Author: नेपाल राज्य
लक्ष्मी खनाल,अर्घाखाँची । बाबुआमाको मृत्युपश्चात् छोरीले दागबत्ती दिन हुन्न भन्ने परम्परा लाई तोडदै अर्घाखाँचीमा एक छोरीले आमाको काजकिरिया गरेकी छिन् । सन्धिखर्क नगरपालिका–२ चुत्राबेसी पुरानो बसपार्क निवासी डिल बहादुर गुरुङकि छोरी बसन्ता गुरुङले आफ्नो आमा ७३ वर्षीय प्रेमकला गुरुङको काजकिरिया गरेकी हुन । उनको उपचारको क्रममा फागुन ११ गते निधन भएको थियो । हिन्दुहरूको परम्परा अनुसार बाबुआमाको मृत्यु हुँदा छोराले नै दागबत्ती दिने र काजकिरिया गर्ने प्रचलन रहेको पाइए पनी पण्डितले बस्न मिल्छ अन्त पनि बसेका छन् । आफ्नो बुबाको किरिया आफैँ बस्दा झन् राम्रो हुने भनेपछि आफ्नाे चाहनामा थप सहजता भएको बताइन् ।देवघाटमै पुगेर आमालाई दागबत्ती दिएकी थिइन् ।…
नेपाल राज्य संवाददाता अर्घाखाँची– नेकपा (एमाले) का केन्द्रीय सचिव एवं पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीले आउँदो संघ र प्रदेशसभाको चुनावपछि एमालेले बहुमतको सरकार बनाएरै देशको विकास गर्ने बताए । उनले एमालेले कम्तिमा ५१ प्रतिशत सांसद संख्या जितेर बहुमत ल्याउने दावी गरे । प्रेस चौतारीले शनिवार सन्धिखर्कमा गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै संघीय सांसद समेत रहेका रायमाझीले जनताको विश्वास एमालेले जितेको बताए । पाटीलाई वैचारिक रुपमा अनुशासित बनाउन ‘मिसन ग्रासरुट’ कार्यक्रम सञ्चालन गरिएको रायमाझीको तर्क छ । पत्रकार सम्मेलन कार्यक्रममा एमाले स्थानीय कमिटी सदस्य डा. राजन भट्टराई, पोलिटब्युरो सदस्य एवं प्युठान इन्चार्ज सूर्य थापा, पोलिटब्युरो सदस्य विमला घिमिरे, एमाले जिल्ला अध्यक्ष पिताम्बर भुसाल…
हरि कुँवर, अर्घाखाँची । नेकपा एमाले स्थायी कमिटी सदस्य तथा बिदेश बिभाग प्रमुख डा. राजन भट्टराईले गाडीको गति बढाउन खिया लागेका नट बोल्ट समयमै परिवर्तन गर्नु पर्ने बताएका छन । प्रेस चाैतारी नेपाल अर्घाखाँची शाखाले सन्धिखर्कमा आयाेजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता भट्टराईले नेकपा एमाले पार्टी भित्र सुदृढीकरण तथा विस्तार अभियान अति आवश्यक रहेको बताएका हुन । गाडी संग को प्रसङ्ग जोडदै उनले गाडीको गति बढाउन नेकपा एमाले जोड दिएको बताए । उनले भने गाडीमा खिया लागेका नट बोल्टहरु समयमै मर्मत सम्भार गर्नुपर्छ । यसो गरिएन भने जहाँ जतिबेला पनि दुर्घटना हुने टिप्पणी गरे । विदेसी शक्तिको चलखेल समेत बढेको…
काठमाडौँ। “फेरि अनुरोध गरेँ। जग्गा बिकेन र उपचारको खर्च जुटाउन असमर्थ भएँ। तपाईंहरूलाई लाग्छ र उचित ठान्नुहुन्छ भने जग्गा बिक्री भएपछि फिर्ता गर्ने शर्तमा तपाईंहरूलाई अप्ठ्यारो नपर्नेगरी ऋण दिएर सहयोग गर्नुहोला। एक उपाय बाँकी रह्यो। उपचार असफल भएर म रहिन भने पनि पैसा फिर्ता हुन्छ।” सरल सुमनले सोमबार ट्विट गरेका छन्। पछिल्लो समय उनले लगातार सहयोगको आह्वान गरिरहेका छन्। तर सापटीको रूपमा मात्र सहयोग लिने उनको अठोट छ। मंगलबार भने उनले निकै भावुक हुँदै अर्को ट्विट गरे। उनले लेखेका छन्, “श्री पशुपतिनाथ गएँ! थाहा छ, यो अन्तिमपटक पनि हुनसक्छ। निकै बेर शान्तसँग बसेँ। ‘शिव’ आफैँमा विराट दर्शन… सबैले त्यागेका बहिष्कृत……
अर्घाखाँची । पूर्वपश्चिम राजमार्ग र मध्यपहाडी लोकमार्गलाई जोड्ने मार्ग हो – मदन भण्डारी लोकमार्ग । गुल्मीको सिमलटारी हुँदै प्यूठानसम्म निर्माण थालिएको यस आयोजनाको निर्माण काम धमाधम भइरहेको छ । ३३ महिनामा पूरा गर्ने लक्ष्य राखिएको यो लोकमार्ग सम्पन्न भए प्यूठान, अर्घाखाँची, गुल्मीलगायत जिल्लामा कृषि र पर्यटनको विकासको ढोका खोल्ने विश्वास छ । गुल्मीको मदाने गाउँपालिका-७ भनभनेका खीमबहादुर जिसीलाई अहिले निर्माण भइरहेको मदन भण्डारी लोकमार्ग समयमै सम्पन्न भए आफ्नो गाउँ र सिगों लुम्बिनी प्रदेशका पहाडी जिल्लाको विकास हुने आसा पलाएको छ । आँगनबाटै ७ मिटरको पक्की सडकमा यात्रा गर्दै प्रदेश राजधानी दाङ र मध्यपहाडी लोकमार्ग हुँदै पोखरा सहजै पुग्न सकिने विश्वास…
हरि कुँवर, अर्घाखाँची । फागु पुर्णिमाको अवसरमा नरसिंहस्थान मन्दिरमा बृहत भजन कृतन हुने भएको छ । मालारानी गाउँपालिका वडा नं ७ बामरुकमा अबस्थित ऐतिहासिक पर्यटकीय स्थल नरसिंहस्थान मन्दिरमा विगतका वर्षहरुमा जस्तै फागु पुर्णिमाको दिन बृहत भजन कृतन हुने भएको हो । फागु पुर्णिमा अर्थात् २२ गते सांझ ४ बजे देखी २३ गते सांझ ४ बजे सम्म २४ घण्टा बृहत भजन कृतन हुने भएको छ । बुधबार मन्दिर ब्यवस्थापन समिति बैठकले सम्पुर्ण भक्तजनहरुमा उपस्थितभै पुण्य लाभ लिनुहुन हार्दिक निमन्त्रणा समेत गरेको छ।
सपना घिमिरे राजनीतिक स्थिरता देशले अवलम्बन गरेको राजनीतिक प्रणालीमा निर्भर गर्छ । तर अस्थिरताले त्यसभन्दा छुट्टै वातावरणको निर्माण गर्दछ । हरेक ठाउँमा राजनैतिक भागबन्डा, खिचातानी, झगडा, राजनीतिक हस्तक्षेपले विकास होइन विनाशतिर समाज र देशलाई धकेलेको छ । सामान्यतः स्थिरताले विकासतिर धकेल्दछ, विकासको ढोका खुल्छ तर त्यो चाहना अधुरै हुँदै आएको छ । राजनीतिक अस्थिरताले देश सबै कुरामा अस्तव्यस्त बनाएको छ । समृद्धि, विकास, सकारात्मक परिवर्तन हुनुपर्ने मुलुक झन् पछि झन् पछाडि धकेलिएको छ । हरेक पटक परिवर्तनको उत्कट चाहाना राख्दै नागरिकहरु आन्दोलनमा होमिएर ज्यानको आहुति दिदै आएका छन् । छोटो समयमा नेपालले प्रजातन्त्र हुँदै संघीय लोकतान्त्रिक गणतन्त्रको बाटोमा आइपुगेको छ…
अर्घाखाँची । अर्घाखाँचीको शीतगंगा–१ की ६४ वर्षीया नारायणी पौडेलले डेढ दशकदेखि एक्लिएका गुल्मी धुर्कोट–२ सुफलका ८४ वर्षका कुलानन्द खनाल संग विवाह गरेकि छन् । छोराछोरी भए पनि आफूलाई बुढेसकालमा एक्लै बस्नुपर्दा दुःख भएकाले विवाह गर्नुपरेको खनालको भनाइ छ । उनी छोरानाति छुट्टिएर बेग्लै बसेका छन् । पकाउन–खान र बिरामी पर्दा उपचारमा जान समस्या परेकाले साथी खोज्नुपरेको उनले बताए । ‘छोराछोरी जागिरे छन्, नातिनातिना जागिरे छन् । श्रीमती बितेको १५ वर्ष भयो, आफ्नो जोडा बितेपछि एक्लैजस्तो, तातोपानी खान दिने कोही भएन,’ उनले भने, ‘दुःख परेपछि जोडा चाहिने रहेछ, त्यसैले विवाह गरें ।’ कुलानन्दसँग विवाह बन्धनमा बाँधिएकी नारायणी पनि श्रीमान् बितेपछि एक्लै थिइन् । ‘छन त तीन छोरा,…
हरि कुँवर, अर्घाखाँची । पुर्व उपप्रधानमन्त्री तथा संघीय सांसद टाेपबहादुर रायमाझीले मदन भण्डारी लाेकमार्ग (NH19 सिलन्यास) आइतबार एक कार्यक्रम बीच शुभारम्भ गरेका छ्न। मदन भण्डारी लाेकमार्ग अन्तर्गत अर्घाखाँची जिल्लाकाे बिहार-अर्घा- भण्डार – रतनमारे- गाेखुंगा सडक खण्डको बिहारमा शुभारम्भ गर्दै संघीय सांसद टाेपबहादुर रायमाझीले यो सडकले जिल्लाको विकासमा टेवा पुग्ने बताएका हुन । याे सडकले पुर्ब-पश्चिम क्षेत्र जाेड्ने भएको छ। पर्यटन भित्र्याउन महत्त्वपूर्ण भुमिका खेल्ने बताए । श्रेष्ठ कन्टक्सनको ठेक्का १ अर्ब ३० कराेड लगानीमा ३३ महिनामा याे सडक पूरा गर्ने लक्ष्य छ ।
हरि कुँवर अर्घाखाँची । प्रेस चौतारी जिल्ला शाखा अर्घाखाँचीले पत्रकार प्रकाश महतको निवासमा पुगी समवेदना व्यक्त गरेको छ । मालारानी-५ बाँगी पलसपाटा महतको निवास पुगी महतको निधनप्रति समवेदना तथा हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको हो । समाज खेलजगत पत्रकारिता पक्षमा पुराएको योगदान अतुलनिय रहेको प्रेस चौतारी जिल्ला शाखा अर्घाखाँचीका अध्यक्ष बसन्त श्रेष्ठले प्रतिक्रिया दिए । उनको योगदान हाम्रो समाजमा मन मष्तिष्कमा सदैव ताजा रहने उनले बताए । मन वचन र कर्मले सदैव साथ सहयोग रहने बताएका हुन । अत्यन्त मिजासिलो र एक ईमान्दार मित्र गुमाएको केन्द्रिय निर्वाचन आयोगका अध्यक्ष गणेश खनालले बताए । उनले दोषी लाई कार्वाही र पिडित परिवारलाई कानुन…