Author: नेपाल राज्य
काठमाडौं । नेकपा एकीकृत समाजवादीको एक महिने संगठन सुदृढीकरण अभियान सुरु गरेको छ। माघ २५ देखि चैत २५ गतेसम्म एक महिना संगठन सुदृढीकरण अभियान सञ्चालन गर्ने भएको हो । पार्टी कार्यालयमा बिहीबार बसेको केन्द्रीय सचिवालय बैठकले उक्त निर्णय गरेको नेकपा एसका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । उनका अनुसार बैठकले आगामी चैत मसान्तसम्म पार्टी सदस्यता नवीकरण, अध्यावधि र विस्तार गरिसक्ने निर्णय गरेको छ । ‘आगामी महाधिवेशनका निम्ति २०८१ वैशाख १५ देखि २२ गतेसम्म प्रतिनिधि चयन गर्नेछौं’, उनले भने, ‘आगामी फागुन मसान्तसम्म दस्तावेज तयार गर्ने र आगामी महाधिवशेनमा काम (सदस्यता, नवीकरण, संगठन विस्तार आदि) का आधारमा १० जिल्लालाई सम्मान गर्ने…
नारायण खनाल नीलम् ,अर्घाखाँची । 🌺बदलियो प्रेमपत्र🌺 वाह! हिजो कागजको सुगन्ध हस्ताक्षरको अपनत्व समर्पणको तागत र मसिको रंग विनोदले जीउँदो बन्थ्यो प्रेमपत्र ! साँच्चिकै जादुमय हुन्थ्यो शबदहरुको नृत्य कला प्रेमपत्रमा ! जति पवित्र हुन्थ्योे भावना कोर्दा बस्ने मनोबैज्ञानिक चौतारी उत्तिकै पुज्य हुन्थ्यो पत्रको भाषाले जगाइदिने उत्सुकताको बतास र त्यही बतासले दिलाउने प्रेमानुभूति! ओहो ! प्रविधिको विस्मय र स्वार्थको हुरीले खुम्च्याइदियो प्रेमको महत्त्वलाई अनि प्राणहीन च्याटालापमा बदलियो प्रेमपत्र ! हिजो अनेक बान्की र भावका बेग्लाबेग्लै अनुभव साटेर प्रेमपत्रमा अत्यास मेटिन्थ्यो मनको ! भत्किएका सपनाहरु यादले जोडेर प्रगतिको रेखा कोर्न हौस्याइन्थ्यो जीवनको ! तर आज आौँलाका चालबाट अक्षरका जीउमा स्पर्श गर्छ प्रेम…
शोभाखर पन्थी,अर्घाखाँची । नेकपा एमालेका केन्द्रीय सल्लाहकार परिषद् सदस्य नरेन्द्रकुमार क्षेत्रीले एमाले नेता स्वर्गीय कमल प्रसाद श्रेष्ठको निधनले पार्टीलाई ठुलो क्षति भएको बताउनु भएको छ । दिवङ्गत नेता श्रेष्ठको सातौं दिनको पुण्ड्य तिथिमा प्रतिक्रिया दिंदै उहाँले स्वर्गीय श्रेष्ठले पार्टीलाई अप्ठ्यारो परेको समयमा दृढताका साथ सधैव सहयोग पुर्याउँदै आएको बताउनु भयो । उहाँले श्रेष्ठको निधनले पार्टीले एउटा बलियो खम्बा र समाजले संरक्षक गुमाएको बताउनु भयो । नेकपा एमालेका जिल्ला अध्यक्ष पीताम्बर भुसालले जिल्लाको राजनीतिक ,शैक्षिक , सामाजिक र सांस्कृतिक आन्दोलनमा स्वर्गीय श्रेष्ठको ठूलो भुमिका रहेको बताउनु भयो । स्वर्गीय श्रेष्ठ भौतिक रुपमा नरहेपनि पार्टी र जनताको बीचमा सधैं अमर रहने उहाँको…
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारीमार्फत ठगीमा संलग्नहरुलाई कारबाही गर्नुपर्ने बताएका छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सहकारीमार्फत् ठगी गर्ने जतिसुकै शक्तिशाली भए पनि दण्डित गर्नुपर्ने बताएका हुन् । उनीहरुलाई कारबाहीको दायरामा ल्याउनुपर्ने उनको भनाइ छ । थापाले सरकारी जमिन हडप्नेहरु जो कोही भए पनि कारवाही गर्नुपर्ने बताए । सरकार पूर्वाग्रही हुन नहुने भन्दै उनले सरकारले लोकरिझ्याइँका लागि प्रहरी प्रशासन र सरकारी निकायहरुको दुरुपयोग गर्न नहुने बताए ।
काठमाडौं । अष्ट्रेलियन प्रहरीले एकजना नेपाली युवकविरूद्ध पक्राउ पुर्जी गरेको छ। पक्राउ पुर्जी जारी भएका युवक २६ वर्षीय रिदम भट्टचन हुन् । अष्ट्रेलियाको औबर्न प्रहरीले भट्टचनविरूद्ध मंगलबार पक्राउ पुर्जी जारी गरेको हो। उनी यसअघि पनि गेम्ब्लिङ र लागुऔषध कसुरमा पटकपटक विवादमा परेका थिए। औबर्न प्रहरीले फेसबुकमा रिदमको तस्बिर राख्दै उनीविरूद्ध दूरसञ्चार कसुरमा पक्राउ पुर्जी जारी भएको जानकारी दिएको हो। त्यहाँको प्रहरीले अपरेशन अमरोक चलाएर उनीविरूद्ध खोजी तीव्र पारेको जनाएको छ। अपरेशन घरेलु हिंसा र सम्बन्धित अपराध लक्षित राज्यव्यापी अपरेशन रहेको अष्ट्रेलियन प्रहरीले जनाएको छ।
काठमाडौं । बाँसबारी छाला जुत्ता कारखाको जग्गा प्रकरणमा पक्राउ परेका च्याम्पियन फूटवेयर लिमिडेटका सञ्चालक तथा व्यवसायी अरुण चौधरी रिहा भएका छन । जिल्ला अदालत काठमाडौंको आदेशअनुसार आज चौधरीसहित बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडका तत्कालीन कार्यकारी अध्यक्ष अजिनारायण सिंह थापा र सिजी चाँदबाग रेसिडेन्सी प्रालिका सञ्चालक सञ्जय ठाकुर हाजिरी जमानीमा रिहा भएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिएका हुन् ।
हरि कुँवर ,अर्घाखाँची । अर्घाखाँचीका ६ वटा पालिकाहरूमध्ये सन्धिखर्क नगरपालिका स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा सर्वोकृष्ट पालिका बनेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९-०८० को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा औसत (८९%) प्रतिशत अङ्क ल्याएर सन्धिखर्क नगरपालिका जिल्लाकै प्रथम बनेको छ भने मालारानी गाउँपालिका(८०%) प्रतिशत अङ्क प्राप्त गरि दाेस्राे भएको हो । छत्रदेव गाउँपालिका (७८.२५%) शितगंगा नगरपालिका (७७.५%) भुमिकास्थान नगरपालिकाले (७६.२५%)र पाणिनी गाउँपालिकाले (७५.५%) अंक प्राप्त गरेका हुन । स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा सङ्गठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तीय एवम् आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्यसम्पादन, भौतिक पूर्वाधार, सामाजिक…
शोभाखर पन्थी, अर्घाखाँची। सामाजिक अगुवा मोतिलाल बेल्वासेको निधनले जिल्लालाई अपुरणीय क्षति भएको भन्दै एक कार्यक्रमका वक्ताहरुले दु:ख व्यक्त गरेका छन् । दिवंगत वयोवृध्द समाजसेवी मोतिलाल बेल्वासेको नवौं दिनको पुण्य तिथिमा आयोजित शोक सभामा मन्तव्य राख्ने वक्ताहरुले स्वर्गीय बेल्वासेले सामाजिक ,राजनितिक र शैक्षिक क्षेत्रमा महत्वपुर्ण योगदान दिएको बताए । उनिहरुले पर्दा बाहिर देखिएर भन्दा पर्दा भित्र नदेखिएर काम गर्नेको योगदान धेरै हुने भन्दै स्वर्गीय बेल्वासेले नदेखिएरै धेरै काम गरेको स्मरण गरे । दिवंगत बेल्वासेले आफुले जस्तोसुकै दु:ख कष्ट सहेर पनि घर परिवारका सदस्यलाई राजनिनिक र सामाजिक परिवर्तनको नेतृत्व गर्नको निम्ति हौसला प्रदान गरेको उनिहरुको भनाइ थियो । यसरी मन्तव्य राख्नेहरुमा नेकपा…
हरि कुँवर, अर्घाखाँची । प्रेस चौतारी अर्घाखाँचीले स्थापना दिवस अस्पतालमा फलफूल वितरण गरि मनाएको छ । प्रेस चौतारी नेपालको २६ औं स्थापना दिवसको अवसरमा प्रेस चौतारी जिल्ला शाखाले सोमबार अर्घाखाँची अस्पतालमा भर्ना भएका ३७ जना बिमारीहरु लाई स्याउ, सुन्तला, बिस्कुट ,फ्रुटी, केरा लगायत फलफूल वितरण गरि मनाएको हो । नेकपा एमाले जिल्ला अध्यक्ष पिताम्बर भुसालले अस्पतालमा रहेका बिरामीहरुलाई फलफूल वितरण गर्दै स्वास्थ्य लाभको कामना गरे । कार्यक्रममा नेकपा एमाले पार्टी केन्द्रीय सल्लाहकार परिषद सदस्य नरेन्द्र कुमार क्षेत्री, नेकपा एमालेका युवा नेता प्रेमनारायण गैरे, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष श्रीकृष्ण भुसाल, अस्पतालका प्रमुख डा.जगरनाथ तिवारी , नेकपा एमाले जिल्ला सचीव तोज ब.…
हरि कुँवर , अर्घाखाँची । अर्घाखाँचीमा सहयोग जुटाएर काजकिरिया गरिएको छ । आर्थिक अभावको कारण मृतकको काजकिरिया रोकिएको थियो । मृतक परिवारको घरमा परेको बज्रपात र आर्थिक अभावले समस्या निम्त्याएको हो । अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका वाड न.२ नमुना बस्ती निबासी तेज बहादुर बादी ३८ वर्षको उमेरमा उपचार को क्रममा निधन भएको ८ दिन बितिसक्दा काजकिरिया गर्न आर्थिक जुटाउन गाह्रो भएको थियो। घरमा आर्थिक अत्यन्तै दयनीय भएको कारण काजकिरिया बस्नको लागि चाहिने बिछ्याउने ओछ्याउने पकाउने खाने भाडा को साथै पकाएर खान को लागि पनि घरमा केही नहुदा समस्या देखिएको परिवार श्रोतले बताएको थियो । परिवारमा पाँच जना साना भाइ बहिनी…
