Author: नेपाल राज्य

लमजुङ। लमजुङ बेंसीसहर नगरपालिका– ८ फुलबारी चोकस्थित जिल्ला मालपोत कार्यालयमा कार्यालय प्रमुख नहुँदा कर्मचारीले दुई महिनादेखि तलब पाएका छैनन् भने यहाँबाट प्रवाह हुने सेवा प्रभावित भएको छ । कार्यालय प्रमुख बिहिन हुँदा यस कार्यालयका कर्मचारीले पुस र माघ महिनाको तलब पाउन सकेका छैनन् । गत मंसिरमा भीष्मकुमार मल्ल कार्यालय प्रमुख भएर आएका थिए । उनी गत पुस १४ गते सरूवा भएर गएपछि करिब एक महिनाअघि पोखराबाट रामचन्द्र अधिकारीलाई यस मालपोतमा प्रमुखका रूपमा तोकिए पनि उनी हालसम्म हाजिरी हुन आएका छैनन् । कर्मचारीले तलब नपाउने मात्र होइन कार्यालय प्रमुख नहुँदा नामसारी, घरजग्गासम्बन्धी अन्य कामहरू एवं आर्थिक कारोबारलगायत काम रोकिएको छ ।…

Read More

सिमकोट । दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिका–२ स्थित महतरा गाउँकी असली महतरालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । ३१ वर्षकी महतारा सुत्केरी हुने समय नपुग्दै ८ महिनाको अवधीमा उच्च रत्तश्राप भएपछि माघ २४ गते दिउसो कर्णाली प्रदेश राजधानी सुर्खेतमा उद्धार गरिएको श्रीनगर स्वास्थ्य चौकीका अहेब अशोक महताराले जानकारी दिए । महतारालाई माघ २३ गते बिहान ५ बजेबाटै सुत्केरी ब्याथा लागेपनि सहज रुपमा बच्चा जन्माउन नसकेर निरन्तर रगत धेरै बगिरहेकाले अदानचुली गाउँपालिकाको स्वास्थ्य शाखा र स्वास्थ्य सेवा कार्यालय सिमकोटको समन्वयमा राष्ट्रपति महिला उत्थान कार्यक्रम मार्फत हेलिकोप्टरमार्फत हवाई उद्धार गरिएको अदानचुलीको स्वास्थ्य शाखा प्रमुख विनोद बुढाले जानकारी दिए । अदानचुलीको गल्फागाडमा…

Read More

काठमाडौं । कर्णाली प्रदेशमा पाँच हजारभन्दा बढी शिक्षकको दरबन्दी रिक्त छ । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय, शिक्षा महाशाखाका वरिष्ठ शिक्षा अधिकृत बलवीर सुनारले कर्णालीमा अझै पाँच हजार ५४९ शिक्षक रिक्त रहेको बताए । कर्णालीमा दुई हजार ९३१ सामुदायिक विद्यालयमा ११ हजार ८६५ दरबन्दीमा मात्र शिक्षक छन् । हाल विद्यालयका आधारमा १७ हजार ३८४ हो । ९२७ प्राविमा ६४४ जना शिक्षक अपुग छन् । यसमा हुनुपर्ने शिक्षक दरबन्दी आठ हजार ७९३ हो भने अहिले आठ हजार १४९ जना मात्र छन् । यस्तै एक हजार १४० निम्न माध्यमिक विद्यालयमा दुई हजार ६९९ शिक्षक अपुग छन् । यो तहमा हुनुपर्ने चार हजार…

Read More

हरि कुँवर, अर्घाखाँची । सूर्य माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदम क्षेत्रीको पहलमा विद्यार्थीले (एसईई) परीक्षाको तयारी गर्दै छन् । मालारानी गाउँपालिका वडा नं. ९ गाेखुङ्गाकाे श्री सूर्य माध्यमिक विद्यालयले यस वर्ष माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी हुने ४८ जना विद्यार्थीहरूलाई आवाशिय रूपमा विद्यालयमा राखि परीक्षाकाे तयारी गरेका हुन् । परीक्षा भन्ने कुरा भगवानको आशीर्वाद र भाग्यमा भर पर्ने कुरा हुँदै होइन। परीक्षामा सफलता प्राप्त गर्न आत्मविश्वास, जाँगर र लगनशीलताको साथै शिक्षक तथा अग्रजको भूमिका  महत्वपूर्ण हुन्छ। विद्यार्थीहरूलाई भाैगाेलिक रूपमा घरबाट विद्यालय जान करिव डेढ घण्टा लाग्ने र फर्कदा समेत उत्तिनै समय लाग्ने भएकोले विद्यालयबाट फर्केपछि घरमा पढ्न नपाउने,…

Read More

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका सांसद डा. प्रकाशशरण महतले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू भन्दा बाहिर प्रधानमन्त्रीको पद नजाने भ्रम पाल्दा कांग्रेस र एमाले मिल्नु परेको बताएका छन् । आज (बिहीबार) को प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै उनले काँग्रेस र एमाले कुनैसँग पनि सहकार्य गर्दा आफू नै प्रधानमन्त्री भइने मानसिकतामा अध्यक्ष दाहाल रहेको बताएका हुन् । त्यसलाई अहिले चिरिएको उनले बताएका छन् । उनले त्यो परिस्थिति समाप्त भएपछिको अवस्थाबाट अभिप्रेरित भएर दाहालले आफ्ना भनाइ राखेको बताए । उनले अध्यक्ष दाहालले मन्त्रीपरिषद्बाटै पारित भएको कार्यविधि लत्याएर तीन करोड भन्दा तल कुनै पनि संघीय आयोजना…

Read More

नेपाल राज्य संवाददाता बुटवल– सुशासन, विकास र समृद्धिमा रुपन्देहीको शुद्धोधन गाउँपालिकामा अगाडी बढ्दै गएको छ । पालिकाको विकासमा स्थानीयको मर्म र भावना अनुसार काम भैरहेका छन् । नेपाल सरकारका शाखा अधिकृत विष्णु घर्ती प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेपछि पालिकाको प्रशासनिक काम चुस्त, दुरुस्त बन्दै गएको छ । सेवाग्रहीलाई मुस्कान सहितको छिटो छरितो काम र कार्यालय व्यवस्थापनमा सुधार देखिन थालेको छ । कार्यसम्पादनलाई उत्कृष्ट बनाउने गरी घर्ती खटिएका छन् । ‘पालिका अफिसबाट हुने सेवा प्रवाहका कामलाई प्रभावकारी बनाउन सबै कर्मचारी संयन्त्रलाई परिचालन गरिएको छ,’ घर्तीले भने, ‘सेवाग्रहीको काम छिटो छरितो बनाएका छौं । पालिका भित्रका विकास योजनाको अनुगमन, योजनाको काम समयमै…

Read More

गुल्मी, २४ माघ । मदन भण्डारी राजमार्ग सडक अन्तर्गत गुल्मीको रिडी–बल्कोट सडकखण्ड केही समयका लागि बन्द हुने भएको छ । उक्त सडकखण्ड अन्तर्गत रुरुक्षेत्र गाउँपालिका–१ स्थित साँखरा भिर क्षेत्रमा चट्टान फोर्ने, सडक चौडा गर्ने र ग्रेड मिलाउने कार्यका लागि करिब एक महिना उक्त सडक बन्दहुने भएकोे हो ।मदन भण्डारी राजमार्ग योजना कार्यालय गुल्मीले सर्वसाधारणमा सार्वजनिक रूपमा सूचना जारी गरी यही माघ २५ गतेदेखि फागुन २० गतेसम्म सडक पूर्ण रूपमा बन्द हुने मदन भण्डारी राजमार्ग योजना कार्यालय गुल्मीका निमित्त योजना प्रमुख हुमनाथ पौडेलले जानकारी दिएका छन । सडक सुचारु गरी काम गर्दा यात्रुहरूमा जोखिम हुन सक्ने भन्दै निर्माण व्यवसायीको माग अनुसार केही समयका लागि…

Read More

काठमाडौं । जति हेर्‍यो झनै हेरौं हेरौं लाग्ने “लाहुरे टाँसेको” म्युजिक भिडियो दुई लाख भन्दा अधिकले हेरेका छन् । लोकप्रिय कलाकार विशाल रायमाझी र सलिना नेपालीको “लाहुरे टाँसेको” म्युजिक भिडियो बुधबार सम्म दुई लाख भन्दा अधिकले हेरेका हुन् । जति नजिक पुग्यो त्यति नै हेरिराखुँ लाग्ने कति राम्रो ठाउँ को नजिक सुपादेउराली मन्दिर हेर्दा कसको मन आनन्द नहोला र , रानीबनको नजिकै पन्चेबाजाहरुको आवाजले अधिकको मन लोभ्याएको हो । झनै हेरौं हेरौं लाग्ने म्युजिक भिडियो सामाजिक संजालमा उत्तिकै भाइरल बनेको छ । अर्घाखाँचीका कलाकार तथा स्थानीयहरुले सुपादेउरालीको प्रचारप्रसारमा कुनै कमि हुन दिएन्न । कलाकारहरुले कडा मेहनतका साथ वरिपरिका प्राकृतिक सौन्दर्यको…

Read More

नवीन विक, अर्घाखाँची । प्रेस चौतारी नेपाल अर्घाखाँचीले २७ औं स्थापना दिवस दीप प्रज्ज्वलन गरि मनाएको छ । सन्धिखर्कको शान्ति बगैंचामा दीप प्रज्ज्वलन गरि आफ्नो स्थापना दिवस मनाएको हो । २०५५ साल माघ २२ गते स्थापना भएको प्रेस चौतारी नेपालले आज २७ औं स्थापना दिवस मनाएको छ । प्रेस चौतारी नेपाल पत्रकारको हकहितका लागि अग्रपंक्तिमा रहने संस्था भएको भन्दै स्थापना दिवसको अवसरमा नेकपा एमालेका प्रदेश सदस्य सिद्धि प्रसाद भुसालले शुभकामना व्यक्त गरे । यस्तै प्रेस चौतारी नेपालका जिल्ला ईन्चार्ज हिम जिसी (लेकाली)ले श्रमजीवी पत्रकारहरुको अग्रणी संगठन प्रेस चौतारी भएको बताए । कार्यक्रममा नेकपा एमाले कार्यालय सचिव लिला विक, प्रेस चौतारी…

Read More

सिद्धर्थ केसी, अर्घाखाँची । पाठेघरको मुखको क्यान्सर विरुद्धको एच• पि•भि• खोप अभियान -२०८१ कार्यक्रम सम्पन्न भएको छ । मंगलबार सम्पन्न कार्यक्रममा सन्धिखर्क नगरपालिका – ११ डिभर्नाका वडा अध्यक्ष चेतनाराण आचार्यको प्रमुख आथित्यता, सन्धिखर्क नगरपालिकाका नगरका – ११ वडा सदस्य कृष्ण चुदाली, विजय मा.वि.प्र.अ. युबराज भुसाल ,स्वास्थ्य चाैकि प्रमुख यादब पान्डे,स्वास्थ्य चाैकिका स्वास्थ्यकर्मि लक्ष्मि जि.सि.,सबिता खनाल महिला स्वास्थ्य स्वमसेबिकाहरु , विद्यालयका शिक्षक तथा बिद्यार्थीहरुको उपस्थिति मा भ्याक्सिन क्यारियर हस्तान्तरण गरि प्रमुख अतिथी बाट कार्यक्रम को शुभारम्भ कार्यक्रम सम्पन्न भएको हो । विश्व स्वास्थ्य संगठनले करिव दुई दशक अघि देखि प्रयोगको लागि अनुमति दिएको एच.पि.भी. खोप हाल १४४ देशहरुको राष्ट्रिय खोप तालिकामा…

Read More