, भूतपूर्व…
कांग्रेसले आगामी प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पनि सत्ता गठबन्धनबीच तालमेल गरेर अघि बढ्ने भएको छ । कांग्रेस केन्द्रीय समितिको बैठक समापन गर्दै बैठकको निर्णयार्थ प्रस्तुत गरिएको प्रस्तावमा आउँदा दुवै चुनावमा कांग्रेसलाई स्पष्ट बहुमत हुने गरी संविधानको रक्षा र लोकतन्त्रको थप सुदृढीकरण गर्दै स्थिर सरकारमार्फत सम्बोधन गर्न सत्ता गठबन्धन कायमै राख्ने र गठबन्धन दलहरुसित संवाद गरेर अगाडी बढ्ने कांग्रेसले बताएको छ ।
नेपाल राज्य संवाददाता अर्घाखाँची– सन्धिखर्क नगरपालिका प्रमुख कृष्णप्रसाद श्रेष्ठले जेष्ठ नागरिक, अपांग, एकल महिलालाई गाउँमै पुगेर सामाजिक सुरक्षाभत्ता उपलब्ध गराउने बताए । उनले वृद्धवृद्धालाई आफुले धेरै दुःख नदिने बताए । वडा ९ को अर्घा रजस्थल माविमा सोमबारबाट भत्ता वितरण शुरु गरियो । अर्घाबाट सन्धिखर्क गाडी रिर्जव गरेर आउजाउ गर्दा दुई/तीन हजार रुपैयाँ खर्च हुन्थ्यो, अब गाउँमै आएर वितरण गरेकाले त्यो दुःखको अन्त्य भएको उनले बताए । १ सय ३ वर्षीय नन्दी भुसाललाई उपलब्ध गराइएको छ । आगामी दिनमा टोलटोलमा पुगेर भत्ता बाँड्ने आश्वासन उनले दिए । टोलबाट गाडीमा बोकेर वृद्धवृद्धलाई अर्घा रजस्थल माविमा ल्याइएको थियो । बैंकसँग सम्झौता गरेर वडाअध्यक्ष…
