Author: नेपाल राज्य
काशीराम घिमिरे, अर्घाखाँची- द्वापरयुगको अन्त्यतिर, कृष्ण जन्माष्टमीको मध्यरातमा भगवान् श्रीकृष्णको जन्म भएको स्मरणमा आजको दिन यो पर्व मनाइन्छ। बाल्यकालदेखि नै चञ्चल स्वभावका उनी गोबिन्द, काले कृष्ण, मुरारे, दही चोर जस्ता नामले परिचित थिए। दही उनका प्रिय भोजनमध्येको थियो, र मुरली उनको प्रिय वाद्य। कथाअनुसार, मुरलीको मधुर धुनमा मोहित हुने सोह्र सय गोपिनीहरू पनि थिए। उनी ज्ञान, कर्मयोग र भक्तियोगका प्रेरणास्रोत मानिन्छन्। श्रीकृष्णको जन्म अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिको अन्त्य गर्दै मानव जातिको रक्षा गर्नका लागि भएको मानिन्छ। धर्मशास्त्रअनुसार, उनी आमा देवकी र मामा कंशका दाजु–बहिनीको कोखबाट जन्मिएका हुन्। कंशले भविष्यवाणीअनुसार आठौं सन्तानले आफूलाई मार्ने थाहा पाएपछि देवकीका सात सन्तानहरू मारे।…
३० साउन, ललितपुर — प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालभित्र सञ्चालन हुने कुनै पनि सामाजिक सञ्जाल अब कानुनबाहिर नरहने बताएका छन् । आइसिटी फाउण्डेशनको ‘डिजिटल नेपाल कन्क्लेभ २०२५’ उद्घाटन गर्दै उनले स्पष्ट चेतावनी दिँदै भनेका छन् सामाजिक सञ्जालहरूलाई अनिवार्य दर्ता, कर भुक्तानी र कानुनी दायित्व पुरा गर्ने व्यवस्थामा ल्याउने तयारी सरकारको शीर्ष प्राथमिकतामा रहेको बताएका हुन् । उनका अनुसार, सूचना प्रविधिसम्बन्धी कारोबार नेपाल सरकारलाई थाहा हुनु जरुरी छ, र कानुन अनुसार दायित्व पूरा गर्नेहरूलाई मात्र सञ्चालनको अनुमति मिल्नेछ । फेसबुकदेखि एआईसम्मका उदाहरण दिँदै ओलीले भने– “दुर्गम गाउँका बूढीआमाले समेत फेसबुक चलाउन सक्ने अवस्थामा हामी पुगिसक्यौं, अब यो प्रविधि सही दिशा र…
अर्घाखाँची – एकीकृत समाजवादी अर्घाखाँचीका अध्यक्ष रामबहादुर चौहानले नौमुरे आयोजना र खानेपानी कार्यालय खारेज गरेर सरकारले अर्घाखाँचीमाथि योजनाबद्ध प्रहारगरेको बताएका छन् । अर्घाखाँची जिल्लामा संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना बुटवल सारिएको तातो घाउ अझ पुरै निको नहुँदै, अब नौमुरे बहुउद्देश्यीय आयोजना को अर्घाखाँचीस्थित कार्यालयसमेत खारेज गरी उर्जा मन्त्रालय, काठमाडौंमा पुर्याइएकोमा सरकारले गरेको निर्णयप्रति जिल्लाभर आक्रोश बढ्दै गएको छ । एकीकृत समाजवादी अर्घाखाँचीका अध्यक्ष चौहानले पटकपटक विरोध गरेका हुन् । यो निर्णय लाई “जिल्लाको अस्तित्व समाप्त पार्ने योजनाबद्ध प्रहार” भएको भन्दै सामाजिक सञ्जालमार्फत कडा शब्दमा विरोध जनाएका छन्। गत आर्थिक वर्ष २०८१/०८२ मा सितगङ्गा नगरपालिका–८ स्थित कार्यालयमार्फत १६ करोड ८०…
अर्घाखाँची- अर्घाखाँचीका घनश्याम भट्टराई सात वर्षदेखि बेपत्ता भएका छन् । अर्घाखाँची जिल्ला छत्रदेव गाउँपालिका–६ ठुलापोखराका घनश्याम भट्टराई २०७५ साल भदौ ५ गते भारतको दिल्ली जान्छु भनी घरबाट निस्किएका थिए। त्यस दिनको बिहानसम्म सबै कुरा सामान्य थियो। तर, त्यो दिनको यात्रा जीवनकै अन्तिम भेटजस्तो बन्न पुग्यो। दिल्ली पुगे कि बीचमै के भयो, आजसम्म अज्ञात छ। सात वर्ष नजिकिँदै गर्दा पनि घनश्यामको कुनै खबर छैन। परिवारले सुरुवाती दिनदेखिनै खोजी र जानकारीका लागि आफन्त साथीभाइ र सम्बन्धित निकायसँग सम्पर्क राख्दै आएको छ। तर न भारततर्फबाट न नेपालमै कतैबाट पनि कुनै प्रमाण वा ठोस सूचना आएको छैन। परिवारले खोजी कार्यमा सहयोग गर्न आग्रह गरेको…
एकीकृत समाजवादी केन्द्रीय सदस्य तथा रुपन्देहीकी पूर्व उपप्रमुख उमा काफ्ले एमालेमा प्रवेश
दाङ – नेकपा (एकीकृत समाजवादी) की केन्द्रीय सदस्य उमा काफ्ले नेकपा (एमाले) मा प्रवेश गरेकी छन्। दाङको लमहीमा सुरु भएको एमाले लुम्बिनी प्रदेश कमिटीको पाँचौँ पूर्ण बैठकमा, पार्टीका केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज पद्मा अर्यालले उनलाई पार्टीमा स्वागत गरेकी हुन्। सिद्धार्थनगर नगरपालिकाकी पूर्व उपप्रमुख समेत रहेकी काफ्ले रुपन्देहीकी सक्रिय महिला नेतृको रूपमा परिचित छिन्। कार्यक्रममा एमाले केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलगायतको उपस्थितिमा प्रवेश कार्यक्रम सम्पन्न भएको हो। बैठकमा अध्यक्षता प्रदेश कमिटीका अध्यक्ष राधाकृष्ण कँडेलले गरेका छन् भने प्रमुख आतिथ्य पद्मा अर्याल रहेकी छन्। बैठकमा मनोनीत सदस्यको शपथ, अन्तरपार्टी निर्देशन १२ को अध्ययन, सचिवालयका निर्णय अनुमोदन, वार्षिक कार्ययोजना…
अर्घाखाँची -अर्घाखाँची सदरमुकाम स्थापना सुरु भएको समयदेखि चुत्राबेशीमा फेन्सी व्यवसायसँगै नेपाली लोककला र संस्कृतिको उज्यालो बोकेर हिँड्ने अग्रज कलाकार, लोकदोहोरी गायक तथा काँग्रेसका प्रतिबद्ध नेता जुल्करिम मियाँ (जुनकीरी)को निधन भएको छ। ६७ वर्षको उमेरमा उपचारको क्रममा साउन २७ गते बुटवलमा उनले अन्तिम सास फेरेका हुन्। मुस्लिम समुदायमा लोकदोहोरी गाउने कलाकार दुर्लभ हुने समयमै उनले आफ्नो स्वर र गीतमार्फत स्व. काशिनाथ गौतम, स्व. ढुण्डिराज शास्त्री, रेवती प्रसाद भुसाल, डा. रामबहादुर बीसीलगायतका चुनावी अभियानमा पनि योगदान पुर्याएको समाजसेवि सहयोगी बिसीले जानकारी दिएका छन् । उनी नेपाल प्रेस युनियनका जिल्ला सह-सचिव हलिम खानका पिता हुन् । उनको निधनले अर्घाखाँचीको सांगीतिक र राजनीतिक दुवै…
नरेन्द्रबहादुर थापा ( २७ साउन ,२०८२) काठमाडौं – हाम्रो देश नेपालमा गणतन्त्र आएको १७ वर्ष बितिसकेको छ। नेपाली जनताले सुख , शान्तिको सास फेर्न अहिलेसम्म पनि पाएका छैनन्। गणतान्त्रिक संविधान बनेको पनि १० वर्ष भइसक्यो। यस संविधान अन्तर्गतका ऐन,नियमहरू बन्न सकेका छैनन्। छलफलमा रहेका विधेयकहरूमा सरोकारवालाहरुस्सँग सहमति जुट्न सक्दैन । संसदबाट पारित भएका निजामती विधेयक जस्ता विधेयक पनि छलछाम र षड्यन्त्रमूलक ढंगले पारित भएका छन् । यद्यपि यसै बिषयमा रामहरि खतिवडाले आजै पदबाट राजीनामा दिएका छन् । विद्यालय शिक्षा विधेयक जस्तो संवेदनशील विधेयक पनि अहिलेसम्म सरोकारहरूसँग सहमति जुट्न सकेको छैन। यद्यपि सबै सरोकारवालाहरूसँग सहमति जुटेको भन्दै संसदीय समितिबाट विद्यालय शिक्षा…
अर्घाखाँची- अर्घाखाँचीमा भैंसीलाई निर्ममता पूर्वक यातना दिई ओसारपसारमा संलग्न दुई जनालाई पक्राउ परेका छन् । मंगलबार राति करिब १:५५ बजे सन्धिखर्क नगरपालिका–२ घोचेखोला क्षेत्रमा गस्तीमा रहेको प्रहरी टोलीले धारापानीतर्फबाट सन्धिखर्क आउँदै गरेको लु १ च ३८२६ नम्बरको सिङ्गल क्याप बोलेरो गाडी रोकी चेकजाँच गर्दा, गाडीको पछाडिको ढालामा ४ वटा सी जातका भैंसीहरू साँघुरो ठाउँमा अटाई नअटाई क्रूर व्यवहारका साथ बुटवलतर्फ लैजाने तयारीमा रहेको फेला परेको हो। साँघुरो ठाउँ र यातनाका कारण गाडीमा ठोकिएर भैंसीहरू घाइते अवस्थामा भेटिएको जिल्ला प्रहरीले जनाएको छ। पक्राउ परेकाहरूमा अर्घाखाँची भूमिकास्थान नगरपालिका–६ का २३ वर्षीय सरोज पौडेल र रोल्पा लुङ्ग्री गाउँपालिका–२ का १८ वर्षीय क्रिस बानिया…
अर्घाखाँची – राष्ट्रिय स्वतन्त्र पार्टीले भूमिकास्थान नगरपालिका–८ मा वडास्तरीय भेला सम्पन्न गर्दै नयाँ कार्य समिति गठन गरेको छ। जिल्ला सभापति हरिप्रसाद भुसालको विशेष उपस्थिती र ज्येष्ठ सदस्य उमलाल भुसालको अध्यक्षतामा सम्पन्न भेलाले विजय गैरेलाई सर्वसम्मत रूपमा वडा सभापति चयन गरेको हो। नवगठित समितिमा उपाध्यक्ष अचुक गैरे, सचिव सरीता गैरे, कोषाध्यक्ष ऋषव गैरे र सदस्यमा रिता गैरे, सुनिल गैरे तथा नुमकला भुसाल रहेका छन्। सल्लाहकारमा उमलाल भुसाल, नेत्र प्रसाद गैरे, यम बहादुर गैरे, मनोज गैरे र राजन गैरे चयन भएका छन्। भेलामा जिल्ला सभापति हरि प्रसाद भुसालले सुशासनयुक्त नेपाल निर्माणको लक्ष्यसहित रास्वपाको जन्म भएको उल्लेख गर्दै, कुनै दबाब वा प्रभावमा नपरी…
अर्घाखाँचीका दलहरूको ज्ञापनपत्र द्वारा चेतावनी: खानेपानी कार्यालय सार्ने निर्णय खारेज नगरे आन्दोलन
अर्घाखाँची – अर्घाखाँची जिल्लामा सक्रिय आठवटा प्रमुख राजनीतिक दलहरूले अर्घाखाँचीस्थित संघीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालयलाई रुपन्देही स्थानान्तरण गर्ने तयारीको कडा विरोध गरेका छन्। मंगलबार दलका प्रतिनिधिहरूले प्रमुख जिल्ला अधिकारी गोपाल अर्याल मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै उक्त कार्यालय सार्ने निर्णय तत्काल रोक्न माग गरेका हुन्। ज्ञापनपत्रमा हस्ताक्षर गर्ने नेताहरूमा नेपाली कांग्रेसका जिल्ला सचिव कृष्ण प्रसाद खनाल, नेकपा एमालेका उपाध्यक्ष शम्भु प्रसाद पोख्रेल, नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज ठाकुर कुमार बी.के., राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सभापति हरि प्रसाद भुसाल, नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष राम बहादुर चौहान, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष थम्मन बहादुर के.सी., जनता समाजवादी पार्टीका जिल्ला इन्चार्ज नेत्र बहादुर…
