Author: नेपाल राज्य

कमला घिमिरे , पाणिनी अर्घाखाँची । दुर्गाफाँट स्थित दुर्वासेश्वर गुफाको ताला तोडफोड गरि दान पेटी रित्तो बनाएका छन् । पाणिनी गाउँपालिका-३ दुर्गाफाँट स्थित दुर्वासेश्वर गुफामा गए राती करिब ११ बजे ताला तोडफोड गरि दान पेटी रित्तो बनाएका हुन्। जानकारी पाए सगै खिदिम प्रहरी चौकी,पाणिनी गाउँपालिका अध्यक्ष टेकराज न्यौपाने र स्थानिय सरोकारवाला मन्दिरमा पुगेका थिए । कसले किन गर्यो थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।

Read More

झनक केसी , ठाडा अर्घाखाँची । शितगंगा नगरपालिकाले प्लाष्टिकका माला विक्रीमा रोक लगाउने भएको छ । शितगंगा नगरपालिका क्षेत्र भित्र स्थानीय फुललाई प्रवर्द्धन गर्न प्लाष्टिकका मालालाई निरुत्साहित गरी फुलका माला प्रयोगलाई प्रोत्साहित गर्न प्लाष्टिकका माला विकी वितरणको लागि रोक लगाउने भएको हो। तिहारको चाडपर्वमा प्लाष्टिकका मालाको प्रयोग धेरै भएकोले वातावरणलाई प्रदूषित पार्ने र मानव स्वास्थ्यलाई समेत प्रतिकूल असर पार्ने भएकाले प्लाष्टिकका रोक लगाइएको हो । प्लाष्टिकका माला रोकको लागि आ-आफ्‌नो क्षेत्रबाट आवश्यक समन्वय एवं पहल गर्ने भन्ने निर्णय भएकोले निर्णय अनुसार कार्यान्वयनको लागि आवश्यक सहयोग तथा सहजिकरण गर्न प्रमुख प्रशासकीय अधिकृत मदन बहादुर जि.सी.ले जानकारी दिएका हुन । यता व्यपारीहरुले…

Read More

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सम्बोधन गर्ने भएका छन् । सरकारको सय दिन पुगेको अवसरमा ओलीले आज दिउँसो तीन बजे सम्बोधन गर्ने उनको सचिवालयले जानकारी दिएको हो ।

Read More

काठमाडौँ । दुबईको फ्लाई दुबईले यही कात्तिक २५ गतेदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक उडान गर्ने भएको छ । फलाई दुबईको उडान गन्तव्य सङ्ख्या एक सय १३ पुगेको छ भने ५३ देशमा यसको सेवा विस्तार भएको जनाएको छ । यो निर्णयले लुम्बिनी जिल्लाका सेवाग्राही लाई पनि फाइदा हुने भएको छ । फलाइटको लागी एक दुई दिन पहिले काठमाडौं जाने समस्या टरेको छ ।

Read More

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु एक अर्ब ८१ करोड ७१ लाख १४ हजार तीन सय ७९ बराबर रकम जम्मा भएको छ । कोषमा विभिन्न सङ्घ संस्था, व्यक्तिगत र कम्पनीले सहयोग गरेका हुन। कात्तिक ४ गतेसम्म रकम जम्मा गरेको रकम वर्षापछिको बाढीपहिरोबाट प्रभावित नागरिकलाई राहत तथा पुनःस्थापनाका लागि रकम खर्च गर्दै आएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जानकारी दिएको हो।

Read More

शोभाखर पन्थी,अर्घाखाँची । नयाँ नेतृत्वको चयन गर्दै नेकपा एमाले भूमिकास्थान नगर कमिटीको दोस्रो नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले नेकपा एमालेका युवानेता राजकुमार श्रेष्ठको अध्यक्षतामा ६५ सदस्यीय नगर कमिटीको सर्वसम्मत चयन गरेको छ । अध्यक्ष श्रेष्ठ नेकपा एमालेको दुई कार्यकाल जिल्ला सदस्य भई सकेका नेता हुनुहन्छ । अघिल्लो कार्यकाल भूमिकास्थान वडा नं.८ को वडा अध्यक्ष निर्वाचित भई कामकाज गरेका उहाँ यस पटकको निर्वाचनमा झिनो मत अन्तरले पराजित हुनुभएको थियो । उहाँ बहुचर्चित गर्वे-नुवाकोट खानेपानी उपभोक्ता समितिका अध्यक्ष समेत हुनुहुन्छ । यसैगरी अधिवेशनले उपाध्यक्षमा हरिबहादुर के.सी.,सचिव ईश्वरी प्रसाद मरासिनी ,उप-सचिव मेघबहादुर थापा र सीता थपालाई सर्वसम्मत निर्वाचित गरेको छ ।…

Read More

रुद्रमणि भुसाल , अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीले संगठन सुदृढीकरणको सय दिने अभियान सुरु गरेको छ । अभियान संचालनका लागि कांग्रेसले अर्घाखाँचीमा केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य संजय गौतमलाई खटाएको छ । अर्घाखाँचीमा खटिनुभएका प्रतिनिधिसभा सदस्य संजय गौतमले जिल्लामा चुनाबमा प्रराजित भएर छिनभिन भएको कांग्रेसलाई यो अभियानमा एकढिक्का बनाउन लागि पर्ने बताउनु भयो । अभियानका लागि अर्घाखाँची कांग्रेसले पुर्व सभापति महासमिति,महाधिबेसन प्रतिनिधि जिल्लाका पदाधिकारी समेतलाई ६ स्थानीय तहका ६१ वटै वडाका लागि प्रतिनिधि खटाएको छ । सय दिनको अभियानका क्रममा कार्यालयलाई ब्यवस्थित गर्ने, मासिक रुपमा सबै तहका बैठक र वडातहसम्मै यथाशीघ्र सम्मेलन गर्ने, बार्षिक कार्ययोजना बनाउने, संगठन बिस्तारका लागि सामाजिक…

Read More

दाङ । जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । दाङ गढवा गाउँपालिका-१ बडहरा बस्ने ६४ वर्षीय काशिराम नेपालीलाई इलाका प्रहरीले पक्राउ गरेको हो । सनिवार पक्राउ परेका उनी माथी थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय गढवाले बताएको छ ।

Read More

बुटवल । रास्वपाका सभापति रवि लामिछानेको पक्राउबारे राष्ट्रिय जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले समर्थन गरेका छन् । लामिछानेको गिरफ्तारी सहि भएको बताउदै उनले कानुन सबैको लागि समान भएको जिकिर गरेका हुन् । सत्य र तथ्यको आधारमा निष्पक्ष छानबिन गरेर कारबाही गरिनु पर्ने विज्ञप्ति मार्फत बताएका हुन् । थप हाइप्रोफाइल समावेश भएको हुनसक्ने बताउदै निष्पक्ष छानबिन गरेर कारबाही गर्न माग गरेका छन् ।

Read More

अर्घाखाँची । नेपाल पत्रकार महासंघ अर्घाखाँचीका पुर्व अध्यक्ष एवम् प्रेस चौतारी जिल्ला इन्चार्ज हिम जी.सी (लेकाली) लाई पितृशोक परेको छ । हिम जी.सीका पिता रण बहादुर घर्ती क्षेत्री को अस्पतालमा उपचारको क्रममा आइतबार बिहान ११:४५ बजे ८३ बर्षकाे उमेरमा निधन भएको हो । आजै गच्छेघाटमा अन्तिम संस्कार गरिने पारिवारिक श्रोतले जानकारी दिएको छ ।

Read More