Author: नेपाल राज्य
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमण अपेक्षानुसार सफल भएको बताएका छन् । तीनदिने भारत भ्रमण सकेर नेपाल फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष दाहालले प्रधानमन्त्री भएर जाँदा र अहिले जाँदा सुरक्षामा कुनै फरक नरहेको बताए । अध्यक्ष दाहालले भ्रमणका क्रममा भारतका सरकारी पदाधिकारी र भारतीय जनता पार्टीका विभिन्न पदाधिकारीहरूसँग भेट भएको बताए । भारतका विदेशमन्त्री एस जयशंकर, भारतका विदेशसचिव विनयमोहन क्वात्रा, भाजपाका अध्यक्ष जेपी नड्डालगायतका पदाधिकारीसँग भेट गरेको उनले बताए । भेटमा नेपाल र भारतका वर्तमान समस्या, सीमा विवाद, डुबानका बारेमा पनि छलफल गरेको अध्यक्ष प्रचण्डको भनाइ थियो । उनले अहिलेको प्रमुख समस्या पेट्रोलको…
सुर्य प्रकाश बुढामगर , रोल्पा । कृष्ण माध्यमिक विद्यालयलाई भूमिका निर्माण सेवाका अध्यक्ष बुढामगर प्रमोद निर्माण सेवाका अध्यक्ष घर्तिमगरले आर्थिक सहयोग गर्नुभएको छ । रोल्पाकाको माडि गाउँपालिका वडा नम्बर २ घर्तीगाउँमा अवस्थित उक्त विद्यालयको कृष्ण बहुउद्देश्यीय नमूना विद्यालय विकास आर्थिक संकलन समितिलाई भूमिका निर्माण सेवाका अध्यक्ष गोबरसिङ बुढामगर र प्रमोद निर्माण सेवा माडी गाउँपालिका–१ अध्यक्ष रोहितसिङ घर्तिमगरले सयक्त रुपमा ९ लाख ५ हजार सहयोग गर्नु भएको हो । वुढा र घर्तिमगरले आइतबार कृष्ण माध्यमिक विद्यालयका प्रधानाध्यापक कविराज रिजाल र सोही विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विजय घर्तीमगरलाई ९ लाख ५ हजारको सहयोग रकमको चेक बुझाउनु भएको हो विद्यालयलाई अहिलेसम्म नगद रकम…
सागर महत,अर्घाखाँची । अर्घाखाँचीमा छोराको लाठी प्रहारबाट घाइते भएकी आमाको मृत्यु भएको छ । जिल्लाको शितगंगा नगरपालिका वडा नम्बर ४का २६ वर्षिय हेमन्त कार्कीले असार ६ गते आफ्नै आमा ५२ वर्षिय कमला कार्कीलाई घरासी विवाद हुँदा लाठी प्रहार गर्दा नाकको बिच भागमा गम्भीर चोट लागेको थियो । गम्भीर घाइते भएकी कमलाको उपचारको क्रममा गएराति काठमाण्डौंको टिचिङ अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरिक्षक होम रेग्मीले जानकारी दिए । पटक पटक बुटवलमा उपचार गर्न लगेपनि ब्लड नरोकिएपछि थप उपचारको लागि केहि दिन अगाडि काठमाण्डौं लगिएको थियो । हेमन्तलाई इलाका प्रहरी कार्यालय ठाडाले नियन्त्रणमा लिइसकेको छ । आजै अदालतमा पेश…
लुम्बिनीको वन निर्देशनालयमा कर्मचारी कुटपिट प्रकरण कुट्ने र कुटिने दुवै विदामा, जाहेरी प्रशासनमा अलपत्र
रुपन्देही । लुम्बिनी प्रदेश वन तथा वातावरण निर्देशनालयमा निमित्त निर्देशक जीवन पंगेनीले उपसचिव प्रेमशंकर चौधरीमाथि हातपात गरेपछिको विवाद नसल्टिदै अहिले दुवैजना कार्यालयमा हाजिर भएका छैनन् । दुई हप्ताअघि पंगेनीले निर्देशनालयकै उपसचिव प्रेमशंकर चौधरीमाथि हातपात गरेपछि उनी विवादमा तानिएका हुन् । चौधरीलाई हातपात गर्ने पंगेनीले उल्टो आफूलाई आक्रमणको प्रयास भएको भन्दै जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा उजुरी दिएपछि विषय थप रहस्यमय बनेको हो । अहिले कुटिने चौधरी बिदामा भारत भ्रमणमा लागेका छन् भने कुट्ने पंगेनी बिदामा काठमाडौं लागेपछि कार्यालय नै अस्तव्यस्त बनेको छ । पंगेनीको उजुरीपछि प्रहरीले दुवै जनालाई राखेर छलफल गराएको थियो । त्यसपछि प्रमुख जिल्ला अधिकारी आएपछि छलफल गराउने भन्दै…
बुटवल–नारायणगढ सडक बिस्तारको कछुवा गति ५ वर्षमा १९ प्रतिशत काम सकियो, कहिले होला पूरा हुने ?
बुटवल । निर्माणाधीन बुटवल–नारायणगढ सडकखण्डको काम तोकिएको समयमा नहुने भएको छ । निर्माण सम्झौता अवधि सकिने एक महिनाभन्दा कम समय हुँदा उक्त सडकको ८१ प्रतिशत काम बाँकी छ । ०७९ साउन २२ गतेभित्र बनाइसक्नुपर्ने सम्झौता रहेको बुटवल–नारायणगढ सडकको भौतिक प्रगति १९ प्रतिशत मात्र छ । वित्तीय प्रगति १० प्रतिशत मात्र भएको छ । ०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बुटवलमा शिलान्यास गरेको यो सडकको चाइना स्टेट इन्जिनियर कर्पोरेसन कम्पनीले ४२ महिनामा सम्पन्न गर्ने गरी ठेक्का लिएको थियो । उक्त अवधि सकिन २२ दिन मात्र बाँकी छ । रूपन्देही, पश्चिम नवलपरासी र नवलपुर जिल्ला हुँदै निर्माण हुने यो…
रामप्रसाद आचार्य २०७२ सालमा नयाँ संविधान जारी भएसँगै संघीय व्यवस्थाअनुसार नेपालको इतिहासमै पहिलोपटक अभ्यास गरिएको संरचना हो प्रदेश सरकार । संघीयताको पक्षमा व्याख्या गर्ने धेरैलाई लागेको थियो प्रदेश सरकार आएपछि संघीय सरकारको कामका लागि राजधानी धाउनुपर्दैन र सुशासनमा बढ्दा सहज हुनेछ । यद्यपि संघीयताको विरोध गर्नेहरु अर्थात अहिलेको संरचनाको विरोध गर्ने आवाजहरु त्यो बेलामा पनि आएका थिए तर त्यो आवाज कमजोर बन्यो र निर्वाचनमा समेत जनमत पाउन सकेनन् । स्थानीय तह र संघीय सरकारलाई जोड्ने पुलको काम गर्न प्रदेश सरकारको परिकल्पना गरिएको थियो संविधानमा ः। तर दलहरुको सत्ता स्वार्थका कारण अस्थिर राजनीतिलाई पुनः प्रयोग गरेसँगै यो संरचना बढ्दा आलोचित मात्रै…
लुम्बिनी प्रदेश सरकारका सकारात्मक काम, लुम्बिनी र राप्ती प्रादेशिक अस्पतालमा निःशुल्क सेवा
रुपन्देही । लुम्बिनी प्रदेश सरकारले आजदेखि रुपन्देही बुटवलस्थित लुम्विनी प्रादेशिक अस्पताल र दाङको घोराहीस्थित राप्ती प्रादेशिक अस्पतालमा बिरामीहरुका लागि निःशुल्क चेकजांच, निःशुल्क बेड तथा रगत सेवा शुभारम्भ गरेको छ । लुम्विनी प्रदेश सरकारको आर्थिक बर्ष २०७९।८० को नीति तथा कार्यक्रममा नै यसलाई राखेर यी दुई प्रादेशिक अस्पतालमा निःशुल्क बहिरंग (ओपीडी), आकस्मिक र जनरल वार्डमा भर्ना हुने बिरामीहरुका लागि निःशुल्क सेवा सुरु गरेको हो । मुख्यमन्त्री कुलप्रसाद केसीले निःशुल्क सेवाको शुभारम्भ गर्दै लुम्बिनी प्रदेश सरकारले जनताको स्वास्थ्यमा पहुँच स्थापित गर्ने उद्देश्यका साथ काम गरिरहेको बताए । प्रदेश सरकारले मातहत रहेका यी दुई अस्पतालमा ओपिडी र इमर्जेन्सी टिकट तथा जनरल बेड निःशुल्क…
प्रेमनारायण आचार्य अर्घाखाँचीको सन्धिखर्क नगरपालिका ७ फुद्वांगका मेघबहादुर भट्टराईले ड्रागन फलको खेतीबाट मनग्ये आम्दानी गर्न सफल भएक छन्। ३ वर्षदेखि आफ्नै घरको छतमा र नजिकैको खेतमा गरेको ड्रागन फलको खेतीबाट राम्रो आम्दानी भएको कृषक मेघबहादुर भट्टराईले बताए। यस वर्ष ड्रागनले राम्रो उत्पादन दिएको र १० क्विन्टल उत्पादन हुने कृषक भट्टराईको भनाइ छ। १ बोटमा ५० किलोसम्म फलेको छ। बिक्रीको लागि कुनै समस्या नभएको र अहिले १ हजार रुपैयाँ प्रतिकेजी घरबाटै बिक्री भएको कृषक भट्टराईले बताए । अहिले ड्रागन खोज्दै घरघरमा आएर लैजाने गरेको उनको भनाइ छ। पूर्व मन्त्री लोकेन्द्र विष्टको खेतीबाट प्रभावित भएर ड्रागन खेती सुरु गरेका भट्टराईले भने, ‘सुरुसुरुमा…
हरि कुँवर , अर्घाखाँची । तीजको कोसेली “अडिएन हत्केलामा” सार्वजनिक भएको छ । हिन्दू नेपाली नारीहरुको महान पर्व तीजको अवसर पारेर गजलकार ,गितकार तथा मोडल बिजय खड्का गगनको तीज कोसेली सार्वजनिक भएको हो । यस अगाडि नबद्लिन्छ जिन्दगीले पनि बजार पाएको थियो । “अडिएन हत्केलामा” ‘ बोलको तीज गीतको म्युजिक भिडियो अनिता खड्का युट्युब च्यानल मार्फत सार्वजनिक भएको छ । तीजलाई नारीहरुले समृद्धिका निम्ति धार्मिक परम्पराअनुसार शिव-पार्वतीको उपासना र पूजा गर्ने दिन भनेर परिभाषित गरेको छ। चेलीबेटी को व्यथालाई गीत मार्फत देखाउन खोजिएको छ । गायिका शान्ति श्री परियारको स्वर बिजय खड्काको शब्द राजकुमार बगर लय गरेको उक्त गीत कमल…
भारत भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपाल–भारतबीच भएको सन् १९५० को शान्ति तथा मैत्री सन्धि पुनरवलोकन गर्नुपर्ने बताएका छन्। भारतीय जनता पार्टी (भाजपा) निकट थिंक ट्यांक ‘फाउन्डेसन फर पब्लिक अवार्नेस एन्ड पोलिसी’ (एफपिएपी) ले शनिबार नयाँ दिल्लीमा नेपाल–भारत सम्बन्धका विषयमा आयोजना गरेको अन्तक्र्रियामा उनले इतिहासले छाडेर गएका कतिपय विषयलाई सकारात्मक हिसाबले सम्बोधन गर्नुपर्ने आवश्यकता औंल्याए। अध्यक्ष दाहालले सन् १९५० को सन्धि, सीमा समस्या तथा इपिजी रिपोर्टलगायत विषयलाई कूटनीतिक तवरले संवादका माध्यमबाट टुंग्याउनुपर्ने बताएका छन्। भाजपा अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा शुक्रबार भारत प्रस्थान गरेका दाहालले शनिबार भारतीय विदेशमन्त्री एस जयशंकरसँग पनि भेट गरे। भेटमा आर्थिक सहकार्यका विषयमा केन्द्रित…
