अर्घाखाँची ।
समाजवादी प्रेस संगठन नेपाल अर्घाखाँचीका सचिव नवीन रसाइलीले समाजवादी प्रेस संगठन परित्याग गरि प्रेस चौतारी जिल्ला शाखामा प्रवेश गरेका छन् ।
बिहीवार सन्धिखर्कमा आयोजित चौतारीको कार्यक्रममा प्रेस चौतारी नेपाल अर्घाखाँची प्रवेश गरेका हुन् । उनलाई प्रेस चौतारी इन्चार्ज हिम लेकालीले टीका माला लगाइ चौतारीमा स्वागत गरेका थिए ।
यस अगाडि समाजवादी प्रेस संगठन नेपाल अर्घाखाँचीले २०८० बैशाख २५ गते सन्धिखर्कमा सम्पन्न प्रथम जिल्ला अधिवेशनले रसाइली लाई सचीवमा चयन गरेको थियो ।
सम्पन्न अधिवेशनले प्रेस चौतारी नेपाल अर्घाखाँचीमा पनि उनले सचीव पदनै पाएका हुन् ।