बुटवल । रास्वपा कार्यकर्ताले आफ्नो पार्टीको झण्डा जलाएकोमा एमाले महासचिव शंकर पोखरेलले अराजकता र उदण्डता कुनै नयाँपन नभएको बताएका छन् ।
सामाजिक सञ्जालमा महासचिव पोखरेलले झण्डा जलाएर आस्थामा चोट पुर्याउनेलाई जनताले चिन्नुपर्ने उल्लेख गरेका छ्न् ।पोखरेलको भनाइ छ अराजकता र उदण्डता कुनै नयाँपन होइनन्, ती अपराध हुन् ।
झण्डा जलाएर अरूको आस्थामा चोट पुर्याउनेहरू सम्मानका हकदार हुन सक्दैनन् । यस्ता तत्वहरूलाई जनताले निर्वाचनमार्फत अस्वीकार गर्नेछन् ।
बिहीबार राति सभापति रवि लामिछानेको पर्खाइमा रहेका रास्वपाका कार्यकर्ता र समर्थकले एमालेको सूर्य चिन्ह अंकित झण्डा जलाएका थिए । रास्वपाले भने घुसपैठ भएको जिकिर गरेको छ ।
यता नेकपा एमाले निकट नेशनल भोलेन्टियर्स फोर्सले पार्टीको झण्डा समेत जलाइएको भन्दै प्रशासनले कारबाही नगरे प्रतिवादमा उत्रिने प्रसे विज्ञप्ति मार्फत कडा चेतावनी दिएको छ ।

