Author: नेपाल राज्य
असलम अलि, अर्घाखाँची। अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वार्ड नम्बर ४ मा रहेकोे महेन्द्र विद्याबोध माध्यमिक विद्यालयको कार्यालयमा विद्यार्थीले ताला लगाइ दिएका छ्न । अङ्ग्रेजी शिक्षक नहुदा उक्त विद्यालयमा बिगत २ महिना देखि अङ्ग्रेजी विषयको पढाइ नभएको विद्यार्थी ले बताएका हुन । व्यवस्थापन समिति अध्यक्ष पितम्बर खनाल लाई पटकपटक भन्दा चासो नदिएको विद्यार्थीको गुनासो रहेको छ । दुई महिना अघि छ्त्रदेव गाउँपालिका कार्यलयमा ज्ञापन पत्र बुझाए पनि अहिले सम्म कुनै चासो नदिएको विद्यार्थीले गुनासो गरेका हुन ।
रूकुम । रूकुम पश्चिम जिल्ला चाैरजहारी नगरपालिका वडा नं. ११ डाडागाँउ सर्केनामा निवासी बिष्णु के.सी. बिगत ३ वर्ष देखि बैदेशिक राेजगारमा छन् । पाँचलाख रूपैया ऋण खाेजेर घर बनाएका के.सी.काे ३ लाख रूपैया ऋण तिर्न बाँकी छदै कार्तिक १७ गतेकाे भुकम्पले उनकाे घर क्षतबिक्षत बनायाे । घरमा मान्छे बस्न नसक्ने भयाे, गाेठ समेत क्षतबिक्षत भयाे, संयाेगले कसैले ज्यान गुमाउन परेन । ३ जना छाेराछाेरी सहित घर संहालेकि बिष्णुकाे श्रीमती लेलिना के.सी. लाई आपत आइपर्याे । घरमा बस्न सक्ने अबस्था भएन् । छरछिमेकका सबै घर क्षतबिक्षत भएकाे आश्रय कतै भएन् । लेलिना के.सी. आफ्ना तीन जना बच्चा लिएर रातकाे समयमा करिब…
अर्घाखाँची । कांग्रेस महामन्त्री गगन थापाले वर्तमान व्यवस्थाको विकल्प खोज्नेतिर लागेमा फेरि अर्को जुनी खेर जाने बताए । पछिल्लो समय नागरिकमा आक्रोश, भ्रम र निराशा भएकाले त्यसलाई सरकारले सम्बोधन गर्नुपर्ने उनको भनाइ थियो। कांग्रेस अर्घाखाँचीको प्रथम अधिवेशनलाई शुक्रबार सन्धिखर्कमा सम्बोधन गर्दै थापाले नेपालमा एउटै व्यक्ति चार/पाँच पटक प्रधानमन्त्री हुनुले जनतामा राम्रो परिणाम दिन नसकेको बताए । वर्तमान र भूतपूर्व प्रधानमन्त्रीहरुले अब हामी प्रधानमन्त्री हुँदैनौं भनेर निर्णय गरेमा सबै समस्या समाधान हुने थापाको तर्क छ । ‘कसैको गल्तीको भारी व्यवस्थालाई बोकाएर हुँदैन,’ उनले भने, ‘खानेपानीको, बाटोको बजेट माग्ने केन्द्रका सांसदलाई होइन, त्यो स्थानीय र प्रदेश सरकारले सम्बोधन गर्ने गरी अधिकार दिनुपर्छ…
अर्घाखाँची । नेकपा एमाले अर्घाखाँची उपसचिव शम्भु प्रसाद पाेख्रेल नेतृत्वको टोली भूकम्प प्रभावित रुकुम पश्चिममा पुगेका छ्न । नेकपा एमाले जिल्ला कमिटी उपसचिव शम्भु प्रसाद पाेख्रेल काे नेतृत्वमा कार्यालय सचिब लिला बि.क.सहित १५ जनाकाे युवा स्वयंसेवक टाेली पून निर्माणका लागि अर्घाखाँची देखि मंगलबार हिडेका थिए । रूकुम पश्चिम चाैरजहारी नगरपालिका वडा नम्बर ११ खाेलागाउँ माथि सर्केनाका निवासी भुकम्प प्रभावित लेलिना के.सी.काे अस्थायी आवास निर्माण गरि शुक्रबार हस्तान्तरण गरेको कार्यालय सचिब लिला बि.क.ले जानकारी दिएका हुन । नेकपा एमालेले जाजरकोट र पश्चिम रुकुमका भूकम्प प्रभावितहरूका लागि अस्थायी टहरा निर्माण गरी पुनःस्थापनाको कामका लागी सनिश्चवार देखि स्वयंसेवक परिचालन गरेको थियो।
दमाम । साउदी अरबको दमाममा राहदानी आवेदन सङ्कलन शिविर सञ्चालनको पहिलो दिन शुक्रबार ४०३ जनाले आवेदन दिएका छ्न । अल फैसलिया दमाममा तीन दिन सम्म सञ्चालन शिविरले नेपाली श्रमिकहरु लाई पासपोर्ट नविकरण गर्न सहज भएको गैरआवासीय नेपाली संघ,अन्तर्राष्ट्रिय समन्वय परिषद मध्यपूर्व संयोजक राजेन्द्र अर्यालले जानकारी दिएका हुन । शुक्रबार राहदानी लिन बाँकी रहेका पूर्वी क्षेत्रका दमाम, जुबेल, अलहासा, खोबर, कतिफ लगायतको स्थानका आवेदकहरुको ७१५ वटा राहदानी वितरण समेत गरेको थियो । साउदिमा नेपाली श्रमिकहरूलाई राहदानी बनाउनकै लागि दूतावास धाउन अनेकौं समस्या हुने गरेको भन्दै उनीहरूलाई पायक पर्ने स्थानबाट राहदानी सम्बन्धी सेवा दिएको दूतावासले जनाएको छ । नेपाली दूतावास टाढा हुँदा…
नेपाल राज्य संवाददाता अर्घाखाँची– छत्रदेव गाउँपालिका–७ डाँडाखर्कस्थित खरबारीमा चार वर्षीया बालिका बलात्कृत भएकी छिन् । बालिकालाई गुल्मी रेसुंगा नगरपालिका–१० सिखेधारा गाउँका २५ वर्षीय रामबहादुर घर्ती थापाले २२ गते फकाएर जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ । उजुरीको आधारमा बिहीबार प्रहरीले गुल्मी र अर्घाखाँचीको सीमाना डाँडाखर्कबाट पक्राउ गरेको प्रहरी निरक्षक विक्रम रिजालले बताए । पक्राउपछि उनलाई ९ जिल्ला अदालतमा ९ दिनको म्याद थपेर थप अनुसन्धान भैरहेको छ । खरबारीमा बालिकालाई फकाएर थापाले जबरजस्ती करणी गरेका थिए ।
नेपाल राज्य संवाददाता अर्घाखाँची– सन्धिखर्क नगरपालिका कार्यकालिका प्रवक्तामा मोतीजंग रायमाझी नियुक्ती भएका छन् । वडा नम्बर २ का अध्यक्ष रायमाझी एमाले जिल्ला कमिटी सदस्य हुन । दुई पटक वडाअध्यक्षमा निर्वाचित रायमाझीलाई नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले प्रवक्ताको जिम्मेवारी दिएका हुन ।
लुम्बिनी , २५ असोज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले संघीयता प्रतिको जनताको निरासा हटाउने गरि सरकारले काम गर्नु पर्ने बताउनु भएको छ । उहाँले तिनै तहका सरकारले पूर्ण अधिकार प्रयोग गरि जनता प्रतिको विश्वास बढाउनु पर्ने र संघीयता प्रति बढेको निरासा कम गराइ संघीयता र संबिधान प्रतिको विश्वास बढाउनु पर्ने बताउनु भयो । अधिकार सबैले प्रयोग गरौ, जनताको विस्वास हराउन दिनु हुदैन, उहाँले भन्नु भयो, संघियतामा विकास, नेतृत्वमा प्रतिस्पर्धा गरौ र जनताको पहुच बढाउ । तर आलोचना र चुनौतिमा मात्रै अलमल नगरौ । बिहीबार लुम्बिनीमा भएको संघियता कार्यान्वयन्मा योजना तर्जुमा र विकास व्यबस्थापन सम्बन्धि अन्तर प्रदेश अनुभव आदन…
२०८० असोज २५ गते प्रकाशित अर्जुन थापा नयाँ दिल्ली – भारतको बिहारमा रेल दुर्घटना भएको छ । गएराति भएको दुर्घटनामा एक बालिकासहित चार जनाको ज्यान गएको छ भने १०० जाना भन्दा धेरै घाइते भएको बिहार प्रहरी प्रशासनले जानकारी दिएको छ । दुर्घटनामा परेका मध्य २० जानाको हालत गम्भीर रहेको प्रशासन ले जानकारी दिएको छ उनि हरु लाइ पटना एम्स हस्पिटल मा रिफर गरेको छ भने अरु घाइते लाइ स्थानीय अस्पतालमा उपचार भइरहेको छ । दिल्लीको आनन्द बिहारबाट कामाख्या जाँदै गरेको रेल दुर्घटना भएको हो । रेलका १२ वटा डिब्बा लिकबाट उछिट्टिएका छन् । दुर्घटनापछि यूपी, बिहार,बङ्गाल रुटका झण्डै डेढ दर्जन रेलको…
काठमाडौं- सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०७९ मार्फत सहकारी ऐन २०७४ मा संशोधन गरेर व्यक्तिगत बचतको सीमा तोक्ने गरी राखिएको व्यवस्था हटाइएको छ । संघीय संसद् प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको आजको बैठकले विधेयक माथि छलफल गर्दै उक्त दफा हटाउने निर्णय गरेको सभापति विमला सुवेदीले जानकारी दिइन् । त्यस्तै, सीमा नाकाभन्दा तीन किलोमिटर दूरीभित्र बनेका क्यासिनो तीन वर्षभित्रमा पाँच किलोमिटर दूरी बाहिर सारिसक्नुपर्ने तथा नयाँ बन्ने क्यासिनोका लागि सीमावर्ती क्षेत्रभन्दा पाँच किलोमिटर बाहिर मात्र बन्नसक्ने गरी इजाजत दिने व्यवस्था विधेयकमा राखिएको उनले बताइन् । समितिद्वारा गठित उपसमितिले दिएको…
