नेपाल राज्य संवाददाता
अर्घाखाँची– नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य ठाकुरकुमार विकले विकासका नाममा टोपबहादुर रायमाझीले अनियमितता गरेको आरोप लगाए । उनले तीन पटक लगातार माओवादी पाटीले जिताएर सांसद बनाएका रायमाझी जनता र कार्यकर्तालाई धोका दिएर एमालेमा गएको बताए ।
‘सांसद र मन्त्री भएपछि धेरै विकासका काम गर्नुपथ्र्याे, सक्ने ठाउँमा भएर पनि गर्नुभएन,’ शितगंगामा गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै विकले ‘माओवादी पाटीले सिफारिस गरेका योजना दबाव दिएर केही मात्र गर्नुभयो । त्यसैले जति पनि विकास भएका छन्, सबै माओवादीले गरेको हो, टोपबहादुरले होइन ।’
एमालेमा गएपछि रायमाझीको विकासमा केही भूमिका नभएको उनको तर्क छ । गाउँ र जिल्लामा सर्बदलीय बैठक बसेर निर्णय गरेर भित्रिएका योजनामा माओवादी, कांग्रेस, जनमोर्चा, समाजवादी सबैको योगदान रहेको उनले बताए । धोका दिने वैमानी रायमाझीलाई मंसिर ४ गते पराजित गरेर अर्घाखाँचीको शान जोगाउन उनले आग्रह गरे । गठबन्धनको सरकारले नै सबै विकासका काम गर्ने विकले बताए ।