Author: नेपाल राज्य

काठमाडौं । नेपाल तरुण दलले नेपाली कांग्रेसका तत्कालीन सभापति तथा पूर्वप्रधानमन्त्री सुशील कोइरालाको ८ औं स्मृति दिवसको अवसरमा दीप प्रज्जवलन तथा सन्ध्या आरती गरेको छ । नेपाल तरुण दल केन्द्रीय समितिले कोइरालाको सम्झनामा दीप प्रज्वलन एवं सन्ध्या आरती गरेको हो । काठमाडौं महानगर –९ सिनामंगल स्थित लक्ष्मी नारायण मन्दिरमा दीप प्रज्जवलन तथा सन्ध्या आरति कार्यक्रम तरुण दलले आयोजना गरेको थियो । कार्यक्रममा नेपाल तरुण दल अध्यक्ष विद्वान गुरुङले सुशील कोइरालाको तस्विरमा माल्यार्पण गरि दियो र आरतीको बत्ति बालेर कोइरालाप्रति श्रद्धासुमन प्रकट गरेका थिए । कार्यक्रममा ३ जना गुरुले सन्ध्या आरति गरेका थिए । ३ जना बाध्य बाधकमा थिए । कार्यक्रममा…

Read More

रियाद । मोरङसुनसरी सेवा समाज साउदी अरबको अध्यक्षमा दिपक थापा निर्वाचित भएका छन । रियादमा शुक्रबार सम्पन्न तेस्रो साधारण सभाले २०२४-२०२६ कार्यकाल को लागी निर्वाचित भएका हुन। जसको उपाध्यक्ष रोशन कुमार श्रेष्ठ , उपाध्यक्ष तुलाराम लिम्बु (राज) उपाध्यक्ष कल्पना बस्नेत पोखरेल, उपाध्यक्ष सन्दिप कार्की र उपाध्यक्ष किशोर राई गरि चार जना लाई घोषणा गरेको छ । यस्तै सचिब देवेन्द्र विश्वकर्मा, सहसचिव लोक बहादुर पुरी, सहसचिव सन्जिब कोईराला,सहसचिव जयन्ती लिम्बु, कोषाध्यक्ष खेमराज कार्की,सहकोषाध्यक्ष शिवराज अधिकारी, सहकोषाध्यक्ष लाल बहादुर बोगटी,सहकोषाध्यक्ष मीन प्रसाद अधिकारी, युवा संयोजक पुरण तामाङ, महिला संयोजक ईशारा दहाल, सदस्य कमल महतो ,सदस्य सोमिया सुन्दास,सदस्य आशिमा श्रेष्ठ, सदस्य रोशन बस्नेत,…

Read More

बुटवल। बुटवल उपमहानगरपालिकाले स्थापनाको ६५औं स्थापना दिवस विविध कार्यक्रम गरी मनाउँदैछ। जसअन्तरगत अन्तरविद्यालयस्तरीय बुटवल मेयर कप फुटबल प्रतियोगिता बिहीबार शुरु भएको छ भने अन्तरविद्यालयस्तरीय लोकनृत्य प्रतियोगिता फागुन १ र २ गते हुँदैछ। यस्तै शुक्रबार बुटवल उपमहानगरपालिकाको आयोजना र नगरपालिका कर्मचारी एशोशिएशन बुटवल इकाइको व्यवस्थापनमा रक्तदान कार्यक्रम भएको छ। शुक्रबार नै बुटवल उपमहानगरपालिकाबाट सेवानिवृत्त भएका कर्मचारीहरुलाई सम्मान गरिएको छ। सो कार्यक्रममा बोल्दै नगर प्रमुख खेलराज पाण्डेयले कर्मचारीको भूमिकाले नगरको उन्नति प्रगतिमा महत्व राख्ने बताउँदै सकारात्मक भूमिका निर्वाहका लागि आग्रह गरे। उनले नगरको विकास र समृद्धिमा पूर्व कर्मचारीको रुपमा सकारात्मक भावना र सकारात्मक सहयोगको अपेक्षा रहने बताए। उनले जनप्रतिनिधि र कर्मचारीबीचको तालमेलबिना…

Read More

बुटवल । रुपन्देहीको सैनामैना नगरपालिका ८ भडछामा ११३ बर्ष पुरानो थारु संस्कृति संरक्षण गर्ने उद्देश्यले भडछा महोत्सव सुरु भएको छ । नेपालमै पहिलो मानिएको रातीमा सुरु भएर रातीमै सकिने भड्छा महोत्सव थारु संस्कृतिसंग जोडिएको छ । स्थानीय थारु समुदायका अगुवाहरुले थारु संस्कृति संरक्षण गर्ने अभियानकै रुपमा आजभन्दा ११३ बर्षअघिदेखि भड्छा मेलालाई निरन्तरता दिदै आएका छन । ‘हाम्रो सस्कृति हाम्रो पहिचान, संस्कृति जगेर्ना गर्ने हाम्रो अभियान’ भन्ने मुल नारा सहित विगतका बर्ष जस्तै यस बर्षपनि थारु समुदायको सांस्कृतिक पहिचान र स्थानिय कला संस्कृतीको जगेर्ना गर्ने उद्देश्यसहित महोत्सव आयोजना भएको हो । हरेक बर्ष माघे औंशीको अवसरमा यहाँ तीन दिन मेला लाग्दै…

Read More

अर्घाखाँची । तुल्सीराम अधिकारी (वर्ष ६०) अर्घाखाँची जिल्लामा आएको ५ वर्ष पुग्याे । उहाँको स्थायी घर खाेटाङ जिल्लामा पर्दछ । अर्घाखाँची जिल्ला आउनु पहिला उहाँले लुम्बिनीमा रेशाबाट उत्पादित कपडा उद्योग संचालन गर्ने र उत्पादित सामान पर्यटकहरूलाइ बिक्री गर्ने गर्नुहुन्थ्याे । उहाँको छाेरा कृषि बिषयमा बिद्याबारिधी गरि काेरियामा अध्यापन गराउनु हुन्छ भने छाेरीले पनि काेरियामा स्नातकोत्तर अध्ययन गर्दै हुनुहुन्छ । उहाँ अर्घाखाँची प्रवेश गर्नुकाे मुख्य उद्वेश्य रेशाजन्य बनस्पति केतुकेकाे बारे अध्ययन गर्ने, केतुकेकाे पात खरिद गरि आफ्नाे उद्योगमा केतुकेकाे रेशाबाट कपडा बनाउने थियाे । करिब ५ दिन केतुकेकाे संभावना र अध्ययनमा लाग्नु भयाे सँगै टिमुर खेतिकाे समेत अध्ययन गर्नु भयाे ।…

Read More

श्याम घिमिरे, अर्घाखाँची। सन्धिखर्क ग्रिन ईङ्गलिस बोर्डिङ्ग स्कुल सन्धिखर्क २ चुत्राबेसीको १७ औं वार्षिकोत्सब ,अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रममा आज (सुक्रवार) सम्पन्न भएको छ । कार्यक्रमको एक समारोहका बिच सन्धिखर्क नगरपालीका शिक्षा शाखा प्रमुख मन्जु आचार्यले सरस्वतिको फोटामा माल्यापर्ण संगै दिप प्रज्ज्वलनगरी उद्घाटन गनुभयो । उद्घाटन कार्यक्रममा मनतब्य राख्दै आचार्यले शिक्षक बिद्यार्थी र अभिभाबकको त्रिकोणात्मक सम्बन्ध राम्रो भएमा मात्रै शिक्षामा आमुल परीवर्तन गर्न सकिने भन्दै शिक्षा र स्वास्थ्यनै सामाजीक बिकाशको मुख्य मेरुदण्ड भएको बताउनुभयो । आचार्यले हरेक गतिबिधिमा बिद्यालयले उत्कृष्टता हासील गरेकोमा बिद्यालय परीबारलाई बधाई सहित धन्यवाद ज्ञापन गर्नुभयो । आचार्यले नगरका सबै बिद्यालयहरुको बिकासमा नगरपालीकाले सक्दो सहयोग गर्ने…

Read More

हरि कुँवर , अर्घाखाँची । नेपाल खेलकुद महासंघ अर्घाखाँचीद्वारा २०८० फागुन ७ गतेदेखि “प्रथम प्रकाश महत स्मृति खुल्ला क्रिकेट प्रतियोगिता” हुने भएको छ । क्रिकेट प्रतियोगिता ७ गतेदेखि सन्धिखर्क १ टुंडिखेल मैदानमा संचालन गरिने भएको छ भने १५ ओभरमा खेलाइने क्रिकेट १५ वटा टिमको सहभागी हुनेछ । खेलमा प्रथम पुरस्कार ५० हजार दिर्तिय पुरस्कार ३० हजार सहित ट्राफि,मेडल,कप सहित प्रमाण पत्रको व्यवस्था अनुसासन र उत्कृष्ट खेलाडी प्रोत्साहन पुरस्कारको व्यवस्थासमेत गरेको नेपाल खेलकुद महासंघ जिल्ला अध्यक्ष हेनरी बस्नेतले बताए । प्रकाश महतको देहावसानले नेकपा एमाले एवम् अर्घाखाँची जिल्लाले नै ठुलो क्षेति व्यहोर्नु परेको छ । उहाँको सम्झनामा उहाँलाइ अम्मर राख्न प्रथम…

Read More

बुटवल । लुम्बिनी प्रदेशमा बढ्दै गएको नवजात शिशु मृत्युदर र मातृ मृत्युदर घटाउन लुम्बिनी प्रादेशिक अस्पतालले बर्थिङ सेन्टर र बाल सघन उपचार कक्ष (पीआईसीयू) सेवा सुरु गरेको छ । बिहीबार लुम्बिनी प्रदेश सरकारका स्वास्थ्यमन्त्री राजु खनालले उक्त सेवाको उद्घाटन गरेका छन् । परिवारका सदस्यहरू र विशेषज्ञसहित बच्चा जन्माउने सुविधासहितको बर्थिङ सेन्टर र २८ दिनदेखि १४ वर्षसम्मका बालबालिकाको सघन उपचार गर्न पीआईसीयू सेवा प्रदान गरिने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुदर्शन थापाले बताए । उक्त अवसरमा स्वास्थ्यमन्त्री खनालले मन्त्रालयले प्रदेशका १३ वटा अस्पताल व्यवस्थापन गर्दै आएको बताए । उनले अस्पतालहरूमा देखिएका भौतिक एवं जनशक्ति अभावलाई चिर्ने काम भइरहेको बताउँदै जनताले अहिले…

Read More

काठमाडौं । नेकपा एकीकृत समाजवादीको एक महिने संगठन सुदृढीकरण अभियान सुरु गरेको छ। माघ २५ देखि चैत २५ गतेसम्म एक महिना संगठन सुदृढीकरण अभियान सञ्चालन गर्ने भएको हो । पार्टी कार्यालयमा बिहीबार बसेको केन्द्रीय सचिवालय बैठकले उक्त निर्णय गरेको नेकपा एसका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । उनका अनुसार बैठकले आगामी चैत मसान्तसम्म पार्टी सदस्यता नवीकरण, अध्यावधि र विस्तार गरिसक्ने निर्णय गरेको छ । ‘आगामी महाधिवेशनका निम्ति २०८१ वैशाख १५ देखि २२ गतेसम्म प्रतिनिधि चयन गर्नेछौं’, उनले भने, ‘आगामी फागुन मसान्तसम्म दस्तावेज तयार गर्ने र आगामी महाधिवशेनमा काम (सदस्यता, नवीकरण, संगठन विस्तार आदि) का आधारमा १० जिल्लालाई सम्मान गर्ने…

Read More

नारायण खनाल नीलम् ,अर्घाखाँची । 🌺बदलियो प्रेमपत्र🌺 वाह! हिजो कागजको सुगन्ध हस्ताक्षरको अपनत्व समर्पणको तागत र मसिको रंग विनोदले जीउँदो बन्थ्यो प्रेमपत्र ! साँच्चिकै जादुमय हुन्थ्यो शबदहरुको नृत्य कला प्रेमपत्रमा ! जति पवित्र हुन्थ्योे भावना कोर्दा बस्ने मनोबैज्ञानिक चौतारी उत्तिकै पुज्य हुन्थ्यो पत्रको भाषाले जगाइदिने उत्सुकताको बतास र त्यही बतासले दिलाउने प्रेमानुभूति! ओहो ! प्रविधिको विस्मय र स्वार्थको हुरीले खुम्च्याइदियो प्रेमको महत्त्वलाई अनि प्राणहीन च्याटालापमा बदलियो प्रेमपत्र ! हिजो अनेक बान्की र भावका बेग्लाबेग्लै अनुभव साटेर प्रेमपत्रमा अत्यास मेटिन्थ्यो मनको ! भत्किएका सपनाहरु यादले जोडेर प्रगतिको रेखा कोर्न हौस्याइन्थ्यो जीवनको ! तर आज आौँलाका चालबाट अक्षरका जीउमा स्पर्श गर्छ प्रेम…

Read More