नारायण शर्मा
क्षेत्रफलका हिसाबले देशको सबै भन्दा ठुलो नगर शतिगंगा नगरपालिकालाई विभाजन गर्ने चर्चा केही मान्छेहरुले गरिरहेको देखिन्छ र ठुलो भूगोल देखाएर जबरजस्त विकाशको बाधक हो भन्ने गरी प्रस्तुत भएको देख्दा आश्चर्य लाग्छ । विश्वमा यतिबेला सबै भन्दा ठुलो मुद्दा बनेको पहिचानको मुद्दा हो हिजो जानेर वा नजानेर भूगोलका हिसाबले सबैभन्दा ठुलो नगरपालिका बन्न पुग्यो सितगंगा नगरपालिका यो हाम्रो पहिचान हो ।
यो नगरपालिकासंग हाम्रो पहिचान झल्कन्छ । यदि ठुलो भूगोल हुदैमा विकास हुदैन थियो भने विश्वको सबै भन्दा ठुलो देश रसिया आज सबै भन्दा अविकसित हुनुपर्यो । विकाश भनेको के हो ? पूर्वाधार विकासका आधारहरु के के हुन ? नगरपालिकाको अधिकार क्षेत्र के हो ? र आजको राज्यको पूर्वाधार विकासको नीति के हो ? भन्ने सामान्य कुरा समेत ज्ञान नभएकाहरुले नगर विभाजनको कुरा गरी आफु पालिकाका पदाधिकारी बन्ने रहर देखाई पालिका विभाजनको कुरा गर्नु औचित्यहीन कुरा हो । अझ बढी जनताबाट निर्वाचित संसदले पालिका विभाजन नगरी विकास नै हुन सक्दैन भन्ने बेतुक तथ्यहीन , नामर्दपनको वक्तव्य दिनु बढ्दो बसाई सराईले आक्रान्त बनेको सितगंगाबासीको निम्ति निकै दुखको कुरा हो त्यस्तो सार्बजनिक पद धारण गरेको व्यक्तिले आम माफी माग्नुपर्दछ मलाई बिश्वास छ हाम्रो गौरबको सितगंगा देशकै नमुना नगरपालिका बनाउन सकिन्छ ।
हामीसंग रहेको जंगल जमिन, जल इत्यादिको प्रचुर सम्भावना छ । खेतीयोग्य जमिन , पशुपालनको पकेट क्षेत्र बिभिन्न ठाउमा रहेका चुनढुंगा , उद्योग , ससाना हाइड्रोपावर यी क्षेत्रहरु हाम्रा पुँजी निर्माणका स्रोतहरु हुन आजको अबस्था करिब करिब सबै ठाउँमा बिध्यालय , सबै ठाउँमा कची सडक र खानेपानी रहेको छ सबै वडा कार्यालयहरु र सबै वाडमा स्वास्थ्य कार्यलया निर्माण भएका छन् यहि जगमा टेकेर छोटो अवधिमा नै यसको मुहार फेर्न सकिन्छ बाकी रहेको बिधुतिकरण रणनीतिक महत्वका चार ठुला सडक कालोपत्रे केहि ठुलो लिफ्टिङ खानेपानीका आयोजनाहरु हामीले सम्पन्न गर्न सक्छौ केन्द्र सरकारसंग पहुँच, सम्बन्ध विस्तार र स्थानीय स्रोत साधनको उचित प्रयोग गर्न सक्दा मात्रै हाम्रो सितगंगा नगरपालिका नमुना बनाउन सकिन्छ
आज हाम्रो पहिचान भनेको मेटाउने होइन बढाउँदै अगाडी बढ्नुपर्छ त्यस अर्थले आजको बहष नगरपालिका विभाजन होइन भौगोलिक हिसाबले विकटता भएका बस्तिहरुको मध्यनगर गरि वडाहरुको पुनसंरचना गर्न सकिन्छ । हाम्रो राजनीतिक नेतृत्वहरुलाई यति पनि हेक्का हुँदैन पालिका विभाजनपछि त्यसको प्रशासनिक खर्च, जनप्रतिनिधिको खर्च, भवन निर्माणमा हुने खर्चले आजको आवश्यकता पूर्ति गर्न सकिन्छ । त्यसैले नगरपालिकाको बिभाजन होइन विकास जरुरी छ ।
नारायण शर्मा नेकपा (एकीकृत समाजवादी) जिल्ला कमिटि अर्घाखाँचीका उपसचिव हुन ।