Author: नेपाल राज्य

रुद्रमणि भुसाल ,अर्घाखाँची । अर्जुन चौपारी ऋण सहकारी संस्था लिमिटेड, कास्कीको प्रतिनिधिमण्डलले सन्धिखर्कस्थित साथी सहकारी तथा साथी बहुउद्देश्य सहकारी संस्थाको अवलोकन भ्रमण गरी अध्ययन तथा अनुभव आदानप्रदान गरेको छ। भ्रमणका क्रममा संस्थाका अध्यक्ष डा भवानी प्रसाद पौडेलले उक्त सहकारीहरूले स्थानीय उत्पादनलाई लेबलिङ गरी बजारसम्म पुर्याउने र रोजगारी सिर्जना गर्ने कार्य नमुनायोग्य रहेको उल्लेख गर्दै त्यसबाट प्रेरणा लिएर आफ्नै संस्थामा पनि यस्ता अभ्यास लागू गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रममा कृष्णप्रसाद भुसालले विभिन्न जिल्लाबाट अध्ययन भ्रमणका लागि आफ्नो संस्था छनोट गरिनु सकारात्मक संकेत भएको बताउँदै सहकारीबीच सफल अभ्यासको आदानप्रदानले संस्थागत विकासमा टेवा पुग्ने धारणा राख्नुभयो। यस अवसरमा रुद्रप्रसाद श्रेष्ठ, धर्मराज भुसाल, नेत्रप्रसाद…

Read More

अर्घाखाँचीका चार दलका उम्मेदवारबीच कडा प्रतिस्पर्धा, मालारानीमा निर्णायक भिडन्त अर्घाखाँची । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लिएर जिल्लाभर चुनावी गतिविधि तीव्र बनेको छ। उम्मेदवारहरू मतदाता भेटघाट, घरदैलो र सभा–समारोहमा व्यस्त छन्। कसरी हुन्छ मतदाता आफ्नो पक्षमा पार्ने भन्ने होडबाजी चलिरहेको स्थानीयले बताएका हुन् । राजनीतिक दलहरूले प्रचारलाई तीव्र बनाउँदै चुनावी वातावरण थप तातेको छ। जिल्लामा ६ पालिका मध्य विशेषगरी मालारानी क्षेत्र यसपटक प्रतिस्पर्धाको केन्द्र बनेको छ, जहाँ प्रमुख दलका उम्मेदवारबीच कडा टक्कर हुने संकेत देखिएको छ। यस निर्वाचनमा नेकपा एमालेबाट पिताम्बर भुसाल, नेपाली काँग्रेसबाट विष्णु प्रसाद खनाल, नेपाल कम्युनिष्ट पार्टीबाट रामबहादुर चौहान र रास्वपा बाट हरि प्रसाद भुसाल…

Read More

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भोलि शनिबार भैरहवामा गर्ने भनेको परिवर्तन उद्घोष सभा स्थगित गरेको छ । पार्टीका उपसभापति तथा संघीय निर्वाचन सम्पादन समितिका संयोजक डोलप्रसाद अर्यालले मातहतका संगठनलाई पत्राचार गर्दै सभा स्थगित गर्ने निर्णय गरिएको जानकारी दिएका हुन् । पत्रमा संगठनात्मक प्राथमिकता निर्धारण तथा रणनीतिक व्यवस्थापन लगायतका विशेष कारणले हाललाई चुनावी सभा स्थगित गर्नुपरेको उल्लेख छ । प्रदेशस्तरीय उक्त सभाका लागि पत्रकार सम्मेलन, प्रचार प्रसार र स्टेज निर्माणको काम समेत भइरहेको थियो ।

Read More

बुटवल । रास्वपा कार्यकर्ताले आफ्नो पार्टीको झण्डा जलाएकोमा एमाले महासचिव शंकर पोखरेलले अराजकता र उदण्डता कुनै नयाँपन नभएको बताएका छन् । सामाजिक सञ्जालमा महासचिव पोखरेलले झण्डा जलाएर आस्थामा चोट पुर्‍याउनेलाई जनताले चिन्नुपर्ने उल्लेख गरेका छ्न् ।पोखरेलको भनाइ छ अराजकता र उदण्डता कुनै नयाँपन होइनन्, ती अपराध हुन् । झण्डा जलाएर अरूको आस्थामा चोट पुर्‍याउनेहरू सम्मानका हकदार हुन सक्दैनन् । यस्ता तत्वहरूलाई जनताले निर्वाचनमार्फत अस्वीकार गर्नेछन् । बिहीबार राति सभापति रवि लामिछानेको पर्खाइमा रहेका रास्वपाका कार्यकर्ता र समर्थकले एमालेको सूर्य चिन्ह अंकित झण्डा जलाएका थिए । रास्वपाले भने घुसपैठ भएको जिकिर गरेको छ । यता नेकपा एमाले निकट नेशनल भोलेन्टियर्स फोर्सले…

Read More

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपाली युवालाई बिदेश सप्लाइको नीति लिएको उजागर भएको छ । सुर्खेतमा बिहीवार सार्वजनिक गरिएको चुनावी बाचापत्रमा रास्वपाले विदेश जानेलाई सहुलियतपूण ऋण दिने घोषणा गरेको हो । रास्वपाले १ खर्ब डलरको अर्थतन्त्र र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य राखेको छ । यस्तै ७ प्रतिशतको आर्थिक वृद्धि र ५ लाख रोजगारी दिने सो पार्टीको महत्वाकांक्षी योजना पनि अघि सारेको छ । यसैगरी सहकारी पीडितको पैसा सरकारी कोषबाट फिर्ता गर्नेदेखि विदेशमा रहेका नेपालीका लागि डलर खाता खोल्नेसम्मका योजनाहरू यसमा समेटिएका छन् । बाचा पत्रमा रास्वपाले सरकारको नेतृत्व गरे सय दिनभित्रै सहकारी संस्थाका बचतकर्ताहरूलाई रकम फिर्ता…

Read More

काठमाडौं । नेपाली कांग्रेसले आफ्नो प्रतिनिधि सभाको निर्वाचन २०८२ को प्रतिज्ञापत्रमा युवा र महिला उद्यमीलाई ५० लाख रुपैयाँसम्म विना धितो ऋण दिने घोषणा गरेको छ। कांग्रेसका अनुसार, उद्यमशीलता र पूँजी बजारको पहुँच वृद्धिका लागि विशेष कार्यक्रम ल्याउने उद्देश्यका साथ यस योजनालाई अघि सारिएको हो। ‘नवीन सोच भएका युवा र महिला उद्यमीहरूका लागि विना धितो परियोजनाको आधारमा ५ देखि ५० लाख रुपैयाँसम्मको कर्जा उपलब्ध गराउँछौँ,’ कांग्रेसले प्रतिज्ञापत्रमा उल्लेख गरेको छ। क्राउड फन्डिङ र भेन्चर क्यापिटल जस्ता वैकल्पिक वित्तीय उपकरणहरूको कानूनी व्यवस्था गरी लगानी सुनिश्चित गर्ने दृषटिकोन पनि कांग्रेसले राखेको छ । साथै, साना र मझौला उद्योग तथा कृषि कर्जामा ब्याजदर स्थिर…

Read More

काठमाडौं । नेकपा एमालेले घोषणापत्र युवा, महिला, श्रमिक र राष्ट्रसेवकलाई आकर्षक सुविधा समेटेको छ । आज अध्यक्ष केपी ओलीले सार्वजनिक गरेको घोषणापत्रमा युवालाई हरेक महिना १० जीबी इन्टरनेट डाटा निःशुल्कदेखि गरिब परिवारको २५ हजारसम्म ऋण मिनाहासम्मको विषय समेटिएको छ । यस्तै, युवा तथा उद्यमीलाई १० हजार डलर बराबरको बैंक कार्ड, वैदेशिक रोजगारी श्रमिकको खातामा ५ हजारसहित सामाजिक सुरक्षा, विद्यार्थीलाई २० लाख निर्ब्याजी ऋण, पारिश्रमिकसहित इन्टर्नशीप, किशोरीलाई निःशुल्क प्याड, १० कक्षासम्म दिवा खाजा श्रमिकको न्यूनतम पारिश्रमिक २५ हजारसहित सामाजिक सुरक्षाको विषय समेटेको छ । यस्तै, सबै शिक्षकलाई सामाजिक सुरक्षा, शिक्षकको मर्यादाक्रम तोक्ने, स्वास्थ्य स्वयंसेविकालाई २० हजार भत्ता र सामाजिक सुरक्षा, महिलालाई…

Read More

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न सरकारले सम्पूर्ण शक्ति लगाएको बताइन । ७६ औँ राष्ट्रिय प्रजातन्त्र दिवस तथा निर्वाचन दिवसका अवसरमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । प्रधानमन्त्री कार्कीले वि.सं. २०१५ फागुन ७ गतेदेखि सुरु भएको नेपालको निर्वाचन इतिहासको स्मरण गर्दै वर्तमान सरकारले निर्वाचनमार्फत मुलुकलाई दिगो लोकतान्त्रिक स्थायित्वको नयाँ युगमा लैजाने प्रतिबद्धता व्यक्त गरिन। उनले तोकिएकै मितिमा भयरहित र विश्वसनीय वातावरणमा निर्वाचन सम्पन्न हुने सुनिश्चित भएको दाबी समेत गरिन। निर्वाचनबाट आउने संसद् र सरकारले लोकतन्त्रलाई अझ जीवन्त, नतिजामुखी र जनउत्तरदायी प्रणालीका…

Read More

काठमाडौँ। प्रतिनिधि सभा निर्वाचनमा खटिएका निर्वाचन प्रहरीले स्वदेशी उत्पादन गोल्डस्टार जुत्ता र भारतीय लट्ठी प्रयोग गरेका छन् । निर्वाचनमा खटिएका एक लाख ३३ हजार ९८० निर्वाचन प्रहरीलाई स्वदेशी उत्पादन गोल्डस्टार जुत्ता र छिमेकी मुलुक भारतबाट आयात गरिएको बेतको लट्ठी प्रदान गरिएको हो । नेपाल प्रहरीले निर्वाचन प्रहरीलाई स्वदेशी जुत्ता अनिवार्य प्रयोग गर्नुपर्ने व्यवस्था गरेको छ । उनीहरूले बोक्ने बेतको लट्ठी भने स्थानीय उत्पादनले अपुग हुँदा छिमेकी मुलुक भारतबाट आयात भएको हो । नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले निर्वाचन प्रहरीलाई स्वदेशी उत्पादन गोल्डस्टार प्रयोग गर्न निर्देशन दिइएको जानकारी दिए। “जुत्ता हामीले उपलब्ध गराउने होइन निर्वाचन प्रहरी आफैँले खरिद गर्नु पर्छ,” जुत्ता…

Read More

अर्घाखाँची । मदन भण्डारी फाउन्डेसन अर्घाखाँचीका अध्यक्ष श्रीकृष्ण भुसालले नेकपा एमालेका प्रतिनिधि सभा सदस्य उम्मेदवार पिताम्बर भुसालको खुलेर प्रशंसा गरेका छन्। सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले मतदातालाई मतदानअघि धेरै पटक सोच्न आग्रह गर्दै योग्य, चरित्रवान र नैतिक उम्मेदवारलाई रोज्नुपर्ने बताएका हुन्। आफ्नो मूल्याङ्कनमा पिताम्बर भुसाल नै अर्घाखाँचीका सबैभन्दा योग्य उम्मेदवार रहेको दाबी गर्दै उनले निर्वाचित भएपछि मतदातालाई पछुतो हुने गरी कुनै गल्ती नगर्ने विश्वास व्यक्त गरेका छन्। उनका अनुसार भुसाल आधारभूत तहबाट राजनीति सुरु गरेर २५ वर्षकै उमेरमा साविक गाउँ विकास समितिको अध्यक्ष बनेका थिए र स्थानीय पूर्वाधार विकासमा नेतृत्व गरेका प्रमाणित जनसेवक हुन्। सन्धिखर्क–हंसपुर मोटरबाटो, विद्यालय भवन निर्माणलगायत…

Read More