Author: नेपाल राज्य

रामप्रसाद आचार्य २०७२ सालमा नयाँ संविधान जारी भएसँगै संघीय व्यवस्थाअनुसार नेपालको इतिहासमै पहिलोपटक अभ्यास गरिएको संरचना हो प्रदेश सरकार । संघीयताको पक्षमा व्याख्या गर्ने धेरैलाई लागेको थियो प्रदेश सरकार आएपछि संघीय सरकारको कामका लागि राजधानी धाउनुपर्दैन र सुशासनमा बढ्दा सहज हुनेछ । यद्यपि संघीयताको विरोध गर्नेहरु अर्थात अहिलेको संरचनाको विरोध गर्ने आवाजहरु त्यो बेलामा पनि आएका थिए तर त्यो आवाज कमजोर बन्यो र निर्वाचनमा समेत जनमत पाउन सकेनन् । स्थानीय तह र संघीय सरकारलाई जोड्ने पुलको काम गर्न प्रदेश सरकारको परिकल्पना गरिएको थियो संविधानमा ः। तर दलहरुको सत्ता स्वार्थका कारण अस्थिर राजनीतिलाई पुनः प्रयोग गरेसँगै यो संरचना बढ्दा आलोचित मात्रै…

Read More

रुपन्देही । लुम्बिनी प्रदेश सरकारले आजदेखि रुपन्देही बुटवलस्थित लुम्विनी प्रादेशिक अस्पताल र दाङको घोराहीस्थित राप्ती प्रादेशिक अस्पतालमा बिरामीहरुका लागि निःशुल्क चेकजांच, निःशुल्क बेड तथा रगत सेवा शुभारम्भ गरेको छ । लुम्विनी प्रदेश सरकारको आर्थिक बर्ष २०७९।८० को नीति तथा कार्यक्रममा नै यसलाई राखेर यी दुई प्रादेशिक अस्पतालमा निःशुल्क बहिरंग (ओपीडी), आकस्मिक र जनरल वार्डमा भर्ना हुने बिरामीहरुका लागि निःशुल्क सेवा सुरु गरेको हो । मुख्यमन्त्री कुलप्रसाद केसीले निःशुल्क सेवाको शुभारम्भ गर्दै लुम्बिनी प्रदेश सरकारले जनताको स्वास्थ्यमा पहुँच स्थापित गर्ने उद्देश्यका साथ काम गरिरहेको बताए । प्रदेश सरकारले मातहत रहेका यी दुई अस्पतालमा ओपिडी र इमर्जेन्सी टिकट तथा जनरल बेड निःशुल्क…

Read More

प्रेमनारायण आचार्य अर्घाखाँचीको सन्धिखर्क नगरपालिका ७ फुद्वांगका  मेघबहादुर भट्टराईले ड्रागन फलको खेतीबाट मनग्ये आम्दानी गर्न सफल भएक छन्। ३ वर्षदेखि आफ्नै घरको छतमा र नजिकैको खेतमा गरेको ड्रागन फलको खेतीबाट राम्रो आम्दानी भएको कृषक मेघबहादुर भट्टराईले बताए। यस वर्ष ड्रागनले राम्रो उत्पादन दिएको र १० क्विन्टल उत्पादन हुने कृषक भट्टराईको भनाइ छ। १ बोटमा ५० किलोसम्म फलेको छ। बिक्रीको लागि कुनै समस्या नभएको र अहिले १ हजार रुपैयाँ प्रतिकेजी घरबाटै बिक्री भएको कृषक भट्टराईले बताए । अहिले ड्रागन खोज्दै घरघरमा आएर लैजाने गरेको उनको भनाइ छ। पूर्व मन्त्री लोकेन्द्र विष्टको खेतीबाट प्रभावित भएर ड्रागन खेती सुरु गरेका भट्टराईले भने, ‘सुरुसुरुमा…

Read More

हरि कुँवर , अर्घाखाँची । तीजको कोसेली “अडिएन हत्केलामा” सार्वजनिक भएको छ । हिन्दू नेपाली नारीहरुको महान पर्व तीजको अवसर पारेर गजलकार ,गितकार तथा मोडल बिजय खड्का गगनको तीज कोसेली सार्वजनिक भएको हो । यस अगाडि नबद्लिन्छ जिन्दगीले पनि बजार पाएको थियो । “अडिएन हत्केलामा” ‘ बोलको तीज गीतको म्युजिक भिडियो अनिता खड्का युट्युब च्यानल मार्फत सार्वजनिक भएको छ । तीजलाई नारीहरुले समृद्धिका निम्ति धार्मिक परम्पराअनुसार शिव-पार्वतीको उपासना र पूजा गर्ने दिन भनेर परिभाषित गरेको छ। चेलीबेटी को व्यथालाई गीत मार्फत देखाउन खोजिएको छ । गायिका शान्ति श्री परियारको स्वर बिजय खड्काको शब्द राजकुमार बगर लय गरेको उक्त गीत कमल…

Read More

भारत भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपाल–भारतबीच भएको सन् १९५० को शान्ति तथा मैत्री सन्धि पुनरवलोकन गर्नुपर्ने बताएका छन्। भारतीय जनता पार्टी (भाजपा) निकट थिंक ट्यांक ‘फाउन्डेसन फर पब्लिक अवार्नेस एन्ड पोलिसी’ (एफपिएपी) ले शनिबार नयाँ दिल्लीमा नेपाल–भारत सम्बन्धका विषयमा आयोजना गरेको अन्तक्र्रियामा उनले इतिहासले छाडेर गएका कतिपय विषयलाई सकारात्मक हिसाबले सम्बोधन गर्नुपर्ने आवश्यकता औंल्याए। अध्यक्ष दाहालले सन् १९५० को सन्धि, सीमा समस्या तथा इपिजी रिपोर्टलगायत विषयलाई कूटनीतिक तवरले संवादका माध्यमबाट टुंग्याउनुपर्ने बताएका छन्। भाजपा अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा शुक्रबार भारत प्रस्थान गरेका दाहालले शनिबार भारतीय विदेशमन्त्री एस जयशंकरसँग पनि भेट गरे। भेटमा आर्थिक सहकार्यका विषयमा केन्द्रित…

Read More

सडकमा सरर गाडी गुड्न पाउँथ्यो भने जोरपाटीका विशाल श्रेष्ठलाई करिब सात किलोमिटर दूरीमा रहेको अनामनगरस्थित कार्यालय पुग्न बढीमा १५ मिनेट लाग्थ्यो । तर, चाबहिल–गौशाला–बानेश्वर रुटको ट्राफिक जाम छिचोलेर कार्यालय पुग्न कम्तीमा ४५ मिनेट लाग्छ । निर्माण व्यवसायमा संलग्न श्रेष्ठ चर्को जाम पार गरेर कार्यालय पुग्दासम्म काम गर्ने आधा ऊर्जा घटिसक्ने अनुभव सुनाउँछन् । ‘सात किलोमिटर बाटो पार गर्न कम्तीमा ४५ मिनेट लाग्छ । जामकै कारण कतिपटक त टेन्डर नै गुमाउनुपरेको छ । निर्धारित समयमा बैठकमा सहभागी हुन नसकेका उदाहरण त कति छन् कति,’ उनले भने, ‘खासगरी गौशालामा लामो जाम पर्छ । तर, जाम सहेरै ओहोरदोहोर गर्नुको विकल्प छैन ।’ ओमकुमार श्रेष्ठ हलचोकमा बस्छन् । कामको सिलसिलामा उनलाई पुतलीसडक…

Read More

काठमाडौं । सेयर बजार परिसुचक उकालो लागेको छ । अघिल्लो दिन १४ दशमलव ७१ अंकले उकालो लागेको सेयर बजार परिसुचक साताको अन्तिम कारोबार दिन  शुक्रबार भने सात दशमलव ९३ अंकले उकालो लागेर दुई हजार नौं दशमलव ४६ अंकमा पुगेको छ । यसैगरी ‘क’ बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ७७ अंकले बढेर तीन सय ८५ दशमलव ९१ बिन्दुमा चढेको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा यसदिन १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय ३१ वटा कम्पनीहरुको सेयर कारोबार भएका छन् । जसबाट २१ हजार छ सय १५ पटकको कारोबारमा ४० लाख ५१ हजार सात सय…

Read More

नेपाल राज्य संवाददाता अर्घाखाँची- रातोप्रेस अनलाइन न्युज पोर्टलका अध्यक्ष तथा प्रकाशक एवं शिक्षक गणेश बेल्वासे (संगम) र शिक्षक सुमित्रा भण्डारीले अर्घाखाँची अदालतमा विवाह (कोट म्यारिज) गरेका छन् । उनीहरुको विहे भोजको खर्च बचत गरेर १ लाख रूपैयाँ विपन्न परिवारका बालवालिकालाई सहयोग गर्ने भएका छन् । शितगंगा नगरपालिका वडा ११ का बेल्वासे र वडा वडा १० सुमित्रा भण्डारीले शुक्रवार अदालती विवाह गरेर सन्धिखर्कमा पत्रकार सम्मेलन गर्दै उक्त रकम विद्यार्थीलाई सहयोग गर्ने बताए । शितगंगा वडा १० को सिद्धारामा रहेको जनजागृती माध्यमिक विद्यालय कक्षा ११ र १२ मा पढ्ने गरिब तथा विपन्न विद्यार्थीका लागि ५० हजार रूपैयाँ सहयोग गर्ने दम्पत्तीले बताए ।…

Read More

बसन्त श्रेष्ठ छापेली अर्घाखाँची- नेकपा (एमाले) का केन्द्रीय कमिटी सचिव टोपबहादुर रायमाझीले बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा एमालेले ल्याएको मत परिणामका कारण गठबन्धन धारीहरु अत्तालिएको बताए । नेकपा एमाले सन्धिखर्क नगर कमिटीले आयोजना गरेको स्थानीय निर्वाचन २०७९ को समिक्षा कार्यक्रमलाई सम्बोधन गर्दै नेता रायमाझीले नेकपा एमालेका विरुद्ध ५ दलीय गठबन्धन कायम रहँदा पनि एमाले एक्लैले लुम्बिनी प्रदेशमा अर्घाखाँचीमा उदाहरणीय मत प्राप्त गरेको बताए । नेता रायमाझीले नेकपा एमालेका बिरुद्ध सबै दल एक ठाउँमा उभिदा पनि जिल्लामा उल्लेख्य प्रगति हासिल भएको बताए । उनले सन्धिखर्क नगरपालिका, मालारानी, पाणिनि गाउँपालिका लगायतका स्थानीय तहमा एमाले प्रमुख उपप्रमुख पदमा बिजयी हासिल गरेको भन्दै केही…

Read More

नारायण भुसाल अर्घाखाँची । नेकपा (एमाले) का लुम्बिनी प्रदेश कमिटीका सदस्य एवं प्रभावशाली युवा नेता प्रेमनारायण गैरेले भुमिकास्थानमा ५ दलीय गठबन्धनलाई पराजयको नजिक पुराउनु नै नेकपा एमालेको सफलता भएको बताए । यसले एमाले शक्तिशाली पाटी रहेको पुष्टि गर्ने उनले बताए । नेकपा (एमाले) भुमिकास्थान नगर कमिटीको पाँचौं पूर्ण बैठकलाई सम्बोधन गर्दै युवा नेता गैरेले आगामी संघ र प्रदेशसभाको निर्वाचनमा एमाले उम्मेदवारलाई विजयी गराउन सबै एमाले नेता तथा कार्यकर्ता एकढिक्का भएर लाग्नुपर्ने जरुरी रहेको बताए । नुवाकोटको पानडाडामा भएको स्थानीय तहको निर्वाचन समीक्षा गर्दै ५ दलीय गठबन्धनसँग जोडिएका दलहरुको बराबर हैसियत हुँदा पनि पाटीको मत बढाउन सफल भएको र प्राविधिक कारणले चुनावमा…

Read More