हरि कुँवर , अर्घाखाँची ।
मालारानीको बाँगी भण्डारमा कुलपुजा अर्थात देवाली आइतबार देखी सुरु भएको छ । कुल धर्म संस्कार र परम्पराको सम्मानमा नयाँ पुस्ता देखिएका हुन ।
कुँवर परिवारले एकादशी देखी महत्वका साथ गर्ने कुलपुजामा संसार भरि छरिएका दाजुभाई, दिदि बहिनीहरु उपस्थित भएका छ्न । सबैजना एकै ठाउँमा भेला भएर कुलायन पूजा गर्ने चलन छ । ऐतिहासिक महत्व बोकेको कुँवर परिवारको कुलपुजा मंसिरको २२ गते गर्ने छ्न ।
नयाँ पुस्ता उत्साहका साथ दिनभर उपास बसी धूप राख्ने चोअर सहित धामी कामेर शंक घण्टी बजाएर आफ्ना कुलदेवतालाई पुज्ने गरेको पाइएको छ । आफ्ना वंश र कुलको निम्ति पुर्खाले देखाएका असल कर्ममा लाग्नु पर्ने उनीहरुले बताएका छ्न ।
कुँवर परिवारका करिब १५० घरधुरीले कुलपुजाको विशेष महत्व झल्किने गरि कुलपुजा भव्य र पराम्परागत रुपमा गर्ने गर्छन् । दुई वर्ष छोडेर तेस्रो मङ्सिरमा पुजा गर्ने गर्छन् ।
यस्तै बस्नेत परिवारको करिब २५ घरधुरीले पनि आफ्नो कुल धर्म अनुसार कुलपुजा सुरु गरेका छ्न ।