दाङ ।
दाङमा गाडीले साइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ।
प्यूठानको झिमरूक गाउँपालिका-१ घर भई हाल दाङको राप्ती गाउँपालिका–८ पिपरीमा बस्दै आएकी ३५ वर्षीया राधा बस्नेतको मृत्यु भएको हो ।
बुधबार बेलुकी राप्ती गाउँपालिका–८ पिपरीमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश ३–०१–०२२ च १३६९ नम्बरको स्कार्पियोले पश्चिमतर्फ आउँदै गरेको साइकललाई ठक्कर दिदा दुर्घटना घटेको दाङ प्रहरीले बताएको छ ।