Author: admin

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बुधबार बस्दैछ । मंगलबार स्थगित भएको बुधबार दिउँसो १ बजेका लागि तय भएको बैठकलाई महत्वका साथ हेरिएको छ । माओवादी केन्द्रभित्र पेचिलो बनेको पदाधिकारी चयनको विषयमा आजको बैठकमा छलफल हुने अपेक्षा गरिएको छ।  केन्द्रीय समिति बैठकमा पदाधिकारी चयन तत्काल गरिनुपर्ने भन्दै सदस्यहरुले दवाव दिएपछि प्रचण्डले मंगलबारको बैठक स्थगित गरेर आन्तरिक छलफल गरेका थिए । खुमलटास्थित प्रचण्ड निवासमा भएको पूर्वस्थायी समितिको बैठकले पदाधिकारी चयनका लागि निर्णय लिने जिम्मेवारी अध्यक्षलाई दिएको थियो । सो अनुसार उनले आकांक्षीहरुसँग छलफल गरेर आजको बैठकमा पदाधिकारीमा रहनेहरुको नाम प्रस्ताव गर्ने  बताइएको छ । नेता गिरिराजमणि पोखरेलले प्रचण्डलाई पदाधिकारीको टुंगो लगाउन जिम्मेवारी…

Read More

अहिले सुर्खेतको वीरेन्द्रनगरस्थित इत्राममा मौरीका ८४ वटा घार छन्। कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयअगाडि खाली जग्गामा राखिएका ती घार कुनै किसानको व्यवसाय भने होइन। ती मौरीका घार हुन् बराहताल गाउँपालिका–५ स्थित जनज्योति माध्यमिक विद्यालयका। मौरीपालनका हेरालु चेतन चालिसेका अनुसार यी घार बड्डीचौरबाट केही महिनाअघि सुर्खेत सारिएका हुन्। ‘अरिंगालबाट सुरक्षित राख्न मौरीका घार वीरेन्द्रनगर ल्याइएको हो,’ उनले भने, ‘बड्डीचौरमा मौरी राखिएको ठाउँमा धेरै जंगल भएकाले बर्खाको मौसममा अरिंगालले बढी सताउँछ।’ विद्यालयका सय घारमध्ये केही चाहिँ बड्डीचौरमै छन्। सुर्खेतमा ल्याइएका यी मौरी अझै केही महिना यतै रहनेछन्। जनज्योति माध्यमिक विद्यालयले व्यावसायिक रूपमा मौरीपालन गरेको दस वर्ष भयो। स्कुलमा प्राविधिक विषय सुरू गर्न सहयोगार्थ…

Read More

विवादमा परेका अर्थमन्त्री जनार्दन शर्माले बुधबार संसदमा आफ्ना कुरा राख्ने भएका छन्। प्रतिनिधि सभाको बैठक अहिले ११ बजे बस्दैछ। सोही बैठकमा शर्माले आफ्ना कुरा राख्न लागेको उनीनिकट स्रोतले जानकारी दियो।

Read More

नेपालले १३ औं दक्षिण एसियाली खेलकुद सागमा उनकै नेतृत्वमा ऐतिहासिक रजत पदक जितेको थियो । उनले नेपाल भलिबल संघ र नेदरल्यान्ड्स भलिबल संघको सहकार्यमा पहिलो पटक औपचारिक रुपमा विदेशी प्रशिक्षण लिने मौका पाएकी हुन् । राष्ट्रिय टिमबाट सेटर पोजिसनमा खेल्ने अरुणाले नेदरल्यान्ड्समा ३५ दिन यसैसम्बन्धी विशेष प्रशिक्षण लिएकी हुन् । सन् २०१४ मा राष्ट्रिय टिमबाट डेब्यू गरेयता उनले आफ्नो पोजिसनमा विशेष प्रशिक्षण लिन पाउँदा मनोवैज्ञानिक रुपमा सवल महसुस गरेको बताइन् । भलिबल संस्कृतिमा उच्चस्थानमा रहेको नेदरल्याण्ड्सको सिकाइले नेपाली राष्ट्रिय टिमका लागि ठूलो सहयोग मिल्ने विश्वास अरुणाको छ । ‘हाम्रो नेपाली टिममा सबैभन्दा कमजोर पोजिसन थियो, म आफैंले अनुभवका कमीका कारण…

Read More

धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले बजेट निर्माणमा एकलौटी गरेको भन्दै नेकपा एमालेले विरोध जनाएको छ । अगामी आर्थिक वर्ष २०७९/८० का लागि ल्याइएको बजेटमाथि छलफल गर्न सोमबार बसेको नगरसभा बैठकमा मेयर हमाल र प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले एकलौटी गरेको र आफूहरुलाई बाइपास गरेको भन्दै एमालेको विरोध जनाएको हो । नगरसभा बैठकमा बोल्दै एमालेबाट निर्वाचित उपमेयर कन्दकला रानाले योजना तर्जुमादेखि कार्यालयका अन्य कामकाजमा मेयर हमालले कुनै समन्वय नगरेको गरेको आरोप लगाइन् । ‘धनगढी उपमहानगरपालिका कसैको प्राइभेट कम्पनी होइन । मेयर साबले एकलौटी गर्नुभएको छ । योजना तर्जुमा हामीलाई वाइपास गरिएको छ’, रानाले भनिन्, ‘उहाँले गरेका हरेक राम्रा काममा हाम्रो साथ…

Read More

कोशी अस्पताल विराटनगरको नाम दुरुपयोग गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई पत्राचार गर्न अस्पतालले स्थानीय प्रशासनलाई पत्राचार गरेको छ । कोशी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा चिकित्सकहरूले सोही अस्पतालको नाम राखेर बाहिर क्लिनिक सञ्चालन गरेको पाइएपछि त्यसलाई कारबाहीको दायरामा ल्याउन अस्पतालले प्रशासनलाई पत्र पठाएको हो । अस्पतालका मेडिकल सुपरिडेण्डेन्ट डा.यज्ञराज खरेलले अस्पतालको नाम दुरूपयोग गरी क्लिनिक सञ्चालन गरेको भन्दै त्यसलाई अनुसन्धान गरेर आवश्यक कारबाही गर्न जिल्ला प्रशासन कार्यालय मोरङलाई पत्र पठाएका हुन् । आइतवार मेसु डा. खरेलले प्रशासनलाई लेखेको पत्रमा लेखिएको छ ‘कोशी अस्पतालको नाम बोर्डमा अनधिकृत रूपमा राखी बाहिर निजी क्लिनिक सञ्चालन गरिरहेका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई आवश्यक कारबाही हुनका लागि अनुरोध छ…

Read More

बालबालिकालाई लगाइने कोरोना भाइरस विरुद्धको खोपको करिब २३ लाख मात्रा नेपाल आइपुगेको छ। कोभ्याक्स सुविधामार्फत ‘फाइजर बायोएनटेक’ खोप नेपाल आइपुगेको स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखाप्रमुख सुरेन्द्र चौरसियाले बताए।

Read More

काठमाडौं बुद्धनगरस्थित केएमसी स्कुलको होस्टलमा मृत फेला परेकी एक कर्मचारीको शव उठाउने सहमति भएको छ। काभ्रे, तेमाल गाउँपालिका घर भएकी २१ वर्षीया रमा रायमाझी शनिबार राति पौने ८ बजे स्कुलको गर्ल्स होस्टलमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन्।

Read More

नेपाली काँग्रेसमा डा.शेखर कोइराला समूहले विद्रोहको चेतावनी दिएको छ । बिहीबार बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा बसेको कोइराला पक्षको बैठकले पार्टीभित्र सभापति शेरबहादुर देउवाले एकलौटी गरेको भन्दै कोइराला समूहले विद्रोहको चेतावनी दिएको हो । बैठकपछि बोल्दै कांग्रेस नेता चन्द्र भण्डारीले भेलामा रचनात्मक बिद्रोह (कन्स्ट्रक्टिभ रिभोल्ट) गर्नुपर्ने कुरा समेत उठेको बताए । उनले कस्तो खालको विद्रोहको गर्ने र आगामी कदम के हुने भन्ने बारेमा शुक्रबारको बैठकले टुंगो लगाउने बताए । यस्तै बैठकले पार्टी सभापति शेरबहादुर देउवाले एकलौटी गरेको निष्कर्ष निकालेको छ  । बैठकले देउवाले महाधिवेशनपछिको प्रतिवद्धता विपरित एकलौटी रुपमा अघि बढेको निकालेको हो । पार्टीमा छलफल र सरसल्लाह गरेर अघि बढ्छु भनेर देउवाले…

Read More

शिक्षाको नाममा विदेशिने रकम तीन खर्ब रूपैयाँभन्दा बढी भइसकेको छ। राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार पछिल्लो एक दशकमा शिक्षाका लागि दुई खर्ब ६७ अर्ब रूपैयाँ बाहिरिएको छ। चालु आर्थिक वर्षको दस महिनामा मात्रै ५१ अर्ब ३३ करोड रूपैयाँ बाहिरिएको छ। अघिल्लो दस वर्षको रकमा यो दस महिनाको समेत जोड्दा तीन खर्ब रूपैयाँभन्दा धेरै बाहिरिएको देखिन्छ। पछिल्लो समय मुलुकको विदेशी मुद्रा सञ्चिति दबाबमा परेको छ। योसँगै कतिपयले शिक्षा लिनकै लागि बाहिरिने रकम रोक्न यसमा कडाइ गर्नुपर्ने तर्क गरिरहेका छन्। अर्थविद् डाक्टर अच्युत वाग्ले यसरी रकम बाहिरिनु हाम्रो अर्थतन्त्रका निम्ति राम्रो नहुने बताउँछन्। ‘स्नातकोत्तर वा सोभन्दा माथिको अध्ययनका लागि विदेश जानु ठिकै हो। तर सोभन्दा कम तहको शिक्षा दिन…

Read More