Author: नेपाल राज्य
हरि कुँवर , अर्घाखाँची । नेकपा एमाले निकट रिटर्नी फेडेरेसन अर्घाखाँची चुनाव प्रचारप्रसारमा सक्रिय देखिएको छ । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिँदै गर्दा नेकपा एमाले अर्घाखाँचीका उम्मेदवारहरु लाई जिताउन लागि परेको हो । मालारानी-६ सकिन्धारा माइकाथान चुनावी सभामा पूर्वमन्त्री एवं अर्घाखाँची प्रदेशसभा (क) का उम्मेदवार चेतनारायण आचार्य संगै चुनाव प्रचारप्रसारमा देखिएका हुन । रिटर्नी फेडेरेसन नेपाल अर्घाखाँची जिल्ला अध्यक्ष मित्रमणी मिश्रले बैदेशिक रोजगारीबाट फर्केकाहरु को लागि अवसरबाट बञ्चितहरुको हक अधिकार स्थापना गर्न एमाले विजयी हुनुपर्ने बताए । ‘रिटर्नीको ज्ञान, सीप पूँजी र रोजगार, समृद्ध नेपाल निर्माणको दिगो आधार’ भन्ने मुल नारासहित रिटर्नी फेडेरेसन नेपाल सह कोषाध्यक्ष वसन्त…
अर्घाखाँचीमा पुष्पा भुसालको एजेण्डा, ‘महिला स्वयमसेवीकालाई भत्ता हाेइन, तलब व्यवस्था गर्छु’
’नेपाल राज्य संवाददाता अर्घाखाँची– स्वास्थ्य क्षेत्रमा भत्ताको भरमा काम गर्दै आएका महिला स्वयमसेवीकालाई मंसिर ४ को चुनावपछि बन्ने गठबन्धन सरकारले नीति बनाएरै तलब भत्ता सुविधा दिने प्रतिबद्धता कांग्रेस नेतृ एवं प्रतिनिधिसभा सदस्य उम्मेदवार पुष्पा भुसालले बताइन । उनीहरुले स्वास्थ्य क्षेत्रमा गरेको योगदानको मुल्यांकन गर्दै सरकारी सेवामा ल्याउने र सरकारी कोटा बनाएर मासिक तलब दिने व्यवस्था गर्ने उनले बताइन । सन्धिखर्क नगरपालिकाको वडा नम्बर ४, ५, ११ र १२ मा भएको गठबन्धनको चुनावी कार्यक्रममा बोल्दै भुसालले महिला स्वयमसेवीकाको काम बढी भयो, भत्ताले पुगेन । परिश्रमको सम्मान गर्दै सरकारी कोटामा ल्याएर उचित तलबको व्यवस्था गर्ने बताइन । देशभरका स्वयमसेवीकाले भत्ताको भरमा सेवा…
हरि कुँवर, अर्घाखाँची । नेकपा एमाले बाँगीले साविकको विभिन्न ठाउँमा तेस्रो दिन घरदैलो तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिँदै गर्दा उम्मेदवारहरूको पक्षमा भोट माग्न घरदैलो तथा भेटघाट अभियान संचालन गरेका हुन । बसन्त भुसाल नारायण महत को नेतृत्वमा आइतबार मालारानी गाउँपालिका वडा नम्बर ५ बाँगी साविक बझेरी थाम्का पुच्छरा डाँडा बुडिचौर लगाएतका ठाउँमा घरदैलो तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको नेकपा एमाले बाँगीले जानकारी दिएको छ । निर्वाचन आचारसंहितामा कसैको निजी घर–जग्गा वा सार्वजनिक भवन, सार्वजनिक सडकको पोल वा कुनै पनि सार्वजनिक स्थानमा दलको झण्डा, दल वा उम्मेदवारको निर्वाचन चिह्न राख्न वा…
नेपाल राज्य संवाददाता अर्घाखाँची– खरका छाना र ढुंगाका छाना भएका घरमा जस्तापाता लगाइने कांग्रेस नेतृ एवं अर्घाखाँची प्रतिनिधिसभा सदस्यका उम्मेदवार पुष्पा भुसालले बताइन । सन्धिखर्क नगरपालिकाको वडा नम्बर ४, ५, ११ र १२ वडामा भएको चुनावी सभामा बोल्दै निवर्तमान उपसभामुख भुसालले मंसिर ४ गतेको चुनावपछि गठबन्धनको सरकार बन्ने र टिनको छानोको लागि आवश्यक बजेट विनियोजन गरेरै सबैका घरमा खर र ढुंगोको छानो छटाएर जस्ता पाता लगाइदिने बताइन ।
नेपाल राज्य संवाददाता अर्घाखाँची– नेकपा (एमाले) केन्द्रीय सचिव, पूर्वउपप्रधानमन्त्री एवं प्रतिनिधिसभा सदस्यका उम्मेदवार टोपबहादुर रायमाझीले इलाममा भन्दा बढी अर्घाखाँचीका सबै गाउँमा चिया खेती राम्रो हुने भएकाले व्यापक चिया खेतीको शुरुवात गरिने बताए । भुमिकास्थान नगरपालिका वडा नम्बर १० धनचौरमा आज आयोजित चुनावी सभामा रायमाझीले अब घरैपिच्छे चिया खेती गर्ने, धेरै राम्रो खेती हुन्छ त्यसैले युवालाई चिया खेतीमा लगाएर उत्पादन गरेको चिया युरोप अमेरिका पु¥याएर डलर भित्राएर युवालाई रोजगारी दिने प्रतिबद्धता जनाए । त्यसको लागि आफुलाई जिताएर पठाउन आग्रह गरे ।
नेपाल राज्य संवाददाता अर्घाखाँची– अर्घाखाँची प्रदेशसभा (ख) का उम्मेदवार तथा कांग्रेस नेता कमलप्रसाद भुसालले दुई/दुई पटक संसद भंग गरेर संविधान र उपलब्धीलाई मास्न खोज्ने केपी ओली प्रवृत्तिलाई जनताले जिताए देशले हार्ने बताए । उनले ६ दशक लामो संघर्षबाट बनेको संविधान र मुलुकमा प्राप्त उपलब्धीलाई रक्षा गर्न गठबन्धनले जित्नैपर्ने र चुनावपछि पनि गठबन्धनकै सरकार बन्नुपर्ने उनले बताए । शितगंगामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै भुसालले संविधानको सही कार्यान्वयन गर्दै दीगो विकास गर्ने जिम्मा गठबन्धनको काँधमा आएको उनले बताए । ।
अर्जुन खनाल अर्घाखाँची– मालारानी गाउँपालिका वडा नम्बर ६ को लोहोरी लेकलाई आकर्षक पर्यटकीय गन्तव्य बनाउने नेकपा (एमाले) केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा अर्घाखाँची प्रदेशसभा (ख) का उम्मेदवार चेतनारायण आचार्यले मतदातासँगको भेटघाटमा आश्वासन दिएका छन् । ठूलो चौर सहितको लोहोरी गर्न, घुम्न लायक छ । यहाँमा हिमाल देखिन्छ । टाढाटाढाबाट यहाँ घुम्न छिटफुट आन्तरिक पर्यटक आउँछन् । त्यसलाई पर्यटकीय संरचना बनाएर आफुले विकास गर्ने आचार्यले बताए । आज लोहोरी पुगेर मतदातासँग भेटघाट गर्दै आचार्यले रातामाटा–लोहोरी–सलिनधार सडक निर्माण गर्ने, जनता आवास कार्यक्रम फेरी लागु गरेर दुःखी गरिबको घर बनाउने, लोहोरीमा बन्न लागेको विद्युत सवस्टेशन निर्माण गरी जनतालाई सुविधा दिने, दस हजार खानेपानी निशुल्क…
केशव पन्थी अर्घाखाँची– नेकपा (एमाले) केन्द्रीय सदस्य, पूर्बमन्त्री एवं अर्घाखाँची प्रदेशसभा (क) का उम्मेदवार चेतनारायण आचार्यले मंसिर ४ गतेको चुनावपछि एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बन्ने र मुलुकमा विकासको गति अघि बढ्ने बताए । बल्कोटमा भएको चुनावीसभालाई सम्बोधन गर्दै आचार्यले देश, जिल्ला र गाउँको विकास गर्ने एमाले पाटी नै भएको बताए । एमालेसित एक्लै लड्न नसकेका ५ दल एक भएर देशलाई बर्बादतर्फ धकेलेकाले जनता विकास र सृमद्धिको पक्षमा भएकाले एमाले उम्मेदवारलाई न्याय गर्ने दावी गरे ।
नेपाल राज्य संवाददाता अर्घाखाँची– प्रतिनिधिसभा सदस्य उम्मेदवार एवं निवर्तमान उपसभामुख पुष्पा भुसालले शितगंगा नगरपालिकाको भूगोललाई समेटने गरी ठाडामा इलाका प्रशासन कार्यालय खोल्ने प्रतिबद्धता जनाइन । उनले चुनाव जितेपछि बन्ने गठबन्धन सरकारले ठाडामा कार्यालय खोलेर सेवा दिनेको लागि पहल गर्ने बताइन । आज शितगंगा नगरपालिका वडा नम्बर ४ ठाडाअमराइमा भएको चुनावीसभामा बोल्दै कांग्रेस केन्द्रीय सदस्य भुसालले जिल्ला प्रशासन कार्यालयबाट पाउने नेपाली नागरिकताको लागि सदरमुकाम आउजाउ गर्दा हजारौं पैसा खर्च गर्नुपर्ने बाध्यता रहेको र चुनावपछि बन्ने गठबन्धन सरकारबाट आफुले ठाडामै इलाका प्रशासन कार्यालय खोलेर नागरिकता पाउने सुविधा हुने बताइन । क्षेत्रफलका हिसाबले जिल्लाको ५७ प्रतिशत भूगोल ओगटेको नगरपालिका भएकाले ठाडा प्राथमिक स्वास्थ्य…
अर्जुन भुसाल बुटवल- नेकपा एमालेका सचिव तथा पूर्व उप-प्रधानमन्त्री टोपबहादुर रायमाझीले नेकपा एमालेले सरकारको नेतृत्व गर्दा गरेका सकारात्मक कामबाट अत्तालिएका पार्टीहरु गठबन्धन गरेर मोर्चाबन्दी गरेको आरोप लगाए । उहाँले सरकार बाहिर रहेको नेकपा एमाले बलियो भएकै कारण सरकारमा भएका दलहरु गठबन्धन गरेर चुनावमा जानुपर्ने अवस्था आएको बताए । शनिबार बुटवलमा नेकपा एमाले अर्घाखाँची-रुपन्देही सम्पर्क मन्चले आयोजना गरेको कार्यक्रममा एमालेबाट अर्घाखाँचीका प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार समेत रहनुभएका नेता रायमाझीले देशको विकास र समृद्धिका लागि एमालेको नेतृत्व अपरिहार्य भएको बताए । ‘प्रतिपक्षमा रहेको पार्टीविरुद्ध सरकारमा रहेका पार्टीहरुले गठबन्धन गरेर चुनावमा जानुपर्ने अवस्था विश्वकै राजनीतिमा सुनिएको छैन, यो भन्दा हरिबिजोग के हुन्छ ?,…