Author: नेपाल राज्य

ज्योति जीसी, काठमाडौं । सशस्त्र द्वन्द्व र २०६२/०६३ को लोकतान्त्रिक आन्दोलनअघिको समयलाई छोड्ने हो भने पछिल्लो करिब दुई दशकको समय अर्घाखाँची र टोपबहादुर रायमाझी पर्यायवाची शब्दजस्तो बनेका छन् । शान्तिप्रक्रिया र ०६२/६३ को आन्दोलनपछि भएको पहिलो संविधान सभा निर्वाचनदेखि पछिल्लो समय २०७९ सालमा भएको आम निर्वाचनसम्म अर्घाखाँचीको नेतृत्व उनैले गर्दै आएका छन् । तत्कालीन नेकपा मसालबाट राजनीतिक यात्रा सुरू गरेका टोपबहादुर अखिल छैठौँको केन्द्रीय अध्यक्ष, नेकपा माओवादी केन्द्रको पदाधिकारी हुँदै पछिल्लो समय नेकपा एमालेको केन्द्रीय कमिटी सचिव थिए भने अहिले निलम्बनमा छन् । लोकतन्त्र प्राप्तीपछि भएका दुई वटा संविधान सभा र दुई वटा आम निर्वाचनमा एकलौटी जित हासिल गरेका उनी…

Read More

शोभाखर पन्थी,अर्घाखाँची । नेकपा एमाले अर्घाखाँचीका अगुवा कार्यकर्ता अहिले पढ्नमा व्यस्त छन् । पार्टीले प्रत्येक पालिकामा दुई दिने सैध्दान्तिक प्रशिक्षण संचालन गरेपछि जिल्लाका १५ सय बढी अगुवा कार्यकर्ता पढ्नमा व्यस्त भएका हुन् । प्रशिक्षणमा ६० काटेका अनुभवी कार्यकर्ता देखी १८ वर्ष पुगेका नौजवान युवाकार्यकर्ता समेत एकैठाउँ बसेर तालिम लिई रहेका छन् । एमाले जिल्ला स्कूल विभाग द्वारा संचालित प्रशिक्षण कार्यक्रम शीतगंगा,मालारानी,पाणिनि र भुमिकास्थानमा सम्पन्न भैसकेको छ भने छत्रदेव गाउँ पालिका र सन्धिखर्क नगरपालिकामा प्रशिक्षण गर्ने तयारी छ । जिल्ला कमिटी अध्यक्ष तथा पार्टी स्कुल विभाग प्रमुख पीताम्बर भुसालले महाधिवेशन बाट पारित सिद्धान्त,निती,कार्यक्रम र कार्यदिसा,नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य केवी…

Read More

हरि कुँवर , अर्घाखाँची । शिक्षा समितिको सदस्यमा दोर्ण भुसाल चयन भएका छन् । त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र स‌ङ्काय डीनको कार्यालय बल्खुले अर्घाखाँचीका शिक्षक दोर्ण भुसाल लाई शिक्षाको आधार विषय समितिको सदस्य पदमा चयन गरेको हो । शिक्षक भुसाल माघ २२ गतेदेखि लागू हुनेगरी ३ वर्षको लागि चयन भएका हुन् ।

Read More

हरि कुँवर, अर्घाखाँची । शिक्षकले आफ्नै खाजा खर्च कटाएर मृगौला पीडितलाई सहयोग गरेका छन् । मालारानी गाउँपालिका -५ बाँगी शान्ति माध्यमिक विद्यालयका शिक्षकले खाजा खर्च कटाएर बाँगी कोखा मृगौला पीडित कमल बस्नेत लाई सहयोग गरेका छन् । विद्यालयका शिक्षक, शिक्षिकाले आफ्नै दैनिक खाजा खर्च कटाएर नवदिप युवाक्लब बाँगीका उपाध्यक्ष एवम् शिक्षक विकास कुँवर र शिक्षक श्रवण कुमार राउतको पहलमा पीडित कमलको लागी ३७ हजार ७ सय ५ रुपैयाँ नवदिप युवाक्लब मार्फत सहयोग गरेका हुन् । शिक्षकहरुले सहयोग हस्तान्तरण गर्दै कमलको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरे । पारिवारीक आर्थिकले उपचार सम्भव नभएपछि सम्पुर्ण सँग सहयोगको लागी अपिल गर्दै आएका हुन्…

Read More

काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले नेपाल पत्रकार महासङ्घको ६९ औँ स्थापना दिवसको अवसरमा सम्पूर्ण सञ्चारकर्मीहरूमा हार्दिक शुभकामना व्यक्त गरेका छन्। ‘देशैभर र विश्वका विभिन्न स्थानमा छरिएर रहेका महासङ्घका सदस्यसहित आमनेपाली सञ्चारकर्मी र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु,’ सभामुख घिमिरेले आज जारी गरेको शुभकामना सन्देशमा भनिएको छ। नेपालका पत्रकारहरूको साझा संस्था महासङ्घको स्थापनाकालदेखि आजसम्म आइपुग्दा विभिन्न कालखण्डमा नेतृत्व प्रदान गर्ने अग्रजहरूप्रति सम्मान प्रकट गर्दै सन्देशमा उनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको लडाइँका तथा कर्तव्य निर्वाहका क्रममा जीवन गुमाएका पत्रकारप्रति श्रद्धाञ्जली समेत व्यक्त गरेका छन्। रासस

Read More

हरि कुँवर , अर्घाखाँची । आफ्ना बुबाको स्मृतिमा छोरीले अक्षयकोषको स्थापना गरेकी छन् । मालारानी गाउँपालिका–५ बाँगीमा रहेको शान्ति माध्यमिक विद्यालयको लागि प्रेमकला पन्थी रायमाझीले आफ्ना स्व. पिता मोती बहादुर पन्थीको स्मृतिमा १ लाख ११ हजार १ सय ५१ अक्षयकोषको स्थापना गरेकी हुन । शिक्षक प्रेमकला पन्थी रायमाझीले २०५० सालमा शान्ति मा. वि बाट पहिलो छात्राको रुपमा नियमित समुहबाट एस. एल. सी. उत्तीर्ण गरेकी हुन् । उनले विद्यालयको हिरक महोत्सवको लागी १० हजार ५ सय पनि सहयोग गरिकी छन् । विद्यालयका प्र. अ मान ब. पाण्डेले योगदानको उच्च मूल्याङ्कन गर्दै हार्दिक धन्यवाद प्रकट गरेका हुन् । अक्षयकोषको ब्याजबाट विद्यालयमा अध्ययनरत…

Read More

काठमाडौं । पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नता रहेको आरोपमा अनुसन्धानमा रहेका पूर्वउपप्रधानमन्त्री रायमाझीलाई बुधवार बिहान उपचारका लागि सुन्धरा कारागार देखि महाराजगन्ज स्थित टिचिङ अस्पतालमामा लगिएको हो । अहिले उनको उपचार टिचिङ अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भइरहेको छ । बुधवार बिहान देखि इमरजेन्सी शाखामा राखेर उपचार गरिएकोमा अहिले उनलाई अपचारको थप आवश्यक परेपछि उक्त शाखाको ४७८ बेडमा भर्ना गरिएको छ । विगत छ महिना देखि सहिद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्रमा उपचार गराइरहेका रायमाझी तीन महिना यता नियमित फलोअपमा थिए ।

Read More

शोभाखर पन्थी,अर्घाखाँची। भगवती माध्यमिक विद्यालय सन्धिखर्क-२ कुर शंखेटारीले आगामी शैक्षिक सत्र देखि अंग्रेजी माध्यम बाट पठनपाठन संचालन गर्ने भएको छ । अभिभावकको आग्रह र विद्यार्थीको चाहनालाई मध्य नजर गर्दै विद्यालयले आगामी शैक्षिक सत्र २०८१ देखि शंखेटारीमा नर्सरी,केजी र कक्षा ६ तथा भगवती स्थान कुरमा नर्शरी ,केजी र कक्षा-१ मा अंग्रेजी माध्यम बाट पठनपाठन गर्ने भएको हो । भगवती माध्यमिक बिद्यालय कुर,शंखेटारी द्वारा एस.ई.ई. परीक्षामा समावेश हुने बिद्यार्थीको निम्ति आयोजित शुभकामना तथा बधाई कार्यक्रममा विद्यालयले आफ्नो भावि कार्यक्रमको बारेमा जानकारी गराएको थियो । कार्यक्रममा मन्तव्य राख्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्यामबहादुर भुसालले शैक्षिक गुणस्तर बृद्धिको निम्ति बिद्यालय नयाँ योजना निर्माण गरेर…

Read More

हरि कुँवर, अर्घाखाँची । नेकपा एमालेकी सांसद विजुला रायमाझीले फागु पुर्णिमा (होली) को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका नेपालीहरुलाई शुभकामना व्यक्त गरेकि छन् । नयाँ गठबन्धनले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा लिएर नयाँ तरिका बाट जनतामाझ आएको बताएकि छन् । होली पर्वको अवसरमा स्वदेश र विदेशमा रहनुभएका समस्त दिदीबहिनी तथा दाजुभाइमा सु-स्वास्थ्य, सुख, शान्तिको कामना गर्दै SEE परिक्षामा सहभागी विद्यार्थी लाई सफलताको हार्दिक शुभकामना समेत व्यक्त गरेकी हुन् ।

Read More

केशब पन्थी, अर्घाखाँची । जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाँचीको आयोजनामा विश्व क्षयरोग दिवस २०८० को अवसरमा स्वास्थ्यकर्मी तथा पत्रकारहरुसंग अन्तरक्रिया कार्यक्रम सप्पन्न भएको छ। उक्त कार्यक्रममा जिल्ला अस्पताल अर्घाखाँचीका डाक्टर अशोक शाहाले क्षयरोग सर्ने तरिका,परिक्षण,निदान, उपचारको बारेमा जानकारी गराउनु भएको थियोे। कार्यक्रममा क्षयरोगको अहिलेसम्मको आँकडा बारेमा जिल्ला स्वास्थ्य कार्यालयका क्षयरोग नियन्त्रण कार्यक्रम ड्टस फोकल पर्सन बिजय बरालले प्रस्तुत गर्नुभएको थियोे। कार्यक्रममा पत्रकार महासंघको तर्फबाट बोल्दै सह-सचीव हृदय भुसालले क्षयरोग नियन्त्रणमा सबै मिलेर लाग्नुपर्नेमा जोडदिनुभएको थियो। कार्यक्रम जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाँचीका कार्यालय प्रमुख शिव नेपालीको अध्यक्षता र विजय बरालको संन्चालनमा सम्पन्न भएको हो ।

Read More