Author: नेपाल राज्य
दाङ । दाङमा घरको छतबाट खसेर एक जनाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका –७ नवरपुर निवासी अन्दाजी २७ बर्षीय सन्तोष चौधरीको घरको छतबाट खसेर मृत्यु भएको हो । घरको दुइतला माथी देखि खसेर गम्भिर घाइते भएका चौधरी लाई उपचारकै क्रममा मृत्यु भएको प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक बिनोदराज खत्रीले जानकारी दिए।
हरि कुँवर, अर्घाखाँची । प्रेस चौतारी नेपाल अर्घाखाँची जिल्ला कमिटीको ७ औं जिल्ला अधिवेशन आगामी माघ १७ गते बिहीवार गर्ने निर्णय भएको छ । सनिवार सन्धिखर्क सम्पन्न बैठकले अधिबेशनको तयारीका लागि सम्पूर्ण जिम्मेवारी समेत तोकिएको प्रेस चाैतारी नेपाल अर्घाखाँचीका इन्चार्ज हिम बहादुर जिसि लेकालीले जानकारी दिए । अधिवेशन रोचक हुने भएको हो ।अध्यक्षमा तीन जनाको उम्मेदवारी परेको बुझिएको छ ।
हिम लेकाली, सन्धिखर्क । अन्तर पार्टी महिला सन्जाल अर्घाखाँचीकाे बैठक सन्धिखर्कमा सम्पन्न भएकाे छ । ईन्द्रकला गैरे (चन्द्रा ) काे अध्यक्षतामा सम्पन्न बैठक काे सन्चालन सचिव दिपा आचार्यले गर्नु भएकाे थियाे । बैठकले यहि माघ ५ गते देखि ७ गते सम्म सन्जालकाे आयाेजना र नगरपालिकाकाे सहयाेगमा सन्धिखर्कमा सम्पन्न नगरस्तरीय उपमेयर कप मा.वि.स्तरिय छात्रा भलिबल प्रतियाेगिताकाे समीक्षा गरेकाे छ । साथै आम्दानी खर्चकाे अनुमाेदन समेत गरेकाे छ । बैठकले पालिकास्तरिय सन्जाल गठनकाे लागि बिगत कमिटीमा निर्णय भए अनुसार सन्जाल गठनकाे काम पूर्ण नभएकोले सबै पालिकामा पुगेर सन्जाल गठन गरिने निर्णय गरेकाे सचिव दिपा आचार्यले बताउनु भयाे । उहाँले आगामि बर्ष कार्यक्रम…
काठमाडौं । टिकटकले अमेरिकामा आफ्नो सेवा पुनः सुचारु गरेको छ । झण्डै १२ घण्टा आफ्नो सेवा बन्द गरेको टिकटकले अमेरिकामा आफ्नो सेवा पुनः सुचारु गरेको हो। एपमाथि प्रतिबन्ध लाग्नुभन्दा केही घण्टाअघि अस्ति शनिवार रातिदेखि एपले अमेरिकामा आफ्नो सेवा बन्द गरेको बीबीसीले जनाएको छ । विश्वमा लेकप्रिय बन्दै गएको टिकटक अमेरिकामा १७ करोड प्रयोगकर्ता रहेका छन् ।
काठमाडौँ । बरिस्ठ पत्रकार गजेन्द्र बुढाथोकीको ‘जङ्गबहादुर इन इङ्गल्यान्ड’ किताब शनिवार काठमाडौँमा विमोचन गरिएको छ । राणा शासनको सुरुवात गरेका शक्तिशाली जङ्गबहादुर राणाले गरेको बेलायत यात्राका रोचक कुराहरू यस किताबमा समावेश गरिएको छ । जङ्गबहादुर काठमाडौँबाट बेलायत यात्रामा निस्केको १७५औँ वर्षको अवसर पारेर पुस्तक सार्वजनिक गरिएको थियो । बुढाथोकीको यो चौथो किताब हो ।
हिम लेकाली ,सन्धिखर्क । यतिबेला अर्घाखाँचीकाे सन्धिखर्क स्थित ठूलाठूला घरका भित्ताहरूमा हरियाेपृष्ठमा जस्मिन पेन्टस् लेखिएका सेता अक्षर टल्किरहेका छन् । यस्ता पेन्टिङ कार्यकाे लागि बर्सेनि विभिन्न ठाउँबाट प्रचार सामाग्री लिएर बिज्ञापनका लागि पेन्टरहरू सन्धिखर्क आउने गर्छन् । यसै गरि पेन्टर प्रलाद चाैहान पेन्टिङ काम गर्न सन्धिखर्क आएकाे १ महिना बित्दै छ । श्रीमती सहित सन्धिखर्कमा आएका उनी एक घरमा काेठा लिई बसेका छन् । चाैहान अहिले यहाँ जस्मिन पेन्टसकाे काममा ब्यस्त छन् । उनी दिन भर एउटा फलामे भर्याङ्गकाे भरमा भित्ताहरूमा झुन्डिएर काम गर्छन् । उनकाे याे काममा श्रीमती कर्मि चाैहान सघाउ छिन् । रङ्ग पाेत्छिन् र लेख्छिन् पनि ।…
काठमाडौं । राष्ट्रियसभा सदस्य एवं नेकपा एकता अभियानका संयोजक वामदेव गौतमले आफू नेकपा एमालेमा जाने तय भइसकेको बताएका छन्। काठमाडौंको एउटा कार्यक्रममा उनले यस्तो बतएका हुन् । दुबिधामा रहेका गौतम यसअघि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग पनि वार्तामा थिए।
हरि कुँवर, अर्घाखाँची । छैठौं अर्घाखाँची महोत्सवमा सनिवार आधा दर्जन बढी कलाकारले आफ्नो दमदार सांगीतिक प्रस्तुति दिएका छन् । छैठौं दिनको महोत्सवमा पुष्कल शर्मा,विमता घर्ति मगर,राजेन्द्र गुन्द्रके,मनोज गोर्खाली,रमेश श्रेष्ठ,शोभा त्रिपाठी लगायतका राष्ट्रिय तथा स्थानीय कलाकारहरुले दमदार गीत-संगीत प्रस्तुत गरेका हुन् । सार्वजनिक बिदाको दिन भएकाले सनिवार दर्शकको निकै उत्साहजनक उपस्थिति रहेको थियो । लोकप्रिय गायक पुष्कल शर्माले ‘माया गर्छु भन्नेले दिल जलायो मेरो ’ बोलको गीत गाउँदा दर्शकहरुले निकै ताली हुटिङ गर्दै नाचेका थिए । गुल्मी पाल्पा दाङ देखि महोत्सव हेर्न आएको बुझिएको छ । प्युठानका ६२ वर्षीय दिल बुढा मगरले ज्योति मगर आउने भनेपछि आफू अर्घाखाँची महोत्सव हेर्न आएको…
रुकुम । रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा रूखले च्यापेर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। घर निर्माणमा प्रयोग हुने रुख काट्न गएका बेला रुखले च्यापेर आज आठबिसकोट–१० झिन्चौरका ५१ वर्षीय वीरबहादुर शाहीको मृत्यु भएको वडाध्यक्ष गणेशकुमार शाहले जानकारी दिए। शाहीको घटनास्थलमै मृत्यु भएको हो। उनले सोही वडाका ३५ वर्षीय प्रेमराज कुसारी घाइते भएका बताउँदै घाइतेको आठबिसकोट नगर अस्पतालमा उपचार भइरहेको जानकारी दिए। छ कुसारी र शाही विद्युतीय रुख काट्ने उपकरण (आरा मेसिन) प्रयोग गरेर घरमा प्रयोग हुने दार बनाउन जङ्गल गएका थिए। रासस
काठमाडौं । डा. निकोलस भुसाल धरौटी तिरेर रिहा भएका छन् । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अनुसन्धानको क्रममा रास्वपाका सभापति रवि लामिछाने हिरासतमा रहँदाको तस्बीर सार्वजनिक गरेको आरोपमा पक्राउ परेका डा. निकोलस भुसाल ५० हजार धरौटी तिरेर रिहा भएका हुन् । कास्की जिल्ला अदालतका न्यायाधीश शंकर राईको इजलासले निकोलसलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
