Author: नेपाल राज्य

नेपाल राज्य संवाददाता रुपन्देही– नेकपा (एमाले) पोलिटब्युरो सदस्य सुर्य थापाले देशलाई निर्वाचनको प्रक्रियामा अघि बढाउनुपर्ने बताए । सरकारले निर्वाचनको मिति तोक्न निकै बहानाबाजी गरिरहेको बताए । निर्वाचनको मिति जनतालाई सहज हुने गरी तोक्नुपर्ने थापाको भनाई छ । लुम्बिनी प्रेस क्वल सिद्धार्थनगर रुपन्देहीले बुधवार भैरहवामा आयोजना गरेको पत्रकार सम्मेलनमा थापाले मंसिरमा चुनाव गर्दा के हुने हो भन्ने डरले फागुनसम्म गरिहाल्न सकिन्छ कि भन्ने ढंगले निर्वाचन सार्ने भित्रि रुपमा षडयन्त्र भैरहेको उनले बताए । सबै दल गठबन्धन भएर एमालेलाई घेराबन्दी गर्ने काम भएको थापाले बताए । आगामी चुनावमा ५ दलीय गठबन्धन जे भएपनि एमालेले बुहमत ल्याउने दावी गरे ।

Read More

 नेपाल राज्य संवाददाता अर्घाखाँची– आउँदो चुनावमा प्रदेशसभा (ख) बाट कांग्रेसले निर्वतमान शितगंगा नगरपालिकाका प्रमुख सुर्यप्रसाद अधिकारीलाई उम्मेदवार बनाउने संभावना देखिएको छ । कांग्रेस महासमिति सदस्य अधिकारी दक्षिण क्षेत्रका लोकप्रिय नेता हुन । ५ वर्षमा शितगंगालाई विकास र समृद्धिको जग बसाली थुप्रै विकासका काम सफलतापूर्वक गरेका अधिकारी जनमत, लोकप्रियता कांग्रेस कार्यकर्ता र आम नागरिकले सुचाइएको नेताका रुपमा परिचित छन् । अधिकारीलाई उम्मेदवार बनाएपछि दक्षिण क्षेत्र शितगंगाबाट भारी बहुमत आउने र अन्य क्षेत्रबाट राम्रो मत आउँदा शानदार जित हुने भएकाले अधिकांश कांग्रेस नेताहरु सुर्यप्रसादलाई सांसदकाे उम्मेदवार बनाउन चाहन्छन् । नगर प्रमुख भएकाले बेला आफुले राज्यबाट पाउने सुविधाबाट अनाथ बालवालिकालाई शिक्षादीक्षा दिएका छन्…

Read More

 नेपाल राज्य संवाददाता अर्घाखाँची– भुमिकास्थान नगरपालिका–१० धनचौरको पाकु गाउँमा भेटिएको बेवारिसे शवको पहिचान खुलेको छ । प्युठानको गौमुखी गाउँपालिका– ४ का २८ वर्षीय कुशल केसी मंगलवार दिउँसो जंगलमा मृत अवस्थामा फेला परेको प्रहरी नायव उपरीक्षक अम्मरबहादुर थापाले बताए । उनले केही समय अघि धनचौरमा स्काभेटरमा अपरेटरको काम गर्थे । घटनाबारे पोष्ट मार्टम रिपोर्ट आएपछि थाहा हुने र घटनाको थप अनुसन्धान भैरहेको उनले बताए ।

Read More

जंगलबाट नदी तरेर घरमा फर्कने क्रममा कपिलवस्तुको वाणगंगा नगरपालिकास्थित कोइली खोलाले दम्पतीलाई बगाएको छ । वाणीगाउँका ३६ वर्षीय दिलकुमार सुनार र उनकी ३१ वर्षीय श्रीमती राममाया सुनारलाई बगाएको प्रहरी कार्यालय पिपराले जनाएको छ । वावुआमासँगै बगेका १२ वर्षीय छोरा निरज सुनारलाई स्थानीयले उद्धार गरेर बचाएका छन् । श्रीमाती राममायाको शव फेल परेको छ भने श्रीमान दिलकुमार बेपत्ता छन् ।

Read More

म्याग्दीको मालिका गाउँपालिका–२ रुमको घाङ्लेपानीमा पहिरोमा पुरिएर ५ जनाले ज्यान गुमाएका छन् । पहिरोमा पुरिएका छिमेकी परिवारका ३७ वर्षीय घामबहादुर, उनकी ३२ वर्षीया श्रीमती राममाया र ८ वर्षीया छोरी रोजीको मृत्यु भएको प्रहरीले जनाएको छ । गोठे विकका छोराहरु १७ वर्षीय नवीन र १४ वर्षीय राजन विकको घटनास्थलमै मृत्यु भएको हो ।

Read More

नेपाल राज्य संवाददाता अर्घाखाँची– भुमिकास्थान नगरपालिका–१० धनचौरमा एक वेवारिसे शव फेला परेको छ । धनचौरको पाकु खेला नजिकै शव फेला परेको हो । धनचौर प्रहरी बिटका अनुसार टोली घटनास्थलमा पुग्ने क्रममा छ । शव युवा पुरुषको भएपनि पहिचान खुल्न सकेको छैन । दुई दिन अघि पाणिनि गाउँपालिका–२ पोखराथोकका कुलचन्द्र गौतमले मालारानी गाउँपालिका–१ का विष्णुबहादुर पाण्डेलाई १६ लाखमा ६ पांग्रे ट्रक किनेका थिए । गौतमले घरमा गएर पैसा दिने भन्दै बुटवलबाट पाण्डेलाई पाणिनि ल्याएर जंगलमा लगेर हत्या गरेका थिए ।

Read More

म्याग्दीकाे मालिका गाउँपालिका-२ रुमको तामिङमा आज बिहान पहिराले घर बगाउँदा दुई जनाको मृत्यु भएको छ । तीन जना बेपत्ता भएका छन् । घामबहादुर विक र गोठे विकको घर पहिराले पुरिएको हो । घटनास्थलमा रहेका निवर्तमान वडा सदस्य समबहादुर विकका अनुसार गोठे विकका छोरा राजन र नवीनको शव भेटिएको छ । गोठे र उनकी श्रीमती गोरी विक पहिरामा परेर घाइते भएका छन् । घमबहादुर, उनकी श्रीमती राममाया र छोरी रोजी विक बेपत्ता भएका हुन् । स्थानीयवासीले बेपत्ताको खोजी गरिरहेका छन् । मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले जनप्रतिनिधि र सुरक्षाकर्मीको टोली घटनास्थलतर्फ हिँडेको बताए । घटनास्थल तामिङगाउँ रुमको फेदीमा पर्छ । मालिका…

Read More

नेपाल राज्य संवाददाता काठमाडौं प्रस्तावित संघीय निजामती सेवा ऐनमा आफ्ना माग सम्बोधन गर्नुपर्ने माग गर्दै कर्मचारीहरूले आज सिंहदरबारमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय घेराउ गरेका छन्। नायब सुब्बा बचाउ अभियानको पहलमा हातमा विभिन्न नारा र मागहरु उल्लेखित प्लेकार्ड बोकेर विरोध जनाएका हुन् । प्रत्यक्ष जनसम्पर्कमा रहेर सरकारको नीति तथा कार्यक्रमको कार्यान्वन र सेवा प्रवाह गर्न सबै भन्दा महत्वपूर्ण भूमिकामा रहेका राजपत्र अनंकित कर्मचारीहरूले विगत लामो समयदेखि उठाउँदै आएका सेवाको सुरक्षा, पेशागत हित र वृत्ति विकासका विषयलाई नजरअन्दाज गरिएकोले सरकारको ध्यानाकर्षण गर्न यो कार्यक्रम राखिएको अभियन्ता एवं नेपाल निजामती कर्मचारी युनियनका केन्द्रीय सचिव प्रकाश भट्टराईले जानकारी दिए। संघ, प्रदेश र…

Read More

 नेपाल राज्य संवाददाता अर्घाखाँची– १६ लाखमा ट्रक किनेपछि बुटवलबाट साथीलाई अर्घाखाँची ल्याएर पाणिनि गाउँपालिका–२ पोखराथोकका कुलचन्द्र गौतमले मालारानी गाउँपालिकाका–१ का विष्णुबहादुर पाण्डेको हत्या गरेका छन् । पाण्डेको नाममा रहेको लु १ ख ७७८१ नम्बरको ६ पांग्रे ट्रक किनेपछि पाणिनि घरमा गएर पैसा दिने भन्दै फकाएर साउन ९ गते ल्याएका थिए । बेलुका सँगै घरमा खाना खुवाएर गौतमले पाण्डेलाई घरमै सुताए । अर्काे दिन घर नजिकैको सिद्ध सामुदायिक वनमा कालिज मार्ने र झोलसित भात खाने भन्दै जंगल लगेका थिए र अप्ठयारो ठाउ“मा लगेर गौतमले पछाडीबाट पाण्डेलाई फलामको रडले हानेर हत्या गरेको प्रहरी नायव उपरीक्षक अम्मरबहादुर थापाले बताए । दुई/तीन पटक हिर्काएर…

Read More

नविन रसाईली, अर्घाखाँची । नेपाल कम्युनिष्ट पार्टी बहुमतका केन्दिय संयोजक धर्मेन्द्र बास्तोला (कन्चन) ले नेत्र विक्रम चन्द –विप्लवले पार्टीको विधि विधानलाई छाडेर सत्ताको पछि लाग्नाले पार्टी विभाजन भएको बताएका छन् । आइतबार जनपत्रकार संगठन अर्घाखाँचीको आयोजनामा भएको पत्रकार भेटघाट कार्यक्रममा उनले यस्तो बताएका थिए । कन्चनले विप्लव संसदिय व्यवस्था भित्र प्रवेश गर्न खोेजेको बताउदै विप्लव पार्टीको निर्णय विपरित गएको समेत बताएका थिए । पार्टीको केन्द्रिय बैठकमा चुनावमा नजानेको पक्षमा ४५ जना सदस्य र चुनावमा जानेको पक्षमा २७ जना सदस्य रहेको रहेको बताउदै चुनावमा नजानेको पक्षमा बहुमत भएकाले पार्टी विभाजन पछी पार्टीको नाम नै नेकपा बहुमत राखिएको जानकारी दिए । यस्तै…

Read More