जंगलबाट नदी तरेर घरमा फर्कने क्रममा कपिलवस्तुको वाणगंगा नगरपालिकास्थित कोइली खोलाले दम्पतीलाई बगाएको छ । वाणीगाउँका ३६ वर्षीय दिलकुमार सुनार र उनकी ३१ वर्षीय श्रीमती राममाया सुनारलाई बगाएको प्रहरी कार्यालय पिपराले जनाएको छ ।
वावुआमासँगै बगेका १२ वर्षीय छोरा निरज सुनारलाई स्थानीयले उद्धार गरेर बचाएका छन् । श्रीमाती राममायाको शव फेल परेको छ भने श्रीमान दिलकुमार बेपत्ता छन् ।