Author: नेपाल राज्य

अर्घाखाँची । खाना बनाउने क्रममा जलेर छत्रदेवकि एक वृद्धको मृत्यु भएको छ। अर्घाखाँचीको छत्रदेव गाउँपालिका-७ काउलेकी ८१ वर्षीया पार्वती पाण्डेको आगोले जलेपछि उपचारको क्रममा मृत्यु भएको हो। पाल्पा मिसन अस्पतालमा सोमबार बिहान मृत्यु भएको जिल्ला प्रमुख प्रहरी निरीक्षक विक्रम रिजालले बताएका हुन ।

Read More

सम्पूर्ण कृषक वर्गहरुमा हार्दिक अनुरोध                                          कृषिमा आधुनिकीकरण गरिरहनु भएको छ  या  गर्ने सोचमा हुनुहुन्छ | यदि गरिरहनु भएको छ भने सोचे अनुसारको प्रतिफल(उत्पादन)लिन सक्नुभएको छैन भने हजुरहरुको खेत बारीमा रहेको माटोमा विभिन्न किसिमका समस्या हुन् सक्छन् जस्तै माटोमा भएको अम्लीयपन ,क्षरियपन ,प्रांगारिक पदार्थ,नाईट्रोजन ,फास्फोस र पोटासको अवस्थाको बारेमा अर्घाखाँची जिल्ला भित्रका सम्पूर्ण कृषकहरुलाई कृषि ज्ञान केन्द्र अर्घाखाँचीले नि:शुल्क नियमित रुपमा माटो परिक्षण (मिनी ल्याब )संचालन गरि सेवा दिईरहेको छ |आफ्नो खेत बारीको माटो अनिवार्य जांच गरि फाईदा लिनुहुन अनुरोध छ | थप जानकारीको लागि                                                         अनुरोधक भिमलाल घिमिरे (कृषि प्राविधिक ):-९८६७१०३०३०,  ९८५०६३९२६                                                                                                 कृषि ज्ञान…

Read More

खानेपानी तथा सरसफाई डिभिजन कार्यालयको अनुरोध पानी प्रयोगपछि निस्केको फोहोर पानी सोझै ताल, कुवा, सिमसार र खोलामा नफालौं आफ्ना आँखाबाट टाढा अथवा नाली वा अन्य कतै फोहोरा फालेपछि त्यसबारे सोच्नै परेन भन्ने प्रवृत्तिको अन्त्य गरौं । मुल, सिमसार नदी नालाहरुको संरक्षण र पुनर्भरण गरौं । अनुरोधक खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, अर्घाखाँची

Read More

हरि कुँवर , अर्घाखाँची । मालारानीमा शारीरिक अपाङ्गता परीक्षण घुम्ती शिविर हुने भएको छ । विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र (HRDC) बनेपा, काभ्रेपलाञ्चोक को आयोजना र मालारानी गाउँपालिकाको सहयोगमा १८ बर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको लागि स्वास्थ्य तथा पुनस्र्थापन घुम्ति शिविर हुने भएको हो । फागुन १५ गते मालारानीको सभाहलमा हुने घुम्ति शिविरमा जन्मजात खुट्टाको पैतला भित्र फर्केको (क्लब फुट), आगोले पोलेर अङ्गहरु एक आपसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडिएको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नीहरु र घुँडाको पाँडम्रो खुस्किएको, जोर्नीहरु दुख्ने र सुन्निने समस्या भएको हड्डी पाकेर पिप…

Read More

अन्जना खनाल, अर्घाखाँची । हिमालयन लाइफ इन्स्योरेन्स अर्घाखाँची शाखाद्वारा पालिका अभियान सुरु भएको छ । उक्त अभियान आज जिल्लाको पाणिनी गाउँपालिकाबाट भब्य रुपमा सुरुवात भएको छ । अर्घाखाँची जिल्लाका ६ स्थानीय तहमा पालिका बिमा जागरण अभियान चलाउने उद्देश्यले शाखाले यो कार्यक्रम सुरुवात गरेको जनाइएको छ । आजको कार्यक्रमको प्रमुख अतिथि तथा प्रशिक्षक कम्पनी अर्घाखाँची शाखा प्रमुख दिनेश सुनारले बिमाको आधारभूत देखि बिमा क्षेत्रका संभावना र आम्दानी लगायतका महत्त्वपूर्ण बिषयहरुको बारेमा तालिम दिएको जनाइएको छ। पाणिनी गाउँपालिकामा रहेका हिमालयन अभिकर्ता र नयाँ सहभागी संगै ८० जनाको सहभागिता रहेको थियो । कार्यक्रममा हिमालयन लाफ इन्स्योरेन्सका मार्केटिङ कर्मचारी चन्द्र सारुको अध्यक्षता, शाखा प्रमुख…

Read More

दाङ। प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेश कमिटीको प्रथम साधारणसभा तथा प्रदेश भेला शनिबार दाङको राप्ती गाउँपालिकाको सभाहलमा सम्पन्न भएको छ । चौतारीका लुम्बिनी प्रदेश कमिटी अध्यक्ष शोभाकर पन्थीको अध्यक्षता एवम् नेकपा एमालेका पोलिटव्युरो सदस्य तथा संघिय सांसद सुर्य थापाको प्रमुख आतिथ्यता एवम् सभा उद्घाटन भएको थियो । प्रेस चौतारी लुम्बिनी महासचिव निरू गौतमले सञ्चालन गरेको कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय महासचिव हिरामान लामा, सविन प्रियासन, नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सचीव लक्ष्मण आचार्य, प्रेस चाैतारि केन्द्रीय निवाचन आयाेग अध्यक्ष गणेश खनाल ,लुम्बिनी प्रदेश प्रचार विभाग प्रमुख डिआर घिमिरे, संसदीय मामिला पत्रकार समाज लुम्बिनीका अध्यक्ष घनश्याम गौतम, एमालेका प्रदेश कमिटी सदस्य…

Read More

हरि कुँवर, अर्घाखाँची । खानेपानी तथा सरसफाई उपभोक्ता संस्था सैनामैनाको उपाध्यक्ष पदमा मालारानी खनका बाबुराम ज्ञवालीले उम्मेदवारी दिएका छन् । फागुन ७ गते हुने चौथो अधिवेशनमा खानेपानी ट्याङ्‌की चिन्हमा आफ्‌नो अमूल्य मत दिई प्रगतिशिल उपभोक्ता समूहलाई अत्यधिक मतले विजयी गराउन ज्ञवालीले अनुरोध गरेका हुन । “स्वच्छ वातावरण र सफा गाउँशहर शुद्ध पानी पिउने हाम्रो ठहर” भन्ने मुल नाराका साथ अधिवेशन रूपन्देहीको सैनामैना हुने भएको हो । सयोग,सहल्लाह सुझाव को अपेक्षा सहित सम्पूर्ण उपभोक्ता लाई थप सुलभ सौलिएत र स्थरिय खानेपानी वितरण तथा संस्था लाई थप उचाईमा पुराउने ज्ञवालीले बताएका हुन । यसैगरी मालारानी-८ का तम बहादुर बि.क. ले साेही समुहबाट…

Read More

अर्घाखाँची । प्रश्न पत्रको गोपनीयता कायम नगर्ने शिक्षकलाई मालारानी गाउँपालिकाले निलम्बन गरेको छ। बाल शिक्षा माध्यमिक विद्यालय मा कार्यरत शिक्षक बुद्धि बहादुर विकलाई शुक्रवार बसेको कार्यपालिका बैठकले १ महिनाको लागि निलम्बन गरेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनारायण कँडेलले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ। शैक्षिक गुणस्तर अभिवृद्धिको विषयमा गाउँपालिका संवेदनशील रहेको तथा यी र यस्ता किसिममा शैक्षिक सुशासनमा आघात पुर्याउने जोसुकैलाई कानुनको दायरामा ल्याई कानुनबमोजिमको कारवाही गरिने प्रमुख प्रशासकीय अधिकृत कँडेलले जानकारी दिएका हुन । प्रेस विज्ञप्ति :

Read More

हरि कुँवर, अर्घाखाँची । बाँगीमा आर्थिक सहयोग संकलन गरी शिवालय मन्दिर र्निर्माण सुरु गरेका छन्। मालारानी गाउँपालिका वडा नं-५ गुराँसेमा र्निर्माण हुनलागेको शिवालय मन्दिरका लागि स्थानीयहरुले योजनाका साथ काम गर्न थालेका हुन्। मन्दिर समितिका अध्यक्ष विष्णु माया पन्थी भट्टराईका अनुसार मन्दिर र्निर्माणका लागी करिब ३ लाख लाग्ने बताइन् । शिवरात्रीको दिन उद्घाटन हुने गरि काम गरिएको बताइन् । मन्दिन निर्माणले गुराँसेको सौन्दर्य पुजापाठ हाम्रो जीवनस्तर विकासमा ठूलो सहयोग पुग्ने सचीव कृष्ण भुसालले बताए । पवित्र थलोमा मन्दिर हुँदा खुसी लागेको छ । युवा पुस्ताले देवि देवता प्रति आस्था राखेर आउने सबैलाई स्वागत गर्नुपर्छ। हामी सबैको धर्म भएकोले आर्थिक सहयोग गर्न…

Read More

अर्घाखाँची । बेस्ट एष्ट्रोलोजर अवार्डबाट अर्घाखाँचीको छत्रदेव बल्कोटका लक्ष्मण पन्थी सम्मानित भएका छ्न । दक्षिण एसियाली ज्योतिष महासंघ केन्द्रीय समिति र एष्ट्रो, वास्तु एण्ड वैदिक साइन्सेस हव पटना भारतको संयुक्त आयोजनामा काभ्रेपलान्चोकको धुलिखेलमा आयोजित अन्तर्राष्ट्रिय ज्योतिष वास्तु तथा तन्त्र सम्मेलन २०८० को कार्यक्रममा सम्मानित भएका हुन । संघीय संसद प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले कार्यक्रम उद्घाटन गरेका हुन । दुई दिनसम्म चलेको अन्तर्राष्ट्रिय सम्मेलनमा विभिन्न ज्योतिषी, वास्तुशास्त्री र तन्त्रशास्त्रीहरुलाई उच्चस्तरीय अन्तर्राष्ट्रिय सम्मान छनोट समिति गठन गरि सम्मान गरेको थियो ।

Read More