Author: नेपाल राज्य

काठमाडौं। नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार पद तथा गोपनीयताको शपथ लिदैँ छन् पौडेलको शपथग्रहण राष्ट्रपति निवास शीतलनिवासमा हुनेछ । उनलाई सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ गराउनेछन् । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल देशको तेस्रो राष्ट्रपतिका रूपमा निर्वाचित हुँदा उनले एमाले उपाध्यक्ष सुवास नेम्वाङलाई पराजित गरेका थिए ।

Read More

काठमाडौं । चालु आर्थिक वर्षको सात महिनाको अवधिमा रू छ खर्ब ८९ अर्ब ८८ करोड बराबरको विप्रेषण भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आवको सात महिनाको विवरण अनुसार विप्रेषण आप्रवाह २७ दशमलब एक प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह चार दशमलब चार प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १६ दशमलब चार प्रतिशतले वृद्धि भई पाँच अर्ब ३० करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह पाँच दशमलब तीन प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या ५७ दशमलब तीन…

Read More

काठमाडौं । सिन्धुलीमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। फिकल गाउँपालिका–४ कुइभिरडाँडामा आइतबार बिहान बस दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ भने १९ जना घाइते भएका छन्। ओखलढुङ्गाबाट काठमाडौँ आउँदै गरेको बा २ ख ६५९६ नम्बरको बस ‘ब्रेक’ फेल भएर दुर्घटना भएको प्रहरीले बताएको छ ।

Read More

पाल्पा । पाल्पामा टिपर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ। पाल्पाको माथागढी गाउँपालिका–६, गोठादी चिलेपानीमा भएको टिपर दुर्घटनामा चालकको घटनास्थलमै मृत्यु भएको हो । गोठादीबाट रहवासतर्फ जाँदै गरेको लु २ ख ११९६ नम्बरको टिपर दुर्घटना हुँदा सोही टिपरका चालक ४० वर्षीय विष्णु गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए । थप अनुसन्धान भैरहेको प्रहरी श्रोतले जनाएको छ ।

Read More

दाङ । राष्ट्रिय अपाङ्ग संघगठन नेपाल लुम्बिनी प्रदेशको प्रथम सम्मेलन दाङमा सम्पन्न भएको छ । नेकपा एमाले निकट राष्ट्रिय अपाङ्ग संघगठन नेपाल लुम्बिनीको सनिवार सम्पन्न सम्मेलनले हेमनाथ ज्ञवाली नेतृत्वमा ३१ सदस्यीय थप्ने गरि कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेकाे हो । जसको उपाध्यक्षमा फर्सुराम पाण्डे उपाध्यक्ष महिला भविसरा घर्ती मगर सचिव कमल प्रसाद ढुंगाना सहसचिव शिला घिमिरे काेषाध्यक्षमा शिव घर्ती लाई सर्वसम्मत चयन गरेको हो । सदस्यमा कमला परियार , बिष्णु प्रसाद भट्टराई , शुसिला भण्डारी ,दिप ब. चन्द्र ,मुना नेपाल , दोम कुमारी कडेल ,तेज ब. राना, दया राम चौधरी , सन्दीप भट्टराई , मनोज पङ्गेनी, पवन आचार्य ,निखीराम डागी,…

Read More

अनिल नेपाली, अर्घाखाँची । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र शितगंगा नगरपालिकाकाे बैठक सम्पन्न भएको छ । पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज ठाकुर कुमार बिक “किशोर”ले मन्तब्य राख्दै विकले देशमा परिवर्तनको नेतृत्व गरेर देशमा सघिय लाेकतान्त्रिक गणतन्त्र सहितको सविधान जारी भएको अबस्थामा देशमा देशी विदेशी शाक्तीले चलखेल गरेर माओवादी लाई अपराधीकाे बिल्ला भिराएर माओवादी लाई कमजोर पार्ने परिवर्तन विराेधी शक्ति लागेको बताउदै माओवादीले सहिद परिवार घाइते परिवार अपाङ्ग परिवार जहिले पनि साथमा लिएर जानुपर्ने बताउदै माओवादी प्रति जनताको आशा अपेक्षा बढि रहेकोले माओवादी निरन्तर रूपमा जनतासँग जाेडिएर विकास र समृद्धिकाे यात्रा सगै गनुपर्ने बताए। एक फरक प्रसगमा नेता विकले बर्तमान…

Read More

अर्घाखाँची । नेकपा एमाले मालारानीको मिसन ग्रासरूट कार्यक्रममा ९ जना पार्टी प्रवेश गरेका छ्न । नेकपा एमाले मालारानी- ३ खनदह वडा कमिटीको आयोजनामा सनिवार मिसन ग्रासरूट कार्यक्रममा नेपाली कांग्रेस परित्याग गरि धर्मगत खनाल, मिना खनाल,तारा प्रसाद खनाल,मिरा खनाल,लगायत ९ जना नेकपा एमाले पार्टी प्रवेश गरेका हुन । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य जीवनारायण कोइराला नेकपा एमाले जिल्ला सचीव तोज बहादुर रायमाझी लगायतले टीका माला लगाइ पार्टी प्रवेश गराएका थिए । वडा कमिटी अध्यक्ष दण्डपाणि पोखरेलको अध्यक्षता नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य जीवनारायण कोइरालाको प्रमुख अतिथित्यतामा सम्पन्न भएको कार्यक्रममा महत्त्वपूर्ण निर्णय समेत भएको एमाले मालारानी गाउँपालीका कमिटी कार्यालय सचिव…

Read More

काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिनमा समाजवादी मोर्चा बन्ने र त्यसको जगमा कम्युनिस्ट एकताको पहल गरिने बताएका छन् । शनिबार दिउँसो पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा मधेश प्रदेशमा कार्यरत पार्टी केन्द्रीय सदस्यहरूको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले पहिला समाजवादी मोर्चा बनाउने र त्यसपछि कम्युनिस्टहरूको बृहत्तर एकताका निम्ति बहस सुरु गरिने बताए । ‘जनयुद्ध र जनआन्दोलनका मुद्धा सम्बोधन भइसकेका छैनन्, शान्ति प्रक्रिया टुंगोमा पुगिसकेको छैन,’ प्रधानमन्त्रीले भने, ‘शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायको सिद्धान्तका आधारमा राजनीतिक निकास दिने जिम्मेवारी हाम्रो काँधमा छ। यसका निम्ति समाजवादी शक्तिहरूको सहकार्य र एकता जरूरी छ।’ उनले माओवादी धाराका कम्युनिस्ट…

Read More

अर्घाखाँची । रिटर्नी फेडेरेसन नेपाल अर्घाखाँचीकाे अध्यक्षमा मित्रमणि मिश्र चयन भएका छ्न । सनिवार सम्पन्न प्रथम जिल्ला अधिबेशनले मिश्रकाे नेतृत्वमा २५ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेकाे हो । कार्यक्रमको प्रमुख अथिती नेकपा एमाले जिल्ला अध्यक्ष पिताम्बर भुसालले मन्तव्य राख्दै अहिलेको सरकार धेरै नटिक्ने जनता नेकपा एमालेको पक्षमा रहेको दाबी गरेका हुन । विदेशबाट फर्किएका तर आफ्नै पूँजी लगानी गर्न नसकेर भौतारिएका श्रमिकलाई सीप र क्षमताअनुसारको रोजगारीको व्यवस्था गर्न पार्टी संग हामीले छलफल र परामर्श गरिरहेको बताए । अथिती नेकपा एमाले प्रदेश कमिटी सदस्य जर्नादन खनाल , रेटर्नी फेडेरेसन नेपाल केन्द्रिय सदस्य वसन्त केसी लगायतले मन्तव्य राखेका थिए । सिर्जना…

Read More

हरि कुँवर ,अर्घाखाँची । मृगौला रोगले पीडित श्रृजना जि.सीको उपचारमा आर्थिक समस्या देखिएको छ । अर्घाखाँची जिल्ला मालारानी- ५ बाँगी प्युडाँडा निवासी कमल जि .सी. र कमला जि.सी. कि २१ वर्षिया छोरी श्रृजना जि.सी. का दुबै मृगौला संक्रमण हुँदा आर्थिक सहयोग जुटाई दिन परिवारले आग्रह गरेको हो । परिवारको आर्थिक अवस्था निकै कम्जोर हुँदा उपचारमा समस्या देखिएको हो । परिवारले आर्थिक सहयोग जुटाई दिन सबै सँग आग्रह गरेका हुन् । कमलले भारतको नयाँ दिल्लीमा सामान्य नोकरी गरी जिविकोपार्जन मात्र गरीरहेको अवस्था छ ।सम्पत्ति सबै छोरिको उपचारमा सकेपछि अब छोरिको उपचार खर्च जुटाउने केही उपाय नभएको पीडित कमलले बताए । उनलाई…

Read More