Author: नेपाल राज्य
निजामती कर्मचारी युनियन पाणिनीको द्रोसो अधिवेशन सम्पन्न , अध्यक्षमा पौडेल, सचिवमा महत्रा
अर्घाखाँची । नेपाल निजामती कर्मचारी युनियन स्थानिय कार्यसमिती पाणिनीको द्रोसो अधिवेशन दुर्गाफाटमा सम्पन्न भएको छ । अधिवेशनले मेघराज पौडेलको अध्ययक्षतामा नयाँ कार्यसमितीको चयन गरेको छ । जसको उपाध्यक्षमा गिता वाग्ले, प्रकाश भट्टराई, सचिवमा राजन महत्रा, सहसचिवमा मोहन महतरा, कोषाध्यक्षमा शालिकराम पाण्डे सर्वसम्मत निर्वाचित भएका छन् । सदस्यहरुमा शंकर विष्ट, यादव क्षेत्री, संगिता श्रेष्ठ, लक्ष्मी घिमिरे, माधव पोख्रेल, नवराज पोख्रेल चयन भएका छन् ।सल्लाहकार समितीको संयोजकमा शेषकान्त घिमिर, सदस्यमा धुव्रराज घिमिरे र माधवराज पोख्रेल चयन भएका छन् । अधिवेशनको उद्घाटन समारोहमा नेपाली काँग्रेस पाणिनीका सभापति तुल्सीराम पौडेलले निजामती कर्मचारीहरु जनताको पक्षमा काम गर्नुपर्ने बताउँदै राष्ट्र निर्माणमा निजामती कर्मचारीको भुमिका उल्लेखनीय रहेको…
सरकारले अध्यादेश ल्याएर कानुन सुधार गर्न खोजेको प्रति निजी क्षेत्र उत्साहित छ: गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले केहि पार्टी बाहेक निजी क्षेत्रले सरकारको प्रसंशा गरेको बताएका छन् । अध्यादेश ल्याएर सरकारले अहिले गर्न खोजिएको कानुनी सुधारप्रति निजी क्षेत्र उत्साहित भएको बताएका हुन् । हामीले अहिलेभन्दा सहज रूपमा काम गर्न सकिने वातावरण निर्माणका लागि के कसरी अगाडि बढ्न सकिन्छ भन्ने विषयमा पनि छलफल गरेका छौँ। थप सुधारको रफ्तार अगाडि बढेको थापाले बताए ।
हरि कुँवर, अर्घाखाँची । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एमालेका नेता तथा अर्घाखाँचीबाट प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझीको सामाजिक संजालमा चौतर्फी चर्चा चलेको छ । अर्घाखाँचीमा विकासका योजनाहरुले बिटमारेको भन्दै सामाजिक संजालमा चौतर्फी चर्चा चलेको हो । सार्वजनिक कार्यक्रममै टोपबहादुर रायमाझी जेलमा हुँदा अर्घाखाँचीका विकासका काम ओझेलमा परेको एमाले जिल्ला अध्यक्ष पिताम्बर भुसालले दाबी समेत गरे । अध्यक्ष भुसालले फोटोकै आधारमा पक्राउ गरिएको बताएका हुन। उक्त अभिव्यक्ति दिदा ताली बजाउनेको कमि भएन। लुम्बिनी प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरेले टोप बहादुर रायमाझी थुनामा पर्दा अर्घाखाँचीको विकासमै असर परेको बताएका छन । रास्वपाका जिल्ला सभापति हरि प्रसाद भुसालले टोपबहादुरको जमेर प्रसंशा…
बुटवल । रुपन्देहीको न्यू कामना इँटा उद्योगमा काम गर्ने मजदुरको कुटाइबाट अर्का एक मजदुरको मृत्यु भएको छ । सियारी गाउँपालिका–७ हिरागन्जस्थित न्यू कामना इँटा उद्योगमा ट्याक्टर चालकका रूपमा काम गर्ने १९ वर्षीय कृष्ण केवटको कुटपिटबाट भारतको गोरखपुर जगलका अन्दाजी ४० वर्षीय निष्ठुरी केवटको मृत्यु भएको हो । कुटपिटबाट गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल पु¥याइएकामा उपचारकै क्रममा गएराति साढे ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिए । निष्ठुरी केवटको छातीमा चोट देखिएकाले कृष्णले इँटाले हानेको हुन सक्ने अनुमान गरिएको छ । कृष्णलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको डीएसपी कार्कीले…
काठमाडौं । विदेशमा अध्ययन गर्न पाँच महिना भित्र मात्रै ४७ अर्ब ३४ करोड खर्च देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार चालु आर्थिक वर्षको पाँच महिनामा नेपाली विद्यार्थीले विदेशी शैक्षिक कार्यक्रमका लागि मात्रै रू ४७ अर्ब ३४ करोड बराबरको खर्च गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार भ्रमण व्यय १२ दशमलव दुई प्रतिशतले वृद्धि भई रू ८५ अर्ब एक करोड पुगेको छ । त्यसमध्ये शिक्षातर्फ को व्यय रू ४७ अर्ब ४१ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय रू ७५ अर्ब ७३ करोड रहेको थियो । गत मङ्सिर मसान्तसम्म खुद सेवा आय…
जाडो आएसँगै एन्फ्लुएन्जा (फ्लु) बाट सुरक्षित रहौं एन्फलुएन्जा (फ्लु) भनेको के हो ? एन्फ्लुएन्जालाई बोलिचालीको भाषामा फ्लु भनिन्छ । यो एन्फ्लुएन्जा भाइरसको कारणले लाग्ने संक्रमण रोग हो । जाडो महिनामा धेरै सक्रिय हुने यो भाइरसले शिशुदेखि जवान, अधबैंसे र वृद्धवृद्धा समेत सबै उमेरका व्यक्तिहरुलाई फ्लु लाग्न सक्छ । फ्लु कसरी सर्छ ? फ्लु भएका व्यक्तिले बोल्दा, खोक्दा, हाच्छिउँ गर्दा…
चिसोको समयमा आगो, विजुलीको हिटर जस्त सामाग्रीको प्रयोगले दुर्घटना एवं जनधनको क्षति हुने भएकाले साबधानी अपनाऔं
चिसोको समयमा आगो, विजुलीको हिटर जस्त सामाग्रीको प्रयोगले दुर्घटना एवं जनधनको क्षति हुने भएकाले साबधानी अपनाऔं चिसोबाट बच्न, न्यानो रहन न्यानो लुगा लगाउने, आगो ताप्नै परे आगोको नजिक बसेर नतापौं आगो, हिटर, विजुलीको काम सकिने बित्तिकै तुरुन्तै बन्द गरौं आगो तातोपानी र तातो पदार्थ साथै हिटर र विजुलीको सामाग्रीबाट बच्चाहरुलाई टाढै राख्ने ड्ड खाना पकाउँदा बच्चा नबोक्ने, कपाल र कपडा सपक्क बाँच्ने, छिट्टै आगो टिप्ने पोलिष्टर तथा टेरिकटनको कपाड नलगाउने ड्ड ग्यास चुहावट भएको शंका लागे झयाल ढोका खोलेर रेगुलेटर बन्द गर्ने । ग्यास खुला भएको वा चुुहावट भएकोबेला सलाई, विजुली बत्ती, टर्च, फोन आदी जस्ता प्रज्वलनशील वा व्याट्रीजन्य…
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको विपक्षमा बहस गर्ने वरिष्ठ अधिवक्तामाथि आक्रमणको प्रयास भएको छ। सहकारी पीडितको पक्षबाट पोखरा र काठमाडौं दुवै अदालतमा बहस गरेका वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ता तथा रवि लामिछानेका समर्थकले आक्रमण गरेका हुन्। रवि लामिछानेको थुनछेक बहस सकिएर आदेश पर्खिरहेको बेला बाहिर निस्किएका त्रिपाठीमाथि काठमाडौं जिल्ला अदालत परिसरभित्रै कुटपिट भएको प्रत्यक्षदर्शीले बताएका छन्।
काठमाडौं । वैदेशिक रोजगारको लागि क्रोएसिया पठाइदिने भन्दै रु १५ लाख ठगी गरेको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा भोजपुर साल्पासिलिछो गाउँपालिका-५ घर भई काठमाडौँ गोकर्णेश्वर नगरपालिका-२ बस्ने २९ वर्षीय निम पासी शेर्पा रहेका छन् । दुई जना पीडितहरूको उजुरीको आधारमा पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवम् प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिएका हुन् ।
अर्घाखाँची । गत कार्तिक २० गते जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालय गेट अगाडी नाराबाजी गर्दै अराजक गतिविधि गरेको आरोपमा चार युवा पक्राउ परेका छन् । प्रमुख जिल्ला अधिकारीको कार्यकक्षको टेबल र ढोका हानी शान्ति खलबल विरुद्ध गतिविधि गरेको आरोपमा दुई महिना १० दिनपछि प्रहरीले चार जना युवालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा भूमिकास्थान नगरपालिका–६ का प्रकाश बेल्वासे, डासिराम श्रेष्ठ, मदन श्रेष्ठ र रविन परियार रहेका छन् । गत कार्तिक १९ गते भूमिकास्थान नगरपालिका– ५ र ६ को सीमाना खिल्जीको उदयठाँटीमा देउसीभैलो खेलिरहेका कलाकार माथि ना ३ ख २४७१ नम्बरको अनियन्त्रित भएको बसले किच्दा ७२ वर्षीय रुनी खनाल र…
