Author: नेपाल राज्य

काठमाडौं । आर्थिक वर्षको अन्तिम महिना असारमा मुलुकभरका सरकारी कार्यालयले अस्वाभाविक रूपमा चालु बजेट खर्च गरेका छन् । सरकारी तथ्यांकअनुसार असार १५ देखि २५ सम्म ११ दिनमा ८६ अर्ब रुपैयाँ चालु बजेट खर्च गरिएको छ। यो चालु आर्थिक वर्षका अन्य ११ महिनाको यसै अवधि (१५ देखि २५ गते) को तुलनामा झन्डै तेब्बर खर्च हो। निजामती कर्मचारी, शिक्षक, सुरक्षाकर्मीलगायत राज्यकोषबाट तलब खाने कर्मचारीलाई दसैँ खर्च दिने असोज र लुगाभत्ता दिने चैतबाहेक चालु आर्थिक वर्षका अन्य महिनाको ११ दिनमा अधिकतम ३२ अर्ब रुपैयाँ मात्र खर्च भएको देखिन्छ। तर असारका ११ दिनमा भने ८६ अर्ब रुपैयाँ खर्च भएको छ। चालुसँगै पुँजीगत र वित्तीय…

Read More

अर्घाखाँची शितगंगा नगरपालिकाले मौवाको रक्सीलाई ब्राण्ड बनाउन नीति तथा कार्यक्रममा समावेश गरेको छ । मौवाको रुखमा फुल्ने फुलाई बटुलेर शितगंगाको सिद्धारा, जलुके, सिमलपानी लगायतका गाउ“मा मगर समुदायले घरेलु मदिरा बनाउने गर्छन् । त्यसलाई अब नगरपालिकाले ब्राण्डिङ गर्ने भएको हो । पहिलो चरणमा नगरभित्र मौवाका बोट कति छन्, मदिरा उत्पादनको अवस्था र सम्भाब्यता अध्ययन गरेर छिटै ऐन कानून बनाएर मौवाको रक्सीलाई ब्राडिङ गर्ने गरी नगरसभामा नीति तथा कार्यक्रममा पारित गरिएको प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनालले बताए । घरेलु मदिरलाई ब्राण्डिङ गर्ने, उद्योगको रुपमा विकास गर्दै व्यावसायीक बनाउने लक्ष्य हो । ‘अहिले नीति तथा कार्यक्रममा पारित ग¥र्यौ, अब तत्कालै अध्ययन गर्छौ, त्यसपछि…

Read More

नेपाल राज्य संवाददाता सन्धिखर्क नगरपालिका प्रमुख कृष्णप्रसाद श्रेष्ठले ड्रगन फुड, एभोगार्ड लगायतका फलफुल खेती गरेरै बेरोजगार युवालाई स्वरोजगार बनाउने भन्दै नगरसभामा नीति तथा कार्यक्रममा पारित गरेका छन् । पढेलेखेका युवालाई कृषि उद्य्ममै जोडेर गाउँमै बसाल्ने योजना रहेको उनले बताए । ड्रगनफुड र एभोगार्ड छिटफुट रुपमा केही किसानले खेती गरेका छन् । उनले व्यवसायीक रुपैमै व्यापक खेती गर्ने बताए । ‘ड्रगनफुड र एभोगाड नयाँ फलफलु हुन, महंगोमा बिक्री हुन्छ, स्वास्थ्यको लागि फाइदाजनक हुन्छ भनेर माग धेरै छ,’ श्रेष्ठले भने, ‘यसको खेती गर्न प्रोत्साहन गर्दै सबै किसानलाई आबद्ध गरेर व्यवसायीक बनाउँछु । धेरै उत्पादन गरेर पहाडका फल ठुला शहरमा पठाउने हो ।’…

Read More

काठमाडौं । ईद उल जुहा (बकर-इद) मुस्लिमहरुको दोस्रो महान् पर्व हो। ईद उल जुहाको अर्थ ‘त्याग’ हो। पवित्र महिना रमजानको करिब ७० दिनपछि आउने यो पर्वलाई मुस्लिम समुदायले हर्सोल्लासका साथ मनाइरहेका छन्। इस्लामिक मान्यता अनुसार हजरत इब्राहिमले आफ्ना छोरा हजरत इस्माइललाई अल्लाहको निर्देशनमा भगवानको नाममा उनकै बाटोमा हिँड्नका लागि त्याग गरेको तर अल्लाहले जीवनदान दिएको सम्झनामा बकरिद मनाउने गरिन्छ। बकर-इदमा त्यागका लागि पशुबली दिने प्रचलन छ। नेपालका मुस्लिम धर्मगुरु सकिल अहमद कादरीका अनुसार मुस्लिम समुदायले खाने साना–ठूला चारखुट्टे जनावरलाई अल्लाहका नाममा त्याग गर्ने पर्व बकरिद हो। उनका अनुसार ईद–ए–कुर्बां पनि भनिने बकर-इदको शाब्दिक अर्थ त्यागको भावना भन्ने हुन्छ। धार्मिक मान्यता…

Read More

घनश्याम सुवेदी, अर्घाखाँची । सन्धिखर्ककाे संगम फूड ल्याण्डमा रेड एप्पल मिडियाकाे प्रस्तुतिमा टिकाराम गाैतमको स्वर र शब्द संगित युवराज खनालको तिजगित सनिवार एक कार्यक्रम बिच समुद्घघाटन गरिएकाे छ । कार्यक्रमकाे उद्घघाटन सन्धिखर्क नगर पालिका का प्रमुख कृष्ण प्रसाद श्रेष्ठले गर्नु भएकाे थियाे । उहाँले कला संस्कृतिकाे जगेर्ना काे निम्ति अर्घाखाँचीका कलाकार हरू बाट मन्चन गरिएकाे साे गिती अल्वम ,युटुवले चर्चा बटुल्न सकाेस् भन्दै आयाेजक टिमलाई सफलताकाे निम्ति शुभकामना प्रदान गर्नु भएको थियाे । कार्यक्रम मा जननेता टोपबहादुर रायमाझी , नगर उप प्रमुख मिश्रा आचार्य ,प्रदेश सभासद जालपा भुसाल ,महिला नेत्री दिपा आचार्य ,सांस्कृतिक संस्थानका पूर्व जि एम ,जनसांस्कृतिक मन्चका अभिभावक…

Read More

शोभाखर पन्थी , अर्घाखाँची । नेकपा एमालेका केन्द्रीय सचिव टोपबहादुर रायमाझीले वर्तमान सरकार ईतिहासकै असफल सरकार भएको बताउनुभएको छ । नेकपा एमाले अर्घाखाँचीको तेस्रो पु्र्ण बैठकलाई सन्धिखर्कमा सम्बोधन गर्दै उहाँले सरकार हरेक क्षेत्रमा असफल बन्दै गएको बताउनुभयो । रायमाझीले भ्रष्टाचार ,ढिलासुस्ती र अनियमितता बढेको ,बिकास निर्माणको काम रोकिएको ,अर्थतन्त्र चौपट भएको भन्दै सरकारको आलोचना गर्नुभयो । परमादेश सरकार र ५ दलिय गठबन्धनले गरेको सत्ता र शक्तिको दुरुपयोगका बीच नेकपा एमालेले अर्घाखाँची जिल्लामा सानदार जित हासिल गरेको भन्दै आगामी निर्वाचनमा नेकपा एमालेले एक्लै जित हासिल गर्ने बताउनुभयो । रायमाझीले उच्च मनोबलका साथ संगठन निर्माणमा जुट्न कार्यकर्तालाई अग्रह गर्नुभयो । नेकपा एमालेका…

Read More

प्रकाश आचार्य स्थानीय निर्वाचनमा गठबन्धनविरुद्ध एक्लै भिडेर अर्घाखाँचीमा पार्टीका उम्मेदवारलाई जिताएर एमालेलाई पहिलो बनाएका नेकपा एमाले सचिव टोपबहादुर रायमाझी आउँदो प्रतिनिधिसभा निर्वाचनमा फेरि उम्मेदवार बन्दैछन् । अर्घाखाँची प्रतिनिधि सभातर्फ एक मात्र निर्वाचन क्षेत्र भएको जिल्ला हो । विक्रम संवत् २०६४, २०७० र २०७४ सालमा माओवादीबाट चुनाव जितेका रायमाझी आगामी मंसिर वा फागुनमा हुने प्रतिनिधिसभा/प्रदेशसभा निर्वाचनमा एमालेबाट उम्मेदवार बन्ने पक्का जस्तै छ । ३ पटक लगातार निर्वाचन जितेर ‘ह्याट्रिक’ गरी १५ वर्ष जिल्लामा एकछत्र जस्तै ‘राज’ गरेका रायमाझीसँग आउँदो निर्वाचनमा को भिड्लान् भन्ने चर्चा/परिचर्चा शुरू भएको छ । स्थानीय चुनावमा सबैभन्दा पहिला जिल्लामा गठबन्धन गरेका सत्तारुढ दल आउँदो निर्वाचनमा रायमाझीसँग भिड्न…

Read More

हिम बहादुर कुमाल, अर्घाखाँची । लुम्बिनी प्रदेश अर्घाखाँची जिल्ला सन्धिर्खक नगरपालिका १ मेरो घटनाः २०५९÷०३÷२२ गते तत्कालीन शाही सेनाले ब्यारेक शुरक्षाको लागी राखेको बममा परी दाहीने खुट्टा गुमाउन पुगे साथै शरिरको विभिन्न भाग क्षेद विक्षेद अवस्था भयो । मेरो ठुलो परिवार थियो । तिन दिदी बहिनी र तिन दाजु भाइ थियौ। जम्मा परिवार सँख्या आठ जना थियौ। त्यसैले गर्दा मैले सामान्य लेखपढ गर्न सम्म मात्र सके । घरको आर्थीक स्थिती धेरै दयनिय थियो । हाम्रो मुख्य पेशा कृषि थियो । मुस्कीलले जम्मा चारमहिना मात्र खान पुग्द थियो । वुवाको कमाइले मात्र घर खर्च नचल्ने भएको हुदा म पनि ज्यामी काम…

Read More

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका – ०९ अर्घा वडा अध्यक्ष पदम बहादुर भुसाल वडा भित्र लोप्रिय बन्दै गएका छ्न । सन्धिखर्क नगरपालिका वडा ९ को अध्यक्षपदका लागि नेकपा एमाले बाट निर्वाचित भएका थिए । निर्वाचन ताका मतदातालाई दिएको आश्वासन सत प्रतिसत पुरा गराउनेमा उनि यतिबेला कम्मर कसेर लागिपरेका छन् । स्थानीय बासिन्दा भन्छन, ‘भोट माग्न घर घरमा पुगेर भनेका कुरा साच्चै पुरा हुनथालेका छन् ।’ स्थानीय हुम रायमाझीले भने, पदमजी को काम गर्ने तौर तरिकाले हाम्रो मन जितेको छ ।’ यस्तै समाजसेवी बलराम रायमाझीले भन्छ्न वडा विकास र सामाजिक रुपमा काम गर्ने शैलीलाई वडाका सबैले रुचाएका छन् । वडा अध्यक्षको…

Read More

नेपाल राज्य संवाददाता अर्घाखाँची– सन्धिखर्क नगरपालिकाले नगरक्षेत्रका बिद्याबारिधि गरेका विशेषज्ञहरुको तथ्यांक संकलन गरी सन्धिखर्क नगर शिक्षा विज्ञ समूह गठन गर्ने भएको छ । उनीहरुको सल्लाहको आधारमा शिक्षा क्षेत्रका क्रियाकलाप नगरले गर्नेछ । माध्यमिक तहसम्मको शैक्षिक गुणस्तरलाई वृद्धि गर्ने र अन्य प्राविधिक शिक्षाको स्थापना गर्न पिएचडीको सल्लाह लिन खोजेको प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले बताए । ‘सन्धिखर्क नगरपालिका भित्र जन्मिएर विद्याबारिधी गरेका व्यक्तिहरुको तथ्यांक संकलन गर्छौ र छिटै नगर शिक्षा विज्ञ समुह गठन हुन्छ,’ उनले भने, ‘नगरको माध्यमिक तहको शिक्षाको अवस्था कस्तो छ, कसरी सुधार गर्ने, पढाई राम्रो बनाउन के गर्नुपर्छ सबै कुरा समुहले सल्ला दिन्छ । त्यही अनुसार हामी अगाडी…

Read More