हिम लेकाली ,अर्घाखाँची ।
नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका केन्द्रीय वरिष्ठ उपाध्यक्ष नारायणीकाजी श्रेष्ठले मानिसलाई रूपान्तरण गर्न ध्यान र याेगले सहयाेग पुर्याउने बताउनु भएकाे छ ।
शनिवार सन्धिखर्कमा प्रेस सेन्टर नेपाल अर्घाखाँची द्वारा आयाेजित पत्रकार भेटघाट कार्यक्रममा बाेल्दै पूर्व उपप्रधानमन्त्री राष्ट्रिय सभा सदस्य श्रेष्ठले मानिसलाई अपराध कर्म बाट छुटाउन बैज्ञानिक ध्यान र याेग आजकाे आवश्यकता भएकाे बताउनु भयाे । नेपालमा ध्यान र याेगकाे अभियानलाई लाई अघि बडाउन लागेकाे बताउँदै श्रेष्ठले
आफु गृह मन्त्री छदा मन्त्रालयमा याेग र ध्यानशिविर सन्चालन गरेकाे र संयुक्त राष्ट्र संघकाे महासचिव नेपाल आउदा ध्यानकाे बिषयमा कुरा गरि नेपाल लगाएत ६ देशकाे संयुक्त प्रयासमा अन्तर्राष्ट्रिय ध्यान दिवस घाेषणा गर्न सफल भएकाे बताउँनु भयाे ।
उहाँले ध्यान कुनै धर्म सम्प्रदाय र रूढिगत चिन्तनमा हाेईन बैज्ञानिक रूपमा शाश्वत प्राकृति संग जाेडिएर ध्यान र याेग अभियान अघि बढाउन लागेकाे बताउनु भयाे ।
हरेक घरमा ध्यान हरेक अफिसमा ध्यान ,हरेक संस्था मा ध्यान आजकाे आबस्यकता भएकाे बताउँदै याे अभियानले हरेक मानिसलाई याेग र ध्यान केन्द्र सम्म पुर्याई क्रान्तिकारी सामाजिक रूपान्तरण मा सहयाेग गर्ने छ ।
मानिस फेरिने छन् ,आफुले आफुलाई चिन्ने छन् र समाजमा हुने सबै बेथिति, बिक्रीती बिसंगति भ्रष्टाचार काे न्युनिकरण गर्न सहयाेगि बन्ने छन् उहाले बताउनु भयाे ।
। उहाँले आफुहरू सरकारमा रहदा तुलनात्मक रूपमा अरूले भन्दा राम्रो काम गरे पनि साेचे जति गर्न नसकेकाे बताउनु भयाे ।
अहिले सबै पार्टी तथा नेताहरूलाइ आम जनताले सुध्रन भनेका र अब सबै सुध्रिन जरूरि भएकाे बताउँदै माओवादी केन्द्र बिगत कमजाेरि बाट सिक्दै रूपान्तरण हुने अभियानमा अघि बढेकाे बताउनु भयाे ।
उहाँले बाम एकता काे बिषयमा नेकपा एमाले संग तत्काल संभवना नभए पनि नितीगत रूपमा भने ढाेका बन्द नगरेकाे बताउनु भयाे ।
सरकारकारकाे बिषयमा कुरा गर्दै उहाँले अहिले प्रतिपक्षमा रहेर खबरदारी गर्ने र देश र जनताकाे पक्षमा काम गर्न नसक्ने यथास्थितिमा सरकारमा नजाने बताउनु भयाे ।
राजनितीक परिबर्तनले मात्र देश अघि बढ्न सक्दैन यस्काे लागि सामाजिक रूपान्तरण ,राजनिति पार्टी र नेताकाे स्वच्छता ,राजनितिक स्थिरता र भिजन सहितकाे कार्यक्रम आबस्यक छ उहाँले थप्नु भयाे।
कार्यक्रममा नेकपा माओवादी केन्द्र का केन्द्रीय सदस्य पूर्व राष्ट्रिय सभा सदस्य चन्द्र बहादुर खड्का (उज्वल ) , केन्द्रीय सदस्य जिल्ला इन्चार्ज ठाकुर कुमार बि.क (किसाेर ) , केन्द्रीय सदस्य तथा जिल्ला सहईन्चार्ज छमकुमारि खनाल ( चिनारि ) , केन्द्रीय सदस्य अनिल किसाेर घिमिरे तथा लुम्बिनी प्रदेश कार्यालय सदस्य तथा अर्घाखाँची जिल्ला संयाेजक राजेन्द्र भुसालकाे आतिथ्यता रहेकाे थियाे ।
प्रमुख अतिथि नारायणकाजी श्रेष्ठ आज भुमिकास्थान नगर अधिवेशन काे उद्घाटन गर्न अर्घाखाँची आउनु भएकाे हाे ।
जिल्ला अध्यक्ष ऋषिराम भुसाल काे अध्यक्षता र सचिव बसन्त बिककाे सन्चालनमा उक्त कार्यक्रम सम्पन्न भएकाे हाे ।