Author: नेपाल राज्य

काठमाडौँ । राष्ट्रिय सुरक्षा परिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रुटिरहित ढङ्गबाट सम्पन्न गर्न कुनै किसिमको अभाव हुन नदिने निर्णय गरेको छ। परिषद्का अध्यक्ष एवं प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा आज सिंहदरबारमा भएको बैठकले निर्वाचन सुरक्षा व्यवस्थाको समीक्षा गर्दै निर्वाचनका लागि आवश्यकपर्ने सम्पूर्ण सुरक्षा व्यवस्था भएको निष्कर्ष निकालेको छ । बैठकले मुलुकमा शान्तिसुरक्षा र अमनचयन कायम गर्न सम्बन्धित सुरक्षा निकायलाई थप प्रभावकारी र समन्वयात्मक रुपमा परिचालन गर्ने निर्णय गरेको रक्षा मन्त्रालयका सचिव केदारनाथ शर्माले जानकारी दिए । राष्ट्रिय सुरक्षाका विविध चुनौती तथा राष्ट्रिय, क्षेत्रीय र अन्तरराष्ट्रिय क्षेत्रमा विकसित घटनाक्रमले राष्ट्रिय सुरक्षामा पार्नसक्ने प्रभावका साथै भावी रणनीतिबारे छलफल भएको थियो…

Read More

काठमाडौँ । ललितपुरको महालक्ष्मी नगरपालिका-७ चाँगाथली क्षेत्रमा गस्तीमा खटिएको प्रहरी टोलीमाथि ढुंगा प्रहार गर्ने ८ जनालाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको छ। जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक होबिन्द्र बोगटीका अनुसार प्रहरी प्रभाग लुभुबाट खटिएको क्युआरटी टोलीमाथि सोमबार राति केही व्यक्तिले एक्कासी ढुंगा प्रहार गरी आक्रमण गरेका थिए। ‘ड्युटीमा रहेको प्रहरीलाई ढुंगा प्राहार र अश्लिल अपशब्द प्रयोग गरेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले आत्मरक्षार्थ एक राउण्ड हवाई फायर गर्नु पर्यो,’ बोगटीले भने, ‘त्यसपछि थप प्रहरी परिचालन गरी घटनामा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया बढाइएको छ ।’ उनका अनुसार घटनामा संलग्न व्यक्तिहरूमाथि जिल्ला अदालतबाट आठ दिनको म्याद थप…

Read More

काठमाडौँ । नेपाली सेनासहितका सुरक्षा निकायले सुरक्षा व्यवस्था चुस्त तुल्याइएका निर्धक्क भएर प्रतिनिधिसभा सदस्य निर्वाचनमा सरिक हुन आममतदातालाई अनुरोध गरेका छन् । सैनिक प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतले एकीकृत सुरक्षा अवधारणाअनुरूप सबै निकायसँग समन्वय र सहकार्य गरी निर्वाचनलाई सुरक्षित तरिकाले सम्पन्न आवश्यक तयारी र तैनाथी भइसकेको स्पष्ट पार्नुभयो । प्रतिनिधिसभा सदस्य निर्वाचनको पूर्वसन्ध्यामा आज रासससँगको कुराकानीमा उहाँले सुरक्षित वातावरणमा निर्वाचन सम्पन्न गराउन नेपाली सेनासहितका सुरक्षा फौज परिचालित भई कार्य क्षेत्रमा खटिइसकेको बताउनुभयो । यही फागुन २१ गते मुलुकभर एकैचरणमा प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ । निर्वाचन सुरक्षाका लागि ७९ हजार ७२७ नेपाली सेना, ७५ हजार ७९७ नेपाल प्रहरी, ३४ हजार…

Read More

काठमाडौं । भदौ २४ गतेको जेनजी आन्दोलनमा राज्यका महत्त्वपूर्ण निकायमा तोडफोड र आगजनी गर्ने १३ जनाविरुद्ध मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले उपत्यका भित्रका प्रहरी कार्यालय, अदालत र सिंहदरबारमा आगजनी गर्ने व्यक्तिहरू विरुद्ध मुद्दा दायर गरेको हो । काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी दीपक श्रेष्ठका अनुसार सिंहदरबारमा तोडफोड तथा आगजनीमा संलग्न आशिष गुरुङविरुद्ध आपराधिक उपद्रो र डाँका सम्बन्धी कसुरमा मुद्दा दायर गरिएको छ । त्यस्तै, सर्वोच्च अदालतमा आगजनी गर्ने सुनिल श्रेष्ठ, ज्योति थापा, विनोदकुमार थापा मगर, कुमार पराजुली र राजु परियारविरुद्ध पनि मुद्दा दायर भएको छ। उनीहरूलाई आपराधिक उपद्रो मच्चाएको अभियोग लगाइएको छ । सर्वोच्च अदालतले…

Read More

अर्घाखाँची । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन २०८२ लाई लक्षित गर्दै अर्घाखाँची अस्पताल ले सम्भावित आपतकालीन स्वास्थ्य चुनौतीहरूको सामना गर्न ‘Rapid Action Task Force’ गठन गरेको छ। निर्वाचनका क्रममा उत्पन्न हुन सक्ने आकस्मिक स्वास्थ्य समस्या, दुर्घटना वा अन्य आपतकालीन अवस्थालाई मध्यनजर गर्दै अस्पतालले आवश्यक योजना निर्माण, पूर्वतयारी, समन्वय तथा शीघ्र प्रतिकार्य सुनिश्चित गर्न कार्यदल गठन गरेको जनाएको छ। अस्पताल प्रशासनका अनुसार गठन गरिएको उक्त कार्यदलले २४सै घण्टा तयारी अवस्थामा रही स्वास्थ्य सेवा प्रवाहलाई प्रभावकारी बनाउने, आवश्यक जनशक्ति परिचालन गर्ने तथा सम्बन्धित निकायसँग समन्वय गरी आपतकालीन अवस्थामा तुरुन्त प्रतिक्रिया दिनेछ। निर्वाचनलाई शान्तिपूर्ण र सुरक्षित रूपमा सम्पन्न गराउन स्वास्थ्य…

Read More

अर्घाखाँची । पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी ले जिल्लाबासीका नाममा सन्देश जारी गर्दै आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नेकपा (एमाले) का उम्मेदवार पीताम्बर भुसाललाई मतदान गर्न आग्रह गर्नुभएको छ। रायमाझीले अर्घाखाँचीको समुन्नत विकासका लागि सडक, खानेपानी, सिचाइ, स्वास्थ्य, शिक्षा, युवा तथा खेलकुद र पर्यटन क्षेत्रसँगै अर्घा भगवती एयरपोर्ट निर्माणजस्ता पूर्वाधारमा उल्लेखनीय पहल गरिएको उल्लेख गर्नुभएको छ। २०७९ सालको निर्वाचनमा गरेका प्रतिबद्धता पूरा गर्ने अठोटका साथ अघि बढिरहेको अवस्थामा राजनीतिक पूर्वाग्रहका कारण आफू कानूनी जटिलतामा परेको दाबी पनि उहाँले गर्नुभएको छ। उहाँले भोगेका कानूनी विषयबारे छिट्टै प्रत्यक्ष भेटघाटमार्फत जानकारी गराउने जनाउँदै वर्तमान परिस्थितिको मूल्यांकनपछि नेकपा (एमाले) का तर्फबाट उम्मेदवारी दिनुभएका…

Read More

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफ्नो पार्टीले सरकार बनाएर निःवर्तमान सभापति शेरबहादुर देउवाको सम्पत्ति सबैभन्दा पहिले छानबिन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। शुक्रवार पोखरामा आयोजित चुनावी सभामा बोल्दै उनले आफ्नो पार्टीले सरकार बनाए सबैभन्दा पहिला प्रधानमन्त्री भएका देउवा र मन्त्री भइसकेको आफ्नो सम्पत्ति छानबिन गर्ने बताए। सभापति थापाले भ्रष्टाचार छानबिनका लागि शक्तिशाली आयोग बनाउने र मुलुकमा फेरि कसैले पनि भ्रष्टाचार गर्न नसक्ने गरी काम गर्ने कांग्रेसको संकल्प रहेको जिकिर गरे। सभापति थापाले मुलुकमा शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, उद्योग क्षेत्रमा प्रत्येक क्षेत्रमा ५ वर्ष भित्र क्रान्तिकारी रुपातरण ल्याउने गरी कांग्रेसले सरकार बनाएर काम गर्ने आश्वासन समेत दिए।

Read More

रुपन्देही । रास्वपा–नेकपासहित विभिन्न पार्टीमा रहेका सैनामैना र बुटवलको वडा नं १२ र १३ बाट साढे ३ सय जनालाई नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पार्टीमा प्रवेश गराएका छन् । शुक्रबार बिहान बुटवल उपमहानगरको वडा नं १२ र १३ बाट र दिउँसो सैनामैनाको विभिन्न वडाबाट साढे ३ सय जनालाई पार्टी प्रवेश गराइएको जिल्ला उपसचिव बाबुराम पन्थीले जानकारी दिए । सैनामैना क्षेत्रबाट प्रवेश गर्ने ३ सय जनाको संयोजनक वडा नं १ शाखा कमटिीका उपाध्यक्ष चक्र शाहीले गरेका थिए । आफ्नो क्षेत्रमा रहेका रास्वपा, नेकपासहितका विभिन्न दलमा आस्थावानहरुले एमालेप्रति भरोसा गरेर प्रवेश गर्न चाहेकाले संयोजन गरेर पार्टी कार्यालयमा ल्याएको र उपाध्यक्ष विष्णु पौडेलमार्फत…

Read More

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सिंहदरबारलाई भ्रष्टाचारको अखडा बनाउनेहरुले नै देश जलाएको आरोप लगाएका छन्। शुक्रबार चितवनमा आयोजित ‘हामी आयौं परिर्वतन उद्घोष सभा’लाई सम्बोधन गर्दै उनले आफूहरुलाई देश जलाउनेहरु भनेर आरोप लाग्ने गरेको बताउँदै सिंहदरबारलाई भ्रष्टाचारको अखडा बनाउने र बालबालिकालाई गोली हान्नेहरुले नै देश जलाएको तर्क गरे। उनले भने,‘देश जलाउने मान्छेहरु भनेर हामीलाई आरोप पनि लगाइने गरेको छ। म फेरी पनि स्पष्ट पार्न चाहन्छु। पहिला स्कुलको ड्रेसमा आएका कलिला विद्यार्थीको छाती र टाउकोमा ताकि–ताकि गोली हानियो त्यसपछि मात्र संरचना जलाइयो। संरचना जल्नुहुँदैनथ्यो, तर गोली ठोकेर मान्छे मार्न हुँदैनथ्यो त्यहीबाट कुरा बिग्रियो। जसले सिंहदरबारलाई भ्रष्टाचारको अखडा बनायो, बालबालिकालाई…

Read More

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले किसानले उत्पादनको उचित मूल्य नपाउँदा दूध पोख्न र तरकारी फाल्न बाध्य भएको बताएका छन्। चितवनमा आयोजित ‘हामी आयौं’ परिवर्तन उद्घोष सभालाई सम्बोधन गर्दै उनले सीमित बिचौलिया र नेताहरुको सिण्डिकेटका कारण बजारमा कृत्रिम अभाव र भ्रम सिर्जना हुने गरेको आरोप लगाए। शाहले नेपालमै उत्पादन हुने सस्तो विद्युत् प्रयोग गरी सस्तो कोल्डस्टोर निर्माण गर्नुपर्ने आवश्यकता औंल्याए। सिजनमा सस्तो हुने तरकारी भण्डारण गरेर अभावको समयमा समान मूल्यमा बिक्री गर्न सके किसानले उचित मूल्य पाउने र उपभोक्ताले पनि सहुलियतमा सामान किन्न सक्ने उनको भनाइ थियो। उनले भने, ‘एउटा समस्या रहेछ चितवनमा। जहाँ किसानले बाटोमा…

Read More