Author: नेपाल राज्य

अर्घाखाँची । नेपाल कम्युनिस्ट पार्टी (बहुमत ) निकट अखिल क्रान्तिकारीले जिल्लाका विभिन्न विद्यालय बन्द गरेको छ । सोमबार अखिल क्रान्तिकारी जिल्ला समिति अर्घाखाँचीले साउन ३१ गते अर्घाखाँची जिल्लामा शैक्षिक हड्तालको घोषणा गरेको थियो । जिल्लाको पाणिनी क्याम्पस ,संखेटारी ,जनज्योति तथा मालारानी गोखुङ्गा लगाएका विद्यालयमा बन्दको प्रभाव परेको हो । सोमबार  सन्धिखर्कको शान्तिबगैचामा आयोजना गरेको कोणसभालाई सम्वोधन गदै अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष पदम नेपालीले जिल्लामा शैक्षिक क्षेत्रमा विकृति बढ्दै गएकोर सरोकारवाला निकायले कुनै जिम्मेबारी भुमिका निर्वाह नगरेको शैक्षिक माफिया र दलालको चक्रव्युबाट बचाई शिक्षालाई निशुल्क बनाउन र सविधानले प्रदान गरेको निशुल्क शिक्षाको अधिकार प्रदान गर्नको लागि आम शैक्षिक…

Read More

हरि कुँवर अर्घाखाँची– नेकपा (एमाले) उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले आउदो प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा एमालेले बहुमत ल्याउने दावी गरे । उनले एमालेलाई ५ दलीय गठबन्धनले कुनै हालतमा रोक्न नसक्ने ठोकुवा गरे । एमाले अर्घाखाँचीले सोमबार सन्धिखर्कमा आयोजना गरेको अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै उनले एमालेसग एक्लाएक्लै चुनाव लड्ने हिम्मत अरु दलमा त के कांग्रेसमा पनि नभएको तर्क गरे । कांग्रेसको धरातल कहा झरयो, गठबन्धन नगरेसम्म एमालेसित चुनाव लड्न नसक्ने भएको उनले बताए । राष्ट्रपतिले फिर्ता गरेको नागरिकता प्रतिलिपि विधेयक संविधानको मर्म अनुसार भएको बताए । यस विषयमा एमालेले ठीक, बेठीक केही नभनेको टिप्पणी गरे । सरकारले प्रक्रिया अनुसार विधेयक पेश नगरेकाले संसदमा…

Read More

भिमकला कुँवर, प्यूठान। प्यूठानमा जिप दुर्घटना दुर्घटना १४ जना घाईते भएका छन। बाग्दुलाबाट डामृ तर्फ जाँदै गरेको यात्रुबाहक जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ। घाईते मध्ये ३ जनाको अबस्था गंभीर रहेको स्थानियले बताएका छन। दुर्घटनामा घाईते भएका सबैलाई उपचारका लागि जिल्ला अस्पताल बिजुवार ल्याईदैं छ। लु१ज १५४५ नम्बरको जीप प्युठानको नौबहिनि गाउँपालिका वडा नम्वर ४ बाहाने नजिकै खहरे खोलामा दुर्घटनामा परेको हो । दुर्घटनाबारे थप विबरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ।

Read More

 नेपाल राज्य संवाददाता अर्घाखाँची– मंसिर ४ गते हुने संघ र प्रदेशसभा सदस्य चुनावका लागि एमाले अर्घाखाँचीले सोमबार सदरमुकाम सन्धिखर्कमा अगुवा कार्यकर्तालाई प्रशिक्षण दिँदैछ । प्रशिक्षण दिन एमाले केन्द्रीय उपाध्यक्ष तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ, सचिव तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पोलिटब्युरो सदस्य देवी ज्ञवाली, खिमलाल भट्टराई, सुर्य थापा, विमला घिमिरे, केन्द्रीय सदस्य चन्द्रबहादुर खड्का, वोमबहादुर विक, चेतनारायण आचार्य लगायतका नेताहरुले अगुवा कार्यकर्तालाई प्रशिक्षण दिने कार्यक्रम रहेको एमाले जिल्ला अध्यक्ष पिताम्बर भुसालले बताए । ६१ वडा कमिटीको पदाधिकारी ५ जना सहित माथिल्लो जिम्मेवारीका व्यक्ति, नगर र गाउँ कमिटीका सबैजना गरी करिब ११ सय जना उपस्थिति रहने उनले बताए । ‘यो मुलत पाटीको नियमित…

Read More

रोल्पा । पूर्वमन्त्री तथा नेकपा (एमाले)का सचीव टोपबहादुर रायमाझी रोल्पा आउने भएका छन् । जिल्लास्तरीय भेला तथा पार्टी प्रशिक्षण कार्यक्रम सहभागी हुन रायमाझी भदौँ १ गते बुधबार रोल्पा जिल्लाको सदरमुकाम लिबाङ आइपुग्ने नेकपा(एमाले) जिल्ला कमिटी रोल्पाका अध्यक्ष बालाराम बुढाले जानकारी दिए । ‘हाम्रो पार्टीले अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ । उक्त भेलाका लागि टोपबहादुर रायमाझी प्रमुख अतिथिको रूपमा रोल्पा आउँदै हुनुहुन्छ ।’ अध्यक्ष बुढाले भने । साथै बुढाले जिल्लास्तरीय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा दशवटै पालिकाबाट नेता–कार्यकर्ताको ठूलो संख्यामा सहभागी हुने बताएका छन् । त्यस्तै नेकपा (एमाले) जिल्ला कमिटी रोल्पाले लिवाङमा पार्टी प्रवेश कार्यक्रम पनि…

Read More

कपिलवस्तु । झोले डाक्टरको भर पर्दा बच्चाको मृत्यु कपिलवस्तुका ग्रामीण भेगमा नक्कली (झोले) डाक्टरको बिगविगी छ । अनुमति तथा प्रमाण विना जो सुकैले क्लिनिक खोलेर बस्छन् । प्रशासनले यस विषयमा कहिल्यै चासो देखाएन भने जिल्ला स्वास्थ्य कार्यालय पनि कहिल्यै गम्भीर बनेन । त्यस्तै झोले डाक्टरको भर पर्दा शनिवार राती एक बच्चाको ज्यान गएको छ । शुध्दोधन गाउँपालिका ५ हथिहवा शिवलवाका पन्नालाल राजभरको छोराको कान दुख्यो । नजिकै रहेको सहानी मेडिकल लगेर देखाए । आफूलाई डाक्टर भन्ने विनयकुमार मल्लाहले मोनसेक नामक सुइ पाखुरामा लगाइदिए । त्यसको १० मीनेटमै १४ बर्षिय छोरा दुर्गेश राजभर बेहोश भए । थप उपचार गराउन लबनी अलशेख…

Read More

तुल्सीराम अधिकारी काठमाडौं– हाम्रो शितगंगा बहुउद्देश्यीय सहकारी संस्थाले स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका जनप्रतिनिधिलाई बधाई, सम्मान तथा दिदीबहिनीलाई दरखाने कार्यक्रम काठमाडौमा सम्पन्न गरेको छ । अर्घाखाँची शितगंगा नगरपालिकाबाट विभिन्न पेशा, व्यवसाय, रोजगार, अध्ययन, अध्यापनको शिलशिलामा काठमाडौ बस्नेहरु मिलेर सञ्चालन गरेको सहकारी संस्थाले शनिवार स्वयम्भुमा गरेको कार्यक्रममा प्रमुख अतिथि शितगंगा नगरपालिका प्रमुख छविलाल पौडेलले जिल्लाको ५७ प्रतिशत भुगोल ओगटेको दक्षिणखाँचीको केन्द्र ठाडामा इलाका प्रशासन कार्यालय राख्न आफुले पहल गर्ने बताए । भौगोलिक जटिलताले नागरिकता बनाउन सदरमुकाम आउजाउ गर्न टाढा भएकाले जनतालाई सहज सेवा प्रदान गर्न इलाका प्रशासन कार्यालय अति आवश्यक रहेको उनले बताए । पौडेलले नगरपालिकालाई विकास र समृद्धिमा नमुना पालिका…

Read More

काठमाडौं । मोतिराज र रीताको ‘आउ बस आडैमा तीज गीत ‘आउ बस आडैमा’ सार्वजनिक भएको छ। गीतमा मोतिराज खनाल र रीता राउतको स्वर रहेको छ। शब्द र संगीत मोतिराज खनालकै रहेको गीतलाई गिरीप्रसाद भुसालले निर्देशन गरेका हुन्। म्युजिक भिडियोमा सविन खड्का, सजिना लामिछाने, अर्जुन तिरुवा, प्रीति भुजेल लगायत कलाकार हरुको अभिनय रहेको छ । मिठो लयमा आधारित तिजगीत संगित चौतारी युटुब च्यानलबाट बुधवार सार्वजनिक भएको हो । प्राय खनालका गीतमा नयाँ पन भेट्न सकिन्छ । यो गित पनि बजारमा आएका गीत मध्य नयाँ सैलीको छ र शब्द पनि निकै रोमान्टिक छन । माया प्रेमका शब्दजाल बुन्दै प्रेमजोडी एक आपसमा जिस्किएको…

Read More

नेपाल राज्य संवाददाता अर्घाखाँची– कांग्रेस लुम्बिनी प्रदेश सहमहामन्त्री विष्णप्रसाद खनाल (मुस्कान) अर्घाखाँची प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि बलियो दाबेदारी नेता हुन । कांग्रेसको १३ औं महाधिवेशनमा सर्वसम्वत जिल्ला सभापति निर्वाचित भएपछि पाटी संगठन निर्माण, पाटी प्रवेश, क्रियाशिल सदस्यताको लिष्ट केन्द्रमा बुझाउने अर्घाखाँची पहिलो जिल्ला सहित उत्कृष्ट काम गरेका थिए । अघिल्लो स्थानीय तहको चुनावमा जिल्लाका ६ स्थानीय मध्ये ४ तहमा कांग्रेस–माओवादी चुनावी तालमेल भएको थियो । त्यसमा ३ तहमा गठबन्धन सहित कांग्रेस उम्मेदवारले चुनाव जितेका थिए । छत्रदेव र पाणिनिमा कांग्रेस एक्लै लडेर जितेको थियो । ६ स्थानीय तहका १२ पद मध्येमा ६ पदमा कांग्रेस उम्मेदवारले चुनाव जितेका थिए । दोस्रो…

Read More

बुटवल – सनराइज बैंकले पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नं ३ स्थित कीर्तिपुरमा चौतारीे निर्माण गरेको छ । सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न कामहरु गर्दै आएको बैंकले निर्माण गरेको सो चौतारीको बिहीबार उद्घाटन गरिएको छ । पुमसरी गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा सुनवल नगरपालिका नगर प्रमुख बिमला अर्याल, सनराइज बैंकका नायव महाप्रबन्धक अपछकुमार यादव र सुनवल वडा न ३ का वडा अध्यक्ष पविन गुरुङ्गले सामाजिक क्षेत्रमा भएको लगानीको स्वागत गरेका थिए । स्थानीयहरु विश्राम गर्ने, समाजका विभिन्न कार्यक्रमका लागि छलफल, भेला तथा कार्यक्रमहरु हुने उक्त चौतारीको निर्माणले समाजमा अतुलनीय योगदान पु¥याएको नगर प्रमुख अर्यालले बताइन् । देशका विभिन्न शाखाहरुमार्फत संस्थागत उत्तरदायित्व अन्तरगत…

Read More