Author: नेपाल राज्य
नेपाल राज्य संवाददाता अर्घाखाँची– भुमिकास्थान नगरपालिका–१० धनचौरको पाकु गाउँमा भेटिएको बेवारिसे शवको पहिचान खुलेको छ । प्युठानको गौमुखी गाउँपालिका– ४ का २८ वर्षीय कुशल केसी मंगलवार दिउँसो जंगलमा मृत अवस्थामा फेला परेको प्रहरी नायव उपरीक्षक अम्मरबहादुर थापाले बताए । उनले केही समय अघि धनचौरमा स्काभेटरमा अपरेटरको काम गर्थे । घटनाबारे पोष्ट मार्टम रिपोर्ट आएपछि थाहा हुने र घटनाको थप अनुसन्धान भैरहेको उनले बताए ।
जंगलबाट नदी तरेर घरमा फर्कने क्रममा कपिलवस्तुको वाणगंगा नगरपालिकास्थित कोइली खोलाले दम्पतीलाई बगाएको छ । वाणीगाउँका ३६ वर्षीय दिलकुमार सुनार र उनकी ३१ वर्षीय श्रीमती राममाया सुनारलाई बगाएको प्रहरी कार्यालय पिपराले जनाएको छ । वावुआमासँगै बगेका १२ वर्षीय छोरा निरज सुनारलाई स्थानीयले उद्धार गरेर बचाएका छन् । श्रीमाती राममायाको शव फेल परेको छ भने श्रीमान दिलकुमार बेपत्ता छन् ।
म्याग्दीको मालिका गाउँपालिका–२ रुमको घाङ्लेपानीमा पहिरोमा पुरिएर ५ जनाले ज्यान गुमाएका छन् । पहिरोमा पुरिएका छिमेकी परिवारका ३७ वर्षीय घामबहादुर, उनकी ३२ वर्षीया श्रीमती राममाया र ८ वर्षीया छोरी रोजीको मृत्यु भएको प्रहरीले जनाएको छ । गोठे विकका छोराहरु १७ वर्षीय नवीन र १४ वर्षीय राजन विकको घटनास्थलमै मृत्यु भएको हो ।
नेपाल राज्य संवाददाता अर्घाखाँची– भुमिकास्थान नगरपालिका–१० धनचौरमा एक वेवारिसे शव फेला परेको छ । धनचौरको पाकु खेला नजिकै शव फेला परेको हो । धनचौर प्रहरी बिटका अनुसार टोली घटनास्थलमा पुग्ने क्रममा छ । शव युवा पुरुषको भएपनि पहिचान खुल्न सकेको छैन । दुई दिन अघि पाणिनि गाउँपालिका–२ पोखराथोकका कुलचन्द्र गौतमले मालारानी गाउँपालिका–१ का विष्णुबहादुर पाण्डेलाई १६ लाखमा ६ पांग्रे ट्रक किनेका थिए । गौतमले घरमा गएर पैसा दिने भन्दै बुटवलबाट पाण्डेलाई पाणिनि ल्याएर जंगलमा लगेर हत्या गरेका थिए ।
म्याग्दीकाे मालिका गाउँपालिका-२ रुमको तामिङमा आज बिहान पहिराले घर बगाउँदा दुई जनाको मृत्यु भएको छ । तीन जना बेपत्ता भएका छन् । घामबहादुर विक र गोठे विकको घर पहिराले पुरिएको हो । घटनास्थलमा रहेका निवर्तमान वडा सदस्य समबहादुर विकका अनुसार गोठे विकका छोरा राजन र नवीनको शव भेटिएको छ । गोठे र उनकी श्रीमती गोरी विक पहिरामा परेर घाइते भएका छन् । घमबहादुर, उनकी श्रीमती राममाया र छोरी रोजी विक बेपत्ता भएका हुन् । स्थानीयवासीले बेपत्ताको खोजी गरिरहेका छन् । मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले जनप्रतिनिधि र सुरक्षाकर्मीको टोली घटनास्थलतर्फ हिँडेको बताए । घटनास्थल तामिङगाउँ रुमको फेदीमा पर्छ । मालिका…
नेपाल राज्य संवाददाता काठमाडौं प्रस्तावित संघीय निजामती सेवा ऐनमा आफ्ना माग सम्बोधन गर्नुपर्ने माग गर्दै कर्मचारीहरूले आज सिंहदरबारमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय घेराउ गरेका छन्। नायब सुब्बा बचाउ अभियानको पहलमा हातमा विभिन्न नारा र मागहरु उल्लेखित प्लेकार्ड बोकेर विरोध जनाएका हुन् । प्रत्यक्ष जनसम्पर्कमा रहेर सरकारको नीति तथा कार्यक्रमको कार्यान्वन र सेवा प्रवाह गर्न सबै भन्दा महत्वपूर्ण भूमिकामा रहेका राजपत्र अनंकित कर्मचारीहरूले विगत लामो समयदेखि उठाउँदै आएका सेवाको सुरक्षा, पेशागत हित र वृत्ति विकासका विषयलाई नजरअन्दाज गरिएकोले सरकारको ध्यानाकर्षण गर्न यो कार्यक्रम राखिएको अभियन्ता एवं नेपाल निजामती कर्मचारी युनियनका केन्द्रीय सचिव प्रकाश भट्टराईले जानकारी दिए। संघ, प्रदेश र…
नेपाल राज्य संवाददाता अर्घाखाँची– १६ लाखमा ट्रक किनेपछि बुटवलबाट साथीलाई अर्घाखाँची ल्याएर पाणिनि गाउँपालिका–२ पोखराथोकका कुलचन्द्र गौतमले मालारानी गाउँपालिकाका–१ का विष्णुबहादुर पाण्डेको हत्या गरेका छन् । पाण्डेको नाममा रहेको लु १ ख ७७८१ नम्बरको ६ पांग्रे ट्रक किनेपछि पाणिनि घरमा गएर पैसा दिने भन्दै फकाएर साउन ९ गते ल्याएका थिए । बेलुका सँगै घरमा खाना खुवाएर गौतमले पाण्डेलाई घरमै सुताए । अर्काे दिन घर नजिकैको सिद्ध सामुदायिक वनमा कालिज मार्ने र झोलसित भात खाने भन्दै जंगल लगेका थिए र अप्ठयारो ठाउ“मा लगेर गौतमले पछाडीबाट पाण्डेलाई फलामको रडले हानेर हत्या गरेको प्रहरी नायव उपरीक्षक अम्मरबहादुर थापाले बताए । दुई/तीन पटक हिर्काएर…
नविन रसाईली, अर्घाखाँची । नेपाल कम्युनिष्ट पार्टी बहुमतका केन्दिय संयोजक धर्मेन्द्र बास्तोला (कन्चन) ले नेत्र विक्रम चन्द –विप्लवले पार्टीको विधि विधानलाई छाडेर सत्ताको पछि लाग्नाले पार्टी विभाजन भएको बताएका छन् । आइतबार जनपत्रकार संगठन अर्घाखाँचीको आयोजनामा भएको पत्रकार भेटघाट कार्यक्रममा उनले यस्तो बताएका थिए । कन्चनले विप्लव संसदिय व्यवस्था भित्र प्रवेश गर्न खोेजेको बताउदै विप्लव पार्टीको निर्णय विपरित गएको समेत बताएका थिए । पार्टीको केन्द्रिय बैठकमा चुनावमा नजानेको पक्षमा ४५ जना सदस्य र चुनावमा जानेको पक्षमा २७ जना सदस्य रहेको रहेको बताउदै चुनावमा नजानेको पक्षमा बहुमत भएकाले पार्टी विभाजन पछी पार्टीको नाम नै नेकपा बहुमत राखिएको जानकारी दिए । यस्तै…
अर्जुन भुसाल,अर्घाखाँची । सबैका बारीमा याे बेला मकै खेती छ । बादरकाे विगविगीले कृषकहरूलाई मकै जाेगाउन हम्मेहम्मे छ । सन्धिखर्क ८ किमडाँडाका कृषक प्रकाश नेपाली र उहाँकाे परिवारलाई बादरले मकै सखाप पार्ला भन्ने चिन्ता छैन । बारी भरी गाेभी खेती छ । जङ्गली जनावरबाट खेती जाेगाउन वरिपरि जालीले घरिएकाे छ । नेपालीले करिव ६ राेपनी जग्गामा तरकारी खेती गर्नुभएकाे छ । गाेभीकाे लागि याे बेमौसमी समय हाे, प्रकाश भन्नुहुन्छ, याे बेला गाभीले राम्राे मुल्य पाउँछ । गाेभीसँगै टमाटर, काक्रा, खुर्सानी खेती गरिएकाे छ । तरकारी खेती, भैसी र बाख्राबाट वार्षिक ८ देखि १० लाख सम्म आम्दानी गर्न सकिएकाे उहाँ बताउनुहुन्छ…
खुम बस्नेत , अर्घाखाँची । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी लगायत चार क्रान्तिकारी पार्टीद्वारा राष्ट्रव्यापी रुपमा घोषित संघर्षका कार्यक्रम अन्तर्गत शुक्रबार शन्धिखर्क अर्घाखाँचीको भक्तिटोलामा राष्ट्रघाती एमसीसी, एसपीपी, आइपिएस र नागरिकता विधेयकको विरुद्धमा कोणसभा सम्पन्न भएको छ । कोणसभालाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका जिल्ला इन्चार्ज संगमले राष्ट्रघात र जनघातको विरुदमा निरन्तर संघर्ष गर्ने र राष्ट्रघाती एमसीसी लगायत आईपिएसका कुनै पनि हस्तक्षेपकारी योजनाहरु लागू हुन नदिनेगरि नेपाली जनताको साथमा दलाल सत्तासँग अन्तिमसम्म लड्ने बताउनुभएको छ । त्यसैगरी नेपाललाई फिजिकरण गर्ने भारतीय निहित उदेश्यका साथ ल्याइएको राष्ट्रघाती नागरिकता विधेयकका विरुद्धमा पनि आफ्ना वास्तविक नागरिकहरुलाई नागरिकता प्राप्त गर्ने अधिकारबाट बन्चित हुन नदिनेगरि संघर्ष…
