हरि कुँवर , अर्घाखाँची ।
शिक्षा समितिको सदस्यमा दोर्ण भुसाल चयन भएका छन् ।
त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र सङ्काय डीनको कार्यालय बल्खुले अर्घाखाँचीका शिक्षक दोर्ण भुसाल लाई शिक्षाको आधार विषय समितिको सदस्य पदमा चयन गरेको हो ।
शिक्षक भुसाल माघ २२ गतेदेखि लागू हुनेगरी ३ वर्षको लागि चयन भएका हुन् ।