Author: नेपाल राज्य
सन्धिखर्क । मालारानी गाउँपालिका वडा नं ५ बाँगी लाउरखत्री र खिर्राबटाको बीच भागको खोलामा पुल नबन्दा स्थानीयले सास्ती खेपेका छन् । स्थानीयहरु राजनितिक दल र तिनका नेताहरु प्रति आक्रोशित पनि बनेका छन् । टारी बाट लाउराखत्री पलसपाटा बाझेरी हुँदै भेडीराख्ने जोडिने उक्त बाटोको लाउरखत्री र खिर्राबटाको बीच भागमा रहेको खोलामा पुल नबन्दा उक्त बाटो भएर हिड्ने जनताहरूले बर्खाको समयमा अत्यन्तै दुःख खेप्नु परेको छ । टारी बाट भडार हुँदै भेडीराख्ने जाने बाटो भन्दा तल्लो बाटो दुरीको हिसावले पनि छोटो पर्न जान्छ तर पुल नबन्दा बर्खाको समयमा उक्त खोलामा बाईक सम्म पनि लान मुस्किल पर्ने एक युवाले बताए । उनी भन्छन्…
अर्घाखाँची । नेपाल कम्युनिस्ट पार्टी विप्लव अर्घाखाँचीले पालिका स्तरीय प्रथम सम्मेलन सनिवार सम्पन्न गरेको छ । सम्मेलन मार्फत अर्घाखाँचीका ६ वटा पालिकामा नेतृत्व चयन गरिएको हो । जसअन्तर्गत शन्धिखर्कमा गणेश पौडेलको नेतृत्वमा १५ सदस्यीय , शितगङ्गामा खेमराज पुनको नेतृत्वमा १३ सदस्यीय , भुमिकास्थानमा सुरज घर्ती मगरको नेतृत्वमा ९ सदस्यीय नगर कमिटी , मालारानीमा जिवलाल भुसालको नेतृत्वमा १३ सदस्यीय , छत्रदेवमा हरि प्रसाद पराजुलीको नेतृत्वमा ७ सदस्यीय र पाणिनीमा हरिलाल पोख्रेलको नेतृत्वमा ७ सदस्यीय गाउँपालिका कमिटीहरु गठन भएका छन् । सम्मेलनलाई प्रमुख अतिथिको रुपमा जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य संगमले एकीकृत जनक्रान्ति छिट्टै सफल हुने र त्यसको लागि निर्धक्क साथ लाग्नुपर्ने…
काठमाडौं– शनिवार काठमाडौमा भएको कार्यक्रम कांग्रस नेता लेखनाथ पोखरेलले संघीय सांसदको टिकटको लागि आफु अन्तिमसम्म प्रयास गर्ने र यदि टिकट नपाएमा जस्ले पाउँछ उसैलाई जिताउन लाग्ने उदघोष गरे । उनले तरुण दल अर्घाखाँची–काठमाडौ सम्पर्क समितिको अन्तरक्रिया कार्यक्रममा आफु प्रदेश सांसदमा चुनाव नलड्ने बताए । पोखरेल महिना दिनयता काठमाडौमा नेताकहाँ धाइरहेका छन् । उपसभामुख पुष्पा भुसाल चुनाव लड्छु भनेमा अरुले पाउने आशा छैन । भुसाल समानुपातिकतिर गएमा टिकट कस्ले ल्याउने भन्ने आँकलन गर्न सकिँदैन । भुसालले आफु नै उम्मेदवार बन्ने आफु निकटका कार्यकर्तालाई बताइएकी छिन् । ५ दलीय गठबन्धन भएपछि चुनाव जित्न सकिने कांग्रेस नेताको छ । संघीय सांसदको टिकट माग्न…
नेपाल राज्य संवाददाता अर्घाखाँची– प्रजातन्त्रप्राप्ति पछि कांग्रेस, कम्युनिष्ट र राजावादी नेताहरु राज्यसत्ता तथा पाटी नेतृत्वमा अर्घामै जन्मिएका नेता पुगेका छन् । पाटीको जिल्ला देखि केन्द्र र मन्त्री, सांसदसम्म अर्घा गाउँकै रजगज छ । को–को छन् त अर्घाका ? टोपबहादुर रायमाझी हाल नेकपा (एमाले) का केन्द्रीय सचिव टोपबहादुर रायमाझी अर्घामै जन्मिएका हुन । माओवादी जनयुद्धमा पश्चिम कमाण्ड इन्चार्ज भएर काम गरेका उनी शान्ति प्रक्रियापछि पहिलो, दोस्रो संविधानसभा चुनावमा विजयी भए । माओवादी पाटीको केन्द्रीय सचिवसम्म भए । २०७४ को चुनावमा वाम गठबन्धनमा एमालेको सहयोगमा तेस्रो पटक सांसद जिते । पटकपटक मन्त्री, संसदीय दलको उपनेता र उपप्रधानमन्त्री बनेका उनी माओवादीमा डा.बावुराम भट्टराईका…
काठमाडौँ — नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको निधन भएको छ । घाँटीको क्यान्सरबाट पीडित गिरीको मेडिसिटी अस्पतालमा उपचारको क्रममा शनिबार निधन भएको हो । गिरीको उपचारमा संलग्न मेडिसिटी अस्पतालका क्यान्सर रोग विशेषज्ञ पंकज वर्मनका अनुसारशनिबार राती ९.३० बजे उनको निधन भएको हो । करिब पाँच वर्षअघि देखि नेता गिरीलाई घाँटीको क्यान्सरले सताएको थियो । उनले भारतमा उपचार गरेका थिए । त्यसयता उनी पटक–पटक उपचारका लागि भारत जाने र आउनेक्रम चलिरहेको थियो । यसपटक पनि लामो उपचारपछि नेपाल फर्किएका गिरी साउन पहिलो साता ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पताल भर्ना भएका थिए । घाँटीको क्यान्सरको संक्रमण शरीरका अन्य भागमा समेत फैलिएपछि शुक्रबारदेखि भेन्टिलेटरमा राखेर उनको उपचार…
काठमाडौं– नेकपा (माओवादी) केन्द्रको बैठकले पदाधिकारी चयन गरेको छ । काठमाडौमा बसेको बैठकले यी नेतालाई पदाधिकारीमा जिम्मेवारी तोकेको छ । अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष कृष्णबहादुर महरा, महासचिव देव गुरुङ रहेका छन् । त्यस्तै सचिवमा जनार्दन शर्मा, हरिबोल गजुरेल, वर्षमान पुन, पम्फा भुसाल, गिरिराजमणि पोखरेल, मात्रिका यादव र शक्ति बस्नेत रहेको छन् । सचिवमा डिलाराम आचार्य, गणेश शाह, लिलामणि पोखरेल, हितराज पाण्डे, हितमान शाक्य, राम कार्कीको नाम पारित भएको छ । कोषाध्यक्षमा केन्द्रीय कार्यालय सचिव श्रीराम ढकाललाई बनाइएको छ ।
धातिवाङ्ग-रूपन्देही सम्पर्क समाजले तिजमिलन कार्यक्रम सम्पन्न गरेकाे छ । बुटवलमा भएकाे तिजमिलन तथा जनप्रतिनिधि सम्मान कार्यक्रममा बाेल्दै पाणिनि गाउँपालिका अध्यक्ष टेकराज न्याैपानेले गाउँपालिकाकाे विकासका लागि सम्पर्क समाजकाे महत्त्वपूर्ण भुमिका हुने बताए । उनले गाउँपालिकामा आर्थिक वर्ष २०७९/०८० काे बजेट सभामा पेश भएपनि पास हुन नसकेकाेले विकास निर्माणका गतिविधि अगाडि बढाउन नसकेकाे बताए । कार्यक्रममा पाणिनि-६ का वडा अध्यक्ष कृष्णप्रसाद पाैडेलले धातिवाङ्गकाे विकासका लागि सम्पर्क समाजले सामाजिक क्षेत्रमा कार्य गर्न सक्ने बताए । पाैडेलले धातिवाङ्गकाे विकासका लागि चालु आर्थिक वर्षमा भएका बजेटकाे जानकारी गराउँदै नमुना वडा बनाउन जनप्रतिनिधिकाे पहल रहेकाे बताए । कार्यक्रममा कार्यपालिका सदस्य तारा पाैडेलले हरितालिका तिजकाे शुभकामना व्यक्त…
शोभाखर पन्थी अर्घाखाँची नेकपा एमालेका जिल्ला अध्यक्ष पीताम्बर भुसालले महिला अधिकारको सुनिश्चितता नेकपा एमाले बाट मात्र संभव हुने बताउनुभएको छ । अखिल नेपाल महिला संघ (अनेमसंघ) अर्घाखाँची द्वारा सन्धिखर्कमा आयोजित दुई दिने प्रशिक्षण कार्यक्रममा मन्तव्य राख्दै उहाँले नेकपा एमालेको सरकारले मात्रै महिला अधिकार सुनिश्चित गर्ने भन्दै एमालेको पक्षमा जनमत सिर्जना गर्न महिलाहरूलाई आग्रह गर्नुभयो । वर्तमान परमादेश सरकारका कारण मुलुक गम्भीर संकटमा फसेको भन्दै उहाँले आसन्न निर्वाचनमा नेकपा एमालेलाई विजयी गराउनुपर्ने बताउनुभयो । सरकार हरेक क्षेत्रमा असफल रहेको भन्दै नेता भुसालले राष्ट्रिय स्वाभिमान माथि आँच पुर्याएको,महंङ्गी नियन्त्रण गर्न नसकेको ,भ्रष्टाचारलाई प्रोत्साहन गरेको ,अनियमितता र ढिलासुस्ती बढेको आरोप लगाउनु भयो ।…
काठमाडौं– नेकपा (माओवादी) केन्द्रको बैठकले केन्द्रीय सचिवमा अर्घाखाँची अर्घामा जन्मिएका डिलाराम आचार्यलाई जिम्मेवारी दिएको छ । २०५६ सालमा तत्कालिन अर्घाखाँची निर्वाचिन क्षेत्र १ बाट सांसदमा विजयी भएका थिए । एमालेको सहयोगमा सांसद भएका थिए । उनी राष्ट्रिय जनमाेचाका महासचिव भए । शान्ति प्रक्रियापछि माओवादीमा प्रवेश गरेका थिए । त्यसपछि पाटी अध्यक्ष पुष्पकमल दाहाल नजिक भएका पाटी संगठनमा काम गर्दै आएका छन् । आज काठमाडौमा बसेको पाटी बैठकबाट उनलाई सचिव पदको जिम्मेवारी दिइएको हो । आचार्य माओवादी केन्द्रमा लोकप्रिय नेता हुन । उनको भाषण तर्क संगत हुने गर्छ ।
तरुण दल अर्घाखाँची–काठमाडौ सम्पर्क समितिको बृहत अन्तरक्रिया ‘कांग्रेस उम्मेदवारलाई जिताउन सबै एकजुट होऔं’
काठमाडौं– कांग्रेसको भातृ संगठन नेपाल तरुण दल अर्घाखाँची–काठमाडौं सम्पर्क समितिको आयोजनामा काठमाडौमा बृहत भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल सांस्कृतिक संघको सभाहलमा भएको बृहत कार्यक्रममा आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा कांग्रेस उम्मेदवार जिताउन तरुण दल कटिबद्ध भएर लाग्ने प्रतिबद्धता बोल्ने वक्ताहरुले जनाएका छन् । दलका अध्यक्ष विकास खनालले आउँदो चुनावमा गठबन्धन र कांग्रेस उम्मेदवारलाई जिताउन तरुण दल एक भएर लाग्ने प्रतिबद्धता जनाए । कार्यक्रमका प्रमुख अतिथि कांग्रेस पूर्वकेन्द्रीय सदस्य तथा संघीय सांसद मानबहादुर विश्वकर्माले देशभर ५ दलीय गठबन्धन भएर चुनाव लड्ने भएकाले अर्घाखाचीमा कांग्रेस र गठबन्धनका उम्मेदवारलाई जिताउन सबै लाग्नुपर्ने बताए । तीन…
