Author: नेपाल राज्य

तनहुँ । तनहुँमा ग्यास बुलेट दुर्घटना हुँदा एकजना भारतीय नागरिकको मृत्यु भएको छ। तनहुँको व्यास नगरपालिका-१२ कमलबारीमा एचआर ५५ क्यू ४७११ नम्बरको भारतीय ग्यास बुलेट दुर्घटना हुँदा चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। मुग्लिनबाट दमौली जाँदै गरेको बुलेट शनिबार साँझ दुर्घटनामा परेको हो। दुर्घटनामा भारतको विहार पूर्वी चम्पारण बस्ने ३६ वर्षीय श्रीकान्त कुमारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए।

Read More

हिम लेकाली ,अर्घाखाँची । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका केन्द्रीय वरिष्ठ उपाध्यक्ष नारायणीकाजी श्रेष्ठले मानिसलाई रूपान्तरण  गर्न ध्यान र याेगले सहयाेग पुर्याउने बताउनु भएकाे छ । शनिवार सन्धिखर्कमा प्रेस सेन्टर नेपाल अर्घाखाँची द्वारा आयाेजित पत्रकार भेटघाट कार्यक्रममा बाेल्दै पूर्व उपप्रधानमन्त्री राष्ट्रिय सभा सदस्य श्रेष्ठले मानिसलाई अपराध कर्म बाट छुटाउन बैज्ञानिक ध्यान र याेग आजकाे आवश्यकता भएकाे बताउनु भयाे । नेपालमा ध्यान  र याेगकाे अभियानलाई लाई अघि बडाउन लागेकाे बताउँदै श्रेष्ठले आफु गृह मन्त्री  छदा मन्त्रालयमा याेग र ध्यानशिविर सन्चालन गरेकाे र संयुक्त राष्ट्र संघकाे महासचिव नेपाल आउदा ध्यानकाे बिषयमा कुरा गरि  नेपाल लगाएत ६ देशकाे संयुक्त  प्रयासमा अन्तर्राष्ट्रिय ध्यान दिवस घाेषणा गर्न सफल भएकाे बताउँनु भयाे…

Read More

अर्घाखाँची । माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष एवं पूर्वउपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अब पार्टीलाई रुपान्तरण र पुनर्गठन गरेर आउँदो चुनावमा एक्लै लडेर शक्तिशाली बन्ने बताएका छन् । अर्घाखाँची भूमिकास्थान नगर कमिटी तेस्रो अधिवेशन उद्घाटन गर्न शनिबार आएका नेता श्रेष्ठले माओवादी नेता र पार्टी सच्चिनुपर्ने बताए । ‘२०६४ को हामी ठूलो शक्ति थियौं, अहिले शक्तिमा कमजोर छौं,’ श्रेष्ठले भने, ‘हाम्रो चरित्र, आचरण र व्यवहार हिजो स्वच्छ थियो, जनतासँग सम्बन्ध कसिलो थियो, नीति विचार र सिद्धान्तमा अडिग थियौं, त्यसैले पहिलो शक्ति बनेका थियौं । अब सच्चिएर पार्टी रुपान्तरण र पुनर्गठन गर्दै जनतासँग पुग्नुपर्छ ।’ माओवादी पार्टी परिवर्तनको बाहक भएकाले लोकतन्त्र रक्षा, सामाजिक…

Read More

काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले राजनीतिबारे गलत भाष्य निर्माण गर्न खोजिएको बताएका छन् । विश्व निकेतन माविको ७९औँ वार्षिकोत्सव समारोहमा उपप्रधानमन्त्री सिंहले पढाइ तथा अन्य क्षेत्रमा अब्बल भएकाका लागि प्रशस्त ठाउँ रहेको बताए। “राजनीतिलाई देखाएर यहाँ केही हुँदैन भनेर विदेश जाने प्रवृत्ति बढ्दै गएको छ”, उनले भने । विश्व निकेतन मावि उत्कृष्ट शैक्षिक नतिजा हासिल गर्दै देशका सबै विद्यालयका लागि नमूना बनेको उपप्रधानमन्त्री सिंहको भनाइ थियो । विद्यालयको स्थापनामा आफ्ना पिता गणेशमान सिंहको स्मृतिसमेत जोडिएको उल्लेख गर्दै उनले विद्यालयको उत्थानका लागि सक्दो सहयोग गर्दैआएको बताए। विसं २००३ मा एउटा सत्तलबाट पठनपाठनको सुरुआत भएको उक्त विद्यालयले उत्कृष्ट शैक्षिक…

Read More

सिद्धार्थ केसी, अर्घाखाँची । नेकपा(माओबादी केन्द्र) बरिष्ठ उपाध्यक्ष, पुर्व गृहमन्त्री तथा राष्टिय सभासदस्य नारायणकाजी श्रेष्ठले बिकास र समृद्धिको यात्रा अगाडि बढेको बताएका छन् । माओवादी केन्द्र जिल्ला शाखा तथा प्रेस सेन्टर अर्घाखाँचीले उपाध्यक्ष श्रेष्ठ लाई अर्घाखाँचीमा स्वागत गरेको हो । नेकपा (माओवादी केन्द्र) का बरिस्ठ केन्द्रीय उपाध्यक्ष, पुर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ ले बिकास र समृद्धि शुसाशन लाई केन्द्र बिन्दुमा राखेर नेकपा माओवादी ले काम गरिरहेको बताएका हुन् ।अहिलेको सरकार जनताको पक्षमा काम गर्न नसकेको दाबी गरे । प्रेस सेन्टर नेपाल अर्घाखाँची ले सनिवार सन्धिखर्कमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता श्रेष्ठले यस्तो बताएका हुन । नेकपा (माओबादी केन्द्र)…

Read More

अर्घाखाँची । नेकपा एमाले निकट अखिल नेपाल महिला संघ अर्घाखाँची युवा कमिटीको प्रथम जिल्ला सम्मेलन सम्पन्न भएको छ । शुक्रबार बिमला के.सीको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति गठन गरिएको हो । जसको उपाध्यक्षमा बिस्नुमाया न्यौपाने, सचिवमा सुशीला पन्थी ,सह-सचिवमा गीता सुनार र कोषाध्यक्षमा पुष्पा आचार्य चयन भएका हुन् । यस्तै सदस्यमा प्रमिला परियार,मनीषा मुखिया ,अमृता बि क,उषा नेपाली,राधा खनाल,लक्ष्मी कुँवर, सपना राना, नुम कुमारी भटराई र कल्पना बि क चयन भएका हुन् ।

Read More

अर्घाखाँची । समाजवादी प्रेस संगठन नेपाल अर्घाखाँचीका सचिव नवीन रसाइलीले समाजवादी प्रेस संगठन परित्याग गरि प्रेस चौतारी जिल्ला शाखामा प्रवेश गरेका छन् । बिहीवार सन्धिखर्कमा आयोजित चौतारीको कार्यक्रममा प्रेस चौतारी नेपाल अर्घाखाँची प्रवेश गरेका हुन् । उनलाई प्रेस चौतारी इन्चार्ज हिम लेकालीले टीका माला लगाइ चौतारीमा स्वागत गरेका थिए । यस अगाडि समाजवादी प्रेस संगठन नेपाल अर्घाखाँचीले २०८० बैशाख २५ गते सन्धिखर्कमा सम्पन्न प्रथम जिल्ला अधिवेशनले रसाइली लाई सचीवमा चयन गरेको थियो । सम्पन्न अधिवेशनले प्रेस चौतारी नेपाल अर्घाखाँचीमा पनि उनले सचीव पदनै पाएका हुन् ।

Read More

काठमाडौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले राम्रो काम गरिरहेको बताएका छन्। संघीय संसदको हिउँदे अधिवेशनको पहिलो दिन सम्बोधन गर्दै देउवाले नेपाली कांग्रेस र एमाले बीचको ७ बुँदे सहमति कार्यान्वयनमा प्रतिबद्धता जनाउँदै केपी ओली नेतृत्वको सरकारले राम्रो काम गरिरहेको बताएका हुन्। “सरकारको काम मूल्याङ्कन गर्नका लागि ६ महिनाको समय चाहिन्छ, अहिलेसम्म हेर्दा यो सरकारले राम्रो काम गरेको छ,” देउवाले संसद बैठकमा भने, “सरकारले ल्याएको अध्यादेशले लगानी मैत्री वातावरण बनाएको छ, व्यवसायी उत्साहित छन्, भूमिहीनले जग्गा पाउँदैछन्।”उनका अनुसार सरकारले राम्रो काम अझै गर्नेमा आफू विश्वस्त रहेकोसमेत जनाएका छन्।

Read More

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पटक-पटक सत्ता परिवर्तनको चलखेल बन्द भएको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति लक्षित गर्दै सत्तामा प्वाल पार्ने काममा बन्ध्याकरण भए बताए । “सत्ताको नाउमा प्वाल पारेर फुत्त अर्कै डुंगा चलाउने र मुलुक एवम् जनतालाई तिरस्कार गर्दै सत्ता पत्ता खेलिरहने विद्रुप स्थितिमा अब बन्ध्याकरण भएको छ,” प्रधानमन्त्री ओलीले भने, “पटक–पटक विश्वासको मत लिने तमाशाबाट मुक्त भएका छौँ ।”

Read More

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले प्रतिनिधि सभा बैठक बहिष्कार गरेका छन् । सभामुख देवराज घिमिरेले अवरोधकाबीच बैठक सञ्चालन गरेपछि रास्वपाले बैठक बहिष्कार गरेको हो । अहिले रास्वपा सांसदहरू बैठक हलबाट बाहिर निस्किएका छन् । प्रतिनिधिसभाको पाँचौं अधिवेशनको पहिलो बैठकको सुरुमा नै राष्ट्रिय स्वतन्त्र पार्टीले अवरोध गरेको हो । रास्वपाले आफ्ना विषय राख्नुपर्ने भन्दै समय मागेर सिटबाट उठेर अवरोध गरेको थियो । सभामुख देवराज घिमिरेले रास्वपाका सांसदहरूलाई बस्न र सभाको कारबाही अगाडि बढ्न दिन आदेश गरेका थिए । तर, रास्वपाका सांसदहरूले भने आकस्मिक समयमा कुरा राख्नुपर्ने भएकाले समय माग गरेका थिए । रास्वपा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले…

Read More