Author: नेपाल राज्य
काठमाडौं – नेपाली बजारमा सुनको मूल्य आज (शुक्रबार) अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबारको तुलनामा आज प्रतितोला सुनको मूल्य रु १२ सय ले बढेर रु २ लाख ६ सय पुगेको हो। यस्तै, चाँदीमा भने सानो मात्र वृद्धि भएको छ। प्रतितोला रु ५ ले बढ्दै चाँदी रु २ हजार ३ सय ६० मा कारोबार भइरहेको महासङ्घले जनाएको छ। यसअघि बिहीबार सुन प्रतितोला रु १ लाख ९९ हजार ४ सय मा र चाँदी रु २३ सय ५५ मा कारोबार भएको थियो।
अर्घाखाँची – शान्ति माध्यमिक विद्यालय बाँगीले भाद्र ११ र १२ गते दुई दिन स्थानीय विदा दिने भएको छ । विद्यालयले सोमबार एक सूचना जारी गर्दै हरितालिका तीजको अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दै सो दिन विदा रहने जानकारी गराएको हो । यसअघि भाद्र १० गते मंगलबार तीज पर्वका अवसरमा लुम्बिनी प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ । विद्यालयका अनुसार प्रदेश सरकारको विदासँगै थप दुई दिन स्थानीय विदा तय गरिएको हो । यस अवधिभर विद्यालयमा पठनपाठन कार्य नहुने र भाद्र १३ गते शुक्रबारदेखि पुनः नियमित कक्षा सञ्चालन हुने सूचना मार्फत विद्यालयका प्रअ मानबहादुर पाण्डेले जानकारी दिएका हुन् । सूचना :
अर्घाखाँची – सरकारले अनिवार्य रूपमा लागू गर्न लागेको इम्बोस्ड नम्बर प्लेट प्रणाली विरुद्ध अर्घाखाँचीका युवाहरू सडकमा उत्रिएर विरोध गरेका छन् । सोमबार जिल्ला सदरमुकाम सन्धिखर्क नगरपालिका–२, भक्तिटोला चोकमा युवाहरूले “इम्बोस्ड नम्बर चाहिँदैन ! नागरिक लुट्न पाइँदैन ! इम्बोस प्रणाली खारेज गर ! नेपाली भाषा मेट्न पाइँदैन !” भन्ने जस्ता नारा लेखिएका प्लेकार्डसहित विरोध जुलुस निकालेका थिए। जुलुसपछि कोणसभामा रूपान्तरण भएको कार्यक्रममा सहभागीहरूले सरकारले हतार–हतारमा अनिवार्य गरेको निर्णयले आम नागरिकलाई समस्या पर्ने बताएका थिए। उनीहरूको भनाइ अनुसार सरकार आफैंले वितरण गर्न नसकेको सेवा र अपूर्ण पूर्वाधारका कारण नागरिकले पटक–पटक सास्ती खेपिरहेका बेला फेरि नयाँ योजना लागू गर्दा जनतामा निराशा बढेको बताए…
काठमाडौं – लोकप्रिय गायक मोतिराज खनालले बक्स अफिस म्युजिक अवार्ड २०८२ मा सर्वोत्कृष्ट भजन गायक तथा सर्जकको अवार्ड प्राप्त गरेका छन्। नेपाल सरकारद्वारा मान्यता प्राप्त र लामो समयदेखि प्रतिष्ठित मानिँदै आएको बक्स अफिस अवार्डमा यसपटक कुनै भोटिङ प्रक्रिया नराखी, उत्कृष्ट सिर्जना र गायनको आधारमा निर्णायक मण्डलले विजेता घोषणा गरेको हो। खनालले यस वर्ष गाएको ‘सुपा देउराली भजन’ अत्यधिक चर्चामा आएपछि उनलाई यो सम्मान प्राप्त भएको हो। भजन सार्वजनिक भएको केही दिनमै युट्युब, टिकटक र फेसबुक रिल्समा लाखौं दर्शकले सुनेका थिए। भजन लोकप्रिय भएपछि सुपा देउरालीमा पर्यटकको संख्यामा पनि उल्लेख्य वृद्धि भएको स्थानीयले बताएका छन्। यस भजनलाई धार्मिक तथा पर्यटन दुवै…
अनिल नेपाली, अर्घाखाँची – राष्ट्रिय दलित पत्रकार संघ नेपाल लुम्बिनी प्रदेशको आयोजना तथा अर्घाखाँची शाखाको समन्वयमा सन्धिखर्कमा खुला तीज गीत प्रतियोगिता तथा बृहत सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा सात वटा समूह तथा विद्यालयहरूको सहभागिता रहेको थियो। प्रतियोगितामा सन्धिखर्क नगरपालिका–१ स्थित गौरीशंकर बोर्डिङ स्कूल प्रथम, भूमिकास्थान नगरपालिका–९ स्थित भगवती माध्यमिक विद्यालय द्वितीय, मालारानी गाउँपालिका–५ स्थित लालीगुराँस आमा समूह तृतीय भएका छन्। त्यस्तै, सन्धिखर्क नगरपालिका–२ स्थित भद्रिगोला आमा समूहले सान्त्वना स्थान हासिल गरेको थियो। विजेताहरूलाई सन्धिखर्क नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठलगायत अतिथिहरूले नगद र प्रमाणपत्रसहित सम्मान गरेका थिए। प्रतियोगितामा महिलाको अधिकार, संविधान कार्यान्वयनमा महिलाको भूमिका, महिलामाथि हुने हिंसा र सामाजिक बेथितिविरुद्धका सन्देशयुक्त गीत…
गिताराम बिष्ट ,अर्घाखाँची- हिन्दु नारीहरूको महान पर्व हरितालिका तीजको अवसरमा नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला महिला विभाग तथा मालारानी गाउँपालिका कार्य समितिको आयोजनामा श्री बालशिक्षा माध्यमिक विद्यालय, कमेरपानीमा तीज विशेष शुभकामना आदान–प्रदान तथा शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ। महिला दिदीबहिनीहरूबीच माया, ममता र एकता प्रगाढ बनाउने उद्देश्यले आयोजित कार्यक्रममा गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको थियो। बालबालिकाको भविष्य निर्माणमा केही सहयोग पुगोस भन्ने हेतुले यो कार्यक्रम आयोजना गरिएको आयोजकहरूले बताएका छन्। कार्यक्रमका प्रमुख अतिथि नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला सचिव कमल पछाइले संगठन सधैं विद्यार्थी, शिक्षक र अभिभावकहरूको हकहितमा हातेमालो गर्दै अघि बढ्ने बताएका थिए। उनले…
चितवन -‘पितृदेवो भवः’ अर्थात् जन्म दिने बाबुलाई देवता समान मानेर कुसे औँसीका दिन बाबुको मुख हेर्ने पर्व आज देशभर मनाइँदैछ । यस दिन बाबुलाई मीठो खाना खुवाउने, राम्रो लुगाफाटा दिने र आदर गर्ने परम्परा रहेको छ । बाबु गुमाएकाहरू भने धार्मिक तीर्थस्थलमा गई तर्पण, सिदा दान र श्राद्ध गर्ने चलन छ । तर पवित्र तीर्थस्थल देवघाट धामका वृद्धाश्रममा बस्ने ‘बा’हरू भने दाता पर्खेर बसिरहेका छन् । परिवारबाट विमुख वा असहाय भएर आश्रममा पुगेका वृद्धवृद्धा हरेक वर्ष आमा खुवाउने दिन (माता तीर्थ औँसी) र बाबुको मुख हेर्ने दिनमा कसैले सम्झेला कि भन्ने आशामा बस्ने गरेका छन् । देवघाट गाउँपालिका-५ स्थित देवघाट…
काठमाडौं – हाम्रो समाजमा माता,पिता र गुरुको एकदिन विशेष सम्मान र सम्झना गर्ने चलन छ , जसको लागि एउटा निश्चित दिन तोकिएको हुन्छ। माता तिर्थ औंसीमा आमाको सम्झना एवं सम्मान गर्दछौं । गुरु पूर्णिमाको दिन गुरुको सम्मान गर्दछौं र आज कुशेऔंशीको दिन बुबाको सम्झनामा आ-आफ्ना बुवालाई सम्मान गर्दै छौँ । हाम्रो समाजमा भन्ने गरिन्छ आमा , बुवा र गुरु नै देवता हुन् । देवी , देवतामा विस्वाँस गरेर निर्जीव ढुंगाको मूर्ति पूजा गर्नुभन्दा आफुलाई जन्माउने , हुर्काउने, बढाउने र भलो चाहने बाबुआमा र पढाउने र जीवनोपयोगी शिक्षा दिएर आत्मनिर्भर बनाउने , कल्याण चाहने र कर्मदिने गुरुको सम्झना र सम्मान गर्नु…
अर्घाखाँची – “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मुलनाराका साथ स्व. नुदराज अधिकारीको सम्झनामा सिद्धार्थ मा.वि. S.L.C. व्याज–२०७१ द्वारा आयोजित खुला वडा स्तरीय भलिवल प्रतियोगिता–२०८२ हुने भएको छ । प्रतियोगिता आगामी भाद्र ६ र ७ गते सिद्धार्थ मा.वि.को प्राङ्गण मालारानी–६ रतनमारेमा हुने आयोजकले जनाएको छ ।अर्घाखाँचीमा खुला वडा स्तरीय भलिवल प्रतियोगिता हुने स्व. नुदराज अधिकारीको सम्झना गर्दै खेलकुदमार्फत युवालाई सकारात्मक दिशातर्फ आकर्षित गर्ने र आपसी सद्भाव, मित्रता र स्वास्थ्य सुदृढीकरणमा टेवा पुर्याउने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको स्थानीय दिपचन्द्र भुसालले जानकारी दिएका हुन् ।
काठमाडौं – अर्घा–बाँगी सम्बन्ध समाज काठमाडौंले आफ्नो तेस्रो वार्षिक उत्सवको अवसरमा यस वर्ष पनि तीज विशेष कार्यक्रम गर्ने भएको छ। समाजले जारी गरेको सूचनाअनुसार कार्यक्रम भाद्र ६ गते शुक्रबार काठमाडौंको कलंकीस्थित अम्ब्रेला इभेन्ट्समा आयोजना हुनेछ। बिगतका वर्षहरूमा जस्तै यस वर्ष पनि काठमाडौंमा विभिन्न पेशा, व्यवसाय र रोजगारीका लागि स्थायी वा अस्थायी रूपमा बसोबास गर्दै आएका अर्घाखाँचीका नागरिकलाई सहभागी हुन हार्दिक अनुरोध गरिएको छ भने कार्यक्रम दिनको ४:०० बजेदेखि सुरु हुने समाजका अध्यक्ष माधव प्रसाद भुसालले जानकारी दिएका छन् । सम्पर्क व्यक्तिहरूमा अध्यक्ष माधव प्रसाद भुसालसहित मोहनकुमार महत, नारायणबहादुर बस्नेत, गंगा पन्थी, टंक चौहान, अनन्त खत्री र हरि भुसाल रहेका छन्।
