हिम लेकाली, अर्घाखाँची ।
अर्घाखाँची अस्पताल विकास समितिकाे अध्यक्षमा सन्धिखर्क १ निवासि शिक्षा सेवामा लामाे कार्यकाल
समर्पित नेपाल सरकार उप सचिव पदमा पुगि सेवानिबृत हुनु भएका शिक्षाबिद् बलराम मिश्र नियुक्त हुनु भएकाे छ ।
उहाँलाई केही दिन अघि प्रदेश सरकारले मनाेनित गरि पठाएकाे थियाे ।
अर्घाखाँची अस्पतालले आयाेजना गरेकाे एक कार्यक्रम बिच बिहिवार उहाँले पदभार ग्रहण गर्नु भएकाे छ भने साेहि कार्यक्रममा निबर्तमान अध्यक्ष श्रीकृष्ण भुसाल र सदस्य मेनका पाैडेललाई सम्मान गरिएकाे छ ।
अस्पताल प्रमुख डा.जगन्नाथ तिवारीकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तब्य नरसिं अधिकृत सुनिता आचार्य र सन्चालन अस्पताल ब्यबस्थापक शिव बन्जाडेले गर्नु भएकाे थियाे ।
कार्यक्रममा नव नियुक्त अध्यक्ष मिश्रले सबैकाे साथ सहयाेगकाे अपेक्षा राख्दै अस्पतालकाे भवन निर्माण ,दरबन्दी स्वीकृति , सेवा सुबिधा सम्पन्न बिशेषज्ञ सेवा सहितकाे अस्पताल बनाउन लागि पर्ने प्रतिबद्धता मन्तव्य राख्नु भएकाे थियाे ।
यसै गरि निबर्तमान अध्यक्ष श्रीकृष्ण भुसालले राजनीतिक अस्थिरताका कारण आफुले पूरा समय राम्ररि काम गर्न नपाएकाे बताउँदै , आफुले गरेका धेरै कामकाे चर्चा गर्नु भएकाे थियाे ,उहाँले पेशागत आन्दाेलनबाट खारिएर आएकाे अनुभवी सामाजिक ब्यक्तित्ब अस्पताल विकास समितिले पाएकाे भन्देै,खुसि ब्यक्त गर्दै सफल कार्यकालकाे शुभकामना दिनु भएकाे थियाे ।

यसै गरि अस्पताल विकास समिति नि .वर्तमान सदस्य मेनका पाैडेलले पनि अनुभवपूर्ण मन्तब्य सहित अस्पतालकाे समृद्धिकाे कामना गर्दै नव नियक्त अध्यक्षलाई सफलताकाे शुभकामना ब्यक्त गर्नु भएको थियाे ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ जिल्ला अध्यक्ष गणेश खनालले राम्रा काममा अस्पताललाई सदा साथ सहयाेग प्रदान गर्ने र कमाेजिरिहरूमा शुझाव सल्लाह प्रदान गर्ने बताउनु भएकाे थियाे ।

कार्यक्रममा स्वास्थ्य कार्यालय का नि. कार्यालय प्रमुख कृष्ण प्रसाद पाेख्रेल ,mdgp डा. पवन कुमार शाह ,पत्रकार बिष्णु खनाल , अस्पताल ब्यबस्थापन सुदृढीकरण समिति का सदस्य हिम लेकाली ,अस्पतालमा कार्यरत डक्डर ,नर्स लगायत विभिन्न तहका कर्मचारीहरूकाे उल्लेख्य उपस्थिति रहेकाे थियाे ।

