Author: नेपाल राज्य

खनेपानी तथा सरसफाई डिभिजन कार्यालयको अनुरोध पानी प्रयोगपछि निस्केको फोहोर पानी सोझै ताल, कुवा, सिमसार र खोलामा नफालौं आफ्ना आँखाबाट टाढा अथवा नाली वा अन्य कतै फोहोरा फालेपछि त्यसबारे सोच्नै परेन भन्ने प्रवृत्तिको अन्त्य गरौं । मुल, सिमसार नदी नालाहरुको संरक्षण र पुनर्भरण गरौं । अनुरोधक खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, अर्घाखाँची

Read More

प्युठान । प्यूठानको स्वर्गद्वारी मन्दिर दर्शनका लागि जाँदै गरेको बा २१ च ५४०७ नम्बरको कार भिङग्रीकोट भन्ने ठाउँमा दुर्घटना भएको छ । दुर्घटनामा परि तीन जना घाइते भएका छन् भने दुई जना सामान्य घाइते भएका छन् । कारमा एकै घरका ५ जना सवार रहेका थिए । स्वर्गद्वारी दर्शनको लागि आएका रुपन्देही जिल्ला वुटवल ८ सुख्खानगरका ५८ वर्षीय शिव गौतम, ५५ वर्षीय माया गौतम, ३० वर्षीय अच्युत गौतम, २० वर्षीय प्रज्ञा शर्मा र १८ वर्षिय प्रशंसा शर्मा दुर्घटनामा परेका हुन् । दुर्घटनामा परि घाइते भएका तीन जनालाई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र भिङग्रीमा लगिएको प्रहरीले जनाएको छ । प्राथमिक स्वास्थय केन्द्र…

Read More

लक्ष्मण घिमिरे , अर्घाखाँची । नेकपा एमालेका सचिव टोप बहादुर रायमाझीले नेपालीलाई भुटानी शरणार्थी बनाउने प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको बताएका छन्। प्रहरीले रायमाझी र उनका छोरा सन्दिप विरुद्ध पक्राउ पुर्जी जारी गरेपछी उनले आफ्नो कुनै संलग्नता नरहेको प्रतिक्रिया दिएका हुन्। गृह जिल्ला अर्घाखाँची आएका रायमाझीले सन्धिखर्कमा नागरिकलाई संक्षिप्त प्रतिक्रिया दिंदै उनले आफूले कुनै गल्ती नगरेको बताएका छन्। प्रहरीले पक्राउ पुर्जी जारी गरेको सामाजिक संजाल मार्फत थाहा पाएको भन्दै उनले आफु आश्चर्यमा परेको बताए। ‘मलाई पक्राउ पुर्जी जारी गरेको कुरा थाहा छैन, रायमाझीले भने,‘सामाजिक संजालमा आएको छ, काठमाण्डौ गएर बुझ्छु।’ छोरा विरुद्ध पनि पक्राउ पुर्जी काटेको भन्ने सुनेको भन्दै उनले…

Read More

चितवन । चितवन-२ को प्रारम्भिक मतपरिणाम अनुसार एकपा एमालेले अग्रता लिएको छ। इच्छामनकामना-१ मा हालसम्म गनिएको ९७१ मतबाट एमाले अगाडि देखिएको हो। एमालेका रामप्रसाद न्यौपानेले ३ सय ६७ मत प्राप्त गरेका छन् भने उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले ३१९ मतले पछ्याइरहेका छन्। यसैगरी नेपाली काँग्रेसका जीत नारायण श्रेष्ठ २ सय ४४ मत लोयाएर तेश्रो स्थानमा रहेका छन्।

Read More

रुपन्देही । लुम्बिनी प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता डिल्ली चौधरीलाई मुख्यमन्त्री नियुक्त गर्न ५३ सांसदको हस्ताक्षरसहितको पत्र प्रदेश प्रमुखलाई पत्र बुझाइएको छ । संविधानको धारा १६८को २ अनुसार चौधरीलाई मुख्यमन्त्री नियुक्त गर्न नेपाली कांग्रेस, माओवादी केन्द्रसहित ८ दल र एक स्वतन्त्र सांसद खड्गबहादुर बस्नेतले हस्ताक्षर गरी प्रदेश प्रमुख अमिक शेरचनलाई पत्र बुझाएका छन् । हस्ताक्षर गर्नेमा नागरिक उन्मुक्ति पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा रहेका छन् । आजै माओवादीका तीनजना मन्त्रीहरुले पदबाट राजीनामा दिएर सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए । ८७ सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि ४४ जना…

Read More

अर्घाखाँची । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई अहिले चारैतिरबाट घेराबन्दी भएको बताएका छन् । एमाले नेतृत्वको सरकारले राम्रो काम गरेकाले अहिले सबैले घेराबन्दी गरेको उनले बताए । एमाले अर्घाखाँचीले आइतबार सन्धिखर्कमा आयोजना गरेको मिसन ग्रासरुट कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । ‘हामीविरुद्ध घेराबन्दी छ । एमालेले जतिबेला सरकारको नेतृत्व गर्ने मौका पायो त्यो बेला नै राम्रो काम गरेकाले अहिले चारैतिरबाट घेराबन्दी गरेका छन्,’ उनले भने, ‘अब अरु एकातिर, एमाले अर्काेतिर भए पनि आउँदो चुनावमा बहुमत सांसद जित्नुपर्छ । सुरुदेखि हालसम्म एमाले सरकारले देशको विकास र समृद्धिमा असाधारण काम गरेको छ ।’ एमालेको बढ्दो लोकप्रियता र जनलहरलाई…

Read More

बुटवल । बुटवलमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । दुर्घटनामा परि अर्घाखाँचीको पाणिनी गाउँपालिका घर भै हाल तिलोत्तमा नगरपालिका वडा न. ४ मा बस्दै आउनुभएका २० वर्षीय आविश्कार टण्डनको मृत्यु भएको हो । बुटवल उपमहानगरपालिका –१० स्थित हेराइजन चोकमा शुक्रबार बुटवलबाट भैरहवा तर्फ जाँदै गरेको लु ७२ प ७३९२ नम्बरको मोटरसाइकल सोही दिशाको लु १ क ५३२ नम्बरको बसमा ठोक्किएर अनियन्त्रित भएको थियो । उक्त बस तिलोत्तमा कलेजको हो । अनियन्त्रीत भएको सो मोटरसाइकले भैरहवाबाट बुटवल तर्फ आउँदै गरेका लु १७ प ३७६२ नम्बर र लु ६ प ६०२ नम्बरको मोटरसाइकलसँग…

Read More

काठमाडौं । रोजगारी लागि बेलारुस पुगेर अलपत्र भएका ९ जना नेपाली महिलालाई नेपाल फर्काइएको छ । शुक्रबार उनीहरुलाई नेपाल फर्काइएको हो । नेपाल फर्काइनेहरुमा सानुमाया तामाङ, कविता थापा मगर, अञ्जना मगर, रत्नमाया राई, पार्वती कितुङ, रमिता राई, सुस्मा तामाङ, मिना गुरुङ, मार्फा सोताङ राई रहेका छन् । उनीहरुले सामाजिक सञ्जाल टिकटकमा लाइभ गरेर आफूलाई एजेन्टले बलारुस पु¥याएर अलपत्र पारेको भन्दै उद्दार गर्न आग्रह गरेका थिए । त्यसपछि विभिन्न सञ्चार मिडियामा समाचार आएको थियो । स्वदेश फर्किएकी पीडित सानुमायाले बेलारुसमा आफूहरुले दैनिक १२ घण्टा काम गर्नुपरेको तर भनेको पारिश्रमिक नदिएको बताइन् । नेपालबाट जाँदा एजेन्टहरूले डलरमा पैसा दिने भनेपनि बेलारुसमा गएपछि…

Read More

कपिलवस्तु । बाल संरक्षण प्रवर्धन र हिंसा निवारणमा कृष्णनगर नगरपालिकाका जन प्रतिनिधि संग एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ l वडाध्यक्ष हरिपाल चतुर्वेदीको अध्यक्षता, कृष्णनगर नगरपालिकाको आयोजना तथा युनिसेफ नेपाल फिल्ड कार्यालय भैरहवा रूपन्देहीको सहयोगमा अभिमुखिकरण कार्यक्रम कृष्णनगर स्वास्थ्य चौकिमा संचालन भएको थियो l कार्यक्रममा कार्यक्रमको उद्देश्य तथ बाल संरक्षण प्रवर्द्धन र हिंसा नियन्त्रणमा जनप्रतिनिधिको भूमिका के के हुन सक्छ भन्ने बिषयमा युनिसेफका प्रकाश कैनिले प्रकाश पारेका थिए l कार्यक्रममा बालबालिकाको परिभाषा सहित बाल अधिकार, बाल संरक्षण, लैङ्गिक हिँसा र यसको प्रभाव, मनोसामाजिक समस्या र यसको निराकरणका बारेमा जनप्रतिनिधिहरु बिच छलफल गरियको थियो । बाल संरक्षण कसरी गर्ने, समाजमा…

Read More

काठमाडौं । मन्त्रिपरिषद्‍ बैठकले नेपाल प्रहरीको महानिरीक्षकमा बसन्त बहादुर कुँवरलाई नियुक्त गर्ने निर्णय गरेको छ। अहिले सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रहरीको नयाँ आइजीपीमा कुँवरलाई नियुक्त गर्ने निर्णय गरेको हो। अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्वर १ तुमकोट घर भएका कुँवर अशल, कुशल र इमान्दार प्रहरी प्रमुखका रुपमा चिनिन्छन । अहिले सामाजिक संजालमा उनका शुभचिन्तकहरुले बधाई तथा शुभकामना दिरहेका छ्न ।

Read More