काठमाडौं ।
डा. निकोलस भुसाल धरौटी तिरेर रिहा भएका छन् ।
पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अनुसन्धानको क्रममा रास्वपाका सभापति रवि लामिछाने हिरासतमा रहँदाको तस्बीर सार्वजनिक गरेको आरोपमा पक्राउ परेका डा. निकोलस भुसाल ५० हजार धरौटी तिरेर रिहा भएका हुन् ।
कास्की जिल्ला अदालतका न्यायाधीश शंकर राईको इजलासले निकोलसलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।