Author: नेपाल राज्य

काठमाडौं । नेपाली काँग्रेसका सांसद चन्द्रकान्त भण्डारीले सत्ताको राप र तापमा नेताहरुले मुलुकलाई र जनतालाई घाटा हुने काम गर्न नहुने बताएका छन । संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन । उनले नीतिगत भएपनि वा नभएपनि कसैले पनि जनता र देश हित विपरित काम गर्न नहुने बताए । उनले मन्त्रीपरिषद्को निर्णयमा जे पनि गर्न नपाइने बताए । जनता र देश हित विपरित काम गर्नेहरु सबैलाई कारबाही गर्नुपर्ने धारणा राखे उनले खराब नेताकै कारण नेपाल युवा विहीन हुदैगएको समेत बताए । सांसद भण्डारीले भने, ‘नेताहरुले सत्ताको राप र तापमा मुलुकलाई र जनतालाई घाटा हुने काम कसैले गर्नु…

Read More

हिम लेकाली, अर्घाखाँची । अर्घाखाँची अस्पताल विकास समितिकाे अध्यक्षमा सन्धिखर्क १ निवासि शिक्षा सेवामा लामाे कार्यकाल समर्पित नेपाल सरकार उप सचिव पदमा पुगि सेवानिबृत हुनु भएका शिक्षाबिद् बलराम मिश्र नियुक्त हुनु भएकाे छ । उहाँलाई केही दिन अघि प्रदेश सरकारले मनाेनित गरि पठाएकाे थियाे । अर्घाखाँची अस्पतालले आयाेजना गरेकाे एक कार्यक्रम बिच बिहिवार उहाँले पदभार ग्रहण गर्नु भएकाे छ भने साेहि कार्यक्रममा निबर्तमान अध्यक्ष श्रीकृष्ण भुसाल र सदस्य मेनका पाैडेललाई सम्मान गरिएकाे छ । अस्पताल प्रमुख डा.जगन्नाथ तिवारीकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तब्य नरसिं अधिकृत सुनिता आचार्य र सन्चालन अस्पताल ब्यबस्थापक शिव बन्जाडेले गर्नु भएकाे थियाे । कार्यक्रममा नव नियुक्त…

Read More

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा राजावादीहरुले गरेको आन्दोलनको कुनै अर्थ नरहेको बताउनुभएको छ । जनकपुरधामस्थित विमानस्थलमा आज पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै सभापति देउवाले भन्नुभयो– “राजतन्त्र कहिलै आउँदैन, त्यसको पक्षमा आन्दोलन गर्नु बेकार हो ।” वर्तमान गठबन्धनको सरकारले आफ्नो पार्र्टीको सहमतिअनुसार कार्य गरिरहको उल्लेख गर्दै सभापति देउवाले अहिलेको सरकारले ल्याएको बजेटले सबै पक्षलाई समेटेको तथा सन्तुलित भएको बताउनुभयो । कांग्रेस र एमाले सम्मिलित वर्तमान सरकार आगामी निर्वाचन २०८४ सालसम्म कायम रहने र जथाभावी हल्लाको पछाडि नलाग्न उहाँले सबैलाई आग्रह गर्नुभयो । नेपाली कांग्रेसका नेता ठाकुरप्रसाद ढुगाङ््नाको आज धनुषाधाममा आयोजित ६२आँै स्मृतिसभा, शालिक अनावरण र उहाँका…

Read More

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पतन्जलि जग्गा प्रकरणमा आफू दोषी नभएको बताएका छन् । बिहीबार रौतहटमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष नेपालले यो प्रकरणमा आफूले कुनै बदमासी नगरेको बताएका हुन्। ‘कसले के लुपहोला राखे, मलाई त्यसबारे जानकारी भएन। पतन्जलिजस्तो संस्थामा त्यस्तो होला भन्ने मैला कल्पना पनि गरेको थिएन,’ उनले भने,‘मैले कुनै अनुचित काम गरेको छैन। त्यस्तो कामलाई प्रोत्साहन पनि गरेको छैन, यो म चुनौतीका साथ भन्न चाहन्छु।’ नेपालले राष्ट्रका विरूद्धमा हुने कुनै पनि कामको विरोधमा आफू रहने बताए। उनले अख्तियारले दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको अभियोगपत्रमा भनिएअनुसार आफूले कुनै पनि मन्त्रीलाई निर्देशन नदिएको दाबी गरे। ‘त्यहाँ लेखिएअनुसार…

Read More

काठमाडौं । सर्वोच्च अदालतले सार्वजनिक यातायात सेवामा बन्द, हडताल नगर्न यातायात व्यवसायीको नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले आज नागरिकलाई प्रत्यक्ष असरपर्ने सार्वजनिक यातायात सेवामा बन्द हड्ताल नगर्न अल्पकालीन आदेश दिएको हो। अदालतले अल्पकालीन आदेशलाई निरन्तरता दिने वा नदिने विषयमा दुवै पक्षलाई छलफलका लागि बोलाएको छ। अधिवक्ता विमल पोखरेलले सार्वजनिक यातायात ठप्प पारी व्यवसायीहरूले नागरिकको संवैधानिक हक हनन् गरेको उल्लेख गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए। रासस

Read More

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आफ्नो जन्मदिनको अवसरमा श्रीखण्डको विरुवा रोपण गरेर मनाएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्‌ कार्यालयको निर्माणाधीन भवनको परिसर क्षेत्रमा श्रीखण्डका विरुवा रोपेर मनाएका हुन् । बुधवार राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्ट र उपाध्यक्ष कमलापती चौधरीले मुख्यमन्त्रीलाई जन्मदिनको अवसरमा आँपको विरुवा उपहार प्रदान गरेका थिए । उक्त विरुवा मुख्यमन्त्री निवासको परिसरमा रोपिएको छ । मुख्यमन्त्री आचार्यले भने, “हरेक जन्मदिनमा एउटा विरुवा रोप्ने संकल्प लिएको छु। प्रकृतिप्रतिको माया र जिम्मेवारी यसरी व्यक्त गर्न पाउँदा गर्व लाग्छ।” विरुवा रोपण कार्यक्रममा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की, स्थानीय तहका जनप्रतिनिधि तथा प्रदेश सरकारका सचिवहरूको सहभागिता रहेको मुख्यमन्त्री…

Read More

काठमाडौं । नेकपा माओवादी केन्द्रको मध्य पहाडी लोकमार्ग केन्द्रित जागरण अभियान अनिश्चितकालका लागि स्थगित भएको छ । जेठ २१ देखि २५ गतेसम्म दोस्रो चरणमा सञ्चालन हुने भनिएको जागरण अभियान प्रतिकूल मौसमका कारण हाललाई स्थगित गरिएको बताइएको हो । मौसम विभागले पहाडी क्षेत्रमा अत्याधिक पानी पर्ने सम्भावना रहेकाले सचेत रहन आग्रह गरेपछ अभियान स्थगित गरिएको माओवादी नेता गणेशमान पुनले जानकारी दिएका हुन् ।

Read More

दाङ। दाङको तुलसीपुरमा आफ्नै साथीको कुटपिटबाट घाइते भएका १४ वर्षीय किशोरको उपचारको क्रममा मृत्यु भएको छ । रुकुमको बाफिकोट घर भई हाल तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ दुधेना बस्ने विशाल गिरीको साथीको कुटपिटबाट मृत्यु भएको हो । गिरीलाई जेठ १९ गते बेलुकी तुलसीपुर ९ बेलुवामा उनकै साथी १५ वर्षीय यज्ञ वलीले कुटपिट गरेका थिए । कुटपिटबाट टाउकोमा चोट लागेका विशाललाई उपचारका लागि नेपालगन्ज मेडिकल कलेजमा लगिएको थियो । घाइते गिरीको उपचारका क्रममा गएराति मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता सुर्य रानाले जानकारी दिए । कुटपिटमा संलग्न वलीलाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ । विशाल र यज्ञ साथी भएको…

Read More

काठमाडौं । कोठामा एक महिला मृत फेला परेकी छन् । काठमाडौँ महानगरपालिका–१६ माछापोखरी बिगमार्ट नजिक डेरा गरी बस्ने नुवाकोट शिवपुरी गाउँपालिका–७ घर भएकी २७ वर्षीया रेणु सुनार आफ्नै कोठामा मंगलबार मृत अवस्थामा फेला परेकी हुन्। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

Read More

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो स्थापना दिवसका अवसरमा बृहत् नीति सम्मेलन आयोजना गर्ने भएको छ । सो पार्टीको सोमबार बसेको सचिवालयको बैठकले उक्त निर्णय गरेको प्रवक्ता (कार्यवाहक) मनिष झाले जानकारी दिए । उक्त कार्यक्रमका लागि सहमहामन्त्री विपिनकुमार आचार्यलाई आयोजक समितिको संयोजक तोकेको छ । यस्तै, प्रदेश, जिल्ला र स्थानीय तहमा विभिन्न कार्यक्रमहरु गरेर स्थापना दिवस मनाउने निर्णय गरेको छ । सहकारी रकम अपचलनमा कहीँकतै संलग्नता नभएका पार्टी सभापति रवि लामिछानेलाई झुठा मुद्दा लगाइएकोसमेत सो पार्टीले ठहर गरेको छ । बैठकमा प्रदेश इञ्चार्जहरू सन्तोष परियार (कोसी), मनिष झा (मधेस), लिमा अधिकारी (बागमती), शिशिर खनाल (गण्डकी), विपिनकुमार आचार्य (लुम्बिनी),…

Read More