नेपाल राज्य संवाददाता
अर्घाखाँची– केही समय अघि दुर्घटनामा परेको मिनिबस (हाइस) को युनाइटेड इन्स्योरेन्स कम्पनीले दुर्घटना विमा भुक्तानी गरेको छ । देउराली यातायाता अर्घाखाँची प्रा.लि. द्धारा सञ्चालित बा ३ ख ८६३९ नम्बरको गाडीको दुर्घटना विमा भुक्तानी गएको हो ।
युनाइटेडकी सन्धिखर्क शाखा प्रमुख सुनिता क्षेत्री बिसीले गाडीका सञ्चालक दिपकप्रसाद भुसाललाई ४६ लाख ९० हजार रुपैयाँ विमा भुक्तानी गरिदिएकी छिन् ।
लामो समयदेखि सवारीसाधनको विमा गर्दै आएको युनाइटेडप्रति भरपर्दाे विमा कम्पनी भएको भन्दै सवारीधानीले गाडी विमा गर्नेको संख्या बढ्दो रहेको छ ।
