Author: नेपाल राज्य
नेपाल राज्य संवाददता अर्घाखाँची– सन्धिखर्क नगरपालिका–११ डिभर्नामा रहेको रक गार्डेन धेरैको घुम्ने रोजाइमा पर्छ । ढुंगैढुंगाको शिला यो पहिले देखि नै थियो । कामको शिलशिलामा त्यहाँ पुग्दा श्रेष्ठले ढुंगैढुंगाको पहाड देखे । भारतमा घुम्न गएको बेला पनि उनले यस्तै देखेका थिए । यस्तै संरचनाको त्यहाँ रक गार्डेन थियो । सयौं पर्यटक घुम्ने गन्तव्य रहेको सम्झे । त्यसपछि उनी उद्योग वाणिज्य संघका आफ्ना सहकर्मीलाई जानकारी गराए । सन्धिखर्क नगरपालिका प्रमुख र उपप्रमुख सहितका जनप्रतिनिधिलाई जानकारी गराएपछि अध्ययनको लागि सरकारी टोली लिएर पुगेको श्रेष्ठले बताए । ‘मैले यसलाई रक गार्डेन बनाएर पर्यटकीय गन्तव्य बनाउनुपर्छ भनेर जिल्ला समन्वय समिति, नगरपालिका, उद्योग वाणिज्य संघ,…
जापान । जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबे नारा सहरमा आयोजित एक कार्यक्रममा गोली लागेर गम्भीर घाइते भएका छन् । समाचार प्रसारक एनएचकेका अनुसार आबेलाई पछाडिबाट गोली लागेको थियो र भाषणको क्रममा आधा बाटोमा ढले र रगत बगेको देखिन्छ। गोली प्रहार गर्ने व्यक्तिलाई पनि नियन्त्रणमा लिइएको छ । बन्दुकमाथि प्रतिबन्ध लगाइएको जापानमा बन्दुक हिंसाका घटनाहरू विरलै हुन्छन्।
बुटवल । रुपन्देहीको भैरहवा क्षेत्रको विद्युत आपूर्तिमा सुधार र प्राविधिक चुहावट नियन्त्रणका लागि योगीकुटी (बुटवल)बाट मैनहियासम्मको १३२ केभी डबल सर्किट प्रसारण लाइन सञ्चालनमा आएको छ । नेपाल विद्युत प्राधिकरणले बुटवल सबस्टेसनबाट मैनहिया सबस्टेसनसम्मको १८ किलोमिटर बुटवल–लुम्बिनी प्रसारण लाइनमा बुधबारबाट विद्युत् प्रवाह (चार्ज) गरी सञ्चालनमा ल्याएको छ । प्रसारण लाइनको निर्माणसँगै करिब २०० मेगावाट विद्युत् प्रवाह हुनसक्ने पूर्वाधार तयार भएको छ । मैनहियामा १३२/३३/११ केभीको सबस्टेसन निर्माण गरिएको छ । सबस्टेसनमा ४५ एमभीए क्षमताका दुईवटा पावर ट्रान्सफर्मर र ३३/११ केभी, १६ एमभीए पावर ट्रान्सफर्मर रहनेछन् । प्रसारण लाइन सञ्चालनमा आएसँगै बुटवल, भैरहवा क्षेत्रको विद्युत् आपूर्तिमा सुधार हुने र उद्योगहरुलाई मागेजति विद्युत…
बागलुङ । निसीखोला गाउँपालिका–३ बस्ने ७६ वर्षीया नरमती घर्तीको चट्याङ लागेर बुधबार बेलुकी मृत्यु भएको छ । सोही गाउँपालिका–५ निसीडाँडास्थित बहिनीको घरमा बस्न गएकोमा चट्याङ लागेर अशक्त भएकी उनको प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
काठमाडौं । युरोप पठाउने भन्दै ६३ लाख रूपैयाँ ठगी गर्ने २७ वर्षीया युवतीलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ठगी आरोपमा नुवाकोट विदुर नगरपालिका-७ की दिया भन्ने शोभा पौडेललाई पक्राउ गरेको हो । प्रहरीका अनुसार पौडेलले प्रतिव्यक्ति १२ लाख ५० हजार लाग्छ भनेर ९ जनाबाट ६३ लाख २० हजार रूपैयाँ ठगी गरेकी थिइन् । न्यूजिल्याण्डमा मासिक १ लाख ७० हजार रूपैयाँ कमाइ हुने भन्दै पैसा उठाएको उनीमाथि आरोप लागेको छ । अपराध अनुसन्धान कार्यालयले वैदेशिक रोजगार विभागले गरेको पत्राचारका आधारमा पक्राउ गरेको हो ।
छत्रदेवमा अध्यक्ष र उपाध्यक्षबीच द्वन्द्व उत्कर्षमा गाउँसभातिर भन्दा विषयगत समितिमा हानथाप
नेपाल राज्य संवाददाता अर्घाखाँची– यतिबेला पालिका भित्रका सबै विकास योजनामा बजेट छुट्टिसक्नुपर्ने हो । तर, छत्रदेव गाउँपालिकामा कांग्रेसबाट निर्वाचित अध्यक्ष चन्द्रमान श्रेष्ठ र एमालेबाट निर्वाचित उपाध्यक्ष मनी पन्थीबीचको सामान्य विषयको विवादले गाउँसभा नै बिथोलिएको छ ।जिल्लाका ५ स्थानीय तहले असार ९ र १० गते नै सभा गरेर बजेट सार्वजनिक गरे । तर, छत्रदेव गाउँपालिकाको गाउँसभा हुने टुंगो छैन । उनीहरुको कार्यकर्ता गाउँसभाको विषयलाई लिएर सामाजिक सञ्जालमा आरोपप्रत्यारोपमा उत्रिएका छन् । कार्यपालिकामा एमालेको बहुमत रहेको छ ।पालिकाको कामलाई सहजीकरणको लागि गठन हुने विभिन्न छ वटा विषयगत समितिको संयोजक पद आफ्नो पक्षमा पार्न तानातान छ । पालिका अध्यक्ष र उपाध्यक्षले समितिको संयोजक…
काठमाडौँ । सत्तारुढ नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज बस्ने भएको छ । मंगलबारदेखि स्थगित हुँदै आएको बैठक आज ११ बजे बस्ने अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले जानकारी दिएको छ । पदाधिकारी चयनमा नेताहरु व्यस्त हुनुपर्ने भएपछि मंगलबार डाकिएको बैठक बुधबारलाई सारिएको थियो । बुधबार पनि नेतृत्व टिम संसद बैठकमा सहभागी हुनुपर्ने भएकाले बैठक बिहीबारको लागि सारिएको रमेश मल्लले जानकारी दिए । बैठक नेपाल प्रज्ञा प्रतिस्ठानमा बस्ने जनाइएको छ । यसअघि पदाधिकारी चयनका लागि सहमति जुटाउन खुमलटारमा भएको पूर्व स्थायी समितिका सदस्यहरुको वैठकले पदाधिकारी चयनको जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको थियो । आजको वैठकमा अध्यक्ष प्रचण्डले पदाधिकारी प्रस्ताव गर्लान्…
नेपाल राज्य संवाददाता काठमाडौ– साउन ६ र ७ गते हेटौडामा हुने नेपाल प्रेस युनियनको केन्द्रीय नवौं महाधिवेशनमा वरिष्ठ सञ्चारकर्मी कल्पना शर्माले उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन् । प्रेस युनियन केन्द्रीय सदस्य तथा प्रकाशन विभाग प्रमुख शर्मा दुई दशक देखि पत्रकारितामा सक्रिय रहेकी छिन् । नविन सन्देश मासिक र न्युज दैनिक अनलाइनकी सम्पादक शर्माले प्रेस युनियनको संगठनलाई बलियो बनाउन अहोरात्र खट्ने सशक्त पत्रकार हुन । प्रकाशन विभागबाट युनियन पत्रिका, स्मारिक प्रकाशन, कोभिडका बेला स्वास्थ्य सामग्री वितरण, संगठन निर्माण जस्ता थुप्रै काम शर्माबाट भएका छन् । युनियनकर्मीबीच निकै लोकप्रिय शर्माले हेटौडामा हुने महाधिवेशन सफल पार्न प्रेस युनियनको केन्द्रीय कार्यालय थापा…
संघ र प्रदेशको चुनावका लागि आयोगले माग्यो १० अर्बनेपाल राज्य संवाददाताकाठमाडौं प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर निर्वाचन आयोगले संघ र प्रदेशको चुनावको लागि १० अर्ब खर्च मागेको छ । आयोगले चुनावको मिति तोक्न परामर्श गर्दै १० अर्ब रकम खर्च हुने प्रारम्भिक अनुमान गरेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले हालको बजार मूल्यअनुसार चुनाव सम्पन्न गराउन करिब १० अर्ब खर्च लाग्ने अनुमान पेस गरिएको जानकारी दिए । यसअघि ०७४ को प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचन सम्पन्न गर्न ७ अर्ब ८० करोड खर्च भएको थियो ।भेटमा सरकारका तर्फबाट प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खााड, संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की, कानून,…
काठमाडौं । संघ र प्रदेशको चुनावको मिति सिफारिससहित निर्वाचन आयोगका पदाधिकारीले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्दैछन् । आगामी मंसिर २ वा ५ गतेमध्ये एक दिन प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचन गर्न सरकारलाई सिफारिस गर्ने आयोगको तयारी छ । आज भेटका लागि प्रधानमन्त्रीको समय लिइसकिएको एक आयुक्तले नेपाल प्रेसलाई बताए । १२० दिन समय राखेर अबको एक साताभित्रै वा त्यसपछि मन्त्रिपरिषद् बैठक बसेर निर्वाचन मिति घोषणा गर्न सकिने आयोगको सुझाव छ । आयोगले एकै चरणमा संघीय र प्रादेशिक तहको निर्वाचन गर्नेगरी सिफारिस तयार पारेको पनि बताइएको छ । भर्खरै सकिएको स्थानीय तहको चुनाव देशैभर एकैपटक गराउन सकिएको भन्दै प्रदेश र संघको चुनाव…
