Author: नेपाल राज्य
हरि कुँवर , अर्घाखाँची । शिक्षक तथा लेखक नरेन्द्र कुमार क्षेत्रीको पुस्तक “स्मृतिका पानाहरु”विमोचन गरिएको छ । साथी होटल सन्धिखर्कमा सनिवार आयोजित एक कार्यक्रमका बीच क्षेत्रीले उक्त कृति सार्वजनिक गरेका हुन् । संस्मरणात्मक कृति छेत्रीका दिवांगत आमा अम्बिका क्षेत्री र बुबा दिपबहादुर क्षेत्री प्रती समर्पण गरिएको “स्मृतिका पानाहरु” भित्र शैक्षिक गुणस्तरको सुधार तथा शिक्षक आन्दोलन, कम्युनिस्ट आन्दोलन एवं अनुशासित जीवन शैली अपनाउन प्रेरित गरेको छ । विमोचन कार्यक्रमा नेकपा एमाले अर्घाखाँची जिल्ला इन्चार्ज चन्द्रबहादुर खड्का , नेकपा एमाले अर्घाखाँची जिल्ला अध्यक्ष पिताम्बर भुसाल , नवनिर्वाचित प्रदेश सांसद रामजी प्रसाद घिमिरे मालारानी गाउँपालिका तत्कालीन अध्यक्ष बालकृष्ण आचार्य , सन्धिखर्क नगरपालिका प्रमुख…
हरि कुँवर , अर्घाखाँची । मालारानीको बाँगी भण्डारमा कुलपुजा अर्थात देवाली आइतबार देखी सुरु भएको छ । कुल धर्म संस्कार र परम्पराको सम्मानमा नयाँ पुस्ता देखिएका हुन । कुँवर परिवारले एकादशी देखी महत्वका साथ गर्ने कुलपुजामा संसार भरि छरिएका दाजुभाई, दिदि बहिनीहरु उपस्थित भएका छ्न । सबैजना एकै ठाउँमा भेला भएर कुलायन पूजा गर्ने चलन छ । ऐतिहासिक महत्व बोकेको कुँवर परिवारको कुलपुजा मंसिरको २२ गते गर्ने छ्न । नयाँ पुस्ता उत्साहका साथ दिनभर उपास बसी धूप राख्ने चोअर सहित धामी कामेर शंक घण्टी बजाएर आफ्ना कुलदेवतालाई पुज्ने गरेको पाइएको छ । आफ्ना वंश र कुलको निम्ति पुर्खाले देखाएका असल…
श्री यातायात मजदुर बचत तथा ऋण सहकारी सस्था लिमिटेड सन्धिखर्क १ अर्घाखाँचीको नवौं साधारणसभा तथा चौथो अधिवेशन बि पि स्मृति भवन सन्धिखर्कमा सम्पन्न भएको हो । कार्यक्रममा जेष्ठ नागरिकलाई सम्मान, एसईई मा उत्कृष्ट अंक ल्याइ उत्तीर्ण छात्र, छात्रालाइ सम्मान,उत्कृष्ट ऋणिलाइ सम्मान गरिएको छ । कार्यक्रममा आत्मसिंह घर्तीको अध्यक्षतामा नया कार्य समिती समेत चयन गरिएको छ । जसको उपाध्यक्षमा हरिप्रसाद पन्थि, राजेन्द्र श्रेष्ठ, सचीवमा डिलाराम बञ्जाडे र अर्जुन पाेखरेल, कोषाध्यक्षमा बिष्णु प्रसाद भट्टराई, सदस्यहरुमा शारदा भुसाल, सम्झाना पन्थी, राजेश श्रेष्ठ, चेतनाराण श्रेष्ठ, प्रकाश जिसि, जनक पुन रहेका छन् । लेखा समितिमा शिवनाथ श्रेष्ठ, पदम पाण्डे, गणेशराज पौडेल रहेका छन भने सल्लाहकारमा…
हरि कुँवर अर्घाखाँची प्रदेशसभा (१) मा चुनाव जितेका एमाले केन्द्रीय सदस्य चेतनारायण आचार्यललाई लुम्बिनी प्रदेशको मुख्यमन्त्रीको रुपमा चर्चा गरिएको छ । गठबन्धनको तर्फबाट राजमोका सागर केसीलाई ७ सय ४० मतान्तरले पराजित गर्दै दोस्रो पटक सांसदमा चुनिए । उनले आचार्यले २० हजार ५ सय १८ मत ल्याएर दोस्रो पटक निर्वाचित भएका छन् । केसीले १९ हजार ७ सय ७८ मत ल्याए । २०७४ को चुनावमा कांग्रेसका विष्णुप्रसाद खनाललाई १० हजार ५ सय १६ मतान्तरले पराजित गर्दै विजयी भएका थिए । त्यतिबेला उनलाई वाम गठबन्धनमा माओवादी र राजमोको सहयोग थियो । अहिले एमालेको मात्रै बलमा चुनाव जिते । उनी ३ महिना ७…
काठमाडौँ – प्रतिनिधिसभा सदस्य निर्वाचन २०७९ मा २० जना उम्मेदवार ३० हजारभन्दा बढी मत प्राप्त गरेर पनि पराजित भएका छन् । जसमा नेपाली कांग्रेसका आठ, नेकपा (एमाले)का सात, नेकपा (माओवादी केन्द्र)का तीन, नेकपा (एकीकृत समाजवादी)का एक र राष्ट्रिय जनमोर्चाका एक उम्मेदवार ३० हजारभन्दा बढी मत प्राप्त गर्दा पनि पराजित हुनु परेको छ । प्रदेश नं १ बाट पाँचथर–१ मा नेपाली कांग्रेसका भीष्मराज आङदेम्वेले ३२ हजार ८९ मत प्राप्त गरे पनि ४६ मतान्तरले पराजित भए । कांग्रेसकै कृष्णप्रसाद सिटौला पनि झापा–३ मा ३७ हजार तीन सय ८६ मत प्राप्त गर्दा पनि पराजित भए । मोरङ–२ मा कांग्रेसकी सुजाता कोइरालाले ३१ हजार…
नेपाल राज्य संवाददाता अर्घाखाँची– भुकम्पबाट घरमा क्षति भएका शितगंगा नगरपालिका–४ पोखरडाँडाका रुद्रबहादुर घर्तीलाई शितगंगा नगरपालिकाले सहयोग स्वरुप एक थान त्रिपाल वितरण गरेको छ । नगर उपप्रमुख गिता भाटले घरमै पुगेर त्रिपाल वितरण गरेकी हुन । भुकम्पमा परी उनको घरलाई क्षति पुगेको थियो ।
हरि कुँवर अर्घाखाँची– २०६४ देखि निरन्तर चुनावमा निर्वाचित हुँदै आएका एमाले सचिव टोपबहादुर रायमाझीको मंसिर ४ गतेको चुनावमा ५ हजार बढी लोकप्रिय मत पाएका छन् । निर्वाचन आयोगका अनुसार एमालेको समानुपातिकमा ३७ हजार ४ सय ५० मत आएको छ भने प्रतिनिधिसभा सदस्यमा रायमाझीको ४२ हजार ६ सय ७५ मत छ । एमाले पाटीको भन्दा उनको लोकप्रियताको व्यक्तिगत मत ५ हजार २ सय २५ मत रायमाझीले पाएका छन् । जिल्लामा सामानुपातिकमा एमाले पहिलो दल बनेको छ । २०६४, २०७०, २०७४ र २०७९ को चुनावमा उनले सधै पाटीको भन्दा लोकप्रिय मत पाएका छन् ।
नेपाल राज्य संवाददाता अर्घाखाँची– निवर्तमान उपसभामुख एवं प्रतिनिधिसभा सदस्य उम्मेदवार पुष्पा भुसालले आफु पराजित भएपनि जिल्लाको विकासका लागि जनताको घरदैलोमा पुगेर सक्रिय हुने बताइन । उनले आफुलाई मत दिने मतदातालाई धन्यावाद दिएका छिन् । भुसालले मुख्य निर्वाचन अधिकृत, सुरक्षा निकाय, निर्वाचन आयोग, कर्मचारी, सञ्चारकर्मी, पर्यवेक्षक, मतदाता सहित अर्घाखाँचीवासीलाई विशेष धन्यावाद दिएकी छिन् । उनले जिल्लामा भैरहेका विकासका कामलाई निरन्तरता आफु अझ सक्रिय भएर लाग्ने बताइन ।
नेपाल राज्य संवाददाता अर्घाखाँची– केही समय अघि दुर्घटनामा परेको मिनिबस (हाइस) को युनाइटेड इन्स्योरेन्स कम्पनीले दुर्घटना विमा भुक्तानी गरेको छ । देउराली यातायाता अर्घाखाँची प्रा.लि. द्धारा सञ्चालित बा ३ ख ८६३९ नम्बरको गाडीको दुर्घटना विमा भुक्तानी गएको हो । युनाइटेडकी सन्धिखर्क शाखा प्रमुख सुनिता क्षेत्री बिसीले गाडीका सञ्चालक दिपकप्रसाद भुसाललाई ४६ लाख ९० हजार रुपैयाँ विमा भुक्तानी गरिदिएकी छिन् । लामो समयदेखि सवारीसाधनको विमा गर्दै आएको युनाइटेडप्रति भरपर्दाे विमा कम्पनी भएको भन्दै सवारीधानीले गाडी विमा गर्नेको संख्या बढ्दो रहेको छ ।
हरि कुँवर, अर्घाखाँची । निर्वाचन सुरक्षाका लागि भर्ना गरिएका म्यादी प्रहरीको बिदाइ गरिएको छ। बिहीबार सन्धिखर्कको सभाहलमा एक कार्यक्रम बीच जिल्लामा खटिएका १ हजार १ जना म्यादी प्रहरी लाइ कदरपत्र प्रदान गरि बिदा गरिएको हो । कार्यक्रमका प्रमुख अतिथी जिल्ला न्यायाधीश डा. श्रीकृष्ण भट्टराईले मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन सुरक्षाका लागि खटिएका म्यादी प्रहरीले स्वच्छ, शान्त र भयरहित ढंगबाट सम्पन्न गराउन सुरक्षाका हिसाबले खेलेको भुमिकाको मुक्तकणले प्रसंशा गरेका थिए । प्रमुख जिल्ला अधिकारी शसिधर घिमिरे,जिल्ला प्रहरी कार्यालयका कार्यालय प्रमुख डिएसपि मुकुन्द रिजाल लगाएतको उपस्थिति रहेको थियो ।
