बुटवल ।
लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले आज विश्वासको मत लिने भएका छन् ।
आज दिउँसो १ बजे प्रदेश सभामा उनले विश्वासको मत लिन लागेका हुन् ।
लुम्बिनी प्रदेशका ८७ सांसद मध्य एमाले, जसपा, नागरिक उन्मुक्ति पार्टी, नेकपा एकीकृत समाजवादी र स्वतन्त्रसहित ४८ जना सांसदको समर्थनमा महरा यही चैत २३ गते लुम्बिनीको मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।