Author: नेपाल राज्य

काठमाडौँ — पर्वतका मनोज भुसाल बेलायतको स्थानीय समय बिहान ७ः३० बजे सानो गाडा (ट्रली) गुडाउँदै स्ट्रबेरी टिप्न निस्किए । उनको टोलीमा ८ जना नेपाली कामदार थिए । सबैले चिसो हावा छेक्न बाक्लो टोपी, पानीले नभिज्ने ज्याकेट र बुट लगाएका थिए । कसैले एउटा हातमा टिफिन झुन्ड्याएका थिए भने अर्को हातले सानो एकपाङ्ग्रे ट्रली घिसारिरहेका थिए । कसैले ब्यागभित्र टिफिन हालेका थिए । मनोजले बेलायतको स्कटल्यान्डस्थित कानुस्टेको स्ट्रबेरी फार्ममा स्ट्रबेरी टिप्न थालेको दुई महिना भइसकेको छ । ‘हामी अहिले स्ट्रबेरी टिप्न जाँदै छौं, यो काम दिनभर हुन्छ,’ मनोजले भने, ‘स्ट्रबेरी नटिप्ने दिनमा भने गोडमेल गर्छौं । ठूला लहरा हटाउँछौं ।’ उनी २ लाख रुपैयाँ खर्च गरेर ६ महिने कृषि कामदारको…

Read More

नेपाल राज्य संवाददाता काठमाडौ– कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनको नवौं महाधिवेशन यही साउन ६ र ७ गते वागमती प्रदेशको हेटौडामा हुने भएको छ । महाधिवेशन तयारीको लागि युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देल सहितको टोली व्यवस्थापनका लागि हेटौडामा पुगिसकेको छ । कोभिड, स्थानीय तहको चुनाव, पाटीको महाधिवेशन लगायत विविधि कारणले सर्दै आएको थियो । यसपाली तोकिएको मितिमै महाधिवेशन गरिने अध्यक्ष सिग्देलले बताए । जिल्लाबाट केन्द्रीय पार्षद र सदस्यताको नामावली संकलनको काम भैरहेको छ । युनियनको नेतृत्व सर्वसम्बत रुपमा चयन गर्ने गरी सबै लागेका छन् । पदाधिकारीमा उम्मेदवारी घोषणा गर्नेको लहर नवौं महाधिवेशनका लागि पदाधिकारीमा उम्मेदवारी घोषणा गर्नेको लहर चलेको छ…

Read More

काठमाडौँ — आफ्ना मन्त्री हेरफेर गर्ने एकीकृत समाजवादीको निर्णय २१ दिनपछि कार्यान्वयन भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले एकीकृत समाजवादीका नयाँ मन्त्री समावेश गरी मन्त्रिपरिषद् पुनर्गठन गरेकी छन् । बजेट पारित नभएको भन्दै प्रधानमन्त्री देउवाले झुलाएको र मन्त्रीहरूले पनि पद छाड्न आनाकानी गरेका कारण एकीकृत समाजवादीको निर्णय लामो समय अलपत्र परेको थियो । अध्यक्ष माधवकुमार नेपालले आफ्नै मन्त्री फिर्ता गराएर नयाँ नियुक्त गर्न तीन साता कसरत गर्नुपरेको थियो । राष्ट्रपति कार्यालयले आइतबार साँझ जारी गरेको विज्ञप्तिअनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमा जीवनराम श्रेष्ठ, सहरी विकासमा मेटमणि चौधरी, स्वास्थ्य तथा जनसंख्यामा भवानी खापुङ र श्रम, रोजगार तथा सामाजिक…

Read More

काठमाडौँ — शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले कक्षा ८ सम्मका विद्यार्थीलाई दिवा खाजाका लागि अर्थ मन्त्रालयले बजेट नदिएको गुनासो गरेका छन् । आइतबार राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयक २०७९ अन्तर्गत सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै शिक्षामन्त्री पौडेलले कक्षा ८ सम्मका विद्यार्थीलाई दिवा खाजाका लागि बजेट विनियोजन नगरेको बताएका हुन् । उनले मन्त्रालयले कक्षा ८ सम्म नै दिवा खाजाको व्यवस्थाको माग गरेर अर्थ मन्त्रालयलाई पठाएको बताए । मन्त्री पौडेलले सरकारको आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कक्षा ८ सम्म दिवा खाजा पुर्‍याइने भने पनि बजेट प्रस्तुत हुँदा कक्षा ८ सम्म पुर्‍याउने गरी भन्ने भाषा प्रयोग गरिएको बताए । उनले…

Read More

काठमाडौँ — इन्धनको मूल्य घटेसँगै यातायात व्यवस्था विभागले अन्तरप्रदेश सार्वजनिक सवारीसाधनको भाडा घटाएको छ । स्वचालित प्रणालीअनुसार सार्वजनिक सवारीको भाडा समायोजन गरिएको हो । इन्धनको मूल्य ५ प्रतिशतभन्दा धेरैले बढेमा वा घटेमा समायोजन हुने गर्छ । शनिबार राति १२ बजेदेखि लागू हुनेगरी डिजेलको मूल्य प्रतिलिटर २९ रुपैयाँ अर्थात १५.१० प्रतिशत घटेको थियो । सो अनुरुप अब यात्रुवाहक सवारीसाधनको भाडा ५.४१ प्रतिशतले घटेको छ । त्यस्तै पहाडी बाटोमा चल्ने मालवाहक सवारीमा ६.९७ प्रतिशत र तराईको बाटोमा चल्ने मालवाहकमा ७.६८ प्रतिशत घटेको छ । एक प्रदेशभित्रै अर्थात् स्थानीय रुटमा भने पुरानै भाडा यथावत रहनेछ । विभागका अनुसार पेट्रोलियम पदार्थको मूल्य ५ प्रतिशतभन्दा धेरै घटेमा फेरि स्वचालित प्रणाली…

Read More

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेबाट विद्रो गर्दा आफूहरूले निकै दु:खकष्ट गरेको बताएका छन् । अनेकन तरिका लगाएर बल्लबल्ल विभाजनका लागि आवश्यक संख्या पुर्‍याएको उनले सम्झिए । पार्टीनिकट महिला संगठनको कार्यक्रममा बोल्दै नेपालले आफूहरूसँग तीन विकल्प रहेकोमा विद्रोह रोजेको बताए । उनले भने, ‘हामीसँग केपी ओलीको दास बनेर बस्ने, गेरु वस्त्र लगाएर राजनीतिबाट सन्‍न्यास लिने र विद्रोह गर्ने तीन विकल्प थिए । हामीले विद्रोह रोज्यौँ । तर, विद्रोह गर्न कम्ती गाह्रो भएको थियो ।’ नेपालले सम्झिए, ‘भदौ २ गते हामीले होटल अर्यालबाट साथीहरूलाई बसमा राखेर चन्द्रागिरीमा लगेर दुई दिन राख्यौँ । केपी ओलीले आफ्नो मान्छेहरू होटलमा…

Read More