Author: admin
डडेल्धुराको गौडेश्वर मावि बेलापुरमा नयाँ शैक्षिक सत्रको पठनपाठन सुरु भएको एक महिना पुरा भएको छ । तर, विद्यार्थीहरूको हातमा अहिलेसम्म पनि पाठ्यपुस्तक पुग्न सकेको छैन । विद्यालयका प्रधानाध्यापक दानबहादुर बोहराका अनुसार ५० जना भन्दा बढी विद्यार्थी रहेको कक्षा ७ मा जम्मा २५ सेट पुस्तक पुगेको छ । ४५ जना विद्यार्थी रहेको कक्षा ६ का विद्यार्थीहरूले अहिलेसम्म नयाँ किताब कस्तो छ, देख्न पाएका छैनन् कक्षा ६ का विद्यार्थीहरू यस अघिका पुराना किताब पढिरहेका छन् । तर, त्यो पनि प्रयाप्त छैन । कक्षा ५ मा पनि त्यस्तै छ । विद्यार्थीहरू पढ्न जान थालेको एक महिना पुरा भयो तर, किताब पाएका छैनन् ।…
निजी क्षेत्रबाट सञ्चालित ७८ वटा कलेज नर्सिङका विद्यार्थी पढाउनबाट वञ्चित भएका छन् । चिकित्सा शिक्षा ऐनको व्यवस्थाअनुसार ती कलेज बन्द भएका हुन् । ऐनमा नर्सिङ कलेज सञ्चालन गर्न १०० शय्याको अस्पताल अनिवार्य हुनुपर्ने व्यवस्था छ । १०० शय्याको अस्पताल बनाउन नसकेका कलेज बन्द भएका हुन् । उनीहरूले गत वर्ष विद्यार्थी भर्ना गर्न पाएनन् । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) बाट सम्बन्धन लिएका ती कलेज बन्द हुँदा तीन हजारभन्दा बढी विद्यार्थी नर्सिङ पढ्नबाट वञ्चित भएका छन् । source: ratopati
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाली चलचित्र क्षेत्रलाई विशिष्ट उद्योगको रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । चलचित्र विकास बोर्डको २२औं वार्षिकोत्सवको अवसरमा बिहीवार आयोजित कार्यक्रममा सरकारका प्रवक्ता कार्कीले चलचित्र क्षेत्रलाई विशिष्ट उद्योगको रुपमा विकास गर्ने उद्देश्यअनुरूप मन्त्रालयले त्यससँग सम्बन्धित ऐन/कानुन, आर्थिक लगायत संरचना तयार गरिरहेको बताए । नेपाली चलचित्र क्षेत्रमा चलचित्रकर्मीले गरेको योगदानको कदर गर्दै चलचित्रकर्मीको सेवा सुविधामा वृद्धि गरी सो क्षेत्रलाई सबैको आकर्षक र अवसरको क्षेत्रको रूपमा विकास गर्ने मन्त्री कार्कीले बताए । उनले भने, ‘चलचित्र क्षेत्रमा पछिल्लो समयमा विकसित प्रविधिको प्रयोगसँगै ७७ वटै जिल्लामा चलचित्र छायांकनस्थल निर्माण गर्ने तयारी भइरहेको छ, यो कार्यले छिट्टै पूर्णता…
बलिउड अभिनेता वरुण धवन र अभिनेत्री कियारा आडवाणी स्टारर ‘जुग जुग जियो’ले बक्स अफिसमा आक्रामक व्यापार गरेको छ । विश्वभर यस चलचित्रले १ सय करोडको आँकडा पार गरेको बताइएको छ । चलचित्रमा अनिल कपूरले समेत भूमिका निभाएका छन् । चलचित्र सय करोड क्लबमा समावेश भएपछि वरुण र अनिलले सामाजिक सञ्जालमा पोस्ट गरेका छन् । ट्रेड एनालिस्ट तरण आदर्शले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै यस चलचित्रले ९ दिनमा इण्डियामा मात्रै ४.७५ करोड भारतीय रुपैयाँ कमाएको बताएका छन् । चलचित्र १ सय ५ करोड बजेटमा निर्माण गरिएको थियो । चलचित्रले अहिलेसम्म इण्डियामा ६६.४४ करोड भारु कमाएको बताइएको छ ।
चलचित्र ‘कृष्ण–लीला’ को ‘ए मेरो हजुर..’ बोलको नयाँ गीत शुक्रबार सार्वजनीक गरिएको छ । दीपक वली निर्देशीत चलचित्रको गीतमा रवि ओड र सुनीता कार्कीको स्वर,डा. डिआर उपाध्यायको शब्द र बाबुल गिरीको संगीत छ । उत्सव दाहालको छायांकन र माइकल चन्दको कोरियोग्राफी रहेको गीत राजधानीको बिश्वज्योति हलमा आयोजीत प्रेसमिटमा प्रदर्शन गरिएको हो । आरआर फिल्मस्को ब्यानरमा रोहित कट्टेलको प्रस्तुति र रत्न श्रेष्ठ कार्यकारी निर्माता रहेको चलचित्रको गीतमा पुष्प खड्का र श्रद्धा क्षेत्री फिचर छन् । गीत मनाङ जिल्लाको तिलिचो ताल र त्यसभन्दा माथिको करिब ५२ सय मिटर उचाइको रमणीय स्थलमा खिचिएको हो ।
कवि तथा चर्चित गीतकार बसन्त चौधरीले २०७८ सालका लागि ‘छिन्नलता गीत पुरस्कार’ पाउने भएका छन् । गीत रचनाको विधातर्फको पुरस्कार तथा सम्मान चर्चित गीतकार चौधरीलाई प्रदान गर्ने छिन्नलता गीत पुरस्कार गुठीले निर्णय गरेको हो ।गुठीका अध्यक्ष प्रा.डा. वासुदेव त्रिपाठीको सभापतित्वमा सम्पन्न गुठीको साधारणसभाले २०७६, २०७७ र २०७८ सालका छिन्नलता गीत पुरस्कार तथा सम्मानहरूका लागि विभिन्न साहित्यिक तथा सांगीतिक क्षेत्रका व्यक्तित्वहरूको नाम छनौट गरेको छ । २०७८ सालको छिन्नलता पुरस्कार पाउनेमा गीतकार चौधरीसहित संगीत रचनातर्फ आनन्द राई र गायनतर्फ पवित्र सुब्बा रहेका छन् । यो वर्षका लागि लोकप्रिय युवा प्रतिभाको पुरस्कार गायिका एलिना चौहानले पाउने छिन् भने विशेष सम्मान वरिष्ठ संगीतकार…
कालिकोटको तिलागुफा नगरपालिका ९, १० र ११ मा जिल्ला स्वास्थ्य सेवा कार्यालयले निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गरेको छ । स्वास्थ्य शिविरबाट चार सय ७३ जनाले सेवा लिएका छन् । जिल्ला स्वास्थ्य सेवा कार्यालयका स्वास्थ्य सेवा व्यवस्थापक डा. रत्नवीर सुनारका अनुसार विशेषज्ञ स्वास्थ्य सेवाअन्तर्गत ४३ महिलाको पाठेघरको मुखको क्यान्सरको परीक्षण, ४६ जनाको दाँतको उपचार, २७ जनाको भिडियो एक्स–रे र ६ पुरुषको बन्ध्याकरण गरिएको छ । सो क्रममा ३५० जनालाई औषधि वितरण गरिएको कार्यालयका सूचना अधिकारी कटबहादुर महतले जानकारी दिए । स्वास्थ्य शिविरलाई जिल्लाभर अभियानकै रूपमा सञ्चालन गर्ने योजना रहेको महतले बताए । स्वास्थ्य शिविरका सबै प्रकार स्वास्थ्योपचारका सेवा दिने योजना…
क्यानडाको टोरन्टोमा रहेको आगा खान संग्रहालयले हिन्दू देवीदेवताको गलत चित्र प्रस्तुत गरेकोमा माफी मागेको छ । यस कार्यबाट हिन्दू समुदायमा पुगेको चोटका लागि गहिरो पश्चात्ताप व्यक्त गरिएको भनी संग्रहालयले विज्ञप्ति जारी गरेको छ । टोरन्टो मेट्रोपोलिटन विश्वविद्यालयले विविध जातीय तथा सांस्कृतिक पृष्ठभूमिका विद्यार्थीहरूको श्रव्यदृश्यात्मक कामलाई एकै ठाउँमा ल्याएर प्रदर्शन गरेको जानकारी दियो । १८ मध्ये एउटा छोटो भिडियो र त्यसको बारेमा गरिएको सामाजिक सञ्जाल पोस्टले हिन्दू समुदायको भावनामा चोट पुगेको संग्रहालयको भनाइ छ । उक्त भिडियोमा काली मातालाई चुरोट तानिरहेको देखाइएको थियो । लीना मणिमेकलाइ नामक महिलाले उक्त भिडियो बनाएकी थिइन् । हिन्दू देवीको गलत चित्रण गरी हिन्दूहरूको धार्मिक भावनामा…