Author: नेपाल राज्य

बुटवल । लुम्बिनीमा नयाँ सरकार बनाउ गठबंधन लाई सहज देखिएको छैन । माओवादि केन्द्रले नयाँ गठबन्धन बनाए पछि अहिले लुम्बिनी गठबन्धन लाई सरकार बनाउन फलामको चिउरा चबाउनु सरह भएको छ । एमालेका २९ माओवादीको ११ (सभामुखसहित), जसपाका ३ र एकीकृत समाजवादीका १ सांसद गरी ४४ सांसद छन् । सभामुखले निर्णायक मत दिन मात्रै पाउने अवस्था रहेका कारण उक्त गठबन्धनलाई थप १ मत आवश्यक पर्ने देखिन्छ ।

Read More

केशव पन्थी, अर्घाखाँची । वडा स्तरीय भलिबल प्रतियोगिता उद्घाटन भएको छ । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वार्ड नम्बर १ को आयोजनामा वार्ड स्तरीय भलिबल प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ । उक्त प्रतियोगिताको उद्घाटन कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्वय समिति उप- प्रमुख लक्ष्मी शर्मा ज्ञावालीले साना- साना प्रतियोगिताले राम्रो खेलाडी उत्पादनमा महत्त्वपूर्ण भुमिका रहेने बताउनु भयो। कार्यक्रमका विशिष्ट अथिती छत्रदेव गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठ, उपाध्यक्ष मनि पन्थी, अथिती वार्ड नम्बर २ का अध्यक्ष शंकर पाण्डे, वार्ड नम्बर ४का अध्यक्ष भिमलाल खनाल , वार्ड नम्बर ५ का अध्यक्ष बालकृष्ण पोख्रेल,लगायतका बक्ताले खेल र अनुशासनको सम्बन्ध अतिनै नजिक रहेको हुँदा खेलाडीहरुले सबै पक्षलाई…

Read More

हरि कुँवर , अर्घाखाँची । अर्घाखाँचीमा गायिका एलिना चौहानको दमदार प्रस्तुति रहेको छ । सातौँ पाणिनि दुर्वाशेश्वर महोत्सवको पाँचौ दिन सोमबार गायिका एलिना चौहानको दमदार प्रस्तुति रहेको हो। पछिल्लो पुस्ताकी चर्चित गायिका एलिना चौहानको कट्टा हान्दिन्छु गीतमा उपस्थित भाइ बहिनीहरु मज्जाले झुमेका थिए। उनका बजारमा आएका म्युजिक भिडियो धोकेबाज हौ तिमी, मिनरल वाटर, कट्टा हान्दिन्छु गीत मार्फत विश्वभर चर्चामा छिन् । “हाम्रो पाणिनी राम्रो पाणिनी, भाषा, कला र संस्कृतीको समृद्ध पाणिनी” नारा सहित सातौ पाणिनि दुर्वाशेश्वर पर्यटन महोत्सव-२०८० फाल्गुन २४ गते देखी सुरु भएको थियो ।

Read More

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले नयाँ वर्षको क्यालेन्डर सार्वजनिक गरेको छ । बैंकले राष्ट्रिय संग्रहालय छाउनी र पुरातत्व विभागसँगको सहकार्यमा प्राचिन कलाकृतिहरू समावेश गरिएका तस्बिर सहितको नयाँ वर्ष २०८१ को क्यालेन्डर आइतबार सार्वजनिक गरेको हो । ग्लोबल आइएमई बैंक तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले कमलादीमा आयोजित एक समारोहबीच नयाँ सालको क्यालेन्डर सार्वजनिक गर्दै कला संस्कृति जोगाउन सम्पुर्णको दाइत्यो रहेको बताउदै नयाँ वर्षको शुभकामना दिएका हुन् । नेपाल भर बैंकको ३५४ शाखा कार्यालय, ३७९ एटिएम रहेको बैंकले जनाएको छ ।

Read More

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले चुनावभन्दा अघि गठबन्धन लूट भ्रष्ट र विकृत भएको बताएका छन् । ललितपुरमा आइतबार आयोजित ललितपुरको गोदावरी नगरपालिकाको आठौं स्थापना दिवसको अवसरमा बोल्दै उनले चुनावअघिको गठबन्धनले एकदमै लुट भ्रष्ट र विकृत बनाउने दाबी गरेका हुन् । माओवादीले कांग्रेससँगको गठबन्धन तोडेर नयाँ समीकरण बनाएको घटनाले चेत खुलेको भन्दै ‘कसले कसलाई बारम्बार धोका दिन्छ भन्ने सम्झनु पर्छ लुट भ्रष्ट र विकृत फैलिएको हो अब चुनावअघि गठबन्धन हुँदैन ’

Read More

नेपाल राज्य संवाददाता अर्घाखाँची– नेपाली कांग्रेस समर्थित भुतपूर्व सैनिक संघको सन्धिखर्कमा भेला तथा अधिवेशन सम्पन्न भएको छ । भेलालाई सम्बोधन गर्दै कांग्रेस जिल्ला सभापति केशव श्रेष्ठले इमान्दारपूर्वक कर्तव्य पालना इमान्दारीपूर्वक गर्ने संस्था सैनिक रहेको बताए । देशको सुरक्षामा बिचलित नभइकन सेवा गरेर अवकास जीवनलाई सामाजिक सेवामा लगाउनु उनले आग्रह गरे । कांग्रेस पूर्वसभापति कमलप्रसाद भुसालले अवकासपछि भुतपूर्व सैनिकहरुले सामाजिक कामसँगै लोकतन्त्र बलियो बनाउन सधै कटिबद्ध भएर लागेकोमा प्रशंसा व्यक्त गरे । भुसालले पेन्सन बुझ्ने तम्घास जानुपर्ने समस्याबाट मुक्त गराएर सन्धिखर्कबाटै पेन्सन पाउने व्यवस्थाको लागि नेतृत्व गरेकोमा नेपाल भुतपूर्व सैनिक संघको काम महत्वपूर्ण रहेको बताए । अधिवेशनमा भुपु सैनिक संघका केन्द्रीय…

Read More

काठमाडौं । नायिका रेखा थापाको चलचित्र ‘उपहार’ले दर्शकको माया पाएको छ । शुक्रबार रिलिज भएको चलचित्र उपहारले दर्शकको भरपुर माया पाएको निर्देशक ज्ञानेन्द्र देउजाले बताएका छन् । अभिनेता मुकुन भुसालले सामाजिक संजालमा लेख्दै दर्शकहरु लाई मायाको लागि धन्यवाद व्यक्त गरे । काठमाडौंमा यस चलचित्रका कलाकारहरू बेनिशा हमाल, पूजा शर्मा, अभिनेता मुकुन भुसाल, समर्पणजंग कार्की लगायत हलमा दर्शकसँग भेटघाटमा पुगेका थिए । यसमा रेखा थापा, पुजा शर्मा, मुकुन भुसाल, बेनिशा हमाल, तेज गिरी, समर्पणजंग कार्की, सुष्मा कार्की, लगायतको दमदार अभिनय देख्न सकिन्छ ।

Read More

हरि कुँवर, अर्घाखाँची अर्घाखाँचीको मालारानी गाउँपालिका-३ मालारानी मन्दिरमा १० हजारभन्दा बढी भक्तजनले दर्शन गरेका छन् । शुक्रबार (आज) महाशिवरात्रि पर्वका अवसरमा मालारानी मन्दिर बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको थियो। १० हजारभन्दा बढी भक्तजनले मन्दिरमा पुगेर पूजापाठ गरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष लोक बहादुर बस्नेतले जानकारी दिए । जिल्लाको प्रसिद्ध तीर्थस्थल मध्य एक मालारानी मन्दिर हो । उनका अनुसार अधिकांश जिल्लाबाट मालारानी दर्शन गर्न भक्तजन आएका हुन । कपिलवस्तु दाङ र बुटवल बाट पनि भक्तजन मालारानीको दर्शनमा आएको समितिले जनाएको छ ।

Read More

हरि कुँवर, अर्घाखाँची । अर्घाखाँची क्रिकेट संघले महिला खेलाडी लाई एक वर्षको आर्थिक सहयोग गर्ने भएको छ । स्वस्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मुलनारा सहित खेलाडीको उच्च मनोबल उदयमान खेलाडीलाई प्रोत्साहन सरुप जिल्लामा महिला क्रीकेट र महिला खेलाडीकोको विकासको लागि सन्धिखर्क -२ निवासी खेलाडी ममता जिसि लाई एक बर्षका लागि मासिक तीन हजारको दरले आर्थिक सहयोग गर्ने भएको हो । शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै अर्घाखांची क्रीकेट संघले खेलाडी प्रोत्साहन कोष स्थापना गरि खेलाडी मुल्यांकन गरि आवश्यकता अनुसार सो कोष मार्फत सहयोग गर्ने निर्णय गरेको थियो । जिल्लामा कोही कसैले पारिवारिक आर्थिक अवस्था कमजोर भएर वा खेलसामाग्री नभएर…

Read More

शोभाखर पन्थी,अर्घाखाँची । अर्घाखाँची उद्योग वाणिज्य संघका उपाध्यक्ष काजी श्रेष्ठले भगवती माध्यमिक विद्यालयका छत्र-छात्राहरुलाई शैक्षिक सामग्री वितरण गर्नु भएको छ । आफ्ना छोरा शुभम श्रेष्ठको जन्मदिनको अबसरमा उहाँले भगवती माध्यमिक बिद्यालय सन्धिखर्क-२ कुर , देविस्थानमा अध्ययनरत पूर्व प्राथमिक कक्षा देखि कक्षा-७ सम्मका संपूर्ण वालबालिकालाई शैक्षिक सामग्री वितरण गर्नु भएको हो । सोही अबसरमा उहाँले विद्यालयमा अध्ययनरत छात्र-छात्राहरुलाई भोजनको समेत व्यवस्था मिलाउनु भएको थियो । शैक्षिक सामग्री वितरण कार्यक्रममा मन्तव्य राख्दै उहाँले बालबालिकाको सेवा गर्न पाउँदा निक्कै आनन्दको महसुस हुने बताउनु भयो । उपाध्यक्ष श्रेष्ठले चाडबाड र मेला पर्वमा गरिने फजुल खर्च नियन्त्रण गरेर सामाजिक क्षेत्रमा लगाउनको निम्ति सानो सुरुवात मात्र…

Read More