अर्घाखाँची ।
नेकपा एमाले अर्घाखाँची उपसचिव शम्भु प्रसाद पाेख्रेल नेतृत्वको टोली भूकम्प प्रभावित रुकुम पश्चिममा पुगेका छ्न ।
नेकपा एमाले जिल्ला कमिटी उपसचिव शम्भु प्रसाद पाेख्रेल काे नेतृत्वमा कार्यालय सचिब लिला बि.क.सहित १५ जनाकाे युवा स्वयंसेवक टाेली पून निर्माणका लागि अर्घाखाँची देखि मंगलबार हिडेका थिए ।
रूकुम पश्चिम चाैरजहारी नगरपालिका वडा नम्बर ११ खाेलागाउँ माथि सर्केनाका निवासी भुकम्प प्रभावित लेलिना के.सी.काे अस्थायी आवास निर्माण गरि शुक्रबार हस्तान्तरण गरेको कार्यालय सचिब लिला बि.क.ले जानकारी दिएका हुन ।
नेकपा एमालेले जाजरकोट र पश्चिम रुकुमका भूकम्प प्रभावितहरूका लागि अस्थायी टहरा निर्माण गरी पुनःस्थापनाको कामका लागी सनिश्चवार देखि स्वयंसेवक परिचालन गरेको थियो।