नेपाल राज्य संवाददाता
अर्घाखाँची– १६ लाखमा ट्रक किनेपछि बुटवलबाट साथीलाई अर्घाखाँची ल्याएर पाणिनि गाउँपालिका–२ पोखराथोकका कुलचन्द्र गौतमले मालारानी गाउँपालिकाका–१ का विष्णुबहादुर पाण्डेको हत्या गरेका छन् । पाण्डेको नाममा रहेको लु १ ख ७७८१ नम्बरको ६ पांग्रे ट्रक किनेपछि पाणिनि घरमा गएर पैसा दिने भन्दै फकाएर साउन ९ गते ल्याएका थिए ।
बेलुका सँगै घरमा खाना खुवाएर गौतमले पाण्डेलाई घरमै सुताए । अर्काे दिन घर नजिकैको सिद्ध सामुदायिक वनमा कालिज मार्ने र झोलसित भात खाने भन्दै जंगल लगेका थिए र अप्ठयारो ठाउ“मा लगेर गौतमले पछाडीबाट पाण्डेलाई फलामको रडले हानेर हत्या गरेको प्रहरी नायव उपरीक्षक अम्मरबहादुर थापाले बताए ।
दुई/तीन पटक हिर्काएर प्राण त्यागेका पाण्डेलाई भिरबाट धकेलिदिएर गौतम भागेका थिए । पाण्डेको टाउँकोमा चोट लागेको अवस्थामा जंगलमा भेटिएको उनले बताए । शवलाई बुटवल पठाइएको उनले बताए । साथीको हत्या गरी फरार रहेका गौतमलाई प्रहरीले नेपाल–भारत सीमा नाकाबाट पक्राउ गरेको छ । पाण्डे हराएपछि उनकी छोरी शिला पाण्डेले बुटवल प्रहरीमा खोजतलास गरिदिन निवेदन दिएकी थिइन ।
अर्घाखाँची पाणिनिबाट पाण्डे हराएको सुचनाको आधारमा प्रहरीले त्यसतर्फ खोजी गर्दा १५ गते जंगलमा शव भेटाएको थियो । पाण्डे बुटवलको बेल्वास बस्दै आएका थिए । पाण्डे र गौतम मिल्ने साथी थिए । गौतमले प्रहरीलाई दिएको बयान अनुसार रुपन्देहीको सैनामैनाको कलौनीमा घर बनाउ“दा ऋणमा डुबेका थिए ।
बुटवलको मैनाबगरमा सञ्चालन गर्दै आएको मोटर पार्ट्स पसल समेत घाटा भएपछि साथीको ट्रक सित्तैमा हत्याउने र ट्रकबाट आम्दानी गरेर ऋण निर्ते उद्देश्यले हत्याको योजना बनाएका थिए । घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।