Author: नेपाल राज्य

हरि कुँवर, अर्घाखाँची । अर्घाखाँचीका कलाकार विशाल रायमाझी र एलिना रायमाझीले “हङकङ मलाय” गीतको म्युजिक भिडियो शुक्रबार सार्वजनिक गरेका छन् । म्युजिक भिडियोमा विशाल रायमाझी र पुर्णकला बिसी को सुमधुर आवाज रहेको छ । कलाकार तथा चर्चित मोडल एलिना रायमाझी र कलाकार मोडल बिक्रम बुढाथोकीले दमदार अभियान दिएका हुन। विस्वास नेपालले एरेन्ज गरेको गीतमा एउटा प्रदेसीको पीडा लाई देखाउन खोजिएको छ । गर्भवती श्रीमती लाई घरमै हेरचाह गर्नुको साटो छोडेर प्रदेश लाग्नुको पिडालाई भिडियो मार्फत देखाउन खोजिएको छ । लामो समयदेखि निरन्तर कडा मेहनत गरेर आफूलाई लोक दोहोरी क्षेत्रमा स्थापित गराएका विशाल रायमाझी परिवार यसभन्दा अगाडि नक्क्ले भिनाजु, संगिनी, पुर्बै…

Read More

काठमाडौं। पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन पासाङका छोरा दीपेश पुन सुन तस्करी प्रकरणमा पक्राउ परेका छन्। शुक्रबार उनी काठमाडौंको टोखाबाट पक्राउ परेको प्रहरी प्रधान कार्यालयले जनाएको हो । उनी सत्तारुढ माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीका महासचिव समेत हुन्।

Read More

काठमाडौं । रौतहटको परोहा नगरपालिका -९ खापचोकस्थित शिव मनी ट्रान्फसरमा लुटपाट भएको छ । शुक्रबार दिउँसो हतियारसहि लुटेराहरुले सञ्चालक २६ वर्षीय नितेश साहमाथि गोली प्रहार गरेका छन् । तीन जनाको सङ्ख्यामा आएका लुटेराहरूले बैंकका कर्मचारीलाई धम्क्याउँदै करिब ५२ लाख रुपैयाँ लुटपाट भएको पाइएको छ ।

Read More

काठमाडौं । नेपाल टेलिकमको टावरमा प्रेसर कुकर बम विस्फोट गराइएको छ । शुक्रबार बिहान अज्ञात समूहले सिन्धुली जिल्ला सुनकोशी गाउँपालिका १ दुम्जा स्थित नेपाल टेलिकमको टावरमा बम विस्फोट गराएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका कार्यालय प्रमुख एवम् प्रहरी उपरीक्षक विनोद शर्माले जानकारी दिएका हुन ।

Read More

काठमाडौं । नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेको छ । प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद प्रदीप पौडेलले नैतिकताको आधारमा लामिछानेले राजीनामा दिनुपर्ने बताए । सहकारी ठगी सम्बन्धी अनुसन्धान भइरहेको व्यक्ति सरकारको मुख्य प्रमुख कसरी भयो ? आफूमाथि प्रश्न बोकेर आफू गृहमन्त्री हुन पाइन्छ ? उनले प्रश्न गरे ।

Read More

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुनरसिंह केसीले देश तस्कर र शक्तिशालीहरूको लुटको महाजालोमा फसेको दाबी गरेका छन्। शुक्रबार प्रतिनिधिसभाकाे बैठकमा केसीले बोल्दै देश तस्कर र शक्तिशालीहरूको लुटको महाजालोमा फसेको बताए । उनले तत्कालीन साढे ३३ किलो सुन तस्करीबारे छानबिन गर्न गठित समितिको प्रतिवेदन लुकाइएको बताए। साढे ३३ किलो सुन छानबिन विस्तारै सेलाउने उनले बताए ।

Read More

बुटवल । नेकपा एमाले लुम्बिनीले आफ्ना सदस्यको एकै पटक परीक्षा लिने भएको छ । लुम्बिनीले प्रदेशमा रहेका ८६ हजार २ सय ६० जना सदस्यको एकै पटक परीक्षा लिने भएको हो । चैत ५ गते हुने कार्यक्रममा नेकपा एमाले पार्टी लाई मजबुत बनाउन सदस्यहरूलाई नीतिगत तथा अन्य जानकारी दिलाउने उद्देश्यले यस प्रकारको नयाँ कार्यक्रम थालिएको एमालेले जनाएको छ । १२ मध्ये १ जिल्लामा मात्रै अधिवेशन सकिएको र वडागत परीक्षा सकिएपछि सबै जिल्लामा अधिवेशनको तयारी सगै निष्क्रिय सदस्यलाई क्रियाशील र जवाफदेही बनाउन यो कार्यक्रम थालिएको प्रचार विभाग प्रमुख डिआर घिमिरेले बताए ।

Read More

सागर मरासिनी , सन्धिखर्क । समाजसेवी सुमन केसीले विद्यालयमा परीक्षा सामाग्री वितरण गरेका छन् । अर्घाखाँची जिल्लाको सन्धिखर्क ०८ पकले निवासी युवा समाजसेवी सुमन केसी द्वारा बिहिवार श्री नव ज्योती आधारभुत विद्यालयमा अध्यनरत सम्पुर्ण बिद्यार्थीहरुलाइ परिक्षा बोर्ड र पेन्सिल लगाएका परिक्षा सामाग्री वितरण गरेका हुन। विद्यार्थीको उज्ज्वल भविस्यको कामना सगै मन लगाएर पढ्न विद्यार्थी लाई आग्रह गरेका थिए ।

Read More

हरि कुँवर, अर्घाखाँची । मालारानी गाउँपालिका -५ बाँगी निवासी बिमल कुँवर दृढ इच्छा शक्ति कडा परिश्रमले गाउँमा प्रसंशाका पात्र बनेका छन् । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान सेवा आयोगले लिइएको लिखित परीक्षामा रेडियोलोजीमा नाम निकालेका हुन। स्वर्गीय पिता जीव ब. कुँवर आमा देवि कुँवरको कोखबाट जन्मिएका २४ वर्षीय कुँवर सानैदेखि पढाईमा रुचि राख्थे आफ्नो पढाई सगै गाउँका साना भाइ बहिनीहरु लाई जम्मा गरि टुसन क्लास लिने गर्थे । लक्ष्य प्राप्तको लागि दृढ इच्छा शक्ति कडा परिश्रममा फल लागेको छ । उनको बाल्यकाल कष्टकर बित्यो । गाउँलेहरु उनको आनीबानीको निकै कदर गर्थे र प्रसंशा पनि उत्तिकै गर्ने गर्थे । घरको आर्थिक अवस्था…

Read More

बुटवल । अर्घाखाँची सिद्धार्थनगर सम्पर्क समाज रुपन्देहीले विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ । स्थापनाकालदेखि सामाजिक काममा सक्रिय यस संस्थाले बुधवार एक कार्यक्रमकाबीच सिद्धार्थनगर नगरपालिका वडा नम्बर ११ स्थित भुजौली प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको हो । उक्त विद्यालयमा अध्ययनरत १ सय बढी विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको समाजका अध्यक्ष कृष्ण भट्टराईले जानकारी दिए । समाजका अध्यक्ष भट्टराईको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि वडाअध्यक्ष दिलिप कुमार यादव, निमित्त प्रधानाध्यापक मीना पाण्डे, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश यादव लगायतले बोल्दै समाजले गरेको कामको प्रशंसा गर्दै यस्ता कामलाई निरन्तरता दिन आग्रह गरे । वडाअध्यक्ष यादवले समाजले धेरैको नजर पुग्न नसकेको…

Read More