Author: नेपाल राज्य
घनश्याम पौडेल, अर्घाखाँची। स्थानिय सरकार । गाउँगाउँमा बाटा खन्ने । बाटो भत्काउँने । वर्खामा हिलाम्मे । हिउँदमा धुलाम्मे बनाउँने । विनियोजन भएको बजेट पुर्वाधार निर्माण सँगै खानेपानी, सडकमा मात्रै राख्ने गरेको पाईन्छ । सामाजिक क्षेत्र सँगै रोजगारी सिर्जना गर्ने उद्देश्यले विनियोजन कम नै पाईन्छ । सबै बजेठ पुर्वाधारमा नै खर्चिनुपर्छ भन्ने मान्यता आत्मसाथ गर्दै अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष नारायण खड्काले विद्यार्थीहरुलाई नगद छात्रवृत्ति वितरण गरेका छन् । आर्थिक वर्ष २०७९÷०८० मा वडाबाट विनियोजन गरेको २ लाख रुपैँयाबाट पाणिनी बहुमुखी क्याम्पसमा अध्ययनरत सन्धिखर्क नगरपालिका वडा नं. १२ का २५ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेका हुन ।…
हरि कुँवर, अर्घाखाँची । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) काे लुम्बिनी प्रदेश भेलाबाट अर्घाखाँची जिल्ला संयोजकमा हरिप्रसाद भुसाल चयन भएका छ्न । पछिल्लो समय समाज सेवामा लागेका मालारानीका दिनेश सुनार “विकल्प” सह-संयाेजकमा चयन भएका हुन । राष्ट्रिय स्वतन्त्र पार्टी अर्घाखाँची ८ हजार ९ सय ५१ मतसहित जिल्लामा तेस्रो भएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) स्थापना भएको करीब ६ महीनापछि मंसीर ४ मा भएको निर्वाचनमा प्रतिनिधि सभाको प्रत्यक्षतर्फ सात स्थानमा जित निकालेको थियो। समानुपातिकतर्फ ११ लाख ४ हजारभन्दा बढी मत प्राप्त गरेको थियो ।
हरि कुँवर, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा शुरु भएको पाँचौं अर्घाखाँची महोत्सव सम्पन्न भएको छ । अर्घाखाँची उद्योग बाणिज्य संघ र अर्घाखाँची चेम्वर अफ कमर्सको संयुक्त आयोजनामा माघ ११ गतेदेखि संचालन भएको महोत्सव मंगलबार करिब पाँच करोडको कारोवार गर्दै सम्पन्न भएको छ । समापन कार्यक्रममा मन्तव्य राख्दै लुम्बिनी प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरेले मेला महोत्सवहरुले स्थानीय प्रतिभाको पहिचानसहित आर्थिक चलायमान हुने बताए । करिब पाँच करोड देखि सात करोडको कारोबार भएको नेता घिमिरेले दाबी गरे । उनले महोत्सव उत्साह पुर्वक सकिएको बताउदै सस्तो गुणस्तरीय सम्मान अर्घाखाँचीबासीले उपभोग गरेको बताए । यस्तै लोकप्रिय कलाकार तथा स्थानीय प्रतिभाहरुलाई धन्यवाद दिदै…
हरि कुँवर, अर्घाखाँची । प्रेस चौतारी नेपाल जिल्ला शाखा अर्घाखाँचीले आफ्नो २५ औं स्थापना दिवसको अवसरमा शैक्षिक सामग्री तथा टिफिन वितरण गरी मनाएको छ । प्रेस चौतारी नेपालले देशभर विभिन्न कार्यक्रमहरु आयोजना गरी मनाउने क्रममा सन्धिखर्क नगरपालिका वडा नम्बर १२ डिभर्नाको जनप्रकाश आधारभुत विद्यालयका विद्यार्थीहरुलाइ शैक्षिक सामग्री कापी ,पेन्सिल रबर, पेन्सिल कटर तथा खाजा खाने टिफिन विद्यालयका ५२ जना विद्यार्थीहरु लाई वितरण गरि मनाएको हो । नेकपा एमाले जिल्ला कमिटीका सचीव तथा प्रमुख अतिथि तोजबहादुर रायमाझीले २५ औं स्थापना दिवसको शुभकामना दिदै ग्रामीण भेगको विद्यालयमा शैक्षिक सामग्री वितरण गरेकोमा प्रेस चौतारी अर्घाखाँचीको मुक्तकण्ठले प्रसंशा गरेका थिए । कार्यक्रममा प्रेस चौतारी…
हिम लेकाली, अर्घाखाँची । नेपाल रेडक्रस साेसाईटी जिल्ला शाखा अन्तरगत सन्धिखर्क उपशाखा काे पाँचौं अधिवेशन तथा साधारण सभा शुक्रबार सन्धिखर्कमा सम्पन्न भएको छ । साधारण सभामा प्रमुख अतिथि नेपाल रेडक्रस साेसाईटी केन्द्रीय सदस्य तथा प्रदेश अध्यक्ष शम्भु प्रसाद पाेख्रेलले नेपाल रेडक्रस साेसाइटी विसुद्ध मानविय सेवा प्रदान गर्ने उद्देश्यले स्थापना भएको संस्था भएको र यस्ले कसैलाई पनि विचारकाे अाधारमा भेदभाव नगर्ने बताउनु भयाे । उहाँले संस्थाले मानविय विपत कम गर्न थुप्रै गतिबिधि तथा कार्यक्रमहरू सन्चालन गर्दै अाएकाे बताउँदै उपशाखा मार्फत थप सेवा प्रदान गर्ने हेतुले उपशाखाहरू निर्माण गरिएको बताउनु भयाे । उहाँले सम्पूर्ण नव निर्वाचितहरूलाई सपथ ग्रहण समेत दिलाउनु भएको थियाे…
हरि कुँवर, अर्घाखाँची । आर्थिक अभावका कारण मालारानी गाउँपालिका वडा नम्बर–४ खनका पत्रकार रवि पोख्रेलको आमा लाई ब्रेन ट्युमर देखिएपछि उपचारमा समस्या देखिएको छ । अन्लाईन पोटल अर्घाखाँची बुलेटिनका सह – सम्पादक रहेका रवि पोख्रेलकी ५५ बर्षिया आमा पवि पोख्रेलको उपचारको लागि आर्थिक समस्या देखिएको हो। पत्रकार रबि पोख्रेलको पारिवारिक आर्थिक अवस्था कम्जोर रहेको हुनाले आमा पविको जीवनरक्षाका लागि आफु सक्दो आर्थिक रकम संकलन गरी उपचारमा सहयोग गरिदिन पोख्रेलले सबै सँग आग्रह गरे । उपचारको निम्ति ३ लाख रुपैयाँ खर्च भैसकेको थप १०/१२ लाख लाग्न सक्ने अनुमान गरेको पोख्रेल बताउछन् । सहयोगको लागि : Rabi Lal Pokhrel Global IME Bank…
हरि कुँवर, अर्घाखाँची । अर्घाखाँचीकाे सन्धिखर्कमा जारी पाँचाै अर्घाखाँची महाेत्सवको चौथो दिन मेला हेर्न आउने वृद्धहरुकाे सम्मान गरिएकाे छ । “कृषि, पर्यटन, उद्योग र व्यपार, समृद्ध र सुखी अर्घाखाँची निर्माणको आधार” भन्ने मूल नारा सहित सुरु भएको मेला हेर्न आएका वृद्धहरु लाई खादा ओढाएर सम्मान गरिएकाे थियाे । अर्घाखाँची उद्याेग वाणिज्य संघ र चेम्बर अफ कमर्सकाे संयुक्त आयाेजनामा सञ्चालित मेला सनिवार निकै भिड्भाड थियो । चेम्बर अफ कमर्सका जिल्ला अध्यक्ष अशाेक श्रेष्ठ एवम् उद्याेग वाणिज्य संघका उपाध्यक्ष काजी श्रेष्ठ महासचिव तुल्सीराम खनाल लगायतले वृद्धहरु लाई सम्मान गरेका हुन । मालारानी कि ८३ वर्षीय चोपकला खनालले वृद्धवृद्धा लाई माया सम्मान देखाएकोमा खुसी…
हरि कुँवर , अर्घाखाँची । सन्धिखर्क पोलिक्लिनिक प्रा. लि. को “गुणस्तरीय स्वास्थ्य सेवा हाम्रो प्रतीवद्धता ” भन्ने मुलनारा सहित औपचारिक रुपमा उद्घाटन गरिएको छ। सन्धिखर्क -१ हललाइन सन्धिखर्क पोलिक्लिनिक प्रा. लि. को सनिवार औपचारिक रुपमा नेपाल सरकारका पुर्व उपप्रधानमन्त्री तथा प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझीले एक विशेष समारोह बिच पानसमा बत्ती बालेर रिवनकाटी उद्घाटन गरेका हुन। कार्यक्रममा बोल्दै प्रमुख अतिथि टोपबहादुर रायमाझीले जिल्ला अस्पताल पहिलो प्राथमिकता भएको बताउदै निजि क्षेत्र बाट अस्पतालहरु संचालनमा आउनु भनेको राम्रो कुरा भएको बताउदै सेवा ग्राहीलाई गुणस्तर खालको सेवा दिन पनि उनले सन्धिखर्क पोलिकिल्निक प्रा.लि.लाई आग्रह गरे । जिल्लाका बिमारी लाई भैरहवा मेडिकल कलेजमा नपठाउन आग्रह…
काठमाडौं – प्रचण्ड नेतृत्वको मन्त्रिपरिषदमा दलित समुदायबाट स्थान प्राप्त गर्ने एकल पात्र सुशीला श्रीपाली बनेकी छन् । नेकपा माओवादी केन्द्रले आफ्नो भागमा परेको राज्यमन्त्रीमा श्रीपालीलाई मन्त्रिपरिषद्मा पठाएको छ । श्रीपालीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ । पहिलो पटक सांसद बनेकी श्रीपालीको राजनीतिक जीवन ३० वर्ष कटेको छ । माओवादी केन्द्रबाट समानुपातिकतर्फबाट सांसद बनेकी श्रीपाली कम्युनिस्ट आन्दोलनमा २०४६ देखिनै लागेकी थिइन् । गुल्मीको मालिका गाउँपालिका २ (साविक दर्लिङ, पाटाखर्क)मा जन्मेकी श्रीपालीले राजनीतिक जीवन प्रवास (भारत) बाट सुरु गरेकी हुन् । तत्कालीन समयमा कम्युनिस्ट आन्दोलनमा सहभागी हुन उनले महिला संगठनबाट पार्टी राजनीतिमा प्रवेश गरेकी थिइन् । राजनीतिका लागि…
काठमाडौं । सर्वोच्च अदालतको फैसलाबाट पदमुक्त भएका रवि लामिछानेले बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामा बुझाएका छन् । उनका प्रेस संयोजक नवराज पाण्डेका अनुसार लामिछानेले शुक्रबार साँझ बालुवाटार पुगेर राजीनामा बुझाएका हुन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा लामिछाने ११ पुसमा उपप्रधानसहित गृहमन्त्री बनेका थिए । शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछानेको सांसद पद खारेज गरेको छ । – राजधानी दैनिक