Author: नेपाल राज्य
हरि कुँवर, अर्घाखाँची । लुम्बिनी प्रदेशकी पुर्व सासंद निर्मला क्षेत्रीको पहलमा अर्घाखाँचीका अग्नि पीडितहरुलाई राहत वितरण गरिएको छ । गत चैत २४ गतेदेखि वैशाख २६ गते सम्म आगलागीबाट घरगोठ जलेर नष्ट भएका २६ घरपरिवारलाई खाद्यान्न,लत्ताकपडा लगायतका सामानहरु वितरण गरिएको हो ।पिडित परिवारलाई केही भएपनि राहत होस भनेर जनप्रतिनिधिहरुको समन्वय उक्त सामग्री हस्तान्तरण गरिएको पुर्व सांसद क्षेत्रीले बताइन् । भुमिकास्थान नगरपालिका वडा नम्बर १,५,३र ४,मालारानी गाउँपालिका वडा नम्बर ५,शितगंगा नगरपालिका वडा नम्बर ५,पाणिनी गाउँपालिका ३र ८र छत्रदेव गाउँपालिका ४ र ५ र सन्धिखर्क नगरपालिका वडा नम्बर २ मा अग्नी पिडितको घरमा पुगेर उनले घरबार विहिन परिवारको दिगो रुपमा पुनःस्थापनाका लागि राज्य…
नेपाल राज्य संवाददाता दाङ– लुम्बिनी प्रदेशमा एचआइभी संक्रमतिको संख्या ४ हजार ७ सय ८६ पुगेको छ । उनीहरुले लुम्बिनी प्रदेशका १५ स्थानबाट एआरटी औषधि सेवन गर्छन् । सबैभन्दा धेरै १ हजार ५ सय ८९ जनाले लुम्बिनी प्रादेशिक अस्पतालबाट औषधि सेवन गरिरहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । स्वास्थ्य निर्देशनालयको आयोजना र ए एचएफ नेपालको प्राविधिक सहयोगमा दाङको लमहीमा भएको कार्यशालामा एचआइभी संक्रमित पत्ता लगाउन गरिने परीक्षणका लागि आवश्यक पर्ने टेस्टकिट र बेला बेलामा गर्नुपर्ने सिडीफोर तथा भाइलर लोडको परीक्षण अवरुद्ध हुँदा विरामीलाई सास्ती भएको लुम्बिनीका कार्यक्रम संयोजक धर्मराज भट्टराइले बताए । संक्रमितहरु समाजमा खुल्न चाँहदैनन् । हरेक वर्ष ३ सय…
काठमाडौं । यातनाको १५ औं भाग सार्वजनिक भएको छ । सामाजिक तथा पारिवारिक कथा बस्तुमा आधारित टेलिसिरियल यातनाको १५ औं भाग सोमबार Dreams Digital युटुब च्यानल मार्फत सार्वजनिक भएको हो । समाजमा मिलेर बसेका परिवार आपसी झगडा र त्यसमा हुने समाजको भुमिका लाई मुल बिषयबस्तुको रुपमा समाबेश गरिएको यस भागको अभिनयको मुख्य भुमिकामा शितल केसी लाई देख्न सकिन्छ। अन्य कलाकारहरु विश्व मुखिया,सबिता खड्का,निसान रसाइली,दिप केसि,त्रीबिक्रम राना,सर्मिला डागी,सरु रसाइली,लक्ष्मी न्यौपाने,तेजेन्द्र समशेर पाण्डेय,काब्या कार्कि,दिपेश एस के ,निर्मला भट्ट लगाएत छन । सिरियलको निर्माता निसाइन रसाइली हुन भने निर्देशन दिल कुमारले गरेका छन । दर्शक माझ टेलिसिरियल यातना लोकप्रिय बन्दै गैरहेको छ ।…
वन डढेलो रोकथाम नियन्त्रणसम्बन्धी अत्यन्त जरुरी सूचना जाडोयाम सकिएस“गै गर्मी बढिरहेको र हुरी बतास चल्न शुरु भएको यस समयमा वनजंगलमा डढेलो लाग्ने प्रबल सम्भावना हुन्छ । यसले हाम्रो प्राकृतिक सम्पदा क्षणभरमै नष्ट भई वातावरणीय सन्तुलनमा ठूलो असर पुग्ने, पानीका मुहान सुक्ने, भूक्षय हुने, वायुमण्डलमा कार्बन उत्सर्जन हुन गई जलवायु परिवर्तनमा असर पुग्ने तथा गाउबस्तीमसम्म डढेलो फैलिनुका साथै तपाई हाम्रो लापरवाही र असावधानिका कारण वनजंगलमा आगो लाग्न गई जनधनको ठूलो क्षति पुग्न सक्छ । तसर्थ सलाई लाइटरजस्ता प्रज्वलशील वस्तु बावलालिकाले भेट्ने ठाउमा नराखौं । जंगलमा सलाई र लाइटरको प्रयोग नगरौं र गर्नौपर्ने भए सावधानीपूर्वक प्रयोग गरी राम्रोस“ग निभाऔं । वनजंगलमा धुम्रपान…
बझाङ । बझाङ प्रदेशसभा ‘क’मा नेकपा एमालेका उम्मेदवार दमन भण्डारी विजयी भएका छन्। भण्डारीले ११६१२ मत लिएर विजयी भएका हुन भने कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले ११३४६ मतमात्र प्राप्त गरेका छन् । ६१७४८ मतदाता रहेको प्रदेश सभा १ क मा ३०३२८ मत खसेको थियो ।
काठमाडौं । इलाम–२ को जारी मतगणनाअनुसार नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता बढाउँदै लगेका छन् । सोमबार दिउँसो ३:१५ बजेसम्म कुल ३४ हजार २६ सदर मत गणना सम्पन्न हुँदा सुहाङले १३ हजार ९०० मत पाएका हुन् । यसैगरी दोस्रो स्थानमा रहेका कांग्रेसका उम्मेदवार ८ हजार ९१४ मत पाए भने मुढा चिह्न पाएका स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बुले ८ हजार २८५ मत पाएका छन् । उनलाई पहिचनवादीहरुको समर्थन रहेको थियो । यस्तै रास्वपाका मिलन कुमार लिम्बुले १ हजार ९४५ मत पाएका छन् ।
हरि कुँवर, अर्घाखाँची । प्रवासी नेपाली मञ्च टेक्सास कमिटीको उपाध्यक्षमा अर्घाखाँचीका लक्ष्मण थापा निर्विरोध निर्वाचित भएका छ्न । प्रवासी नेपाली मञ्च अमेरिका टेक्सास राज्य अधिबेशन नयाँ नेतृत्व चयन गर्दै शनिबार ड्यालसमा सम्पन्न भएको हो । अधिबेशनबाट अर्घाखाँची बाँगी कुजेरिका लक्ष्मण थापा टेक्सास कमिटीको उपाध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन । राजु नेपालको अध्यक्षतामा १३ सदस्यीय राज्य कमिटी चयन गरिएकोमा थापा उपाध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । राज्य कमिटीका पदाधिकारीहरुमा उपाध्यक्ष मधुसुदन ज्ञवाली र लक्ष्मण थापा, सचिबमा मनिष थापा, सह सचिवमा साधना पन्त रहेका छ्न । यसै गरि सदस्यहरुमा क्रमस भिषण अधिकारी, घनश्याम पोखरेल, रचना प्याकुरेल, बिशाल मरासिनी, गगनदिप जि.सी, अर्जुन त्रिपाठी,…
काठमाडौं । इलाम २ को उपचिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । १ लाख १५ हजार ८८९ मतदाता रहेको इलाम २ मा ५७ प्रतिशत मत खसेको हो । मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेका अनुसार करिब ६६ हजारले मतदान गरेका छन् । शनिबार नै मतगणना सुरु गर्ने तयारी छ ।
काठमाडौं । इलाम-२ को उपनिर्वाचनमा ४० प्रतिशत मत खसेको छ । सनिवार दिउँसो १ बजेसम्म ४० प्रतिशत मतदान खसेको हो । बिहान भन्दा अहिले मतदान केन्द्रहरूमा मतदाताको भिड बढ्न थालेको मतदान केन्द्र बाट स्थानीय मनोज लिम्बूले बताए । इलामको ६ वटा पालिकाको ४२ वटा वडामा १४९ मतदान केन्द्र छन् ।
काठमाडौं । कक्षा १२ को परीक्षा आजदेखि देशभर एकैसाथ सुरु हुँदैछ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ भने वैशाख २६ गते सम्पन्न हुनेछ । परीक्षाको सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । यसवर्ष परीक्षामा नियमिततर्फ एक लाख ९६ हजार नौ सय १४ छात्रा र एक लाख ९३ हजार नौ सय ३३ जना छात्र गरी तीन लाख ९० हजार आठ ४७ परीक्षार्थीहरु सहभागी हुने भएका छन् । त्यस्तै ग्रेड वृद्धितर्फ एक लाख छ सय ५० विद्यार्थी सहभागी हुने भएका छन् । देशभरका पाँच हजार पाँच सय ४२ विद्यालयका विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी हुनेछन्…
