नेपाल राज्य संवाददाता-अर्घाखाँची ।
अर्घाखाँचीमा १२ वर्षीया बालिकाको विवाह गरिदिने र गर्ने दुवै जनालाई प्रहरीले पक्राउ गरेको छ ।
विवाह गर्ने सन्धिखर्क नगरपालिका-८ का मुमाराम विक र
विवाह गराइदिने भुमिकास्थान नगरपालिका–९ की सकुन्तला सारुलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक चक्रबहादुर मल्लले बताए ।
१२ बर्षीय बालिकालाई ललाई फकाई सुटुक्क विवाह गरिएको उनलेे बताए ।
सारूले काममा लगाइदिने भन्दै १२ वर्षीय बालिकालाई घरमा बोलाई फकाएर मुमारामको जिम्मा लगाएको र मुमारामले बालिकालाई सिन्दुर पहिराएर घरमा भित्राएको भन्दै बालिकाका आफन्तले प्रहरीमा जाहेरी दिएका थिए ।
प्रहरीले घरमा पुगेर खाेजी गर्दा बालिकालाई विवाह गरेकाे भेटिएकले मुमारामलाई नियन्त्रणमा लिएको हो प्रहरी निरीक्षक सुचना अधिकारी विष्णुप्रसाद पाैडेलले बताए ।
दुवै जनालाई अर्घाखाँची अदालतबाट म्याद थप गरी घटनाको अनुसन्धान भैरहेको उनलेे बताए।